परिच्छेद–११ संविधानसभाका समितिहरू

परिच्छेद–११ संविधानसभाका समितिहरू

६४. समिति गठन गर्न सकिने ः संविधानसभाको संविधान निमार्ण कार्य र सोसंग सम्बद्ध अन्य प्रक्रियागत
कार्यमा सहयोग पुर्याउन संविधानसभा अन्र्तगत संवैधानिक समिति, विषयगत समितिहरु र
प्रक्रियागत समितिहरु गठन गर्न सकिनेछ ।

६५. संवैधानिक समिति (१) सभामा एक संवैधानिक समिति रहनेछ ।
(२) नियम ६६ बमोजिमका विषयगत समितिहरुले आफ्नो कार्यक्षेत्र भित्रका विषयको अवधारणा
पत्र सहितको प्रारम्भिक मस्यौदा सम्बन्धी प्रतिवेदन संविधानसभामा पेश गरी सकेपछि त्यस्ता
समितिहरुबाट प्राप्त प्रतिवेदन, सो माथि सभामा छलफल भई सभाले दिएको सुझाव र निर्देशन
समेतका आधारमा संविधानको मस्यौदा तयार पारी संविधानसभामा पेश गर्नु उपनियम (१)
बमोजिमको समितिको प्रमुख कर्तव्य हुनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि संविधानको प्रस्तावना र कुनै पनि
विषयगत समितिहरुको कार्यक्षेत्र भित्र नपरेका तर संविधानमा समावेश गर्नु पर्ने विषयको पहिचान
गरी त्यसको अवधारणापत्र सहितको प्रारम्भिक मस्यौदा तयार पारी सभामा पेश गर्ने जिम्मेवारी
समेत संवैधानिक समितिमा रहनेछ ।
(४) संवैधानिक समितिमा बढिमा त्रिसठ्ठी जना सदस्य रहनेछन् र सो समितिमा सदस्यहरुको
मनोनयन गर्दा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको प्रतिनिधित्व हुने गरी
संविधानसभामा रहेको दलीय संरचना, महिला, आदिवासी÷जनजाती, मधेशी, दलित, पिछडिएको
क्षेत्र, मुस्लिम लगायत अल्पसंख्यक सबै पक्षको सभामा रहेको उपस्थितिको आधारमा समानुपातिक
समावेशीकरण गरिनेछ ।
(५) संवैधानिक समितिमा रहने सदस्यहरुको नाम सहित सो समिति गठनको प्रस्ताव
अध्यक्षले सभामा गर्नेछ ।
(६) समितिका सदस्यहरुले आफू मध्येबाट सभापतिको निर्वाचन गर्नेछन् ।
(७) संवैधानिक समितिको कार्यकाल सभाको कार्यकाल भर हुनेछ ।
(८) संवैधानिक समितिले आफ्नो जिम्मेवारी अन्तर्गतको कुनै निश्चित कामको लागि गर्नु पर्ने
काम र समयावधि तोकि आवश्यकता अनुसार कार्यदल वा उपसमितिहरु गठन गर्न सक्नेछ ।
(९) संवैधानिक समितिको संविधान मस्यौदा गर्ने काम गोप्य हुनेछ । संवैधानिक समितिका
सदस्यहरुले काम शुरु गर्नुअघि अध्यक्षसमक्ष अनुसुची–४ बमोजिमको ढाँचामा पद तथा
गोपनीयताको शपथ लिनु पर्नेछ ।
(१०) यस नियमावलीमा लेखिएदेखि बाहेक संवैधानिक समितिको अन्य कार्यविधि समिति
आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

६६. विषयगत समितिहरु ः संविधानमा रहने विभिन्न विषयहरु मध्ये आफूलाई तोकिएको विषयमा
अवधारणापत्र सहितको प्रारम्भिक मस्यौदा तयार गर्नको लागि संविधानसभामा देहाय बमोजिमका
विषयगत समितिहरु रहनेछन । समितिको नाम र कार्यक्षेत्र देहाय बमोजिम हुनेछ ः–

       

       

        

         

    

