परिच्छेद–४ खाद्य पदार्थको विश्लेषण

परिच्छेद–४ खाद्य पदार्थको विश्लेषण

१०. खाद्य पदार्थको नमूना ः (१) खाद्य पदार्थको नमूना लिंदा खाद्य निरीक्षकले नमूना
लिने ठाउ“मा नै अनुसूची ३ मा तोकिएको अनुपातमा दुई खण्डमा नमूना लिई प्रत्येक
खण्डलाई बेग्ला बेग्लै भाडा“मा राखी आवरणले बेरी लाहाछाप लगाई देहाय बमोजिम
गर्नु पर्नेछ ः–
(क)एउटा भा“डो विष्लेषण परीक्षणको लागि सार्वजनिक विश्लेषक समक्ष
अविलम्ब पठाउने ।
(ख)एउटा भाँडो स्थानीय जिल्ला अधिकारी समक्ष पठाउने ।
(२) उपनियम (१) बमोजिमको भा“डाहरु त्यसभित्र राखिएको खाद्य पदार्थ बाहिर
निष्कन, चुहिन र कुनै बाहिरी पदार्थ भित्र पस्न वा पसाल्न नपाउने गरी बनेको र
सफा हुनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम खाद्य निरीक्षकले नमूनाको लागि खाद्य पदार्थ लिंदा
त्यस्तो खाद्य पदार्थको कुल परिमाणको प्रचलित मूल्य सम्बन्धित खाद्य पदार्थको धनी
वा बिक्रेतालाई तिर्नु पर्नेछ ।
(४) खाद्य पदार्थ राखिएको भा“डो मोडिएको आवरणमा र अनुसूची–२
बमोजिमको सूचनामा खाद्य पदार्थको धनी वा बिक्रेताले सहीछाप गर्र्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम खाद्य पदार्थ राखिएको भा“डो मोडिएको आवरणमा
र अनुसूची–२ बमोजिमको सूचनामा खाद्य पदार्थको धनी वा बिक्रेताले सहीछाप
नगरेमा खाद्य निरीक्षकले विश्लेषणको लागि सार्वजनिक विश्लेषक समक्ष नमूना
पठाउ“दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रमुख र स्थानीय जिल्ला
अधिकारीलाई सो कुराको जानकारी दिनु पर्नेछ ।

११. खाद्य पदार्थको नमूना पठाउ“दा गर्नु पर्ने ः (१) खाद्य निरीक्षक वा मुद्दा हेर्ने अधिकारी
वा पुनरावेदन सुन्ने अदालतले विश्लेषण परीक्षणको लागि नमूना
पठाउ“दा देहाय बमोजिम गरी पठाउनु पर्दछ ः–
(क) खाद्य पदार्थको नमूनालाई अनुसूची–४ मा तोकिए बमोजिमको
फारामसाथ संलग्न गरी लाहाछाप लगाई सुरक्षासाथ पठाउनु पर्दछ,
(ख) खाद्य पदार्थको नमूना राखिएको भा“डा वा बट्टामा र त्यसलाई मोडिएको
बाहिरी आवरणमा समेत नमूनाको वस्तुको नाम परिमाण वा संकलनको
सांकेतिक संख्या केही भए सो स्पष्ट रुपमा अंकित भएको हुनु पर्दछ,
(ग) खण्ड (क) बमोजिमको फारामको एउटा प्रतिलिपि र नमूनाको भा“डोको
आवरणमा लगाइएको लाहाछापका नमूना छुट्टै (खाममा राखी) पठाउनु
पर्दछ,
(घ) त्यस्तो नमूना राखिएको भा“डोको बिर्को बाटोमा नखुल्ने र नचुहीने
किसिमबाट बन्द गरी सो भा“डोलाई बाक्लो कागजमा अन्य बेर्ने पदार्थले

बेरी त्यसलाई धागो वा डोरीले बाँधी कम्तीमा विभिन्न चार ठाउँमा
अक्षर स्पष्ट बुझिने गरी लाहाछाप लगाएको हुनु पर्दछ र यसरी
लाहाछाप लगाईदा उक्त लाहाछाप नउप्काई त्यस्तो भा“डो खोल्न
नसनकिने गरेको हुनु पर्दछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको खाद्य पदार्थको नमूनाको आवरणमा
लागेको लाहाछाप ठीक छ छैन भन्ने जा“च गरी त्यस्तो अवस्थाको रेकर्ड राखी यो
नमूनाको आवरण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रमुख वा सार्वजनिक
विश्लेषक वा निजले अनुमति दिएको व्यक्तिले खोल्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त हुन आएको खाद्य पदार्थको नमूना विश्लेषण
परीक्षण गरी सो को नतीजा अनुसूची–५ मा तोकिए बमोजिमको फाराममा खाद्य
निरीक्षक वा सम्बन्धित अधिकृत वा अदालतलाई पठाउनु पर्दछ ।

