परिच्छेद–६ सजाय र पुनरावेदन

परिच्छेद–६ सजाय र पुनरावेदन

५९. सजाय : उचित र पर्याप्त कारण भएमा प्रहरी कर्मचारीलाई देहाय बमोजिमको विभागीय सजाय गर्न सकिनेछ :–
(क) सामान्य सजाय

(१) नसिहत दिन
(२) चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्न,
(३) बढीमा पा“च वर्ष बढुवा रोक्का गर्र्न,
(४) बढीमा पा“च तलब वृद्धि रोक्का गर्न,
(५) खाइपाई आएको बढीमा पा“च तलब वृद्धि घटुवा गर्न ,
(६) हालको पदको जेष्ठता सहित खाइपाई आएको सुरु स्केलमा घटुवा गर्न ।

(ख) विशेष सजाय
(१) भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन,
(२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्न ।

६०. नसिहत दिने वा प्रतिकूल राय लेख्ने : देहायका कुनै अवस्थामा सजायको आदेश दिने अधिकारीले प्रहरी कर्मचारीलाई नसिहत दिन वा चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्न सक्नेछ :–

(क) कार्यसम्पादन सन्तोषजनक नभएमा,
(ख) आपूmभन्दा माथिल्लो अधिकारीले दिएको निर्देशन पालना नगरेमा,
(ग) सेवाग्राहीलाई दुव्र्यहार गरेमा,
(घ) नियम ५२, ५३क. को उपनियम (४) र (५), ५४, ५५ र ५६ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लङ्घन गरेमा ।

६१. बढीमा पा“च वर्ष बढुवा रोक्का वा बढीमा पा“च तलब वृद्धि रोक्का गर्न सक्ने : देहायका कुनै अवस्थामा सजायको आदेश दिने अधिकारीले प्रहरी कर्मचारीलाई बढीमा पा“च वर्ष बढुवा रोक्का गर्न वा बढीमा पा“च तलब वृद्धि रोक्का गर्न सक्नेछ :–

(क) आपूmले सम्पादन गर्नु पर्ने काम कारबाहीमा लापरवाही गरेमा,
(ख) दुई पटकसम्म नसिहत पाएमा,
(ग) यस नियमावली वा अन्य प्रचलित कानूनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेमा,
(घ) माथिल्लो दर्जाको अधिकारीले दिएको निर्देशन पालना नगरेमा वा कार्यान्वयन नगरेमा,
(ङ) नियम ४४, ४५, ४६, ४९, ५० र ५१ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लङ्घन गरेमा,
(च) कार्यालय समयमा मादक पदार्थ सेवन गरेमा ।

६२. बढीमा पा“च तलब वृद्धि घटुवा गर्न वा सुरु स्केलमा घटुवा गर्न सक्ने : देहायका कुनै अवस्थामा सजायको आदेश दिने अधिकारीले प्रहरी कर्मचारीले खाइपाई आएको बढीमा पा“च तलब वृद्धि घटुवा गर्न वा हालको पदको जेष्ठता सहित खाइपाई आएका सुरु स्केलमा घटुवा गर्न सक्नेछ :–

(क) अनुशासनहीन काम गरेमा,
(ख) नियम ४८ र ५८ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लङ्घन गरेमा,
(ग) कानून बमोजिम दिएको आदेश वा निर्देशन नमानेमा वा कार्यान्वयन नगरेमा,
(घ) मनासिब कारण नभई वा बिदा नलिई अनुपस्थित भएमा,
(ङ) सरकारी काममा लापरवाही गरेमा,
(च) लापरवाहीपूर्वक काम गरी सरकारी सम्पत्ति हानी नोक्सानी गरेमा,

(छ) नैतिक पतन देखिने फौजदारी कसूर बाहेकको अन्य कुनै फौजदारी अभियोगमा कैद बाहेक जरिवाना वा क्षतिपूर्ति भराउने वा दुवै सजाय हुने गरी दोषी ठहर भएमा ।

६३. सेवाबाट हटाउने वा बर्खास्त गर्ने :

(१) देहायका कुनै अवस्थामा सजायको आदेश दिने अधिकारीले प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सक्नेछ :–

