परिच्छेद – १३, निवृत्तभरण, वृत्ति र अन्य सुविधा

परिच्छेद – १३, निवृत्तभरण, वृत्ति र अन्य सुविधा

 

९६. अशक्त वृत्ति :- (१) कुनै निजामती कर्मचारी सरकारी कामको सिलसिलामा दुर्घटनामा परी अंगभंग भएको वा चोटपटक लागेको कारणलेशारीरिक वा मानसिक रुपमा सरकारी सेवाको लागि अशक्त भएमा त्यस्तो कर्मचारीले निजको जीविकाको निमित्त बाँचुन्जेलसम्म
अशक्तवृत्तिको रुपमा उपनियम (२) मा लेखिए बमोजिमको निवृत्तभरण सहित उपनियम (५) मा लेखिए बमोजिमको अशक्त भत्ता
पाउनेछ ।
(२) उपनियम (१) बमोजिम अशक्त भएको निजामती कर्मचारीको सेवा अवधि निवृत्तभरण पाउने अवस्थामा पुगेको भए निजले
तत्काल खाइपाई आएको (कायम मुकायम भै काम गरेको वा नियम ४६ बमोजिम निमित्त भै काम गरेको भए सोको समेत) तलबले
ऐनको दफा ३७ बमोजिम हिसाब गरी हुन आउने रकम बराबर अशक्त निवृत्तभरण पाउनेछ । त्यस्तो अशक्त भएको निजामती
कर्मचारीको सेवा अवधि निवृत्तभरण पाउने अवस्थामा पुगेको नभए ऐन बमोजिम निवृत्तभरण पाउने वर्ष पुर्न‍याउन नपुग प्रत्येक पूरा वा
चानचून वर्षको निमित्त दामासाहीबाट रकम कट्टी गरी बांकी हुन आउने रकम निवृत्तभरण बापत पाउनेछ । यसरी कट्टी गर्दा एक
तिहाईभन्दा बढी रकम कट्टी गरिने छैन ।
(३) उपनियम (१) बमोजिम अशक्त भएको निजामती कर्मचारीलाई चोटपटकको अवस्था हेरी आर्थिक सहायता बापत दश हजार
रुपैयाँसम्मको रकम दिन सकिनेछ । …………………
(४) उपनियम (१) बमोजिम चोटपटक लाग्न गई उपचार गराउंदा लाग्ने उपचार खर्चको शत प्रतिशत रकम सम्बन्धित
निजामती कर्मचारीले पाउनेछ । यस्तो उपचार खर्च पाएको कारणले त्यस्तो कर्मचारीले पछि बिरामी हुंदा नियम ९४ को उपनियम (१)
बमोजिम पाउन सक्ने उपचार खर्च पाउनमा कुनै बाधा पु¥याएको मानिने छैन ।
(५) निजामती कर्मचारीले अशक्तता बापत उपनियम (२) बमोजिम पाउने अशक्त निवृत्तभरणको अतिरिक्त थप पाउने मासिक
अशक्त भत्ताको रकम निजले खाइपाई आएको तलबको बीस प्रतिशत बराबर हुनेछ ।
स्पष्टीकरण :- अशक्तवृत्ति पाएका वा पाउने ठहरिएका निजामती कर्मचारीले पछि कुनै सेवामा पुनः प्रवेश पाएमा निजले यो
नियममा लेखिएको अशक्तवृत्ति पाउने छैन । तर खाइपाई सकेको अशक्तवृत्ति वा अतिरिक्त आर्थिक सहायता रकम भने फिर्ता गर्नु पर्ने
छैन ।
(६) अशक्तवृत्ति पाउने ठहरिएको वा पाइरहेको कुनै निजामती कर्मचारीको मृत्यु सो अशक्तवृत्ति पाउन शुरु भएको मितिले सात
वर्षभित्र भएमा सो सात वर्ष पूरा हुन बांकी अवधि बापत पाउने अशक्तवृत्ति अनुदानको रुपमा एकमुष्ट रकम नियम १०१ को
उपनियम (२) बमोजिमको परिवारका सदस्यलाई दिइनेछ ।
(७) कुनै निजामती कर्मचारीले जानाजान आफ्नै गम्भीर लापरवाहीले गर्दा अंगभंग भएको वा चोटपटक लागेको कारणले
अशक्त भएकोमा भने यस नियम बमोजिमको सुविधा पाउने छैन ।

