परिच्छेद – २ मोहीयानी हक, मोहीहरूको लगत तथा मोहीयानी हक सम्बन्धी हदबन्दी

परिच्छेद – २ मोहीयानी हक, मोहीहरूको लगत तथा मोहीयानी हक सम्बन्धी हदबन्दी

३. लगत लिने ः

(१) आफ्नो जग्गा आफै कमाउने जग्गावालाहरू र अरूको जग्गा कमाउने मोहीहरूको लगत लिने काममा जिल्ला भूमिसुधार अधिकारीले विभिन्न भूमिसुधार टोलीहरू खटाउन सक्नेछ ।

(२) आफ्नो जग्गा आफै कमाउने जग्गावालाहरू र अरूको जग्गा कमाउने मोहीहरूको लगत भूमिसुधार टोलीले प्रत्येक वार्डमा गई अनुसूची–१ बमोजिमको ढाँचामा तयार गर्नेछ ।

(३) उपनियम (२) बमोजिम भूमिसुधार टोलीले लगत लिंदा त्यसको साथ साथ अरूको जग्गा कमाउने प्रत्येक मोहीको सम्बन्धमा नागरिकता सम्बन्धी विवरण पनि अनुसूची–१ (क) बमोजिमको ढा“चामा लिनु पर्दछ । कुनै मोहीको सम्बन्धमा प्राप्त भएको उक्त विवरणबाट गैर नेपाली नागरिक भन्ने देखिएमा भूमिसुधार टोलीले सो व्यहोरा निजको सम्बन्धमा अनुसूची–१ को ढा“चामा लिइएको लगतमा कैफियत गरी जनाई दिनु
पर्दछ ।

४. सूचना दिने ः यी नियमहरू बमोजिम कुनै गाउ“ विकास समिति वा नगरपालिका अन्तर्गतको क्षेत्रको जग्गा कमाउने जग्गावाला र मोहीहरूको लगत लिनु भन्दा अगावै जिल्ला भूमिसुधार अधिकारी वा निज मातहतको भूमिसुधार टोलीले सो कुराको सूचना सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिकाको क्षेत्र भित्र सबैले देख्ने ठाउ“मा टा“सी र अन्य उपाय द्वारा समेत स्थानीय जनतालाई जानकारी गराउनु पर्दछ र स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाका अध्यक्ष वा प्रमुखलाई चाँहि लिखित सूचना दिनु पर्दछ ।

५. हाजिर हुने ः नियम ४ बमोजिम सूचना जारी गरिएपछि लगत लिने समयमा सम्बन्धित जग्गावाला, मोही, संधियार, जिमिदारीको एजेन्ट वा निजहरूको प्रतिनिधिले लगत लिन खटिएको भूमिसुधार टोलीहरूको सामुन्ने हाजिर भई सो लगतको काम समाप्त नभएसम्म रूजु हाजिर रही लगत दिनु दिलाउनुपर्छ । भूमिसुधार टोलीले मागेको बखत पेश गर्न सकिने गरी जिमिदारीको एजेन्ट वा निजका प्रतिनिधिले सम्बन्धित जग्गाको आफूसँग भएको श्रेस्तासाथ हाजिर हुुनु पर्दछ । लगत लिने समय सम्बन्धित सबै व्यक्तिहरू हाजिर हुन नआएमा हाजिर भएसम्मका सम्बन्धित व्यक्तिहरूलाई राखी लगत लिन सकिनेछ ।

६. तयारी लगतको प्रकाशन ः भूमिसुधार टोलीले कुनै गाउ“ विकास समिति वा नगरपालिकाको कुनै एक वार्डको लगत अनुसूची–२ बमोजिमको ढाचा“मा तयार गरी सकेपछि सो लगत वार्डको यथासम्भव सबै व्यक्तिहरूलाई एकत्रित गरी सुनाउनु पर्दछ र त्यसको एक प्रति गाउ“ विकास समिति वा नगरपालिकाको कार्यालयमा बुझाई दिनु पर्दछ र एक प्रति भूमिसुधार अधिकारी छेउ पठाई दिनु पर्दछ ।