       

   

६७. प्रक्रियागत समितिहरु ः संविधानसभाको संविधान निर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन
गर्न आवश्यक पर्ने महत्वपूर्ण प्रशासनिक र प्रक्रियागत कार्यमा सहयोग पु¥याउन देहायका
प्रक्रियागत समितिहरु गठन गर्न सकिनेछ । समितिको नाम र कार्यक्षेत्र देहाय बमोजिम हुनेछ ः–

       

     

६८. थप विषय तोक्ने ः नियम ६५, ६६ र ६७ मा उल्लिखित समितिहरुको कार्यक्षेत्र भित्र नपरेका
विषयहरू अध्यक्षले उपयुक्त सम्झेको समितिको कार्यक्षेत्रभित्र रहने गरी तोक्ने सक्नेछ ।
६९. समितिको गठन ः (१) नियम ६६ र ६७ मा उल्लिखित प्रत्येक समितिमा अध्यक्षले सभाको सहमति
लिई बढीमा त्रिचालीस जना सदस्यहरू मनोनीत गर्नेछ ।
(२) प्रत्येक समितिमा सदस्यहरुको मनोनयन गर्दा संविधानसभामा रहेको दलीय संरचना,
महिला, आदिवासी/जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्र, मुस्लिम लगायत अल्पसंख्यक सबै
पक्षको सभामा रहेको उपस्थितिको आधारमा समानुपातिक समावेशीकरण गरिनेछ ।
(३) कुनै पनि सदस्य एकै साथ एक भन्दा बढी समितिको सदस्य हुन सक्ने छैन ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै सदस्य आवश्यकता अनुसार
आफू सदस्य नभएको समितिको बैठकमा सहभागी भई छलफलमा भाग लिन चाहेमा सम्बन्धित
समितिको सभापतिलाई बैठक बस्ने दिन भन्दा कम्तीमा एकदिन अगावै जानकारी दिई उपस्थित हुन
सक्नेछ ।
तर निजलाई त्यस्तो समितिमा मतदानको अधिकार हुने छैन ।

७०. सभापतिको निर्वाचन ः (१) अध्यक्षले तोकेको दिन समितिको सभापतिको निर्वाचन हुनेछ र त्यसको
सूचना महासचिव वा सचिवले अठ्चालीस घण्टा अगावै प्रकाशन गर्नेछ ।
(२) समितिको सभापतिको निर्वाचनको लागि तोकिएको दिनको अघिल्लो दिन अपरान्ह
पा“च बजेसम्म कुनै सदस्यले अर्को कुनै सदस्यलाई सभापति पदमा निर्वाचित गरियोस् भन्ने
प्रस्तावको सूचना अर्को कुनै सदस्यको समर्थन सहित महासचिव वा सचिवलाई दिन सक्नेछ ।
त्यस्तो सूचनाको साथमा “निर्वाचित भएमा सभापतिको कार्य गर्न राजी छु” भन्ने प्रस्तावित
सदस्यको मञ्जूरी पनि पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको प्रस्तावको सूचना प्रस्तावक सदस्यले समितिमा प्रस्तुत
गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछ ।
(४) उपनियम (२) बमोजिमको प्रस्तावको सूचना एउटा मात्र प्राप्त भएमा समर्थक
सदस्यले बोलिसकेपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा
निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ । प्रस्तावको सूचना एकभन्दा बढी प्राप्त भएमा
दर्ताक्रममा प्रत्येक समर्थक सदस्यले बोलिसकेपछि सबै प्रस्तावहरूमाथि सामान्य छलफल हुनेछ र
त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः समिति समक्ष निर्णयार्थ प्रस्तुत
गर्नेछ ।
(५) उपनियम (४) बमोजिम निर्णयार्थ प्रस्तुत गर्दा प्रस्तावको पक्षमा हुने सदस्यलाई
“हुन्छ” र विपक्षमा हुने सदस्यलाई “हुन्न” भन्ने शब्द उच्चारण गर्न लगाई सामान्य बहुमत प्राप्त
गर्ने सदस्य सभापति पदमा निर्वाचित भएको घोषणा गरिनेछ ।
(६) उपनियम (४) बमोजिम समिति समक्ष निर्णयार्थ प्रस्तुत एकभन्दा बढी प्रस्तावहरू
मध्ये कुनै प्रस्ताव स्वीकृत भएपछि सो प्रस्तावद्वारा प्रस्तावित सदस्य सभापति पदमा निर्वाचित
भएको ठहरिनेछ र बा“की प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन ।
(७) तत्काल सभापतित्व गर्ने ज्येष्ठ सदस्यलाई पनि मत दिने अधिकार हुनेछ । मत बराबर
भएमा गोला प्रथाद्वारा निर्णय गरिनेछ ।
(८) कुनै मन्त्री सभापति पदमा निर्वाचित हुन र समितिको बैठकको सभापतित्व गर्न
पाउने छैन ।
(९) समितिको सभापति नभएको वा नरहेको अवस्थामा उपस्थित सदस्यहरू मध्ये ज्येष्ठ
सदस्यले समितिको बैठकको सभापतित्व गर्नेछ ।
(१०) ज्येष्ठ सदस्य सभापति पदको निमित्त प्रस्तावित भएमा त्यसपछिको उपस्थित ज्येष्ठ
सदस्यले समितिको बैठकको सभापतित्व गर्नेछ ।
(११) समितिको सभापति पदमा निर्वाचित सदस्यले अध्यक्ष समक्ष अनुसूची–५ बमोजिम
शपथ ग्रहण गर्नु पर्नेछ ।

