परिच्छेद–१३ विशेषाधिकार समिति

परिच्छेद–१३ विशेषाधिकार समिति

१०९ विशेषाधिकार समितिको गठन ः (१) सभामा एउटा विशेषाधिकार समिति रहनेछ । विशेषाधिकार
समितिमा अध्यक्षले संविधानसभाको सहमति लिई बढीमा उनान्तीस जना सदस्यहरू मनोनयन
गर्नेछ ।
तर कुनै मन्त्री विशेषाधिकार समितिको सदस्य हुन पाउने छैन ।
(२) विशेषाधिकार समितिको सदस्य मनोनयन गर्दा सदस्यको ज्ञान, अनुभव र सभामा
रहेको दलीय, लैंङ्गिक, जातीय र क्षेत्रीय संरचनालाई यथाशक्य ध्यान दिइनेछ ।
(३) विशेषाधिकार समितिको सभापति समितिका सदस्यहरूले आफूमध्येबाट निर्वाचन
गर्नेछन् ।
(४) समितिको सभापति र सदस्यहरूको पदावधि संविधानसभाको कार्यकालभर हुनेछ ।
(५) समितिको सभापति पदमा निर्वाचित सदस्यले अध्यक्ष समक्ष अनुसूची –५ बमोजिम
शपथ ग्रहण गर्नु पर्नेछ ।

११०. नियम लागू हुने ः विशेषाधिकार समितिको सभापति वा सदस्यको पद रिक्त हुने अवस्था, रिक्त पद
पूर्ति गर्ने व्यवस्था, ज्येष्ठ सदस्यले सभापतित्व गर्ने व्यवस्था, गणपूरक संख्या, समितिको बैठक र
निर्णय आदि व्यवस्थाहरूका सम्बन्धमा परिच्छेद–११ का नियमहरू नै आवश्यक हेरफेर सहित
लागू हुनेछन् ।

१११. विशेषाधिकार सम्बन्धी प्रश्नको सूचना ः (१) कुनै सदस्यलाई संविधानसभाको विशेषाधिकार हनन्
भएको भन्ने लागेमा विशेषाधिकार हनन् भएको प्रश्न सम्बन्धी मनासिब आधार खुलाई महासचिव
वा सचिवलाई लिखित सूचना दिनु पर्नेछ । त्यस्तो सूचना कुनै लिखतको आधारमा दिइएको भए
सो लिखत नै दाखिला गर्नु पर्नेछ र सो लिखत आपूmले प्राप्त गर्न नसकिने भए विशेषाधिकार
हनन भएको व्यहोरा र लिखत भएको ठाउ“ समेत सूचनामा खुलाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त सूचनाको जानकारी महासचिव वा सचिवले अध्यक्ष र
विशेषाधिकार समितिका सभापतिलाई यथाशीघ्र दिनु पर्नेछ र सभापतिको निर्देशानुसार बैठक
बोलाउनु पर्नेछ ।

११२. विशेषाधिकारको प्रश्न उठाउने बारेको शर्त ः विशेषाधिकार हनन् भएको प्रश्न अघिल्लो बैठक
अन्त्य भएपछि वा चालू बैठकमा घटेको प्रत्यक्ष घटनाको सम्बन्धमा हुनु पर्नेछ ।

११३. विशेषाधिकारको प्रश्नमा प्रारम्भिक छानबिन ः (१) विशेषाधिकार हनन् भएको प्रश्नका सम्बन्धमा
विशेषाधिकार समितिले प्रारम्भिक छानबिन गर्नेछ ।
(२) प्रारम्भिक छानबिनको क्रममा विशेषाधिकार समितिले सम्बन्धित व्यक्तिहरूसँग
सामान्य सोधपुछ गर्न र लिखत प्रमाणहरू दाखिल गराउन सक्नेछ ।
(३) प्रारम्भिक छानबिन गर्दा विशेषाधिकार समितिले पनि पहिलो दृष्टिमा विशेषाधिकार
हननको प्रश्न उठाउन मनासिब देखेमा सोही व्यहोराको प्रारम्भिक प्रतिवेदन सभामा पेश गर्नेछ र
विशेषाधिकार हनन्को प्रश्न उठाउने स्वीकृति दिन उपयुक्त नभएमा कारण सहितको जानकारी
अध्यक्ष र सम्बन्धित सदस्यलाई दिनु पर्नेछ ।