तर कुनै व्यक्तिको नियम ३ बमोजिम लगत लिन छुट हुन गै अनुसूची–२ बमोजिमको ढाचा“मा तैयार भएका लगत प्रकाशनमा नाम तथा जग्गा छुट हुन गएको देखिएमा पुनः लगत लिई सो छुट लगत प्रकाशित गर्न सक्नेछ ।

७. उजूर गर्न सक्ने ः

(१) नियम ६ अनुसार प्रकाशित गरिएको लगतमा कसैको चित्त नबुझेमा निजले लगत प्रकाशित भएको ३५ दिन भित्र स्थानीय गाउ“ विकास समिति वा नगरपालिकामा कारण सहित लिखित उजूरी दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त उजूरीलाई स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाले जिल्ला भूमिसुधार अधिकारी कहा“ पठाइदिनु पर्दछ ।

८. लगत लिने सम्बन्धमा अधिकार ः भूमिसुधार टोलीले यी नियमहरू अन्तर्गत जग्गा कमाउने जग्गावाला र मोहीहरूको लगत लिने प्रयोजनको निमित्त वा लिइएको सबै लगत तथा तत्सम्बन्धी विवरण र खबर सा“चो हो होइन भन्ने कुराको जा“चबुझ गर्नको निमित्त देहाय
बमोजिम गर्न सक्नेछ ः–

(क) सम्बन्धित मोही, जग्गावाला, संधियार, जिमिदारीको एजेन्टको भोगचलन वा नियन्त्रणमा रहेको कुनै जग्गामा प्रवेश गर्न,
(ख) त्यो व्यक्तिको भोगचलन वा नियन्त्रणमा रहेको कुनै लिखित आफू छेउ पेश गर्ने आदेश दिन र त्यसको जा“च गर्न, र
(ग) लगत सम्बन्धी कुनै विवरण वा खबर कुनै व्यक्तिलाई थाहा छ भन्ने मनासिब माफिकको विश्वास भएमा निजसँग कुनै प्रश्न सोध्न ।

९. मोहीहरूलाई मोहियानी हकको प्रमाणपत्र दिने ः

(१) नियम ६ बमोजिम प्रकाशित भएको लगतमा उजूर गर्ने म्याद गुज्री उजूर नलाग्ने भई सकेकोमा सो प्रकाशित फांटवारीको आधारमा र म्याद भित्रै उजूरी परेकोमा उजूरीको अन्तिम निर्णय बमोजिम भूमिसुधार अधिकारी वा निजले खटाएको निजको कार्यालयका कर्मचारीले मोहीहरूको हक छुट्याई अनुसूची–३ मा तोकिएको ढा“चामा त्यसको प्रमाणपत्र सम्बन्धित मोहीहरूलाई दिने व्यवस्था गर्नु पर्दछ र त्यसको प्रतिलिपि सम्बन्धित नगरपालिका वा गाउ“ विकास समितिमा र माल अड्डामा दिनुपर्छ । प्रमाणपत्रमा नेपाल सरकारको तर्फबाट भूमिसुधार टोलीमा खटिएको सरकारी कर्मचारी वा जिल्ला भूमिसुधार अधिकारीले र स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाको तर्फबाट सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिकाका अध्यक्ष वा प्रमुख वा निज नभएमा गाउ“ विकास समिति वा नगरपालिकाले तोकेको अन्य कुनै सदस्य वा गाउ“ विकास समिति वा नगरपालिकाको सचिवले सहिछाप गर्नुपर्दछ । सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाका अध्यक्ष वा प्रमुख वा तोकिएको अन्य कुनै सदस्य वा सचिवको अनुपस्थिति भएमा वा गाउँ विकास समिति वा नगरपालिकाका तर्फबाट सम्बन्धित व्यक्तिको सहिछाप हुन नसकेमा सो व्यहोराको मुचुल्का खडा गरी प्रमाणपत्र दिन सकिनेछ ।