९७. अंगभंग भए वा चोटपटक लागे बापत पाउने सुविधा :- (१) कुनै निजामती कर्मचारी सरकारी कामको सिलसिलामा चोटपटक लाग्न गई सेवाबाट अवकाश लिनु पर्ने नभए तापनि सो चोटपटकको कारणबाट निजको क्षमता वृद्धिलाई बाधा पर्ने भएमा त्यस्तो कर्मचारीलाई
लागेको चोटपटकको अवस्थाको विचार गरी निजले खाइपाई आएको तलबको अन्तिम स्केलको तलब वृद्धि वा दश हजार रुपैंया“सम्म
एकमुष्ट रकम आर्थिक सहायता दिन सकिनेछ ।
(२) उपनियम (१) बमोजिमको चोटपटकको उपचार गराउन आवश्यक पर्ने अवधिभरको निमित्त निजामती कर्मचारीले निजको
कुनै पनि संचित विदाबाट विदा कट्टा नहुने गरी पूरा तलब सहितको थप बिरामी विदा पाउनेछ ।
(३) उपनियम (२) बमोजिम उपचार गराउंदा लागेको उपचार खर्चको शतप्रतिशत रकम त्यस्तो निजामती कर्मचारीले पाउनेछ ।
यस्तो उपचार खर्च पाएको कारणले त्यस्तो कर्मचारीले पछि बिरामी हुंदा नियम ९४ को उपनियम (१) बमोजिम पाउन सक्ने उपचार
खर्च पाउनमा कुनै बाधा पु¥याएको मानिने छैन ।
(३क) उपनियम (३) तथा नियम ९६ को उपनियम (४) बमोजिम उपचार गर्दा आंखा, हात वा खुट्टाको प्रत्यारोपण गर्नु पर्ने
भएमा यसरी अंग प्रत्यारोपण गर्दा लाग्ने सम्पूर्ण खर्च त्यस्तो निजामती कर्मचारीले पाउनेछ ।
(४) कुनै निजामती कर्मचारीले जानाजान आफ्नै गम्भीर लापरवाहीले चोटपटक लगाएको कारणले अंगभंग भएकोमा यस
नियम बमोजिमको सुविधा पाउने छैन ।
(५) उपनियम (२) बमोजिम उपचार गराउंदा गराउंदै कुनै निजामती कर्मचारीको मृत्यु भएमा त्यसरी उपचार गराउंदा
लागेको उपचार खर्चको रकम नियम १०१ को उपनियम (२) बमोजिमको परिवारका सदस्यलाई दिइनेछ ।

(६) यस नियम बमोजिमको उपचार खर्च पाउन अस्पताल भर्ना भएको तीन महिनाभित्र दावी गरि सक्नु पर्नेछ ।
(७) उपनियम (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि तीन महिनाभन्दा बढी अवधिसम्म अस्पताल भर्ना भै उपचार
गराउनु पर्ने भएमा अस्पतालबाट डिस्चार्ज भएको मितिले दुई महिनाभित्र रकम दाबी गरि सक्नु पर्नेछ ।

९८. असाधारण पारिवारिक वृत्ति तथा उपदान :- (१) कुनै निजामती कर्मचारीको सरकारी कामको सिलसिलामा दुर्घटनामा परी तत्काल मृत्यु भएमा वा त्यसको कारणबाट निको नहुंदै पछि मृत्यु भएमा निजको पत्नी वा पतिलाई छुट्टै आजीवन मासिक पारिवारिक वृत्तिको रुपमा ऐनको दफा ३७ को उपदफा (२) अनुसारको न्यूनतम निवृत्तभरणको पचास प्रतिशतले हुन आउने रकम र थप उपदानको रुपमा मृतक
कर्मचारीले खाइपाई आएको तलबको तीन महिनाको रकम एकमुष्ट दिइनेछ ।
(२) निजामती कर्मचारीको विधुर पति वा विधवा पत्नीलाई देहाय बमोजिमको अवस्थामा मात्र मान्यता दिइनेछ :–
(क) उपर्युक्त कारणबाट मृत्यु हुने घटना घटनु अघि त्यस्तो निजामती कर्मचारीसंग वैवाहिक सम्बन्ध भइसकेको हुनु पर्नेछ