७१. समितिको कार्यावधि ः नियम ६६ र ६७ बमोजिमका समितिको कार्यावधि संविधानसभाको
कार्यकालभरको लागि हुनेछ । अध्यक्षले सभाको सहमति लिई समितिको सदस्यतामा हेरफेर वा
थपघट गर्न सक्नेछ ।
७२. सभापति तथा सदस्यको पद रिक्त हुने अवस्था ः(१) समितिको सभापति पद देहायको कुनै
अवस्थामा रिक्त हुनेछ ः–
(क) संविधानसभाको सदस्य नरहेमा,
(ख) मन्त्री भएमा,
(ग) राजीनामा दिएमा,
(२) समितिको सदस्यको पद देहायको कुनै अवस्थामा रिक्त हुनेछ ः–
(क) संविधानसभाको सदस्य नरहेमा,
(ख) समितिको सदस्य पदबाट राजीनामा दिएमा,
(ग) नियम ७१ बमोजिम हेरफेर भई सदस्य नरहेमा ।
(३) समितिको सभापतिको पद रिक्त हुन आएमा नियम ७० बमोजिम र सदस्यको पद
रिक्त हुन आएमा नियम ६९ को उपनियम (१) बमोजिम पूर्ति गरिनेछ र त्यस्तो सभापति वा
सदस्यको पदावधि सो समितिको बा“की कार्यावधिको निमित्त मात्र हुनेछ ।
(४) उपनियम (२) बमोजिम समितिको सभापतिको पद रिक्त हुन आएमा एक महिनाभित्र
नियम ७० बमोजिम पदपूर्ति गरिनेछ ।
७३. विषयगत समितिहरुको काम, कर्तव्य र अधिकार ः (१) यस नियमावलीले तोकेको कार्यक्षेत्रको
परिधिभित्र रही प्रत्येक विषयगत समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) आफ्नो कार्य क्षेत्र भित्र पर्ने विषयमा गर्नु पर्ने कामको विवरण (कार्य
सूची) तयार पार्ने र सो कार्य सम्पन्न गर्न कार्य तालिका निर्माण गर्ने ।
(ख) आफ्नो कार्य सुचीभित्र पर्ने विषयमा भएका सन्दर्भ सामग्रीहरु संकलन
गरी छलफल तथा अध्ययन गर्ने ।
(ग) आफ्नो कार्य सूचीभित्र पर्ने विषयमा विशेषज्ञको राय लिने, सार्वजनिक
बहस गराउने, स्वदेश र विदेशमा बस्ने नेपाली नागरिकहरुबाट विभिन्न
माध्यमबाट सुझाव संकलन गर्ने, गोष्ठी सेमिनार गर्ने र आवश्यकता
अनुसार, अध्यक्षको स्वीकृति लिई स्थलगत भ्रमण गर्ने ।
(घ) आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयमा खण्ड (ग) बमोजिम संकलित राय
सुझावको आधारमा अवधारणा पत्र सहितको प्रारम्भिक मस्यौदा तयार