(२) उपनियम (१) अन्तर्गत अनुसूची–३ बमोजिमको प्रमाणपत्र दिनुभन्दा पहिले भूमिसुधार टोलीले यी नियमहरू बमोजिम लिइएको लगतको आधारमा अनुसूची–४ मा तोकिएको ढाँचाको जोताहाको अस्थायी निस्सा दिनु पर्दछ ।

(३) नियम ७ बमोजिम उजूर गर्ने म्याद समाप्त भएपछि यस नियमको उपनियम (२) बमोजिमको दिइएको जोताहाको अस्थायी निस्सालाई मोहीको सम्बन्धमा मोहीयानीहकको प्रमाणपत्र सरह मानिनेछ ।

१०. लगतको जिम्मा ः

(१) नियम ६ बमोजिम प्रकाशित भएको लगतमा म्यादभित्र कसैको उजूरी नपरेकोमा सो प्रकाशित लगत नै र म्यादभित्र उजूरी परी जिल्ला भूमिसुधार अधिकारीको निर्णय बमोजिम सो लगतमा कुनै हेरफेर गर्न परेकोमा सो बमोजिम हेरफेर गरिएको लगत स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाको जिम्मा राखिनेछ ।

(२) उपरोक्त लगत बमोजिम जग्गा, जग्गावाला र मोहीमा कुनै हेरफेर भएमा सो भएको ३५ दिन भित्र सम्बन्धित जग्गावाला र मोहीले सो कुराको लिखित सूचना स्थानीय गाउ“ विकास समिति वा नगरपालिकामा दिनुपर्छ र त्यस्तो सूचना प्राप्त भएपछि स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाले सो सूचनाको व्यहोरा आफ्नो कार्यालय र स्थानीय प्रमुख स्थानहरूमा टा“सी प्रकाशित गर्नुपर्छ ।

(३) उपनियम (२) बमोजिम प्रकाशित भएको सूचनामा चित्त नबुझ्ने व्यक्तिले सो सूचना प्रकाशित भएको ७ दिन भित्र स्थानीय गाउ“ विकास समिति वा नगरपालिकामा उजूर गर्न सक्नेछ । तर सम्बन्धित व्यक्तिको निवेदन परी म्याद बढाउनु पर्ने देखिएमा स्थानीय गाउ“
विकास समिति वा नगरपालिकाले बढीमा ७ दिनसम्मको म्याद थप दिन सक्नेछ ।

(४) उपनियम (२) बमोजिम प्रकाशित भएको सूचनामा म्यादभित्र कसैको उजुरी परेमा स्थानीय गाउँ विकास समिति वा नगरपालिकाले आवश्यक देखेमा जाँचबुझ गरी आफ्नो निर्णय पुनः उपनियम (२) बमोजिम प्रकाशित गर्नेछ र त्यसको लिखित सूचना सम्बन्धित जिल्ला भूमिसुधार अधिकारी, सम्बन्धित जग्गावाला र मोहीलाई समेत पठाउनु पर्छ ।

(५) उपनियम (४) बमोजिम स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाले गरेको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले सो निर्णयको सूचना पाएको मितिले ३५ दिनभित्र जिल्ला भूमिसुधार अधिकारीमा पुनरावेदन गर्न सक्नेछ । त्यस्तो पुनरावेदन परी जिल्ला भूमिसुधार अधिकारीले निर्णय गरेपछि त्यसको सूचना यथाशीघ्र स्थानीय गाउ“ विकास समिति वा नगरपालिकालाई दिनुपर्छ । सो निर्णय बमोजिम स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाले आवश्यक हेरफेर गरी लगत दुरूस्त राख्नुपर्छ ।

(६) ऐनको दफा २५ को उपदफा (४) को खण्ड (ख) बमोजिम मोहीको दर्ता किताब अनुसूची १६ मा तोकिए बमोजिमको ढा“चाको हुनेछ । सो दर्ता किताबमा नियम ६ बमोजिम प्रकाशित लगत अनुसार र नियम ७ बमोजिमको उजुरीको निर्णय तथा पछि हुने कुनै हेरफेर समेत जिल्ला भूमिसुधार अधिकारीले दर्ता गरी राख्नु पर्नेछ ।

११. ………………..