(ख) निजामती कर्मचारीको मृत्यु भएको समयमा निजसंग सगोलमा बसेको हुनु पर्नेछ ।
(३) विधवा पत्नी नभएमा वा पतिको मृत्युअघि निजबाट छुट्टिसकेको भएमा वा त्यस्तो विधवा पत्नीको पुनर्विवाह हुनुभन्दा पहिले
जन्मेको निज मृतक कर्मचारीको सन्तति वा धर्मपुत्रलाई उपनियम (१) मा तोकिएको पटके उपदान दामासाहीले एकमुष्ट दिन सकिनेछ
। तर अठार वर्षभन्दा कम उमेरका सन्तति वा धर्मपुत्र रहेछन् भने निजहरुको गुजाराको निमित्त नेपाल सरकारले निजहरुलाई अठार वर्ष
उमेर नपुगुन्जेलसम्मको लागि दामासाहीले विधवा पत्नीले पाउने पारिवारिक वृत्तिको अंकको दुई तिहाइमा नबढ्ने गरी मनासिब ठहराएको
दरले थप पारिवारिक वृत्ति पनि दिन सक्नेछ ।
(४) मृत निजामती कर्मचारीको विधवा पत्नी वा विधुर पति, सन्तति वा धर्मपुत्र धर्मपुत्री रहेनछन् र निज कर्मचारीको आश्रित
आमा बाबु दुबै वा तीमध्ये कुनै एक रहेछन् भने निजहरुको गुजाराको निमित्त विधुर पति वा विधवा पत्नीले पाउने पारिवारिक
वृत्तिको अंकको दुई तिहाइमा नबढ्ने गरी आजीवन पारिवारिक वृत्ति प्रदान गर्न सकिनेछ ।
(५) मृत निजामती कर्मचारीको विधवा पत्नी, विधुर पति वा सन्ततिको हकमा कुनै विवाद भएमा नेपाल सरकारले उचित र
न्यायसंगत तरिकाबाट कारबाही गर्न सक्नेछ ।
(६) मृत निजामती कर्मचारीको विधुर पति वा विधवा पत्नी, सन्तति, धर्मपुत्र धर्मपुत्री वा आमा बाबु कुनै रहेनछन् र
त्यस्तो कर्मचारीको आश्रित दाजु भाइ वा अविवाहिता दिदी बहिनीहरु वा तीमध्ये कुनै रहेछन् भने निजहरुको गुजाराको निमित्त नेपाल
सरकारले मनासिब देखेको अवधिसम्मको लागि दामासाहीले विधुर पति वा विधवा पत्नीले पाउने पारिवारिक वृत्तिको अंकको दुई
तिहाइमा नबढ्ने गरी मनासिब ठहराएको दरले पारिवारिक वृत्ति प्रदान गर्न सक्नेछ ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि ‘आमा बाबु’ भन्नाले विवाहित महिला निजामती कर्मचारीको हकमा निजको सासू ससुरा
समेतलाई जनाउनेछ ।

९९. शैक्षिक तथा सन्तति वृत्ति :- (१) कुनै निजामती कर्मचारीको सरकारी कामको सिलसिलामा दुर्घटनामा परी मृत्यु भएमा वा सोही
कारणले गर्दा आजीवन काम गर्न नसक्ने भएमा त्यस्तो मृत वा अशक्त कर्मचारीको बढीमा दुई सन्ततिलाई अठार वर्षको उमेर
नपुगुन्जेल देहायको दरले वार्षिक शैक्षिक वृत्ति दिइनेछ :–
(क) राजपत्राङ्कित कर्मचारीको प्रत्येक सन्ततिलाई दुई हजार चारसय रुपैयां,
(ख) राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीको प्रत्येक सन्ततिलाई एक हजार आठसय रुपैयां ।
(२) सरकारी कामको सिलसिलामा मृत्यु भएको निजामती कर्मचारीको बढीमा दुई सन्ततिलाई उपनियम (१) बमोजिमको शैक्षिक
वृत्ति लगायत मृत कर्मचारी बहाल रहेको पदको शुरु तलब स्केलको देहाय बमोजिमको प्रतिशतका दरले मासिक सन्तति वृति समेत
दिइनेछ :– शुरु तलबको कर्मचारीको पद प्रतिशत
(क) मुख्य सचिव – ६
(ख) सचिव र सो सरह – ६.५
(ग) अतिरिक्त सचिव र सो सरह – ७
(घ) सह–सचिव र सो सरह – ८
(ङ) उपसचिव र सो सरह – १०
(च) शाखा अधिकृत र सो सरह – १२
(छ) नायब सुब्बा र सो सरह – १२
(ज) खरिदार र सो सरह – १२
(झ) मुखिया र सो सरह – १३
(ञ) बहिदार र सो सरह – १४
(ट) श्रेणीविहीन तथा राजपत्रअनङ्कित पांचौ श्रेणी – १५
(३) उपनियम (२) बमोजिमको वृत्ति सम्बन्धित सन्ततिले अठार वर्ष उमेर पूरा नगरेसम्म पाउनेछ ।
स्पष्टीकरण :- यस नियमको प्रयोजनको लागि “सन्तति” भन्नाले सम्बन्धित निजामती कर्मचारीको छोरा वा छोरी सम्झनु पर्छ ।

