निजामती सेवा (नवौं संशोधन) नियमावली, २०६८

निजामती सेवा (नवौं संशोधन) नियमावली, २०६८

नेपाल राजपत्रमा प्रकाशित मिति
२०६८।४।४
निजामती सेवा नियमावली, २०५० लाई संशोधन गर्न वाञ्छनीय भएकोले, निजामती सेवा ऐन, २०४९ को दफा ७५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले
देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यी नियमहरूको नाम “निजामती सेवा (नवौंं संशोधन)
नियमावली, २०६८” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

 २. निजामती सेवा नियमावली २०५० को नियम ११६क. मा संशोधनः निजामती सेवा नियमावली, २०५० (यस पछि “मूल नियमावली” भनिएको) को नियम ११६क.को,–
(१) उपनियम (१) मा रहेका “प्रत्येक वर्ष” भन्ने शब्दहरू पछि “निजामती सेवा दिवसको अवसरमा” भन्ने शब्दहरू थपिएका छन् ।
(२) उपनियम (१) पछि देहायको उपनियम (१क) थपिएको छ ः–
“(१क) नेपाल सरकारले निजामती कर्मचारीलाई उपनियम (१) बमोजिमको पुरस्कार प्रदान गर्दा त्यस्तो कर्मचारीले गरेको मुख्य काम तथा योगदान उल्लेख गर्नु
पर्नेछ ।”
(३) उपनियम (२) पछि देहायको उपनियम (२क) र (२ख) थपिएका छन्ः–
“(२क) उपनियम (२) बमोजिमको समितिको कुनै सदस्यको नाम पुरस्कारको लागि सिफारिस भएको अवस्थामा पुरस्कारको लागि सिफारिस नभएको नेपाल
सरकारको सबै भन्दा वरिष्ठ सचिव समितिको सदस्यको रूपमा रहनेछ ।
(२ख) सम्बन्धित निकाय तथा पदाधिकारीले कुनै निजामती कर्मचारीको नाम पुरस्कारको लागि मन्त्रालय÷सचिवालय÷आयोगमा सिफारिस गर्दा त्यस्तो
कर्मचारीले नियम ११६क. को उपनियम (३) बमोजिमको आधार पूरा गरेको प्रमाणित हुने कागजात समेत संलग्न गर्नु पर्नेछ ।”
(४) उपनियम (३) को सट्टा देहायको उपनियम (३) राखिएको छ ः–
“(३) उपनियम (२) बमोजिमको समितिले उपनियम (२ख) अनुसार सम्बन्धित निकाय तथा पदाधिकारीबाट सिफारिस भई आएको देहायका आधार पूरा
गर्ने कर्मचारीलाई उपनियम (१) बमोजिमको पुरस्कारको लागि सिफारिस गर्नेछ ः–
(क) सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको लागि,–
(१) निजामती सेवाको स्थायी पदमा पन्ध्र वर्ष वा सो भन्दा बढी अवधि सेवा गरेको,
(२) पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अंक प्राप्त गरेको,
(३) पछिल्लो पन्ध्र वर्षमा कुनै पनि विभागीय सजाय नपाएको,
(४) पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको,
(५) सम्पत्ति विवरण नियमित रूपमा पेश गरेको,
(६) असाधारण विदा लिएको भए त्यस्तो विदा पछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको,
(७) पुरस्कारको लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन विदा नलिएको,
(८) पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको,
(९) व्यवस्थापन परीक्षण भएकोमा पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरुजु नदेखिएको,
(१०) प्रचलित कानून बमोजिम बरबुझारथ गरेको
(ख) उत्कृष्ट निजामती सेवा पुरस्कारको लागि,–
(१) निजामती सेवाको स्थायी पदमा दश वर्ष वा सो भन्दा बढी अवधि सेवा गरेको,
(२) पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अंक प्राप्त गरेको,
(३) पछिल्लो दश वर्षमा कुनै पनि विभागीय सजाय नपाएको,
(४) पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको,
