परिच्छेद – ४ अनिवार्य बचत तथा ऋणको व्यवस्था

परिच्छेद – ४ अनिवार्य बचत तथा ऋणको व्यवस्था

२६. अनिवार्य बचतको दर र सो जम्मा गर्ने म्याद ः (१) ऐनको दफा ४० बमोजिम अनिवार्य बचत जम्मा गर्नु पर्ने प्रत्येक जग्गावाला र मोहीले आफ्नो वा आफूले कमाएको जग्गाको मुख्य वार्षिक उब्जनी बालीको देहाय बमोजिमको अनिवार्य बचत नियम २८क. अन्तर्गत गठित नगर वा ग्राम समिति (यस पछि समिति भनिएको) मा जम्मा गर्नु पर्ने गरी तोकिएकोछ ः–
(क) प्रत्येक जग्गावालाले आफूले कमाएको जग्गाको बिगाहा १ को १÷२ आधा मन र १ रोपनीको तीन मानाका दरले,
(ख) प्रत्येक मोहीले सो हैसियतले कमाएको जग्गाको बिगाहा १ को ६ सेर र रोपनी १ को १ मानाको दरले,
(ग) प्रत्येक जग्गावालाले अरूलाई कमाउन दिएको जग्गाको बिगाहा
१ को १४ सेर र रोपनी १ को २ मानाको दरले ।
तर वार्षिक उब्जनीको आधा भन्दा कम कूत लिने चलन भएको क्षेत्रमा भने प्रत्येक मोहीले सो हैसियतले कमाएको जग्गाको बिगाहा १ को १४ सेर र रोपनी १ को २ मानाको दरले, प्रत्येक जग्गावालाले अरूलाई कमाउन दिएको जग्गाको बिगाहा १ को ६ सेर र रोपनी १ को १ मानाको दरले अनिवार्य बचत गर्नु पर्नेछ ।
(२) खाद्यान्न बाहेक अरू नगदी बाली लागेको जग्गाको हकमा उपनियम (१) मा उल्लेख गरिए बमोजिम नेपाल सरकारले निर्धारण गरेको जिन्सी बराबरको नगदीमा अनिवार्य बचत जम्मा गर्नुपर्छ ।
(३) प्रत्येक बचतकर्ताले प्रति वर्षको उपनियम (१) र (२) मा लेखिए बमोजिमको बचत देहाय बमोजिमको जग्गाको सम्बन्धमा देहाय बमोजिमको समयभित्र बुझाई सक्नुपर्छ ः–
(क) तराई र भित्री मधेशको जग्गाको सम्बन्धमा फागुन मसान्त सम्म ।
(ख) काठमाडौं उपत्यका र पहाडको जग्गाको सम्बन्धमा माघ मसान्त सम्म ।
(४) कुनै साल जग्गा कमाउने व्यक्तिको काबुभन्दा बाहिरको परिस्थिति परी जग्गामा बाली लगाउन नसकेमा वा बिल्कुल उब्जनी नभएमा वा उब्जनी भए तापनि बाली नष्ट भएमा सो जग्गा कमाउने व्यक्तिले यथासम्भव चा“डो त्यसको सूचना समितिलाई दिनुपर्छ र समितिले जा“ची बुझी सा“चो ठह¥याएमा सम्बन्धित भूमिसुधार अधिकारीको निकासा लिई सो सालको उपनियम (१) र (२) बमोजिम जम्मा गर्नु पर्ने बचत सम्बन्धित मोही र जग्गा धनीलाई जम्मा गर्नु नपर्ने गरी छुट दिन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम बचत बुझाउन छुट पाएका व्यक्ति बाहेक उपनियम
(३) बमोजिम म्याद भित्र बचत नबुझाउने व्यक्तिहरूको नामावली बचत बुझाउने म्याद नाघेको १५ दिन भित्र समितिले भूमिसुधार अधिकारी छेउ पेश गर्नुपर्छ ।
२६क. अनिवार्य बचत तथा कृषि ऋणलाई नगदीमा परिणत गर्ने ः
(१) ऐनको दफा ४१, को उपदफा (२) र दफा ४६ (क) को प्रयोजनको लागि समितिमा नेपाल सरकारबाट गठित जिल्ला मोल निर्धारण समिति तोकिएको छ ।
