परिच्छेद–९ अनुज्ञापत्र

परिच्छेद–९ अनुज्ञापत्र

२४. अनुज्ञापत्र लिनु पर्ने ः व्यापारिक दृष्टिकोणले कुनै खाद्य पदार्थको उत्पादन, बिक्री
वितरण, संचय वा प्रशोधन गर्न चाहने व्यक्तिले यस परिच्छेद बमोजिमको अनुज्ञापत्र
लिनु पर्नेछ ।

२५. जमानतपत्र प्राप्त खुद्रा बिक्रेता ः ऐनको दफा ४ख. को उपदफा (२) को प्रयोजनको
लागि अनुज्ञापत्र प्राप्त उत्पादक वा थोक बिक्रेता वा निजको एजेन्टबाट खाद्य पदार्थको किसिम, गुणस्तर, परिमाण र मूल्य खुलाई दिइएको केश मेमो साथमा भएको खुद्रा बिक्रेतालाई जमानतपत्र प्राप्त खुद्रा बिक्रेता मानिनेछ ।

२६. घूमिफिरी बेच्ने अनुज्ञापत्र ः (१) नियम २४ मा उल्लिखित खाद्य पदार्थ घूमिफिरी
बिक्री–वितरण गर्ने व्यक्तिले पच्चीस रुपैयाँ दस्तूर तिरी आफू बसेको वा साधारण
बिक्री वितरण गर्ने ठाउ“मध्ये कुनै एक गाउँ विकास समिति वा नगरपालिकाबाट
अनुसूची–१२ बमोजिमको अनुज्ञापत्र लिनु पर्नेछ र खाद्य पदार्थ बिक्री–वितरण गर्दा
अनुज्ञापत्र साथमा राख्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको अनुज्ञापत्र प्राप्त गरेको व्यक्तिले आफ्नो पूर्ण
जवाफदेहीमा सो अनुज्ञापत्रमा उल्लिखित खाद्य पदार्थ बिक्री–वितरण गर्नको लागि
अनुज्ञापत्र जिम्मामा लिई आफ्नो एकाघरको परिवारको कुनै व्यक्तिलाई पठाउन
सक्नेछ ।

२७. खाद्य पदार्थको पसल राख्ने वा थोक व्यापार गर्ने अनुज्ञापत्र ः नियम २४ मा
उल्लिखित खाद्य पदार्थ पसल थापी बिक्री–वितरण गर्ने वा थोक व्यापार गर्ने वा
आयात गर्ने व्यक्तिले एकसय रुपैया“ दस्तूर तिरी व्यापारको ठाउँ रहने गाउँ विकास
समिति वा नगरपालिकाबाट अनुसूची–१३ बमोजिमको अनुज्ञापत्र लिनु पर्नेछ र
अधिकार प्राप्त अधिकारीले हेर्न चाहेमा सो अनुज्ञापत्र देखाउनु पर्नेछ ।

२८. खाद्य उद्योगको अनुज्ञापत्र ः (१) नियम २४ मा उल्लिखित खाद्य पदार्थ उत्पादन वा
प्रशोधन गर्न चाहने व्यक्तिले उद्योग स्थापना गर्न उद्योग विभागमा आवेदन दिनुभन्दा
अगावै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सिफारिश लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सिफारिश लिन चाहने व्यक्तिले स्थापना गर्न
चाहेको उद्योगको सम्बन्धमा देहायका कुराहरु खुलाई योजना तयार गरी खाद्य प्रविधि
तथा गुण नियन्त्रण विभागमा दरखास्त दिनु पर्नेछ ः–

(क)उद्योगको किसिम,
(ख) उद्योगको लागि चाहिने मेशिनरी,
(ग) प्राविधिक शीप,
(घ) सर–सफाईको व्यवस्था,
(ङ) कच्चा पदार्थको किसिम र श्रोत ।

(३) उपनियम (२) बमोजिमको दरखास्त पर्न आएमा खाद्य प्रविधि तथा गुण
नियन्त्रण विभागले आवश्यकता अनुसार प्रस्तावित खाद्य उद्योगको योजनामा हेरफेर
गरी सो अनुसार गर्न कबुलियत गराई खाद्य उद्योग स्थापना गर्न अनुमति दिनको लागि
सिफारिश गर्नेछ ।

(४) खाद्य उद्योग स्थापना गर्न अनुमति प्राप्त गरेको व्यक्तिले सो उद्योग स्थापना
गरी सके पछि खाद्य पदार्थको उत्पादन कार्य सुरु गर्नु अघि देहाय बमोजिमको दस्तुर
तिरी विभागबाट अनुसूची–१४ बमोजिमको अनुज्ञापत्र लिनु पर्नेछ ः–
(क) अधिकृत पू“जी पा“च लाख रुपैया“सम्म भएको उद्योगका लागि दुई सय
रुपैया“ ।
(ख) अधिकृत पूँजी दश लाख रुपैया“सम्म भएको उद्योगका लागि पा“च सय
रुपैया“ ।
(ग) अधिकृत पूँजी बीस लाख रुपैया“सम्म भएको उद्योगका लागि एक हजार
रुपैया“ ।
(घ) अधिकृत पू“जी एक करोड रुपैया“सम्म भएको उद्योगको लागि एक हजार
पा“च सय रुपैया“ ।
(ङ) अधिकृत पू“जी तीन करोड रुपैया“सम्म भएको उद्योगको लागि दुई हजार
रुपैया“ ।