(क) आनो पदीय जिम्मेवारी प्रति लापरवाही गरी पूरा नगरेमा,
(ख) आचरण सम्बन्धी कुराहरु बराबर उल्लङ्घन गरेमा,
(ग) कार्यालय समयमा बराबर मादक पदार्थ सेवन गरेमा,
(घ) बराबर अनुशासनहीन काम गरेमा,
(ङ) राजनीतिमा भाग लिएमा,
(च) बिदा स्वीकृत नगराई लगातार पैँतालीस दिनसम्म आनो कार्यालयमा अनुपस्थित रहेमा,
(छ) नैतिक पतन देखिने बाहेकका अन्य कुनै फौजदारी कसूरमा दोषी ठहर भई कैद सजाय तोकिएमा,
(ज) अध्ययन बिदा पूरा गरी फर्की आएपछि नियम ३५ को उपनियम (८) बमोजिमको अवधिसम्म सेवा नगरेमा,

(२) देहायको कुनै अवस्थामा प्रहरी कर्मचारीलाई सजायको आदेश दिने अधिकारीले भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्न सक्नेछ :–
(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरिएमा,
(ख) भ्रष्टाचार गरेको प्रमाणित भएमा ।
(ग) नियम ५३क. को उपनियम (१), (२) र (३) मा उल्लिखित आचरण उल्लङ्घन गरेमा ।

६४. सजाय सम्बन्धी कार्यविधि :

(१) सजायको आदेश दिने अधिकारीले कुनै प्रहरी कर्मचारीलाई सजायको आदेश दिनु अघि निजलाई गर्न लागिएको सजायको व्यहोरा खुलाई लिखित सूचना दिई सफाई पेश गर्ने मुनासिब मौका दिनु पर्नेछ । त्यस्तो सूचनामा निज उपर लगाइएको आरोप स्पष्ट रूपले किटिएको हुनु पर्नेछ र प्रत्येक आरोप कुन तथ्य र कारणमा आधारित छ सो समेत खुलाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम आरोप लागेको प्रहरी कर्मचारीले आफूलाई लागेको आरोप विरुद्ध कुनै स्पष्टीकरण पेश गर्न चाहेमा तोकिएको म्यादभित्र आफूस“ग भएको प्रमाण सहित शिष्ट भाषामा लिखित स्पष्टीकरण पेश गर्नु पर्नेछ ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भागी पत्ता नलागेको वा अरू कुनै कारणले सम्पर्क स्थापित गर्न सम्भव नभएको प्रहरी कर्मचारीलाई सेवाबाट हटाउदा वा वर्खास्त गर्दा अनुसूची—४ मा उल्लेख भए बमोजिम गर्नु पर्नेछ । तर नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी ठहर भइसकेको कुनै प्रहरी कर्मचारीलाई गर्न लागेको सजायको बारेमा सूचनासम्म दिए पुग्नेछ ।

(४) सजायको आदेश दिने अधिकारीले नियम ६१, ६२ वा ६३ मा उल्लिखित आरोप लागेको प्रहरी कर्मचारी उपर जा“चबुझ गराउन आवश्यक ठानेमा त्यस्तो अधिकारी स्वयं वा अन्य कुनै अधिकृतद्वारा जा“चबुझ गर्न, गराउन सक्नेछ । जा“चबुझ गर्ने अधिकारीले आवश्यकता अनुसार सम्बन्धित प्रहरी कर्मचारीस“ग सोधपुछ गरी कारण सहित आनो प्रतिवेदन तथा भएको सबुत प्रमाण समेत सड्ढलन वा पेश गर्नु पर्नेछ ।

(५) कुनै प्रहरी कर्मचारी माथि लागेको आरोपको जा“चबुझ गर्नु परेमा सजायको आदेश दिने अधिकारीले जा“चबुझ समाप्त नहुन्जेलसम्म देहायका कुनै अवस्था विद्यमान भएमा त्यस्तो प्रहरी कर्मचारीलाई निलम्बन गर्न सक्नेछ । यसरी निलम्बन गर्दा निलम्बन गर्नुको आधार र कारण स्पष्ट रुपमा खुलाउनु पर्नेछ :–

(क) निलम्बन नगरी ओहोदाको काम गर्न दिंदा झुट्टा प्रमाण सड्ढलन गर्न सक्ने वा आपूm विरुद्धको सबुत प्रमाण गायब वा नष्ट गर्न सक्ने देखिएमा,
(ख) निलम्बन नगरी ओहोदाको काम गर्न दिँंदा थप सरकारी हानी नोक्सानी हुने सम्भावना देखिएमा,
(ग) कुनै प्रहरी कर्मचारीलाई निजले गरेको कार्यका आधारमा निलम्बन नगरे केन्द्र भित्रका कर्मचारीमा नैराश्यता वा उत्तेजना आउने, जनमानसमा नकारात्मक असर पर्न सक्ने वा कार्यालयको प्रतिष्ठामा आँच आउने भएमा ।
(६) उपनियम (५) बमोजिम गरिने निलम्बनको अवधि छ महिनाभन्दा बढी हुने छैन । सजायको आदेश दिने अधिकारीले निलम्बन अवधिमा निज उपरको कारबाहीको किनारा लगाउनु पर्नेछ ।