(२) उपनियम (१) बमोजिम जिल्ला मोल निर्धारण समितिले जिन्सी बचतला नेपाल सरकारबाट स्वीकृत गरिएको भाउमा मोल निर्धारण गर्नेछ । मोल निर्धारण गर्दा सो सालको बाली कटानी फंडानी हुंदाको स्थानीय प्रचलन दरलाई आधार मानी निर्धारण गर्नेछ र यसरी मोल निर्धारण गर्दा सम्बन्धित जिल्लाको क्षेत्र वा गाउ“ विकास समिति वा नगरपालिका छुट्याई मोल निर्धारण गर्न पनि सकिनेछ ।
२६ख. जिन्सी ऋण दिने र बढी जिन्सी मौज्दात बिक्री गर्ने ः
(१) नियम २६क. को उपनियम (२) अन्तर्गत मोल निर्धारण भएपछि सो दर भाउमा नघटाई समितिले ऋण दिनु पर्छ र बढी जिन्सी मौज्दात बिक्री गर्दा सो भाउमा बढाबढ गराई हुन आएको दर भाउमा बिक्री गर्न सक्नेछ । यस विषयको प्रयोजनको लागि वर्षको एक पटक मोल निर्धारण गरिनेछ ।
(२) उपनिय (१) बमोजिम जिन्सी मौज्दात बढाबढ गर्दा निर्धारित भाउमा बिक्री हुन नसकेमा नेपाल सरकारको निर्णयानुसार गर्नु पर्छ ।
२७. बचतको रसीद दिने ः (१) ऐनको दफा ४० बमोजिम प्रत्येक जग्गावाला वा मोहीबाट समितिमा जम्मा हुन आएको रकमको अनुसूची–१०(क) मा तोकिएको ढा“चा बमोजिमको प्रमाणपत्र वा अनुसूची–१० मा तोकिएको ढा“चा बमोजिमको रसिद दिनुपर्छ र त्यस्तो रसीदमा क्रमसंख्या राखी ३ प्रति बनाई एक प्रति बचतकर्तालाई दिनुपर्छ र दोश्रो प्रति भूमिसुधार अधिकारी कहा“ पठाउनु पर्छ र तेश्रो प्रति आफू कहा“ राख्नु पर्छ । त्यस्तो रसीदमा समितिका तर्फबाट सो समितिको अध्यक्षले वा निजको अनुपस्थितिमा समितिले तोकेको एकजना सदस्यले सहीछाप गरेको हुनुपर्छ ।
(२) उपनियम (१) बमोजिम प्रमाणपत्र दिईएकोमा बुझाउन ल्याएको बचत रकम सो प्रमाणपत्रमा चढाई ग्राम समितिका तर्फबाट समितिको अध्यक्ष वा निजको अनुपस्थितिमा समितिले तोकेको एक जना सदस्यले र सो कामको लागि तोकिएको कर्मचारी भए निजले समेत सहीछाप गरेको हुनुपर्छ ।
२८. बचत रकमको जिम्मा ः (१) समितिले उठाएको नगदी र जिन्सी बचत रकमको छुट्टा छुट्टै हिसाब समितिले दुरूस्त राख्नेछ ।
(२) मसलन्दको लागि असूल भएको बचत रकमको ½ प्रतिशत छुट्याई र ऋण वितरण गर्ने समयमा नगदी रू. ५००।– मौज्दात बा“की राखी बढी रकम ७ दिनभित्र भूमिसुधार बचत संस्थानको खातामा वा सम्बन्धित भूमिसुधार कार्यालयमा जम्मा गर्नुपर्छ । तर समितिले यो उपनियम बमोजिम राख्न सक्ने मौज्दातको रकमलाई लामोअवधिसम्म निष्क्रीय रहने गरी राख्नु हु“दैन ।
(३) समितिले उठाएको बचतको रकम दुरूपयोग वा हिनामिना भएमा समितिका सबै सदस्यहरू सामूहिक र व्यक्तिगत रूपले जवाफदेही हुनेछन् र त्यस्तो हिनामिना भएको रकम सरकारी बा“की सरह असूल उपर गरिनेछ ।
२८क.ग्राम समिति तथा नगर समितिको गठन ः
(१) प्रत्येक स्थानीय नगरपालिका र गाउ“ विकास समितिमा भूमिसुधार अधिकारीले क्रमशः नगर समिति र ग्राम समिति गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम गठित समितिमा स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाको अध्यक्ष वा प्रमुख र उपाध्यक्ष वा उपप्रमुख वा निजहरूको काम सम्हाल्ने व्यक्तिहरू अध्यक्ष र उपाध्यक्ष रहने छन् ।