११क. …………………

१२. अधिकारी तोक्ने ः ऐनको दफा ९ को उपदफा (४) र दफा ११ को उपदफा (१) र (२) को प्रयोजनको लागि अधिकारीमा भूमिसुधार अधिकारीलाई तोकिएको छ ।

१३. जग्गाको मोल कायम गर्ने ः (१) ऐनको दफा ९ को उपदफा (६) को प्रयोजनको निमित्त जग्गाको मोल कायम गर्दा नियम २१ अनुसार तोकिएको दरले कायम गरिनेछ ।
(२) ………………
(३) ……………….

१४. अधिकतम हदभन्दा बढी जग्गाको मोहीयानी हक प्राप्त गर्ने ः

(१) नियम ६ बमोजिम प्रकाशित भएको फा“टवारीमा उजुर गर्ने म्याद गुज्री उजुर नलाग्ने भैसकेकोमा सो प्रकाशित फा“टवारी बमोजिम र उजुरी परेकोमा उजुरीको अन्तिम निर्णय बमोजिम जिल्ला भूमिसुधार अधिकारीले ऐनको दफा ८ मा तोकिएको अधिकतम हदभन्दा बढी भएको जग्गाको मोहीयानी हक सम्बन्धित व्यक्तिबाट प्राप्त गर्ने क्रममा ऐनले व्यवस्था गरे बमोजिम मोही र जग्गा धनीको बीचको बा“डफा“डको कार्य सम्पन्न गरी यस पछिका नियमहरू अनुसार बिक्री वा वितरण गर्नेछ । त्यसरी प्राप्त गरिएपछि सम्बन्धित व्यक्तिको सो
जग्गामा मोहीयानी हक तथा अधिकार स्वतः समाप्त भएको मानिनेछ । तर–

(अ) ऐनको दफा ८ मा तोकिएको अधिकतम हदभित्र पारी मोहीयानी हक कायम राख्न निजले रोजेको जग्गाबाट निजलाई झिकिने
छैन ।
(आ) यो नियम प्रारम्भ हुनुभन्दा अघिदेखि नै कुनै जग्गाको मोहीयानी हक बन्धकी लिई भोग गरिरहेको साहुले ऐनको दफा ८ बमोजिम सो हक भोग गर्न नपाउने भएमा त्यस्तो जग्गाको मोहियानी हक ऐनको दफा ८ मा तोकिएको अधिकतम हद भित्र पारी असामीलाई फिर्ता गर्न सकिने जति असामीलाई फिर्ता दिलाइने छ । त्यस्तो दुई वा सो भन्दा बढी व्यक्तिको मोहीयानी हक बन्धकी लिई भोग गरिरहेको भए लिखतको मितिको हिसाबले अघिल्लो असामीलाई फिर्ता दिलाइनेछ ।

(इ) यस नियम बमोजिम प्राप्त गरेको जग्गा यसपछिका नियमहरू बमोजिम बिक्री वा वितरणमा पाउने व्यक्तिलाई हस्तान्तरण
नभएसम्म साबिक मोहीले साबिक बमोजिम भोग चलन गर्न पाउनेछ ।

(२) यस नियमबमोजिम मोहीबाट हदबन्दीमा प्राप्त भएको जग्गा बिक्री वितरण नभएसम्म रोक्का राख्न सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनुपर्ने छ ।