(च) अधिकृत पू“जी दश करोड रुपैया“सम्म भएको उद्योगको लागि तीन
हजार रुपैया“ ।
(छ) अधिकृत पू“जी दश करोड रुपैया“देखि माथि जतिसुकै रकमको भए
तापनि चार हजार रुपैया“ ।
(५) यो नियम प्रारम्भ हुनुभन्दा अगावै स्थापना भई सकेको खाद्य उद्योगहरुले
उपनियम (२) बमोजिमका विवरणहरु खुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण
विभागमा दरखास्त दिई बीस रुपैया“ दस्तूर तिरी अनुसूची–१४ बमोजिमको अनुज्ञापत्र
लिनु पर्नेछ ।
(६) उपनियम (४) र (५) बमोजिमको अनुज्ञापत्र अधिकार प्राप्त व्यक्तिले
खोजेको बखत देखाउन सक्ने गरी उद्योग स्थलमै राख्नु पर्नेछ ।

२९. अनुज्ञापत्र जफत गरी उत्पादनमा रोक लगाउन सकिने ः नियम २८ को उपनियम
(४) र (५) बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र प्राप्त गरी
खाद्य पदार्थको उत्पादनकार्य शुरु भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण
विभागबाट निरीक्षण हु“दा योजनामा उल्लिखित शर्त बमोजिमको व्यवस्था नभएकोमा
वा उत्पादित खाद्य पदार्थ ऐनको दफा बमोजिम निर्धारित गुणस्तर वा मात्राको नभएमा
सो शर्त अनुसारको व्यवस्था र गुण स्तरमा सुधार नगरेसम्मको लागि खाद्य प्रविधि तथा
गुण नियन्त्रण विभागको सिफारिशमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले त्यस्तो खाद्य
उद्योगको उत्पादनमा रोक लगाउन सक्नेछ ।

३०. छुट्टा छुट्टै अनुज्ञापत्र लिनु पर्ने ः एक ठाउ“भन्दा बढी ठाउ“हरुमा खाद्य पदार्थ उत्पादन वा
बिक्री वितरण गर्न चाहने व्यक्तिले त्यस्तो प्रत्येक ठाउ“का लागि छुट्टा छुट्टै दरखास्त दिई
यस परिच्छेद बमोजिम अनुज्ञापत्र प्राप्त गर्नु पर्नेछ ।
तर कुनै खास ठाउ“मा नबसी घुमीफिरी खाद्य पदार्थ बिक्री गर्ने व्यक्तिको हकमा
यो नियम लागू हुने छैन ।

३१. अनुज्ञापत्र बहाल रहने अवधि र नवीकरण ः (१) अनुज्ञापत्र दिने अधिकारीले म्याद
नपुग्दै त्यस्तो अनुज्ञापत्र रद्द वा खारेज गरेमा बाहेक यस परिच्छेद बमोजिमको
अनुज्ञापत्र प्रत्येक वर्ष आषाढ मसान्तसम्म बहाल रहनेछ ।
(२) उपनियम (१) बमोजिमको म्याद भुक्तान नहु“दै वा म्याद भुक्तान भएको
तीन महिना भित्र अनुज्ञापत्र लिंदा लाग्ने दस्तूर बमोजिम नै नवीकरण दस्तूर तिरी
अनुज्ञापत्र दिने अधिकारीबाट अनुज्ञापत्र नवीकरण गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको म्याद नाघेपछि अनुज्ञापत्र नवीकरण गर्न
आएमा सो आर्थिक वर्षमा लाग्ने नवीकरण दस्तूर र सो दस्तूरको शत प्रतिशत
जरिवाना र त्यसपछि प्रत्येक आर्थिक वर्षको नवीकरण दस्तूर र सो दस्तूरको शत
प्रतिशत जरिवाना लिई तीन वर्षसम्म नवीकरण गरी दिन सकिनेछ ।

३२. अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नु पर्ने शर्तहरु ः नियम २४ मा उल्लिखित खाद्य
पदार्थको उत्पादन, प्रशोधन, संचय वा बिक्री–वितरणको लागि अनुज्ञापत्र प्राप्त गर्ने
व्यक्तिले देहायको शर्तहरुको पालन गर्नु पर्नेछ ः–
(क)खाद्य पदार्थ उत्पादन गर्ने, जम्मा गर्ने, वा बिक्री गर्ने काममा सरुवा,
संक्रामक वा घिनलाग्दो रोगबाट पीडित वा फोहरी व्यक्तिलाई लगाउन
हुँदैन ।
(ख)खाद्य पदार्थ उत्पादन गर्ने, संचय गर्ने वा बिक्री गर्ने ठाउ“ सबै सन्तोषप्रद
रुपले सफासुग्घर राख्नुपर्छ र चर्पी, पिसाबखाना र फोहर वा बेकम्मा
मालसामान थुपारी राख्ने ठाउँको अलग व्यवस्था गर्नु पर्छ ।
(ग) उत्पादक, थोकबिक्रेता वा बिक्रेताहरुले आफूले उत्पादन वा बिक्री–वितरण
गरेको खाद्य पदार्थको मात्रा र खाद्य पदार्थ बिक्री–वितरणको लागि पठाएको
मात्रा र ठाउँको विवरणको रजिष्टर राख्नुपर्छ र चाहिएको बेलामा देखाउनु
पर्नेछ ।