भाग १० – आर्थिक कार्य प्रणाली

भाग १० – आर्थिक कार्य प्रणाली

५८. कानून बमोजिम बाहेक कर लगाउन वा ऋण लिन नपाइनेः (१) कानून बमोजिम बाहेक कुनै करलगाउने र उठाइने छैन ।

(२) कानून बमोजिम बाहेक श्री ५ को सरकारद्वारा कुनै ऋण लिइने र जमानत दिइने छैन ।

५९. सञ्चित कोषःश्री ५ को निजी राजस्व, गुठी रकम र स्थानीय कर बाहेक श्री ५ को सरकारलाईप्राप्त हुने अरु सबै प्रकारको राजस्व, राजस्वको धितोमा लिइएका सबै कर्जाहरु र ऐनको अधिकारअन्तर्गत दिइएको जुनसुकै ऋण असूल हुँदा प्राप्त भएको सबै धन ऐनद्वारा अर्को कुनै व्यवस्था नगरिएमा एक सरकारी कोषमा आम्दानी बाँधिनेछ जसलाई सञ्चित कोष भनिन्छ ।

६०. सञ्चित कोषबाट व्ययः विनियोजन गर्ने ऐन वा धारा ६४ वा ६५ अन्तर्गतको ऐन अनुसार वा सञ्चितकोषमाथि व्ययभार भएको रकम बाहेक सञ्चित कोषबाट वा आकस्मिक कोष बाहेक अन्य कुनैसरकारी कोषबाट कुनै रकम झिक्न सकिने छैन ।

६१. सञ्चित कोषमाथि व्ययभारः देहायका कुराहरु सञ्चित कोषमाथि व्ययभार हुनेछन्ः–

(क) राजपरिवारको खर्चसम्बन्धी ऐनद्वारा व्यवस्था गरिएको रकम ;

(ख) निम्नलिखित पदाधिकारीलाई दिइने पारिश्रमिक र सुविधाका रकमहरुः–

१. सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा अन्य न्यायाधीशहरु;

२. राजसभा स्थायी समितिका सभापति र सदस्यहरु;

३. अख्तियार दुरुपयोग निवारण आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरु;

४. महालेखा परीक्षक ;

५. लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरु;

६. प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरु ; र

७. महान्यायाधिवक्ता ।

(ग) सर्वोच्च अदालत, राजसभा, अख्तियार दुरुपयोग निवारण आयोग, महालेखा परीक्षककोविभाग, लोक सेवा आयोग, निर्वाचन आयोग र महान्यायाधिवक्ताको कार्यालय सम्बन्धी प्रशासनिक व्ययहरु;

नोट ः धारा ६१ को खण्ड (ख), (ग) र (घ) मा संविधानको पहिलो संशोधनद्धारा र सो धारा ६१ को खण्ड (ख) र (ग) मा संविधानको दोस्रो संशोधनद्धारापनि संशोधन भएको ।

(घ) श्री ५ को सरकारको दायित्वको ऋणसम्बन्धी व्ययभार ;

(ङ) श्री ५ को सरकार विरुद्ध अदालतबाट भएको फैसला वा आज्ञप्ति अनुसार तिर्नु पर्नेरकम; र

(च) कानूनले सञ्चित कोषमाथि व्ययभार हुने भनी निधो गरेको रकम ।

६२. राजस्व र व्ययको अनुमानः (१) श्री ५ बाट प्रत्येक आर्थिक वर्षको सम्बन्धमा राष्ट्रिय पञ्चायतकोसम्मुख देहाय बमोजिमका कुरा समेत खुलाई वार्षिक अनुमान पेश गर्न लागाइबक्सनेछः–

(क) राजस्वको अनुमान;

(ख) सञ्चित कोषप्रति व्ययभार हुने चाहिदा रकमाहरु; र

(ग) विनियोजन ऐनद्वारा व्यय हुने चाहिदा रकमहरु ।

(२) विनियोजन ऐन अनुसार व्यय हुने चहिदा रकम शीर्षकहरुमा निर्दिष्ट गरी विनियोजन विधेयकमा राखिनेछन् ।तर–

(क) राष्ट्रिय पञ्चायतमा राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफल हँुदा गतआर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याई सुम्पिएको खर्चको जिम्मेवारी र सोखर्च अनुसारको लक्ष्य हासिल भयो भएन त्यसको विवरण सम्बन्धित मन्त्री वानिजको तर्फबाट अन्य कुनै मन्त्रीले राष्ट्रिय पञ्चायतमा पेश गर्नु पर्नेछ ।