(७) उपनियम (५) बमोजिम निलम्बित अवस्थामा प्रहरी कर्मचारीले मासिक पाउने तलब, भत्ताको आधा रकम मात्र पाउनेछ । तर,

(१) निलम्बित प्रहरी कर्मचारी उपर लागेको आरोप प्रमाणित नभई सफाइ पाएमा निजले सो अवधिको निलम्बन रहेको अवस्थामा आधा तलब पाएको भए सो कट्टा गरी र नपाएको भए पूरै तलब, भत्ता (तलब वृद्धि हुने भएमा सो समेत) पाउनेछ । कसूरदार ठहरिएमा निलम्बन भएको मिति देखिको बाकी तलब, भत्ता पाउने छैन ।

(२) कुनै प्रहरी कर्मचारी यस नियमावली बमोजिम भएको विभागीय कारवाहीको कारण बाहेक अन्य कुनै कारणबाट निलम्बन हुन गएको रहेछ भने त्यसरी निलम्बन रहेको अवधिको तलब, भत्ता पाउने छैन ।

(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै फौजदारी आरोपमा वा ऐन अन्तर्गतको कसूरमा गिरतार भई थुनिएको वा त्यस्तो आरोप लागेको प्रहरी कर्मचारी साधारण तारेखमा छुटेको अवस्थामा बाहेक निज मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बनमा रहनेछ ।
(९) कुनै प्रहरी कर्मचारी उपर नेपाल सरकार वादी हुने फौजदारी अभियोगमा प्रचलित कानून बमोजिम कुनै अधिकार प्राप्त निकायले निलम्बनका लागि लेखी पठाएमा सजायको आदेश दिने अधिकारीले त्यस्तो प्रहरी कर्मचारीलाई निलम्बन गरी सोको जानकारी
सम्बन्धित निकायलाई दिनु पर्नेछ ।

६५. सजायको आदेश दिने :

(१) नियम ६४ बमोजिम जा“चबुझ गरिएकोमा सो काम समेत समाप्त भएपछि सम्बन्धित प्रहरी कर्मचारीसग स्पष्टीकरण मागिएको भए निजले तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा निजले दिएको स्पष्टीकरण सन्तोषजनक नलागेमा त्यस्तो प्रहरी कर्मचारीलाई सजायको आदेश दिने अधिकारीले अनुसूची–५ बमोजिमको ढा“चामा सजायको आदेश दिन सक्नेछ र त्यसरी दिइएको सजायको आदेशको एक प्रति निजलाई दिनु पर्नेछ ।

(२) सजाय पाएको प्रहरी कर्मचारी सम्पर्कमा नरहेको भए उपनियम (१) बमोजिमको सजायको आदेश प्रचलित कानून बमोजिम निजको परिवारको सदस्यलाई बुझाउनु पर्नेछ । यसरी सजायको आदेश बुझाएकोमा सम्बन्धित व्यक्तिले सोकोे जानकारी आफूले नपाएको भनी पछि दावी गर्न सक्ने छैन । परिवारको सदस्यले सजायको आदेश बुझि नलिएमा वा परिवारको कुनै सदस्य नभेटिएमा त्यस्तो सजायको आदेश निजको घर ठेगानामा सार्वजनिक रूपमा टास गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम सजायको आदेश बुझाए वा तामेल गरेको निस्सा वा भरपइ वा तामेली प्रति सम्बन्धित फाइलमा संलग्न गरी राख्न लगाउनु पर्नेछ ।

६६. पुनरावेदन :

(१) नियम ६५ बमोजिम दिइएको सजायको आदेशमा चित्त नबुझ्ने प्रहरी कर्मचारीले त्यस्तो आदेशको सूचना पाएको मितिले पैंतीस दिनभित्र पुनरावेदन सुन्ने अधिकारी समक्ष पुनरावेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम पेश गरिने पुनरावेदनपत्र शिष्ट भाषामा लेखिएको हुनु पर्र्नेछ र पुनरावेदन साथ आफुलाई दिइएको विभागीय सजायको आदेशको प्रतिलिपि र सोको सफाइको निमित्त आवश्यक अन्य सबुत प्रमाण समेत संलग्न गर्नु पर्नेछ ।