(५) सम्पत्ति विवरण नियमित रूपमा पेश गरेको,
(६) असाधारण विदा लिएको भए त्यस्तो विदा पछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको,
(७) पुरस्कारको लागि सिफारिस हुने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन विदा नलिएको,
(८) पछिल्लो तीन वर्ष भित्र गयल कट्टीमा नपरेको,
(९) व्यवस्थापन परीक्षण भएकोमा पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरुजु नदेखिएको,
(१०) प्रचलित कानून बमोजिम बरबुझारथ गरेको ।
(ग) निजामती सेवा पुरस्कारको लागि,–
(१) निजामती सेवाको स्थायी पदमा पाँच वर्ष वा सो भन्दा बढी अवधि सेवा गरेको,
(२) पछिल्लो पाँच वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अंक प्राप्त गरेको,
(३) पछिल्लो पाँच वर्षमा कुनै पनि विभागीय सजाय नपाएको
(४) पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु कायम नदेखिएको,
(५) सम्पत्ति विवरण नियमित रूपमा पेश गरेको,
(६) असाधारण विदा लिएको भए त्यस्तो विदा पछि हाजिर भएको अवधि कम्तीमा दुई वर्ष पूरा भएको,
(७) पुरस्कार पाउने वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन विदा नलिएको,
(८) पछिल्लो दुई वर्षमा गयल कट्टीमा नपरेको,
(९) व्यवस्थापन परीक्षण भएकोमा पुरस्कारको लागि सिफारिस हुने वर्षमा निजको नाममा प्रशासनिक बेरुजु नदेखिएको,
(१०) प्रचलित कानून बमोजिम बरबुझारथ गरेको ।
(५) उपनियम (३क) पछि देहायका उपनियम (३क१), (३क२), (३क३) र (३क४) थपिएका छन् ः–
“(३क१) उपनियम (२) बमोजिमको समितिले आवश्यक ठानेमा उपनियम (
३) मा उल्लेखित आधारका अतिरिक्त थप आधारको व्यवस्था गर्न सक्नेछ ।
(३क२) उपनियम (२) बमोजिमको समितिले पुरस्कारको लागि कर्मचारीको नाम सिफारिस गर्ने प्रयोजनको लागि यस नियम बमोजिम तोकिएका आधारहरूको
भार निर्धारण गर्न सक्नेछ ।
(३क३) यस नियम बमोजिम पुरस्कारको लागि सिफारिस गर्दा अपनाउनु पर्ने कार्यविधि अनुसूची–१७क१.मा व्यवस्था भए बमोजिम हुनेछ ।
(३क४) उपनियम (३क३) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ भएपछि पहिलो पटक पुरस्कारको लागि सिफारिस गर्दा अपनाइने कार्यविधि
उपनियम (२) बमोजिमको समितिले निर्धारण गरे बमोजिम हुनेछ ।”
(६) उपनियम (३ख) पछि देहायको उपनियम (३ग) थपिएको छ ः –
“(३ग) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले उपनियम (३) बमोजिमको आधार पूरा गरेको र सेवामा बहाल रहँदै मृत्यु
भएको कर्मचारीको परिवारलाई उपनियम (२) बमोजिमको समितिको सिफारिसमा सम्मान सहित छुट्टै पुरस्कार प्रदान गर्न सक्नेछ ।”

३. मूल नियमावलीको नियम १२३ मा संशोधन ः मूल नियमावलीको नियम १२३ को उपनियम
(४) पछि देहायको उपनियम (५) थपिएको छ ः–
“(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी सेवाको कुनै पदमा स्थायी नियुक्ति पाई कार्यरत कर्मचारी खुल्ला प्रतियोगिताद्वारा निजामती सेवाको अर्को पदमा नियुक्तिका लागि सिफारिस भए पछि निजले साविकको पदबाट राजीनामा दिएमा त्यसरी राजीनामा दिई छोडेको पदमा गरेको सेवा अवधि यस नियमको प्रयोजनको लागि जोडिने छैन।”
४. मूल नियमावलीमा अनुसूची–१७क१.थप ः मूल नियमावलीको अनुसूची–१७क. पछि देहायको अनुसूची–१७क१. थपिएको छ ः–
“अनुसूची – १७क१.