(ख) वार्षिक अनुमानमा राष्ट्रिय पञ्चायतमा भएको छलफलको सिलसिलामा प्रस्तुतभएको समाधानको सुझावमध्ये मन्त्रिपरिषद्ले उचित देखेका सुझावलाईसकेसम्म आवश्यकता अनुुसार वार्षिक अनुमान तथा वार्षिक विनियोजनविधेयकमा तदनुकुल मिलाई समावेश गर्न सक्नेछ ।

६३. पूरक अनुमानः (१) कुनै आर्थिक वर्षमा देहायको अवस्था पर्न आएमा श्री ५ बाट पूरक अनुमानराष्ट्रिय पञ्चायतको सम्मुख राख्न लगाइबक्सनेछः–

(क) चालू आर्थिक वर्षको निमित्त विनियोजन ऐनद्वारा कुनै सेवाको लागि खर्च गर्नअधिकार दिइएको रकम अपर्याप्त भयो भने वा त्यस वर्षको निमित्त विनियोजनऐनले अधिकार नदिएको नयाँ सेवामा खर्च गर्न जरुरत पर्‍यो भने ; वा

(ख) त्यस आर्थिक वर्षमा कुनै विनियोजन ऐनद्वार अधिकृत भएको रकमभन्दा बढीखर्च हुन गएकोछ भने ।

(२) पूरक अनुमानमा राखिएको रकम शीर्षकहरुमा निर्दिष्ट गरी पूरक विनियोजन विधेयकमा राखिनेछन् ।

६४. पेश्की खर्चः (१) यो भागमा यस अघि जुनसुकै कुरा लेखिएको भए तापनि विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा आर्थिक वर्षको निमित्त अनुमान गरिएको व्ययको कुनै अंश अगावैपेश्कीको रुपमा ऐनद्वारा खर्च गर्न सकिनेछ ।

(२) धारा ६२ मा गरिएको व्यवस्था अनुुुसार राजस्व र व्ययको अनुमान पेश नगरिएसम्म पेश्कीखर्च विधेयक प्रस्तुत गरिने छैन र पेश्कीको रकम आर्थिक वर्षको व्यय अनुमानको तृतीयांश भन्दा अधिक हुने छैन ।

(३) पेश्की खर्च ऐन अनुसार खर्च भएको रकम विनियोजन विधेयकमा समावेश गरिनेछ ।

६५. उधारो खर्चः (१) यो भागमा यसअघि जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक कारण वा वाह आक्रमणको आशंका वा आन्तरिक विघ्न वा अरु कुनै कारणले गर्दा स्थानीय वा राष्ट्रव्यापी संकटकोआवस्था भएमा धारा ६२ अन्तर्गत चाहिने विवरण खुलाउन अव्यावहारिक वा राज्यको सुरक्षा वा हितकोदृष्टिले अवाञ्छनीय छ भन्ने कुरामा श्री ५ सन्तुष्ट होइबक्सेमा मौसूफबाट व्ययको वाञ्छनीय ठहराइबक्सेको विवरण मात्र भएको उधारो खर्च विधेयक राष्ट्रिय पञ्चायतमा प्रस्तुत गर्न लगाइबक्सनेछ ।

(२) उधारो खर्च ऐन अनुसार खर्च भएको रकम यथाशीघ्र पूरक विनियोजन विधेयकमा समावेश गरिनेछ ।

६६. आकस्मिक कोषः ऐनद्वारा आकस्मिक कोषका नामले एउटा कोष स्थापना गर्न सकिनेछ र सो कोषमा मन्त्रिपरिषद्को परामर्शमा श्री ५ बाट समय समयमा निधो गरिबक्से अनुसार रकम जम्मा गरिनेछ ।श्री ५ बाट स्वीकृति बक्सेबमोजिम सो कोषबाट आकस्मिक कार्यका लागि खर्च गरिनेछ । त्यस्तोखर्चको रकम ऐनद्वारा यथाशीघ्र सोधभर्ना गरिनेछ ।

६७. आर्थिक कार्यविधि सम्बन्धी ऐनः ऐनद्वारा विनियोजित एक शीर्षकबाट अर्को शीर्षकमा रकम सार्ने कुरार अरु आर्थिक कार्यविधि सम्बन्धी कुरा ऐनद्वारा व्यवस्थित हुन सक्नेछ ।