(३) स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाका सबै वडाका निर्वाचित सदस्यहरू समितिका सदस्य मनोनीत हुनेछन् ।
(४) स्वीकृत नीति र कार्यक्रमको अधिनमा रही समितिको काममा मद्दत गर्न भूमिसुधार अधिकारीले एकजना कर्मचारी सदस्य सचिव हुने गरी खटाउन सक्नेछ ।
(५) समिति गठन नभएको स्थानीय गाउ“ विकास समिति वा नगरपालिकामा सो गाउ“ विकास समिति वा नगरपालिका भित्रका वडा समितिलाई आ–आफ्नो वडामा समिति सहरकै काम, कर्तव्य तथा अधिकार हुनेछ । वडा समितिका सदस्यहरूले समितिका सदस्यहरूले पाउने सरह नै पारिश्रमिक पाउने छन् ।
२८ख.समितिले ऋण लिन सक्ने ः समितिले आवश्यक परेमा बचत संस्थान सँग ऋण लिन सक्नेछ ।
२८ग.समितिको संचालन ः (१) अध्यक्षले तोकेको मिति, समय र स्थानमा समितिको बैठक बस्नेछ, त्यस्तो बैठकको गणपुरक संख्या अध्यक्ष समेत गरी कूल सदस्य संख्याको एकतिहाई हुनेछ । गणपूरक संख्या नपुगी बैठक हुन नसकेकोमा अध्यक्ष र सचिवको
निर्णय अनुसार गरिनेछ ।
(२) समितिको बैठक बचत ऋण असूली र ऋण वितरण गर्ने समय भन्दा पहिले अनिवार्य रूपले र पछि आवश्यकतानुसार बस्नेछ ।
(३) ऋण दिन र असूल गर्न समितिले ऐन नियमको अधीनमा रही आफ्नो कार्यक्रम बनाउनेछ ।
(४) भूमिसुधार अधिकारीले बैठक बसाल्ने निर्देशन दिएमा समितिको बैठक बस्नेछ ।
(५) समितिको कूल सदस्य संख्याको एक तिहाई सदस्यले लिखित रूपमा बैठकको माग गरेमा अध्यक्षले वा उपाध्यक्षले बैठक नबोलाएमा भूमिसुधार अधिकारीले आफै बैठक बोलाउने वा सदस्य सचिवलाई बैठक बोलाउन आदेश दिन सक्नेछ ।
(६) समितिको अनुमति बिना मनासिब माफिकको कारण नभै लगातार ३ पटक सम्म बैठकमा अनुपस्थित हुने अध्यक्ष, उपाध्यक्ष वा सदस्यले अनुपस्थितिको अवधिको लागि यी नियमहरू बमोजिमको पारिश्रमिक पाउने छैन ।
(७) बचतको हिनामिना ऋणको दुरूपयोग तथा नियम र कार्यक्रमको प्रतिकूल व्यवहार गरेमा सो गर्ने अध्यक्ष, उपाध्यक्ष तथा सदस्यको सट्टा भूमिसुधार अधिकारीले अर्को पदाधिकारी वा सदस्य मनोनीत गर्न सक्नेछ ।
(८) उपनियम (५) बमोजिम अध्यक्ष, उपाध्यक्ष वा सदस्यहरू अनुपस्थित भएको वितरण सम्बन्धित समितिले यथाशीघ्र भूमिसुधार कार्यालयमा पठाउनु पर्छ र कारण मनासिब नभएको निर्णय भूमिसुधार अधिकारीले गर्नेछ । (९) समितिले आफ्नो कार्यविधि आफै तोक्न सक्नेछ ।
२९. अधिकारी र समिति तोक्ने ः ऐनको दफा ४४, ४५, ५० र ५१ को प्रयोजनको निमित्त अधिकारीमा जिल्ला भूमिसुधार अधिकारीलाई र दफा ४६, ४७ र ४८ को प्रयोजनको निमित्त समितिमा समितिलाई तोकिएकोछ ।
३०. कृषि सम्बन्धी ऋणको फा“टवारी दाखिल गर्ने सूचना ः ऐनको दफा ४४ को उपदफा (१) बमोजिम जिल्ला भूमिसुधार अधिकारीले सूचना जारी गर्दा अनुसूची–११ बमोजिमको ढा“चामा आफ्नो कार्यालय स्थानीय जिल्ला विकास समिति तथा सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिकाबाट टा“स गर्नु गराउनु पर्छ ।