१२. खाद्य पदार्थको नमूनामा प्रिजरभेटिभ हाल्ने ः (१) यस नियमावली बमोजिम विश्लेषण
परीक्षणको लागि लिइएको खाद्य पदार्थको नमूना सड्न गल्न र बिग्रन नपाउने गरी
सुरक्षित राख्न खाद्य निरीक्षकले अनुसूची–६ बमोजिमको परिरक्षी (प्रिजरभेटिभ) हाल्नु
पर्नेछ ।
(२)नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूची–६ मा
लेखेको कुराहरुलाई समय समयमा हेरफेर तथा थपघट गर्न सक्नेछ ।

१३. खाद्य पदार्थको जिम्मा ः (१) खाद्य निरीक्षकले कुनै खाद्य पदार्थ दूषित वा न्यूनस्तरको
छ भन्ने शंका लागि यस नियमावली बमोजिम त्यस्तो खाद्य पदार्थको नमूना
लिइसकेपछि सो पदार्थ बिक्री वितरण वा हिनामिना नहुने गर्न रोक्का राख्नु पर्ने
देखेमा नियम ८ बमोजिम गरी सो पदार्थको स्टक सम्पूर्ण वा निजलाई शंका
लागेसम्मको अंशमा लाहाछाप मारी आफ्नू जिम्मामा राख्न सक्नेछ र यसरी जिम्मा

लिएको खाद्य पदार्थको अनुसूची–७ मा तोकिएको ढाँचाको भरपाई सम्बन्धित
व्यक्तिलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आफ्नो जिम्मा राख्न आवश्यक नपर्ने वा सम्भव
नहुने देखेमा त्यस्तो खाद्य पदार्थको धनीलाई सो लाहाछाप मारिएको पदार्थ सुरक्षितसाथ
राख्ने कागज गराई अनुसूची–८ बमोजिमको आदेश दिनु पर्दछ ।

१४. खाद्य पदार्थ दूषित वा न्यूनस्तरको नठहरिएमा रोक्का रहेको पदार्थ फुकुवा गर्ने ः यस
नियमावली बमोजिम नमूना लिइएको खाद्य पदार्थको विश्लेषण परीक्षण गरिंदा कुनै
खाद्य पदार्थ दूषित वा न्यूनस्तरको नठहरिएमा मुद्दा परिसकेको नभए खाद्य निरीक्षकले
नै सो खाद्य पदार्थ फुकुवा वा फिर्ता गर्नेछ र मुद्दा परिसकेको भए मुद्दा हेर्ने अधिकारी
वा अदालतले त्यस्तो रोक्का भै राखेको खाद्य पदार्थ फुकुवा गर्ने वा सम्बन्धित
व्यक्तिलाई फिर्ता दिने आदेश दिनेछ ।

१५. मुद्दा दायर गर्ने गराउने ः (१) यस नियमावली बमोजिम नमूना लिइएको खाद्य पदार्थ
विश्लेषण परीक्षण गरिंदा दूषित वा न्यूनस्तरको ठहरिएमा वा ऐन वा यस
नियमावली विपरीत हुने काम कारबाही भएको ठहरिएमा खाद्य निरीक्षकले ऐन
बमोजिमको स्पष्ट अभियोग र तत्सम्बन्धी सम्पूर्ण विवरण खोली मुद्दा हेर्ने अधिकारी
समक्ष प्रस्तुत गर्नु पर्नेछ ।
(२) ऐन तथा यस नियमावलीको उल्लंघन गरे बापत कुनै व्यक्ति वा संगठित
संस्था उपरको कानूनी कारवाईमा मुद्दा हेर्ने र पुनरावेदन सुन्ने सम्बन्धित अधिकारी र
अदालतलाई सहयोग गर्नु सम्बन्धित खाद्य निरीक्षकको कर्तव्य हुनेछ ।

१५क.खाद्य पदार्थको पुनर्विश्लेषण परीक्षण ः नियम १५ बमोजिम मुद्दा दायर भैसकेपछि
अभियुक्तले सम्बन्धित खाद्य पदार्थको पुनर्विश्लेषण परीक्षण गराई पाउँ भनी निवेदन
गरेमा मुद्दा हेर्ने अधिकारी वा पुनरावेदन सुन्ने अदालतले मनासिब ठहराएमा नियम १० को उपनियम (१) को खण्ड (ख) बमोजिम रहेको सम्बन्धित खाद्य पदार्थ पुनर्विश्लेषण परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रमुख समक्ष
पठाउन सक्नेछ र यसको पुनर्विश्लेषण भइसकेपछि पुनः अर्को विश्लेषणको लागि
निवेदन गर्न पाइने छैन ।

१५ख.अधिकारी तोकिएको ः ऐनको दफा ४क. को प्रयोजनको लागि अधिकारी प्रमुख
जिल्ला अधिकारीलाई तोकिएकोछ ।