१००. समितिको व्यवस्था :- (१) कुनै निजामती कर्मचारीको सरकारी कामको सिलसिलामा दुर्घटनामा परी मृत्यु भएमा वा चोटपटक लागि
उपचार गर्नु परेमा वा आजीवन अशक्त भएमा निजले निजको परिवार वा सन्ततिले पाउने वृत्ति उपचार खर्च वा उपदानको
सम्बन्धमा सिफारिस गर्न देहायका सदस्यहरु भएको समिति रहनेछ :–
(क) काठमाडौं उपत्यकामा स्थित सरकारी कार्यालयका निजामती कर्मचारीको हकमा –
(१) सामान्य प्रशासन मन्त्रालयको प्रतिनिधि,
(२) अर्थ मन्त्रालयको प्रतिनिधि,
(३) सम्बन्धित निजामती कर्मचारी कार्यरत मन्त्रालय, सचिवालय, आयोग वा कार्यालयको प्रतिनिधि ।
(ख) काठमाडौं उपत्यका बाहेक अन्य जिल्लास्थित सरकारी कार्यालयको निजामती कर्मचारीको हकमा –
(१) सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी,
(२) सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुख,
(३) सम्बन्धित मृतक कर्मचारीको कार्यालय प्रमुख ।
तर प्रमुख जिल्ला अधिकारी नै कार्यालय प्रमुख भएमा निजले तोकेको अधिकृत ।
(२) उपनियम (१) बमोजिम गठित समितिलाई कुनै निजामती कर्मचारीको मृत्यु सरकारी कामको सिलसिलामा भएको हो वा
होइन भन्ने र अशक्तताको सम्बन्धमा र सरकारी कामको सिलसिलामा चोटपटक लागेको हो वा होइन भन्ने सम्बन्धमा समेत
सिफारिस  गर्ने अधिकार हुनेछ ।
(३) उपनियम (१) र (२) बमोजिमको सिफारिस देहायका कागजातहरुको आधारमा गर्नु पर्नेछ :–
(क) सरकारी कामको लागि खटाएको प्रमाण वा भ्रमण आदेश,
(ख) सर्जमिन मुचुल्का वा प्रहरी प्रतिवेदन,
(ग) उपचार गराएको अस्पतालको कागजात वा विल,
(घ) उपचार गर्नु पर्ने निजामती कर्मचारी कार्यरत निकायको सिफारिस ।
(४) नियम ९७ को उपनियम (२) बमोजिम थप विरामी विदा स्वीकृत गर्दा समेत उपनियम (१) बमोजिमको समितिको
सिफारिसलाई आधार मानिनेछ ।