(२) उपरोक्त सूचना बमोजिम कृषि सम्बन्धी ऋणको सा“वा र व्याज र फिर्ता गरी लिनु पर्ने गोरू र कृषिका अन्य साधनको फा“टवारी सम्बन्धित साहुले दाखिल गर्दा अनुसूची–१२ बमोजिमको ढा“चामा दाखिल गर्नु गराउनु पर्छ ।
३१. ऋणको सा“वा र व्याजको वास्तविक रकम निश्चित गर्ने ः
(१) ऐनको दफा ४४ बमोजिम फा“टवारी दाखिल भएपछि जिल्ला भूमिसुधार अधिकारीले सो फा“टवारी र उपनियम (३) बमोजिम लिइएको लगत भिडाई सम्बन्धित साहु असामी र साक्षीहरू समेत बुझ्नु पर्ने देखेमा बढीमा ३५ दिनसम्मको म्याद दिई झिकाई आवश्यक जा“चबुझ गर्नेछ ।
(२) उपनियम (१) बमोजिम आवश्यक जा“चबुझ गरी र ऐनको दफा ४९ बमोजिम जग्गावालाले खेतीको कामको निमित्त मोहीलाई दिएको गोरू वा कृषिको अन्य साधनको मोल स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाबाट कायम गराई जिल्ला भूमिसुधार अधिकारीले प्रत्येक साहु र असामी किसानको सम्बन्धमा चालू वर्षको र सो अघिको छुट्टा छुट्टै कृषि सम्बन्धी ऋणको वास्तविक रकम निश्चित गरी अनुसूची–१३ बमोजिमको ढाँचामा त्यसको फाँटवारी तयार गरी जिल्ला भूमिसुधार अधिकारीको कार्यालयको सूचना बोर्डमा टा“सी प्रकाशित गर्ने र त्यसको एक प्रति सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको वार्ड समितिमा समेत पठाई दिनु पर्दछ ।
(३) किसानहरूले साहुबाट लिएको ऋण सम्बन्धी लगत भूमिसुधार टोलीले पनि अनुसूची–१४ मा तोकिएको ढा“चामा लिनेछ ।
३२. असामी किसानहरूबाट ऋण असुल गर्ने ः
(१) नियम ३१ को उपनियम (२) बमोजिम भूमिसुधार अधिकारीले प्रत्येक असामी किसानको सम्बन्धमा निश्चित गरेको वास्तविक ऋण मध्ये चालू वर्षको ऋणको सा“वा र त्यसको ऐन बमोजिमको व्याज असामी किसानबाट मुख्य उब्जनी वाली काटेपछि तुरून्तै असूल उपर गर्नुपर्छ । चालू वर्ष भन्दा अघिको पुरानो ऋणको हकमा त्यसको सा“वा र ऐन बमोजिमको व्याज असामी किसानबाट एक मुष्ट वा ५ वार्षिक किस्ता सम्ममा असूल उपर गर्नुपर्छ । किस्ताको रकम प्रत्येक वर्षको मुख्य उब्जनी बाली काटेपछि तुरून्तै असूल उपर गर्नुपर्छ । समितिले
असूल उपर गरेको ऋणको अनुसूची–१५ मा तोकिएको ढा“चाको रसीद सम्बन्धित किसानलाई दिनुपर्छ ।
तर नियम ३१ को उपनियम (२) बमोजिम कृषि सम्बन्धी ऋणको वास्तविक रकम निश्चित भएपछि सोही बमोजिम हिसाब मिलाउने गरी उक्त रकम निश्चित नहुंदै पनि समितिले नियम ३१ को उपनियम (३) बमोजिम लिइएको लगतको आधारमा असामी किसानसँग चालू वर्षको ऋणको सा“वा र व्याज मुख्य उब्जनी बाली काटेपछि तुरून्तै असूल उपर गर्न सक्नेछ र त्यसको रसीद अनुसूची–१५ मा तोकिएको ढा“चामा सम्बन्धित किसानलाई दिनु पर्दछ ।
(२) उपनियम (१) अनुसार असूल भएको रकमको लिखित सूचना सम्बन्धित साहुलाई अनुसूची–१९ मा तोकिए बमोजिमको ढा“चामा दिनु पर्दछ तथा हिसाब किताब दुरूस्त राख्नुपर्छ र सो रकम हिनामिना भएमा समितिका सबै सदस्यहरू सामूहिक र
व्यक्तिगत रूपले जवाफदेही हुने छन् ।
(३) ……………….