पार्ने र सो सम्बन्धी प्रतिवेदन संविधानसभामा पेश गर्ने ।
(ङ) आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयवस्तुमा अध्ययन, अनुसन्धान तथा अन्य
काम गर्न आवश्यक्ता अनुसार उपसमितिहरु गठन गरी तिनीहरुको
काम, कर्तव्य र अधिकार समेत तोक्ने ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि समितिको प्रतिवेदनमा
समितिका सम्पूर्ण सदस्यहरुले हस्ताक्षर गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम संयुक्त हस्ताक्षर हुन नसकेमा कम्तीमा समितिका बहुमत
सदस्यहरुले हस्ताक्षर गरेको हुनु पर्नेछ ।
(४) कुनै सदस्यले आफ्नो फरक मत सहितको हस्ताक्षर गर्न चाहेमा सो फरक मत
सहितको हस्ताक्षर गर्न समितिका सभापतिले आवश्यक व्यवस्था मिलाउनेछ ।
७४. प्रक्रियागत समितिहरुको काम, कर्तव्य र अधिकार ः (१) यस नियमावलीले तोकेको कार्यक्षेत्रको
परिधिभित्र रही प्रत्येक प्रक्रियागत समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयमा गर्नु पर्ने कामको विवरण (कार्य सूची)
तयार पार्ने र सो कार्य सम्पन्न गर्न कार्य तालिका निर्माण गर्ने ।
(ख) आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयवस्तुमा अध्ययन, अनुसन्धान तथा अन्य
काम गर्न आवश्यक्ता अनुसार उपसमितिहरु गठन गरी तिनीहरुको
काम, कर्तव्य र अधिकार समेत तोक्ने ।
(ग) आफ्नो जिम्मेवारी भित्रको कार्य निर्धारित समय भित्र निर्धारित तरिकाले
सम्पादन गरी सो सम्बन्धी प्रतिवेदन सभामा पेश गर्ने ।
(घ) सभाले सुम्पेको अन्य कार्य गर्ने ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि समितिको प्रतिवेदनमा
समितिका सम्पूर्ण सदस्यहरुले हस्ताक्षर गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम संयुक्त हस्ताक्षर हुन नसकेमा कम्तीमा समितिका बहुमत
सदस्यहरुले हस्ताक्षर गरेको हुनु पर्नेछ ।
(४) कुनै सदस्यले आफ्नो फरक मत सहितको हस्ताक्षर गर्न चाहेमा सो फरक मत
सहितको हस्ताक्षर गर्न समितिका सभापतिले आवश्यक ब्यवस्था मिलाउनेछ ।