१५. क्षतिपूर्ति ः

(१) नियम १४ बमोजिम प्राप्त गरिएको कुनै क्षेत्रको जग्गाको मोहीयानी हकको सम्बन्धमा क्षतिपूर्ति दिने भन्ने नेपाल सरकारले निर्णय गरेमा नियम २१ अनुसार तोकिएको दरले हुने जग्गाको मोलको सयकडा २५ का दरले सम्बन्धित प्रत्येक व्यक्ति वा निजको परिवारलाई दिनु पर्ने क्षतिपूर्तिको रकम जिल्ला भूमिसुधार अधिकारीले निर्धारित गरी त्यसको सूचना स्थानीय गाउ“ विकास समिति वा नगरपालिका तथा आफ्नो कार्यालयको सूचना वोर्डमा टा“सी प्रकाशित गर्नु पर्छ ।

(२) उपनियम (१) बमोजिम क्षतिपूर्ति निर्धारणको सूचना प्रकाशित भएको १५ दिनभित्र क्षतिपूर्तिको रकममा दावी गर्ने वा क्षतिपूर्ति निर्धारणमा चित्त नबुझ्नेको उजुरीबाट वा अरू कुनै सुत्रबाट क्षतिपूर्तिको निर्धारण दोहो¥याउनु पर्ने देखिन आएमा जिल्ला भूमिसुधार अधिकारीले दोह¥याई पुनः माथि लेखिए बमोजिम प्रकाशित गर्नेछ ।

(३) उपनियम (१) बमोजिम प्रकाशित भएको क्षतिपूर्ति निर्धारणको सूचनामा वा उपनियम (२) बमोजिम दोह¥याई प्रकाशित गरिएको सूचनामा चित्त नबुझ्ने व्यक्तिले अवस्थानुसार सो सूचना प्रथम पटक प्रकाशित भएको वा दोहो¥याई प्रकाशित भएको मितिले १० दिनभित्र सूचित आदेशमा तोकिएको अदालतमा उजुर गर्न सक्नेछ ।

(४) माथि लेखिए बमोजिम प्रकाशित भएको क्षतिपूर्ति निर्धारणको सूचनामा उजुर गर्ने म्याद गुज्री उजुर नलाग्ने भई सकेकोमा सो प्रकाशित फाँटवारी बमोजिम र उजुरी परेकोमा उजुरीको अन्तिम निर्णय बमोजिम जिल्ला भूमिसुधार अधिकारीले क्षतिपूर्तिको रकम उपनियम (५) अनुसार सम्बन्धित व्यक्तिलाई दिनेछ ।
तर—

(क) सम्बन्धित जग्गाको मोहियानी हकको तेरो मेरो सम्बन्धी झगडा परी कुनै मुद्दा अगावै देखि अधिकार प्राप्त कुनै अदालत वा
अधिकारी छेउ परी टुंगो लाग्न बा“की रहेकोमा सो टुंगो नलागेसम्म झगडा परे जति मोहियानी हकको क्षतिपूर्ति रोक्का
राखिने छ ।

(ख) यो नियम प्रारम्भ हुनु भन्दा अघि देखिनै नियम १४ बमोजिम कुनै व्यक्तिबाट प्राप्त गरिएको मोहियानी हक अरू कसैको भोग
वा दृष्टिबन्धकीमा लिएको रहेछ भने यो नियम बमोजिम पाउने क्षतिपूर्ति सो भोग वा दृष्टिबन्धकीमा लिने साहुले पाउने छ ।
क्षतिपूर्तिको रकम यस्तो साहुको थैलीभन्दा बढी भएमा सो बढी भएजति रकम असामीले पाउने छ र घटी भएमा सो घटी भएजति थैलीमा असामी उपर साहुले दावा गर्न पाउनेछ ।

(ग) कुनै जग्गाको मोहियानी हक बन्धकी लिई भोग गरिरहेको साहूले ऐनको दफा ८ बमोजिम सो हक भोग गर्न नपाउने भई खण्ड
(ख) बमोजिम असामीले फिर्ता पाउने भएमा सो फिर्ता पाउने भएको मिति देखि त्यस्तो साहुको बन्धकी थैली कपाली हुनेछ ।धधध।
(५) मोहियानी हक बापतको जग्गा अरू व्यक्तिलाई हस्तान्तरण भएपछि क्षतिपूर्तिको रकम ५ वार्षिक किस्तासम्ममा सम्बन्धित व्यक्तिलाई नगदीमा दिइने छ । क्षतिपूर्तिको रकममा वार्षिक ५ प्रतिशतको दरले व्याज दिइनेछ ।