३३. किसानहरूलाई ऋण उपलब्ध गराउने ः माथिका नियमहरू अनुसार अनिवार्य बचत रकम र कृषि सम्बन्धी ऋणको असूलीबाट जम्मा भएको रकमलाई यसपछिको नियमहरूमा लेखिएको शर्त र तरीका अनुसार समितिद्वारा किसानहरूलाई ऋण उपलब्ध गराउने काममा प्रयोग गरिनेछ ।
३४. ऋण दिने प्रयोजन ः
(१) यी नियमहरू अन्तर्गत समितिले आफ्नो क्षेत्र भित्रका बचत बुझाउने किसानलाई देहायको कुनै प्रयोजनको लागि ऋण दिनेछ । त्यस्तो किसानले प्रमाणपत्र पाएको रहेछ भने सो लिएको ऋण रकम प्रमाणपत्रमा जनाई दिनुपर्छ ।
(क) बीउ लगाउन,
(ख) खान,
(ग) खेतालालाई ज्याला दिन,
(घ) मल तथा कृषि औजार किन्न,
(ङ) मालपोत वा पानी पोत तिर्न,
(च) गोरू किन्न वा भाडामा लिन,
(छ) बिरामी भएको अवस्थामा साधारण उपचारको लागि,
(ज) बिहाबारीको निमित्त (रू. १५०।– सम्म),
(झ) काज क्रियाको निमित्त (रू. ५०।– सम्म),
(ञ) सिंचाइको निमित्त, बा“ध, पैन, कुलो बनाउन, इनार, पोखरी खन्न, मरमत गर्न वा पाइप वा पावर मिशिन किन्न,
(ट) टयाक्टर किन्न वा भाडामा लिन,
(ठ) कृषि विकासको लागि कृषिसँग सम्बन्धित उद्योग खोल्न वा व्यवस्था गर्न,
(ड) आफू मोही भै कमाएको जमीन खरीद गर्न ।
(२) काबु बाहिरको कारणले ऋण तिर्न नसकेकोमा बाहेक लिएको ऋण नतिर्ने व्यक्तिलाई ऋण चुक्ता नगरेसम्म पुनः थप ऋण दिइने छैन ।
(३) साधारणतः मल, बीउ, औजार, गोरू, किटाणुनाशक औषधीको कामका लागि बाहेक अरू कामको लागि जम्मा गरेको बचत भन्दा बढी बिना धितो ऋण दिइने छैन ।
(४) समितिले उपनियम (१) बमोजिम दिएको ऋण र बचत संस्थाबाट प्राप्त रकमबाट वितरण भएको ऋण जुन उद्देश्य र कार्यको लागि दिइएको हो सोही उद्देश्य वा कार्यमा मात्र सो ऋणको प्रयोग गर्नु गराउनु पर्नेछ ।
३५. ऋणको किसिम र प्राथमिकता ः
(१) यी नियमहरू अन्तर्गत किसानहरूलाई ऋण दिंदा आगामी मुख्य उब्जनीको बालीको कटनी हु“दा फिर्ता भुक्तानी लिने गरी दिनु पर्दछ ।
तर आगामी मुख्य उब्जनी बालीको कटनी हु“दा कुनै किसानले कुनै कारणबश ऋण फिर्ता भुक्तानी गर्न सक्ने अवस्था नभएमा र जिल्ला भूमिसुधार अधिकारीले मुनासिब देखेमा नेपाल सरकारको स्वीकृति लिई त्यस्ता किसानको ऋण फिर्ता भुक्तानी गर्न आवश्यक थप म्याद दिन सक्नेछ ।
(२) किसानहरूलाई खान र खेताला लगाउनको निमित्त ऋण दिंदा एक एक महिनाभन्दा बढी अवधिका लागि एकै पटक ऋण नदिई पटक पटक गरी दिइनेछ ।
(३) किसानलाई ऋण दिंदा निजको नभई नहुने आवश्यकता हेरी अनि मात्र दिईनेछ र मुख्य बाली उठ्न सक्ने रकम भन्दा बढी ऋण दिइने छैन ।
(४) किसानहरूलाई दिइएको ऋणको हिसाब किताब समितिले दुरूस्त राख्नु पर्दछ ।