स्पष्टीकरण :- यस नियमावलीको प्रयोजनको लागि ‘सरकारी कामको सिलसिला’ भन्नाले अन्यथा प्रमाणित भएमा बाहेक देहायको
अवस्थालाई जनाउनेछ :–
(क) कुनै पनि बेला कार्यालय जांदा र कार्यालयबाट फर्किंदा वा कार्यालय समयभित्र वा बाहिर कुनै पनि स्थानमा
कार्यालयको काम काजमा खटिएको अवस्था,
(ख) सरकारी काम काजको लागि अन्यत्र काज खटिई गएको अवस्थामा काज अवधिभर ।
(५) समितिले सरकारी कामकाजको सिलसिलामा दुर्घटनामा परेको हो वा होइन भन्ने विषयमा यकिन गर्दा उपनियम (३)
बमोजिमका कागजात बेगर सरकारी कामकाजको सिलसिलामा दुर्घटना परेको भनी सिफारिस गरेमा त्यस्तो सिफारिसको आधारमा
सम्बन्धित् निजामती कर्मचारी वा निजको परिवारले प्राप्त गरेको सुविधा वापतको रकम समितिमा रहेका सबै सदस्यहरुबाट दामासाहीले
असूल उपर गरी निजहरु उपर प्रचलित कानून बमोजिम विभागीय कारबाही समेत हुन सक्नेछ ।
(६) उपनियम (५) बमोजिम सिफारिस गलत भएको प्रमाणित भएमा त्यस पछि त्यस्तो सिफारिस बमोजिम सम्बन्धित
कर्मचारी वा निजको परिवारले पाइरहेको सुविधा दिइने छैन ।

१०१. निवृत्तभरण सम्बन्धी कार्यविधि :- (१) उमेर वा सेवा अवधिको कारणबाट अनिवार्य अवकाश पाउने निजामती कर्मचारीले अवकाश हुने मितिभन्दा ६ महिना अगावै अनुसूची–१७क. बमोजिमको फाराम भरी आफू बहाल रहेको कार्यालय मार्फत निजामती किताबखानामा
अनिवार्य रुपले पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको फाराम भर्न नपाउंदै कुनै निजामती कर्मचारीको मृत्यु भएमा त्यस्तो मृत कर्मचारीले इच्छाएको
व्यक्तिले र कसैलाई नइच्छाएको भए निजको परिवारका सदस्यमध्ये देहायको क्रमानुसार जो जीवित छ उसैले सम्बन्धित अधिकारी
समक्ष ६ महिनाभित्र फाराम भरी पठाउनु पर्नेछ :–
(क) सगोलको पति वा पत्नी,
(ख) सगोलको छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री वा विधवा छोरा बुहारी,
(ग) ………………..
(घ) सगोलको बाबु, आमा,
(ङ) आफैले पालन पोषण गर्नु पर्ने पुरुष र अविवाहित महिला कर्मचारीको हकमा बाजे, बज्यै र विवाहित महिला
कर्मचारीको हकमा सासु, ससुरा र छोरापट्टिको नाति,
(च) भिन्न बसेको पति वा पत्नी,
(छ) भिन्न बसेको छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री वा विधवा छोरा बुहारी,
(ज) भिन्न बसेको ……….. बाबु र आमा,
(झ) सगोलको दाजु, भाइ …….. र छोरापट्टिको अविवाहिता नातिनी,
(ञ) सगोलको अविवाहिता दिदी, बहिनी, …………..
(ट) सगोलको भतिजा, भतिजी, सौतेनी आमा, भिन्न बसेका छोरापट्टिको नाति, अविवाहिता नातिनी,
(ठ) सगोलको काका, विधवा काकी, भाउज्यू, भाइ बुहारी, नातिनी बुहारी,
(ड) भिन्न बसेको दाजु, भाइ,
(ढ) विवाहिता दिदी, बहिनी, भिन्न बसेका बाजे, बज्यै, ……….., नातिनी बुहारी, भतिजा ।
स्पष्टीकरण :- एकै क्रममा एकभन्दा बढी नातेदारहरु तोकिएको भए सो क्रममा तोकिएको सबै नातेदारहरुले बराबर
हिसाबमा मृत कर्मचारीको निवृत्तभरण पाउन सक्नेछन् ।
(३) उपनियम (१) वा (२) बमोजिम फाराम प्राप्त भएपछि निजामती किताबखानाले आवश्यक जांचबुझ गरी अवकाश प्राप्त गर्ने
कर्मचारी वा मृत कर्मचारीको निवृत्तभरण पाउने नातेदारलाई नेपाल सरकारले तोकेको ढांचामा निवृत्तभरणको अधिकारपत्र दिनु पर्नेछ ।
निवृत्तभरणको लागि फाराम भरी पठाउने व्यक्तिले कुन ठेगानामा निवृत्तभरणको लागि अधिकारपत्र पठाई दिनु पर्ने हो सो कुरा
खोली निजामती किताबखानामा लेखी पठाउनु पर्नेछ र सबै रीत पुगेकोमा सम्बन्धित व्यक्तिले पाउने गरी पैंतीस दिनभित्र
निवृत्तभरणको अधिकारपत्र सम्बन्धित व्यक्तिलाई पठाई दिनु पर्छ ।