१६. अधिकतम हदभन्दा बढी भएको मोहियानी हक बापतको जग्गा बिक्री वा वितरण ः

(१) ऐनको दफा ११ को उपदफा (१) बमोजिम सजाय भएको व्यक्तिलाई निष्काशन गरी प्राप्त गरिएको मोहियानी हक रहेको जति जग्गा मध्ये ऐनले व्यवस्था गरे बमोजिम बाँडफाँड गरी छुट्टयाई मोही भागमा पर्ने जति जग्गा र नियम १४ बमोजिम प्राप्त गरिएको मोहियानी हक बापतको जग्गा भूमिसुधार अधिकारीले ऐनको दफा २१ को अधिनमा रही बिक्री वितरण गर्नेछ ।

२) उपनियम (१) बमोजिम प्राप्त गरी बिक्री गरिएको जग्गाको सम्बन्धमा नियम

१५ बमोजिम त्यसको क्षतिपूर्ति साविक मोहीलाई दिने भन्ने नेपाल सरकारले निर्णय गरेको रहेछ भने नियम १४ बमोजिम प्राप्त गरिएको त्यस्तो जग्गा उपनियम (१) बमोजिम बिक्री वितरणमा पाउने व्यक्तिले नियम १५ बमोजिम निर्धारित रकम एकमुष्ट वा पा“च वार्षिक किस्तासम्ममा नगदीमा जिल्ला भूमिसुधार अधिकारी छेउ वा निजले सो कामको लागि तोकिएको ठाउ“मा बुझाउनु पर्नेछ । किस्ताबन्दीमा भुक्तानी गर्नेस“ग वार्षिक दश प्रतिशतका दरले भुक्तानी हुने अवधिको व्याज समेत लगाई असुल गरिनेछ । तर अधिकतम हद भन्दा बढी जग्गा कमाई निष्काशन भएको मोहीको हकमा उक्त व्यवस्था लागू हुने छैन ।

(३) उपनियम (२) बमोजिमको किस्ताको रकम प्रत्येक सालको माघ मसान्तसम्ममा बुझाउनु पर्नेछ । तर कसैले बुझाउनु पर्ने पूरा रकम वा एक वा एकभन्दा बढी किस्ता वा त्यसको कुनै अंश सो किस्ता बुझाउनु पर्ने म्याद अगावै कुनै समय बुझाउन चाहेमा बुझाउन
सक्नेछ ।

(४) यस नियम बमोजिम असूल हुने रकमलाई जिल्ला भूमिसुधार अधिकारीले बैंकमा एउटा छुट्टै खाता खोली जम्मा गर्नु गराउनु पर्छ ।

(५) कसैले यस नियम बमोजिम बुझाउनु पर्ने कुनै किस्ताको रकम म्याद भित्र नबुझाएमा जिल्ला भूमिसुधार अधिकारीको आदेशले सम्बन्धित जग्गाबाट निजलाई निष्काशन गरी यी नियमहरू बमोजिम अरू व्यक्तिलाई बिक्री वितरण गरिनेछ ।

(६) उपनियम (१) बमोजिम जग्गा बिक्री वितरणमा पाउने व्यक्तिलाई भूमिसुधार अधिकारीले अनुसूची–५ बमोजिमको ढाँचामा प्रमाणपत्र दिनेछ ।

(७) यस नियम बमोजिम बिक्री वितरण भएको जग्गाको दर्ता किताब अनुसूची– १८ बमोजिमको ढाँचामा राखिनेछ र बिक्री वितरणमा पाउने व्यक्तिको नाउ“मा दाखिल खारेज गर्न सोको प्रतिलिपि मालपोत कार्यालयमा पठाउनु पर्नेछ ।