(५) आफूले किसानलाई दिएको ऋण असूल गर्नको निमित्त समितिले आवश्यक परेमा किसानको चल अचल सम्पत्ति लिलाम बढाबढ गरी असूल उपर गर्न सक्नेछ र त्यस्तो चल अचल सम्पत्तिमा समितिको सबभन्दा पहिलो हकदाबी हुनेछ ।
(६) समितिबाट किसानहरूलाई ऋण दिंइदा ऋण भुक्तानी गर्ने अवधि तोकी कबुलियत गराई दिइनेछ र ऋण भुक्तानी भएपछि त्यसको रसीद अनुसूची–२० मा तोकिए बमोजिमको ढा“चामा दिनु पर्नेछ ।
३६. व्याजको दर ः यी नियमहरू अन्तर्गत दिइने नगदी र जिन्सी दुबै किसिमको ऋणको ब्याज वार्षिक सयकडा १० का दरले लिइनेछ ।
३६क. ऋण असूल गर्ने ः
(१) यी नियमहरू अन्तर्गत किसानलाई दिएको ऋण सो ऋण दिंदाको शर्त अनुसार सो शर्तमा उल्लिखित अवधिभित्र असूल गर्नपर्छ ः तर सम्बन्धित बाली कटानी हुदा कुनै किसानले कुनै दैवी कारणवश ऋण भुक्तानी गर्न नसक्ने अवस्था भएमा र जिल्ला भूमिसुधार अधिकारीले त्यस्तो कारण मुनासिब देखेमा त्यस्ता किसानलाई ऋण भुक्तानी गर्न आवश्यक थप म्याद दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम ऋण असूल गर्दा जिन्सीमा ब्याजको अतिरिक्त सयकडा ३ का दरले जति पनि असूल गरिनेछ ।
(३) लगानी भएको जिन्सी ऋण र त्यसको व्याज असूल गर्दा जिन्सीमा नै असूल हुन नसक्ने भएमा जिन्सीको सट्टा निर्धारित दरमा नगदीमा असूल गर्न सकिनेछ ।
(४) लगानी भएको ऋण म्यादभित्र असूल हुन नसकेमा त्यस्तो ऋण दिने समितिले म्याद नाघेको ३५ दिनभित्र ऋण चुक्ता नगर्नेहरूको नामावली जिल्ला भूमिसुधार अधिकारीकहा“ पठाउनेछ र जिल्ला भूमिसुधार अधिकारीले त्यस्तो ऋण सरकारी बा“की सरह असूल उपर गर्न सक्नेछ ।
(५) उपनियम (१), (२), (३) र (४) बमोजिम पूरा वा आंशिक ऋण असूल हु“दा त्यसको रसीद अनुसूची–२० मा तोकिए बमोजिमको ढा“चामा दिनुपर्छ र प्रमाणपत्र पाएकोमा सो कुरा प्रमाणपत्रमा समेत जनाई दिनुपर्छ ।
३७. वार्ड समितिको बैठकको कार्यविधि ः
(१) वार्ड समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा वार्ड समितिको बैठक हुनेछ ।
(२) वार्ड समितिको बैठक गर्नलाई कमसेकम २ जना सदस्यहरूको उपस्थिति अनिवार्य हुनेछ ।
३८. समितिका सदस्यहरूलाई पारिश्रमिक ः (१) कमिशन नपाउने गरी तोकिएको ऋण बाहेक समितिबाट लगानी भएको ऋणको व्याजबाट प्राप्त रकममध्ये समितिको कोषको लागि १० प्रतिशत छुट्याई अनिवार्य बचत रकमको संरक्षण र संचालनको निमित्त आवश्यक मसलन्द र अरू आवश्यक काममा ५ प्रतिशत नबढाई खर्च गरी ३० प्रतिशत समितिका सदस्यले र नियम ३९ग. बमोजिम हिसाब किताबको जिम्मेवारी लिने व्यक्ति समेतले सोही नियममा लेखिए बमोजिम पाउने छन् ।
(२) उपनियम (१) बमोजिम पाउने बाहेक समितिका सदस्यहरूले आफूले वर्ष भरिमा संकलन गरेको बचत रकमको १ प्रतिशतले हुन आउने रकम समेत पाउने छन् ।