१०१क. पारिवारिक निवृत्तभरण सम्बन्धी विशेष व्यवस्था :- (१) ऐनको दफा ३९ को उपदफा (३क) बमोजिम मृतक निजामती कर्मचारीको
नावालक सन्ततिलाई निवृत्तभरण प्रदान गर्दा सोही दफाको उपदफा (३) बमोजिम मृतक निजामती कर्मचारीको पति वा पत्नीले पाए सरहको रकम त्यस्तो नाबालिग सन्तति अठार वर्ष नपुगेसम्म प्रदान गरिनेछ ।
(२) ऐनको दफा ३९ग. को उपदफा (५) बमोजिम मृतक निजामती कर्मचारीको नाबालिग सन्ततिलाई निवृत्तभरण प्रदान गर्दा
सोही दफाको उपदफा (१) बमोजिम मृतक निजामती कर्मचारीको पति वा पत्नीले पाए सरहको रकम अठार वर्ष नपुगेसम्म प्रदान
गरिनेछ ।
(३) यस नियम बमोजिम निवृत्तभरण पाउने सन्तति एक भन्दा बढी भएमा यस नियम बमोजिम पाउने रकमबाट त्यस्ता प्रत्येक
सन्ततिलाई समान हिस्सामा उपलब्ध गराइनेछ ।
(४) उपनियम (३) बमोजिम निवृत्तभरण उपलब्ध गराउंदा कुनै सन्ततिको उमेर अठार वर्ष पुगेको र कुनैको नपुगेको भएमा
अठार वर्ष उमेर नपुगेका सन्ततिहरु बीच हिसाब गरी निवृत्तभरणको हिस्सा कायम गरिनेछ ।

१०२. बरबुझारथ नगरेमा उपदान वा निवृत्तभरण रोक्का गर्न सकिने :- सेवा निवृत्त निजामती कर्मचारीले बुझाउनु पर्ने सरकारी नगदी,
जिन्सी र कागजात नियमानुसार नबुझाएमा त्यसरी नबुझाएको अवधिसम्मको लागि निजले पाउने उपदान वा निवृत्तभरण रोक्का गर्न
सकिनेछ । त्यस्तो सरकारी नगदी, जिन्सी र कागजात बुझ्नु पर्ने निजामती कर्मचारीले पनि तोकिएको समयमै बुझिलिनु पर्नेछ ।

१०२क.अनिवार्य अवकाशको लागि उमेर गणना सम्बन्धी व्यवस्था :- (१) ऐनको दफा ३३ को प्रयोजनको लागि निजामती कर्मचारीको उमेर
गणना गर्दा ऐनको व्यवस्था अन्तर्गत वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ सोही मितिबाट अवकाश दिइनेछ ।
(२) वर्ष वा संवत् मात्र उल्लेख भएको प्रमाणपत्रका आधारमा जन्ममिति कायम गर्दा देहाय बमोजिम कायम गरिनेछ :–
(क) नागरिकताको प्रमाणपत्रको हकमा प्रमाणपत्र प्राप्त गरेको मितिको आधारमा,
(ख) शैक्षिक योग्यताको प्रमाणपत्रको हकमा प्रमाणपत्र जारी भएको मितिको आधारमा,
(ग) सिटरोलको हकमा शुरु भर्ना भएको मितिको आधारमा ।
(३) कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्म मिति खुलेको रहेछ तथा त्यस्तो प्रमाणपत्रमा
उल्लिखित जन्म मितिहरुको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नु पर्नेछ ।
तर यसरी छुट्टा छुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिको अन्तर एक वर्ष भन्दा बढी भएमा वर्ष मात्र उल्लेख भएको
प्रमाणपत्रको आधारमा उपनियम (२) बमोजिम जन्म मिति कायम गरिनेछ ।