(नियम ११६क.को उपनियम (३क३) सँग सम्बन्धित) निजामती सेवा पुरस्कारको लागि सिफारिस गर्दा अपनाउनु पर्ने कार्यविधि
१. निजामती सेवा नियमावली, २०५० को नियम ११६क. बमोजिमको पुरस्कारको लागि कुनै निजामती कर्मचारीको नाम सिफारिस गर्दा देहाय बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ः–
(क) कुनै कार्यालय अन्तर्गतको निजामती कर्मचारीलाई सिफारिस गर्दा सम्बन्धित कार्यालय प्रमुखले निर्णय गरी प्रत्येक वर्षको फागुन मसान्तभित्र आफ्नो तालुक
मन्त्रालय÷ सचिवालय÷आयोगमा सिफारिस गरी पठाउनु पर्ने,
(ख) विभागले सो विभागका कर्मचारी तथा विभाग अन्तर्गतका कार्यालयको कार्यालय प्रमुख पदमा कार्यरत निजमती कर्मचारीलाई सिफारिस गर्दा विभागको प्रमुखले
निर्णय गरी प्रत्येक वर्षको फागुन मसान्तभित्र आफ्नो तालुक मन्त्रालय÷सचिवालय÷ आयोगमा सिफारिस गरी पठाउनु पर्ने,
(ग) देहायको निजमती कर्मचारीलाई सिफारिस गर्ने प्रयोजनको लागि सम्बन्धित मन्त्रालय ÷सचिवालय÷आयोगको विशिष्ट श्रेणीको अधिकृतले निर्णय गरी प्रत्येक वर्षको
फागुन मसान्तभित्र छुट्टै सूची तयार गर्नु पर्ने ः–
(१) सम्बन्धित मन्त्रालय÷सचिवालय÷आयोगमा कार्यरत कर्मचारी,
(२) सम्बन्धित मन्त्रालय÷सचिवालय÷आयोग अन्तर्गतको विभागको प्रमुख पदमा कार्यरत कर्मचारी,
(३) सम्बन्धित मन्त्रालय÷सचिवालय÷आयोग अन्तर्गत रहेको तर कुनै पनि विभाग अन्तर्गत नरहेको कार्यालयको कार्यालय प्रमुख पदमा कार्यरत कर्मचारी, र
(४) सम्बन्धित मन्त्रालय÷सचिवालय÷आयोग तथा अन्तर्गतको निकायमा कार्यरत कुनै कर्मचारीले आफू पुरस्कारको लागि योग्य भएको दावी गरी सम्बन्धित
मन्त्रालय÷सचिवालय÷आयोगमा नियम ११६क. को उपनियम (३) बमोजिमको आधार पूरा गरेको प्रमाणित हुने कागजात सहित फागुन मसान्तभित्र निवेदन
दिएमा निवेदन दिने त्यस्तो कर्मचारी ।
(घ) सम्बन्धित मन्त्रालय÷सचिवालय÷आयोगले खण्ड (क) र (ख) बमोजिम प्राप्त सिफारिस तथा खण्ड (ग) बमोजिम तयार गरेको सूचीमा परेको निजामती
कर्मचारीमध्येबाट पुरस्कारको लागि सिफारिस गर्नु अघि देहाय बमोजिमको प्रक्रिया पूरा गर्नु पर्नेछ ः–
(१) खण्ड (क) र (ख) बमोजिम सम्बन्धित निकाय तथा पदाधिकारीबाट सिफारिस भई आएको तथा खण्ड (ग) बमोजिम तयार गरिएको सूचीमा परेको
कर्मचारीको सम्बन्धमा प्रतिक्रिया वा उजूरी दिने प्रयोजनको लागि कम्तीमा तीस दिनको म्याद दिई त्यस्ता कर्मचारीको नाम चैत्र मसान्तभित्र सो मन्त्रालय÷सचिवालय÷आयोगको वेभसाइट र सूचना पाटीमा प्रकाशन गर्ने ,
(२) उपखण्ड (१) बमोजिमको म्यादभित्र कुनै प्रतिक्रिया वा उजूरी प्राप्त भएमा त्यस्तो प्रतिक्रिया वा उजूरीको सम्बन्धमा सम्बन्धित मन्त्रालय÷ सचिवालय ÷ आयोगको विशिष्ट श्रेणीको पदाधिकारीले छानविन गरी पुरस्कारको लागि उपयुक्त ठहरिएको निजामती कर्मचारीको नाम उपखण्ड (३) बमोजिमको संख्यामा नबढ्ने गरी पुरस्कारको लागि जेठ पन्ध्र गतेभित्र समिति समक्ष सिफारिस गर्नु पर्ने,
स्पष्टीकरण ः यस अनुसूचीको प्रयोजनको लागि “समिति” भन्नाले नियम ११६क. को उपनियम (२) बमोजिमको समिति सम्झनु पर्छ ।