७५. समितिको बैठक ः (१) समितिको बैठक सभापतिको निर्देशनमा समितिको सचिवले बोलाउनेछ ।
समितिको बैठक बस्ने समय, स्थान र छलफलको विषयवस्तु सभापतिले निर्धारण गर्नेछ ।
(२) समितिको बैठक आवश्यकताअनुसार बस्नेछ ।
(३) समितिको बैठकको सभापतित्व सभापतिले वा निजको अनुपस्थितिमा समितिका
सदस्यहरुले आफूहरु मध्येबाट छानेको सदस्यले गर्नेछ ।
(४) सभापति बाहेक कुनै सदस्यले समितिको बैठकको सभापतित्व गर्दा सभापतिलाई
भएको सवै अधिकार प्रयोग गर्न सक्नेछ ।
(५) समितिको बैठक सचिवालय हाताबाहिर बस्नु परेमा सभापतिले अध्यक्षलाई पूर्व
जानकारी दिनु पर्नेछ ।

७६. गणपूरक संख्या ः (१) समितिको गणपूरक संख्या समितिको सम्पूर्ण सदस्य संख्याको चार खण्डको एक
खण्ड हुनेछ ।
(२) समितिको बैठकमा गणपूरक संख्या नपुगेमा सो संख्या नपुगेसम्म समितिको
सभापतिले अर्को कुनै समय वा दिनसम्मको लागि बैठक स्थगित गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम समितिको बैठकमा गणपूरक संख्या नपुगी लगातार दुई पटक
बैठक स्थगित गर्नु परेमा सभापतिले त्यसको जानकारी अध्यक्षलाई दिनु पर्नेछ ।

७७. लगातार अनुपस्थितिमा कारबाही ः लगातार चारवटा बैठकमा सभापतिको अनुमतिबिना अनुपस्थित
रहने सदस्यलाई सभापतिको सिफारिसमा अध्यक्षले समितिबाट हटाउन सक्नेछ र सो कुराको
जानकारी सभालाई दिनेछ ।

७८. समितिको निर्णय ः (१) समितिको बैठकमा उपस्थित समितिका सदस्यहरुको बहुमतको निर्णय
समितिको निर्णय मानिनेछ र मत बराबर भएमा सभापतित्व गर्नेले निर्णायक मत दिनेछ ।
(२) समितिको बैठकको निर्णय प्रमाणित सभापति र सचिवबाट हुनेछ ।

७९. उपसमितिको गठन ः (१) सभापतिले उपयुक्त सम्झेमा समितिको कार्यक्षेत्रभित्रको विषयको
अध्ययन गरी प्रतिवेदन दिन समितिका सदस्यहरुमध्येबाट उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपसमिति गठन गर्दा उपसमितिले गर्नु पर्ने काम र सो काम सम्पन्न हुनु पर्ने अवधि
पनि किटान गरिनु पर्नेछ । उपसमितिमा आवश्यकक्तानुसार सम्बन्धित विषयका विशेषज्ञलाई पनि
आमन्त्रण गर्न सकिनेछ । त्यसरी आमन्त्रण गरिएमा त्यस्ता विशेषज्ञ उपसमितिमा उपस्थित हुनु
पर्नेछ ।
(३) उपनियम (१) बमोजिम कुनै विषयको अध्ययन गरी प्रतिवेदन दिन उपसमितिका
सदस्यहरुले कुनै स्थानको भ्रमण गर्नु परेमा वा उपसमितिको बैठक सचिवालय हाता बाहिर बस्नु
परेमा सभापति मार्पmत अध्यक्षको पूर्व स्वीकृति लिनु पर्नेछ ।

८०. सम्बन्धित पदाधिकारी वा विशेषज्ञको प्रवेश ः (१) समितिमा कुनै विषय माथि छलफल हु“दा सो
विषयको प्रकृति हेरी सभापतिले आवश्यक देखेमा महान्यायाधिवक्ता वा सो विषयका सम्बन्धमा
स्पष्ट जानकारी दिन सक्ने नेपाल सरकारको सम्बन्धित कुनै पदाधिकारी वा कुनै विशेषज्ञलाई
समितिमा उपस्थित हुन निर्देशन दिन सक्नेछ । सो बमोजिम समितिमा उपस्थित भई आवश्यक
कुराहरुको स्पष्ट जानकारी दिनु त्यस्तो पदाधिकारी वा विशेषज्ञको कर्तव्य हुनेछ ।
(२) समितिले आवश्यक ठानेमा सम्बन्धित पक्ष, दवाव समूह, हित समूह र विशेषज्ञलाई
समेत समितिको बैठकमा आमन्त्रण गरी विचार विमर्श गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम समितिमा उपस्थित भई आवश्यक कुराहरुको स्पष्ट जानकारी
दिनु त्यस्तो पदाधिकारी वा विशेषज्ञ वा सम्बन्धित विशेषज्ञको कर्तव्य हुनेछ ।