६७. सजाय दिने र पुनरावेदन सुन्ने अधिकारी : यस परिच्छेद बमोजिम प्रहरी कर्मचारीलाई सजाय दिने र त्यस उपर पुनरावेदन सुन्ने अधिकारी देहाय बमोजिम हुने छन् :–

 

६८. पुनरावेदन माथि विचार :

(१) यस नियमावली बमोजिम पुनरावेदन लाग्ने भएमा पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदन लिन अस्वीकार गर्न सक्ने छैन ।

(२) पुनरावेदन सुन्ने अधिकारीले नियम ६६ बमोजिम प्राप्त भएको पुनरावेदन उपर देहायका कुराहरूको विचार गरी सजाय कायमै राख्न, बदर गर्न वा घटाउन सक्नेछ :–

(क) सजायको आदेशमा आधारित भएका कुराहरूको यथार्थता प्रमाणित भइसकेको छ वा छैन ?
(ख) प्रमाणित भइसकेको कुरा कारबाही गर्नका निमित्त पर्याप्त छन् वा छैनन् ?
(ग) सजाय गरेको ठीक वा बढ्ता के छ ?

(३) पुनरावेदन सुन्ने अधिकारीले उपनियम (२) बमोजिम पुनरावेदनमाथि विचार गर्दा सजाय दिने अधिकारीबाट विभागीय कारबाही गर्दा अबलम्बन गर्नु पर्ने कार्यविधि सम्बन्धी कुनै त्रुटि गरेको वा अरू कुनै उचित कारणले गर्दा पुनरावेदनकर्तालाई मर्का परेको छ भन्ने लागेमा पुनः जा“चबुझ गर्नको निमित्त आदेश दिन सक्नेछ ।

(४) सजायको आदेश दिने अधिकारीबाट वस्तुनिष्ठ प्रमाणको अभावमा गलत नियत वा कुनै आग्रह वा पूर्वाग्रह राखी त्यस्तो निर्णय गरेको देखिएमा पुनरावेदन सुन्ने अधिकारीले त्यस्तो अधिकारीलाई सचेत गराउन, निजको व्यक्तिगत अभिलेखमा सो व्यहोरा जनाउन लगाउन वा विभागीय कारवाही समेत गर्न, गराउनका लागि लेखी पठाउन सक्नेछ ।

(५) पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदन प्राप्त भएको मितिले तीन महिनाभित्र निर्णय गरिसक्नु पर्नेछ । तर विशेष कारणले सो अवधिभित्र निर्णय गर्न नसकिएमा पुनरावेदन सुन्ने अधिकारीले निर्णय हुन नसकेको व्यहोरा खुलाई सम्बन्धित मिसिलमा संलग्न गर्नु पर्नेछ ।

(६) विभागीय सजायको आदेश सम्बन्धमा पुनरावेदन सुन्ने अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ ।

६९. प्रहरी सेवामा पुनः कायम भएपछि पूरा तलब, भत्ता पाउने : कुनै प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने वा वर्खास्त गर्ने गरी दिइएको आदेश कुनै अदालत वा अधिकारीबाट रद्द भई निज सेवामा पुनः कायम भएमा त्यस्तो प्रहरी कर्मचारीले सेवाबाट हटाइएको वा बर्खास्त गरिएको मितिदेखि पुनः कायम भएको मितिसम्मको पूरा तलब, भत्ता र तलब वृद्धि पाउने भए सो समेत पाउनेछ ।

तर गयल कट्टी भई सेवावाट हटाइएको वा वर्खास्त गरिएको प्रहरी कर्मचारी सेवामा बहाली भएमा निजले गयल कट्टी भएको अवधिको कुनै पनि सुविधा पाउने छैन ।

७०. हानी नोक्सानी असूल उपर गरिने : कुनै प्रहरी कर्मचारीको लापर्वाहीको कारणबाट नेपाल सरकारलाई कुनै हानी, नोक्सानी हुन गएमा सो हानी, नोक्सानी त्यस्तो प्रहरी कर्मचारीको निजको जुनसुकै स्रोतबाट असुल उपर गरिनेछ ।