११४. विशेषाधिकारको प्रश्न उठाउने तरीका ः (१) विशेषाधिकार हननको प्रश्न उठाउन चाहने सदस्यले
विशेषाधिकार समितिको प्रतिवेदन प्रस्तुत भएपछि अध्यक्षको अनुमति लिई आपूmले उठाउन
खोजेको विषयमा संक्षिप्त जानकारी दिई बैठकको अनुमति माग्न सक्नेछ ।
(२) विशेषाधिकार हननको प्रश्न छलफलमा नल्याइयोस् भनी कुनै सदस्यले विरोध गरेमा
अनुमति दिन चाहने सदस्यहरूलाई अध्यक्षले उभिने आदेश दिनेछ र विशेषाधिकार समितिका
सदस्य बाहेकका एकसट्ठीजना वा सोभन्दा बढी सदस्यहरू उभिएमा बैठकको अनुमति प्राप्त भएको
र सोभन्दा कम सदस्यहरू उभिएमा बैठकको अनुमति प्राप्त नभएको मानिनेछ ।

११५. विशेषाधिकार समितिलाई प्रश्न सुम्पने ः (१) नियम ११४ बमोजिम विशेषाधिकार हनन् भएको
प्रश्न उठाउन बैठकबाट अनुमति प्राप्त भएमा कुनै सदस्यले त्यस्तो प्रश्नमा सभाबाटै विचार
गरियोस् भन्ने वा विशेषाधिकार समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रस्ताव पेश भएपछि अध्यक्षले सो प्रस्तावमाथि छलफलको
लागि समयावधि तोक्नेछ ।
(३) उपनियम (२) बमोजिमको छलफल समाप्त भएपछि प्रस्तावक सदस्यले प्रस्ताव फिर्ता
लिन चाहेमा संविधानसभाको अनुमति लिई प्रस्ताव फिर्ता लिन सक्नेछ । त्यसरी प्रस्ताव फिर्ता
नलिएमा अध्यक्षले सो प्रस्ताव निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछ ।
(४) उपनियम (३) बमोजिम विशेषाधिकारको प्रश्नमा सभाबाटै विचार गर्ने प्रस्ताव
स्वीकृत भएमा सभाले आवश्यकता अनुसार नियम ११६ को उपनियम (३), (४), वा (५) मा
उल्लिखित अधिकारको समेत प्रयोग गरी सो प्रश्नको निर्णय गर्नेछ । त्यस सम्बन्धमा अध्यक्षले
उपयुक्त कार्यविधि अपनाउन सक्नेछ ।
(५) विशेषाधिकारको प्रश्न समितिमा पठाउने प्रस्ताव स्वीकृत भएमा अध्यक्षले
तत्सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न स्वीकृत प्रस्ताव सहितको आवश्यक कागजातहरू
समितिमा पठाउनेछ ।

११६. विशेषाधिकार समितिको कार्यविधि र अधिकार ः (१) स्वीकृत प्रस्ताव सहितको कागजात प्राप्त
भएपछि विशेषाधिकार समितिले यथाशीघ्र कारबाही शुरू गर्नु पर्नेछ ।
(२) विशेषाधिकार समितिको सभापतिले अध्यक्षको निर्देशनमा रही समितिको कार्यविधि
व्यवस्थित गर्नेछ ।
(३) विशेषाधिकार समितिले छानबिनको सिलसिलामा अभियोग लागेको व्यक्ति उपर
समाव्हान वा गिरफ्तारीको आदेश जारी गर्न, साक्षी झिकाउन, प्रमाण बुझ्न, लिखत दाखिल
गराउन वा बयान बकपत्र गराउन सक्नेछ ।
(४) विशेषाधिकार समितिले आवश्यक ठह¥याएमा अभियोग लागेको व्यक्तिलाई थुनामा
राखी कारबाही गर्न सक्नेछ । विशेषाधिकार समितिले सो बमोजिम कसैलाई थुनामा राखेकोमा सो
कुराको जानकारी सभालाई दिनु पर्नेछ । सभाले उक्त कारबाही बदर गरेमा थुनामा राखेको
व्यक्तिलाई यथाशीघ्र थुनाबाट मुक्त गर्नु पर्नेछ ।
(५) विशेषाधिकार समितिले आवश्यकता अनुसार संविधानसभा सचिवालयको अतिरिक्त
अन्य अधिकारीको पनि सहयोग लिन सक्नेछ ।