८१. छलफल छोट्याउने ः छलफलको निमित्त समयावधि तोकिएको वा नतोकिएको जुनसुकै अवस्थामा
पनि समितिमा भएको छलफल अनावश्यक किसिमले लम्बिएको भन्ने लागेमा सभापतिले सो
छलफल छोट्याउन सक्नेछ ।

८२. समितिको प्रतिवेदन ः (१) समितिको प्रतिवेदन सभापतिले वा निजको अनुपस्थितिमा अध्यक्षले
तोकेको समितिको अन्य कुनै सदस्यले सभामा पेश गर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रतिवेदन पेश गर्ने सभापति वा सदस्यले चाहेमा प्रतिवेदनको
सम्बन्धमा संक्षिप्त वक्तव्य दिन सक्नेछ ।
(३) सभामा पेश गर्नु पर्ने प्रतिवेदन तत्काल बैठक नबसेको कारणबाट सभामा प्रस्तुत गर्न
नसकिएको प्रतिवेदनलाई अध्यक्षले आवश्यक ठह¥याएमा प्रकाशन गर्न आदेश दिन सक्नेछ ।
त्यस्तो आदेश र प्रतिवेदन बैठक प्रारम्भ हुनासाथ सभामा पेश गर्नु पर्नेछ ।
(४) सभामा पेश भएका प्रतिवेदनमा आवश्यक छलफल गर्न अध्यक्षले समय तोक्नेछ ।
(५) सभामा पेश गरेको प्रतिवेदनमाथि छलफल गरियोस् भनी सम्बन्धित समितिका
सभापतिले त्यस्तो प्रतिवेदन पेश भएको दुई दिनभित्र प्रस्तावको सूचना अध्यक्षलाई दिन सक्नेछ ।
(६) उपनियम (५) बमोजिमको सूचना प्राप्त भएमा दुई दिनपछिको कुनै बैठकमा छलफल
गरियोस् भनी प्रस्ताव पेश गर्न अध्यक्षले सम्बन्धित समितिका सभापतिलाई अनुमति दिनेछ ।
(७) प्रस्ताव पेश गर्दा सम्बन्धित समितिको सभापतिले संक्षिप्त वक्तव्य दिन सक्नेछ ।
त्यसपछि अध्यक्षले छलफलको लागि समयावधि निर्धारण गर्नेछ ।
(८) छलफलमा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित समितिका सभापति वा निजले
तोकेको सदस्यले दिएपछि छलफल समाप्त भएको मानिनेछ ।
(९) संवैधानिक समिति र विषयगत समितिहरुले पेश गरेको संविधानको अवधारणा पत्र
सहितको प्रारम्भिक मस्यौदा सम्बन्धी प्रतिवेदनमाथि सभामा छलफल समाप्त भएपछि सभाको
कुनै सुझाव र निर्देशन भए सो सहित सबै प्रतिवेदन सभाले पारित गरी संवैधानिक समितिमा
पठाउनेछ ।

८३. समितिमा सुव्यवस्था र अनुशासन कायम गर्ने अधिकारः (१) समितिको बैठकमा शान्ति,
सुव्यवस्था तथा अनुशासन कायम राखी समितिको बैठक सूचारु रुपले सञ्चालन गर्न समिति र
समितिका सदस्यका सम्बन्धमा सभापतिलाई परिच्छेद–८ र नियम १६३ बमोजिम अध्यक्षलाई
भएको सबै अधिकार हुनेछ ।
(२) उपनियम (१) बमोजिमको अधिकार प्रयोग भई समितिको कुनै सदस्य निष्काशित वा
निलम्बित भएमा सभापतिले सो कुराको सूचना अध्यक्षलाई दिनु पर्नेछ ।
तर कुनै सदस्य कुनै समितिबाट निष्काशित वा निलम्बित भएमा सभाबाट निष्काशित वा
निलम्बित भएको मानिने छैन ।

८४. अनुपस्थितिको सूचना ः समितिको बैठकमा लगातार पाँच दिनसम्म अनुपस्थित हुने सदस्यले
सोको कारण सहितको सूचना सभापतिलाई र सोभन्दा बढी अवधिको भएमा अध्यक्षलाई दिई
स्वीकृत गराउनु पर्नेछ ।