(३) प्रत्येक मन्त्रालय÷सचिवालय÷आयोगले आपूm अन्तर्गत रहेका सम्पूर्ण निजमती कर्मचारीहरू मध्येबाट देहायको संख्याका कर्मचारी पुरस्कारको लागि सिफारिस
गरी पठाउनु पर्नेछ ः–
(क) १०० सम्म कर्मचारी भएकोमा १ जना,
(ख) १०१ देखि ७०० सम्म कर्मचारी भएकोमा २ जना,
(ग) ७०१ देखि १५०० सम्म कर्मचारी भएकोमा ४ जना,
(घ) १५०१ देखि २४०० सम्म कर्मचारी भएकोमा ६ जना,
(ङ) २४०१ देखि ३४०० सम्म कर्मचारी भएकोमा ८ जना,
(च) ३४०१ भन्दा बढी कर्मचारी भएकोमा १० जना ।
(४) काठमाडौं उपत्यका बाहिर समेत कार्यालय रहेको मन्त्रालय÷सचिवालय÷ आयोगले पुरस्कारको लागि कर्मचारीको नाम सिफारिस गर्दा काठमाडौं
उपत्यका बाहिरको कार्यालयमा कम्तीमा दुई वर्षदेखि कार्यरत कर्मचारीहरूमध्येबाट कम्तीमा पचास प्रतिशतको संख्यामा सिफारिस गर्नु पर्ने,
(५) पुरस्कारको लागि सिफारिस गर्दा कुन पुरस्कारको लागि सिफारिस गरिएको हो स्पष्ट खुलाई पठाउनु पर्ने,
(६) उपखण्ड (२) बमोजिम पुरस्कारको लागि समिति समक्ष सिफारिस गरिएको निजामती कर्मचारीको नाम सम्बन्धित मन्त्रालय÷सचिवालय÷आयोगको
वेभसाइट र सूचना पाटीमा प्रकाशन गर्ने ।
(ङ) नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा कार्यरत निजामती कर्मचारीको नाम पुरस्कारको लागि सिफारिस गरी पठाउँदा नेपाल सरकारको मुख्य सचिवले कुन
पुरस्कारको लागि सिफारिस गरिएको हो सो कुरा स्पष्ट खुलाई जेठ पन्ध्र गतेभित्र समितिको सचिवालयमा पठाउनु पर्नेछ ।
(च) समितिले जेठ मसान्त भित्र नियम ११६क.को उपनियम (१) बमोजिमको पुरस्कार पाउने कर्मचारीको नाम छनौट गर्नु पर्नेछ ।
(छ) समितिले असार पाँच गतेभित्र सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको लागि सिफारिस भएको तथा खण्ड

(ङ) बमोजिम मुख्य सचिवले सिफारिस गरेको विशिष्ट श्रेणीको निजामती कर्मचारीको सम्बन्धमा प्रतिक्रिया तथा उजुरी गर्ने प्रयोजनको लागि कम्तीमा तीस दिनको म्याद दिई त्यस्तो कर्मचारीको नाम सामान्य प्रशासन मन्त्रालयको वेभसाइट र सूचना पाटी लगायतका अन्य सञ्चार माध्यमद्वारा सार्वजनिक गर्नु पर्नेछ ।
(ज) खण्ड (छ) बमोजिमको म्यादभित्र प्रतिक्रिया वा उजूरी प्राप्त भएमा त्यस्तो प्रतिक्रिया वा उजूरीको सम्बन्धमा आवश्यक छानविन समेत गरी समिति आफैंले निर्धारण
गरेको उपयुक्त माध्यम अपनाइ पुरस्कार पाउने निजामती कर्मचारीको नाम छनौट गर्नु पर्नेछ । (भm) खण्ड (च) र (ज) बमोजिम पुरस्कारको लागि निजामती कर्मचारीको नाम छनौट गरिसके पछि समितिले त्यस्तो कर्मचारीको नाम नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष साउन मसान्त भित्र सिफारिस गर्नु पर्नेछ ।
२. समितिले पुरस्कारको लागि निजामती कर्मचारीको नाम सिफारिस गर्दा अपनाउनु पर्ने अन्य कार्यविधि समिति आफैंले निर्धारण गर्न सक्नेछ ।
३. समितिले पुरस्कारको लागि निजामती कर्मचारीको नाम सिफारिस गरी पठाउने फाराम विकास गरी प्रत्येक मन्त्रालय÷सचिवालय÷आयोगमा पठाउनु पर्नेछ ।