११७. विशेषाधिकार समितिको प्रतिवेदन ः (१) विशेषाधिकार समितिले आपूmलाई सुम्पिएको प्रत्येक
प्रश्नलाई छानबिन गरी अभियोग लागेको व्यक्तिलाई सफाई पेश गर्ने मुनासिब मौका समेत दिई
सबै तथ्यहरूमा विचार गरी विशेषाधिकारको हनन भएको हो वा होइन, सो कुराको ठहर गरी
कारण र आधार खुलाई सिफारिस सहितको प्रतिवेदन सभामा प्रस्तुत गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमाथि सभामा छलफल हुने दिनको कम्तीमा एक
दिन अगावै सो प्रतिवेदन सबै सदस्यहरूलाई वितरण गरिनेछ ।

११८. प्रतिवेदनमाथि विचार ः (१) विशेषाधिकार समितिको प्रतिवेदन सभामा प्रस्तुत भएपछि अध्यक्षले
तोेकेको दिन र समयमा विशेषाधिकार समितिको सभापति वा निजको अनुपस्थितिमा सोही
समितिको जेष्ठ सदस्यले प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछ ।
(२) प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि सो प्रतिवेदनमाथि बैठकमा
छलफल हुनेछ ।

११९. संशोधन पेश गर्न सकिने ः (१) नियम ११८ को उपनियम (२) बमोजिम प्रतिवेदनमाथि छलफल
हुँदा अध्यक्षले निर्धारण गरेको कार्यविधि अनुरूप संशोधन पेश गर्न वा कुनै विशेष कुराको
सम्बन्धमा पुनः छानबिन गर्न प्रतिवेदनलाई विशेषाधिकार समितिमा फिर्ता पठाइयोस् भन्ने
संशोधन पेश गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिम पेश भएको संशोधनमाथि संक्षिप्त छलफल भएपछि
संविधानसभाको निर्णयार्थ पेश गरिनेछ ।
(३) उपनियम (१) बमोजिम प्रतिवेदनलाई विशेषाधिकार समितिमा फिर्ता पठाइयोस् भन्ने
संशोधन स्वीकृत भएमा सो प्रतिवेदन समितिमा फिर्ता पठाइनेछ । त्यसरी फिर्ता आएपछि
समितिले पनि सात दिनभित्र पुनः छानबिन गरी आफ्नो प्रतिवेदन सभामा पठाउनेछ ।

१२०. प्रतिवेदन स्वीकृत गरियोस् भन्ने प्रस्ताव ः (१) नियम ११८ को उपनियम (२) बमोजिम
प्रतिवेदनमाथि छलफल समाप्त भएपछि वा नियम ११९ को उपनियम (३) बमोजिम
विशेषाधिकार समितिबाट प्रतिवेदन सभामा पुनः प्रस्तुत भएपछि कुनै सदस्यले प्रतिवेदनमा
उल्लिखित सिफारिसहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रस्ताव पेश भएपछि सो प्रतिवेदनमा कुनै सदस्यले
संशोधन पेश गर्न चाहेमा अध्यक्षले उपयुक्त ठह¥याएको रूपमा संशोधन पेश गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम पेश भएको प्रस्ताव वा उपनियम (२) बमोजिम पेश भएको
संशोधनमाथि संक्षिप्त छलफल भएपछि अध्यक्षले संशोधनमा निर्णय गराई विशेषाधिकार हनन
भएको प्रश्नलाई संविधानसभाको निर्णयार्थ प्रस्तुत गर्नेछ ।

१२१. माफी दिने वा सजाय घटाउन सक्ने ः (१) विशेषाधिकारको प्रश्नमा संविधानसभाको निर्णयबाट
अभियुक्तलाई सजाय भएकोमा निजले अध्यक्ष मार्पmत क्षमायाचना गरी निवेदन दिन सक्नेछ
(२) उपनियम (१) बमोजिमको निवेदन अध्यक्षले सभा समक्ष प्रस्तुत गर्नेछ र अभियुक्तले
गरेको क्षमायाचनामा सभा सन्तुष्ट भएमा तोकिसकेको सजायलाई माफी गर्न वा घटाउन
सक्नेछ ।