८५. समितिको सचिवालय ः (१) संविधानसभा सचिवालय अन्तर्गत प्रत्येक समितिको सचिवालय
रहनेछ ।
(२) सचिव प्रत्येक समितिको समेत पदेन सचिव हुनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि सचिवले आपूm मातहतको
अधिकृतलाई कुनै समितिको सचिव भई कार्य सम्पादन गर्ने गरी तोक्न सक्नेछ ।
तर सचिव पद रिक्त रहेको अवस्थामा महासचिवले आपूm मातहतको अधिकृतलाई
समितिको सचिव भई कार्य सम्पादन गर्ने गरी तोक्न यस नियमावलीले बाधा पु¥याएको मानिने
छैन ।
(४) समितिलाई आवश्यक पर्ने मस्यौदाकार, विशेषज्ञ लगायतको जनशक्ति, भौतिक स्रोत
साधन सहितको आवश्यक व्यवस्थापन महासचिवको नियन्त्रण र निर्देशनमा रही समितिको
सचिवालयले गर्नेछ ।

८६. समितिको कार्यक्षेत्रको निर्धारण ः (१) समितिको गठन भई कार्य प्रारम्भ गर्नु अगाडि प्रत्येक
समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा गर्नु पर्ने कामको विवरण (कार्य सूची) र सो कार्य
सम्पन्न गर्न कार्यतालिका निर्माण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तयार भएको प्रत्येक समितिको कार्य क्षेत्रसंग
सम्बन्धित कामको विवरण (कार्य सूची) सम्बन्धमा नियम ८८ बमोजिम अध्यक्षको
सभापतित्वमा सबै समितिका सभापतिहरुको बैठक आव्हान गरी सो बैठकमा छलफल गरिनेछ ।
त्यस्तो छलफलबाट विषयवस्तुको सम्बन्धमा थप स्पष्टता गर्नु पर्ने वा दोहोरोपना हटाउनु पर्ने वा
एकरुपता कायम गर्नु पर्ने देखिएमा सो कार्य सम्पन्न गरी कार्य सूचीलाई अन्तिम रुप प्रदान
गरिनेछ ।
(३) उपनियम (२) बमोजिम छलफल हुँदा कुनै समितिको कार्यक्षेत्र सम्बन्धमा अन्यौल
उत्पन्न भएमा अध्यक्षको निर्णय अन्तिम हुनेछ ।

८७. समितिहरुको संयुक्त बैठक ः कुनै साझा सरोकारको विषयमा छलफल गर्न दुई वा दुईभन्दा
वढी समितिहरुको संयुक्त बैठक आवश्यक देखिएमा अध्यक्षले सम्बन्धित समितिहरुको संयुक्त
बैठक बोलाउन सक्नेछ । त्यस्तो बैठकको सभापतित्व अध्यक्षले तोकेको सभापतिले गर्नेछ । संयुक्त
बैठकबाट निस्केका निस्कर्षहरु दुवै समितिको प्रतिवेदनमा समावेश गरिनेछ ।

८८. समितिका सभापतिहरुको बैठक ः समितिको प्रभावकारिता र कार्यको मूल्याङ्कन गर्न अध्यक्षको
सभापतित्वमा समितिका सभापतिहरुको बैठक आवश्यकता अनुसार समय समयमा बस्नेछ ।
त्यस्तो बैठकमा समितिका सचिवहरुले भाग लिन सक्नेछन् ।

८९. अन्य समितिहरु गठन गर्न सकिने ः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि
संविधानसभाको कार्यमा सहयोग पुरयाउन यस परिच्छेदमा व्यवस्था गरिएका समितिका अतिरिक्त
अन्य प्रकृतिका समितिको गठन गर्न आवश्यक भएमा सभाको अनुमति लिई अध्यक्षले
आवश्यकता अनुसारको समिति गठन गरी त्यस्तो समितिको कार्यक्षेत्र समेत तोक्न सक्नेछ ।