(३) समितिको कोषको लागि छुट्याएको कमिशनको प्रतिशत समिति कोषमा जम्मा गरिनेछ ।
३९. वार्ड समिति र समितिको निरीक्षण ः वार्ड समिति र समितिले हिसाब किताब दुरूस्त राखे नराखेको तथा अरू काम रीतपूर्वक गरे नगरेको जा“च गर्नको लागि भूमिसुधार अधिकारीले निरीक्षकहरू खटाउन सक्नेछ । यस्ता निरीक्षकहरूले दिएको निर्देशन पालन गर्नु वार्ड समिति र समितिको कर्तव्य हुनेछ ।
३९क.हिसाब किताब ः (१) समितिले आफ्नो कारोबारको लेखा जिल्ला भूमिसुधार अधिकारीले दिएको निर्देशन बमोजिम ठीक दुरूस्त राख्नुपर्छ र भए गरेको कारोबारको फा“टवारी जिल्ला भूमिसुधार अधिकारी छेउ पठाउनु पर्छ ।
(२) समितिले हिसाब किताब ठीक दुरूस्त राखे नराखेको तथा अरू काम ठीक दुरूस्तसँग गरे नगरेको जा“च गर्नको लागि जिल्ला भूमिसुधार अधिकारीले कर्मचारी खटाउन सक्नेछ ।
३९ख. बर–बुझारथ ः (१) समितिको अध्यक्ष वा सदस्य हेरफेर भएमा आफू जिम्माको नगदी जिन्सी हिसाब किताब र सो सम्बन्धी कागजात तुरून्त हालवालालाई वा सो नभए समितिको सचिवलाई वर बुझारथ गर्नु पर्छ ।
(२) उपनियम (१) बमोजिम बर–बुझारथ गरी दिएको एक प्रतिलिपि जानकारीको लागि जिल्ला भूमिसुधार कार्यालयमा पठाउनु पर्छ ।
३९ग. हिसाब किताबको जिम्मेवारी ः समितिको हिसाब किताब ठीक दुरूस्त राख्ने सम्पूर्ण जिम्मेवारी सदस्य सचिव भएको समितिमा निजको हुनेछ र निज नभएको समितिमा समितिको अध्यक्षको वा समितिले तोकेको व्यक्तिको हुनेछ । त्यस्तो हिसाब किताब राख्ने सदस्यले समितिका सदस्यहरूले सामूहिक रूपमा पाउने पारिश्रमिक रकम मध्ये २५ प्रतिशत निजलाई दिई बा“की रहेको अरू सदस्यहरूले दामासाहीले पाउनेछन् ।
३९घ. बहुमुखी सहकारी संस्थाले गरेको काम गर्ने ः (१) नेपाल सरकारले तोकिदिएमा नियम
२८क. को उपनियम (१) बमोजिम गठित समितिले नेपाल सरकारद्वारा निर्धारित रकमबाट बहुमुखी सहकारी संस्थाले गर्ने काम गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै समिति बहुमुखी सहकारी संस्थाको काम गर्ने गरी तोकिएमा सो संस्थाको हैसियतमा सो समितिको क्षेत्र अन्तर्गत पर्ने अरू समितिले नियम २६ बमोजिम बचत मात्र उठाउने गरी जिल्ला भूमिसुधार अधिकारीले निर्देशन दिन सक्छ ।
३९ङ. समितिका सदस्यहरूको पारिश्रमिक ः नियम ३९घ. बमोजिम बहुमुखी सहकारी संस्थाको काम गर्ने समितिका सदस्यहरू र हिसाब किताबको जिम्मेवारी हुनेले कारोवारमा भएको खूद नाफामध्ये ३० प्रतिशत बचत संरक्षण कोषमा जम्मा गरी बा“की ७० प्रतिशत वा नियम
३८ को उपनियम (१) बमोजिम हुने रकम, जुन बढी हुन्छ सो हिसाबले नियम ३९ग. मा तोकिए बमोजिम पारिश्रमिक पाउने छन् ।