परिच्छेद–४ बीमा

परिच्छेद–४ बीमा

३२. बीमा गरिने वस्तुहरू र बिमा गर्न सकिने हदः

(१) आन्तरिक हुलाक सेवामा पाँचहजार रूपैयाँसम्म र वैदेशिक हुलाक सेवामा दुई देश बीचको सम्झौता अनुसारको मूल्य भएको बेचबिखन गर्न सकिने वस्तुहरू र पाँचहजार रूपैयाँसम्मको करेन्सी नोट वा सिक्का भएको चिठ्ठी वा पुलिन्दा हुलाक बीमा गरी पठाउन सकिनेछ र यसरी बिमा गर्न सक्ने, बीमा डेलिभरी गर्न सक्ने र बीमाको जनाउपत्र बाड्न सक्ने हुलाकहरू महानिर्देशकले तोकिदिए बमोजिम हुनेछ ।
तर नेपाल र भारत बाहेक अन्य देशमा करेन्सी नोट वा सिक्का पठाउन सकिने छैन ।

(२) उपदफा (१) को अधीनमा रही बेचबिखन गर्न सकिने जुनसुकै वस्तुहरू वा करेन्सी नोट वा सिक्का हुलाकद्वारा पठाउ“दा बीमा गर्न अनिवार्य हुनेछ ।

३३. बीमा महसुलदरः  हुलाक वस्तु बीमा गरे वापत हुलाक महसुल र रजिष्टरी दस्तुरमा नेपाल सरकारले तोके बमोजिम थप बीमा महसुल लाग्नेछ ।

३४. बीमा गर्ने तरीकाः हुलाक वस्तुहरू बीमा गर्दा देहाय बमोजिम गर्नु पर्छः–

(१) बीमा गर्दा लाग्ने हुलाक तथा अन्य दस्तुरको अग्रिम चुक्ति हुलाक टिकट टाँसी वा फ्रेङ्कग  गरी गर्नु पर्छ ।
(२) प्रत्येक बीमा वस्तु छाप नफुटाइकन वा बेसाबुत वा अस्पष्ट चिन्ह नरहने किसिमसँग खोल्न नसकिने गरी सफा र स्पष्ट बुझिने गरी एक रङको सफा लाहाद्वारा एकै ढाँचाको कुनै व्यक्तिगत छाप लगाई बलियो खाममा खोलमा वा बट्टामा वा बाकसमा राम्ररी बन्द गरिएको हुनु पर्दछ । रूपैयाँ पैसाको वा सोझा बाङ्गा काटिएको रेखा भएको छाप हुनु हुँदैन ।

(३) खाम, खोल, बाकस वा बट्टा कालो वा अरु कुनै किसिमको र·ीन किनारा नभएको वा भित्रको कुनै अंश कतैबाट देख्न र चिन्ह नसकिने गरी बनेको हुनु पर्छ ।

(४) खाम, खोल, बाकस वा बट्टा बन्द गरी टाँसिने, प्रत्येक जोड्नीमा लाहाछाप लगाएको हुनु पर्छ । कुनै वस्तु खाममा पठाइने भएमा धागाको टा“का मारी वा फिता बाँधी जहाँ गाँठो पर्छ त्यहाँ लाहाछाप लगाएको हुनु पर्छ ।

(५) खोल बाकस वा बट्टामा राखी पठाइने वस्तुका विषयमा सिएको ठाउँ धेरै भएमा प्रत्येक इन्चमा लाहा वा शिशाको छाप लगाउँदा बीमा वस्तु छाप खोली वा अन्य प्रष्ट चिन्ह देखिने नगरीकन खोल्न नसकिने हुनु पर्छ ।

(६) खोल बट्टा वा बाकस सरल बलियो चीजको बनेको र बलियो कागज वा कपडाले मोरिएको हुनु पर्दछ । त्यस्तो खाम, खोल, बट्टा वा बाकसमा हुलाक अड्डाको लेबूल टाँस्ने तथा चिन्ह लगाउने पर्याप्त स्थान हुनु पर्छ ।

(७) यसरी बीमा गरिने वस्तुमा कुनै केरमेट तथा थपघट नगरी बीमा गरिने मूल्य, अङ्क र अक्षर दुबैमा स्पष्टसँग बुझिने गरी लेखिएको हुनु पर्छ ।
(८) प्रेषकको नाम र ठेगाना बीमा गरिने वस्तुको अगाडिको भागको देब्रेतर्फ र ठेगानावालाको नाम र ठेगाना दाहिनेतर्फ केरमेट नगरी तथा नसच्याइकन पूरा र प्रष्ट लेखिएको हुनु पर्छ ।

३५. रसीदः बिमा वस्तु बिमा गर्ने निर्धारित समय भित्र हुलाकमा दाखिल हुन आई हुलाकद्वारा बिमाको निमित्त स्वीकृति भएमा सो वस्तुको प्रेषकलाई प्रत्येक वस्तुको निमित्त छुट्टा छुट्टै रसीद दिइनेछ ।

३६. फिर्ती रसीदः प्रत्येक बिमा वस्तुको निमित्त ठेगानावालाले वा निजको अख्तियार पाएको वारिसले रीतपूर्वक सहीछाप गरेको फिर्ती रसीद प्रेषकलाई निःशुल्क सम्बन्धित हुलाक अड्डाले दिनेछ ।

३७. बिमा वस्तु फिर्ता हुनेः सम्बन्धित हुलाकले देहायको अवस्थामा बिमा वस्तु प्रेषकलाई फिर्ता पठाउनु पर्दछः–

(क) बिमा वस्तुको आगमन सूचना दिइएको मितिले १० दिनभित्र ठेगानावालाले डेलिभरी नलिएमा, वा
(ख) ठेगानावालाले बिमा वस्तु लिन इन्कार गरेमा वा डेलिभरी लिन ठेगानावाला नै नभेटिएमा वा ठेगानावालाको मृत्यु भई डेलिभरी हुन नसकेमा, वा
(ग) ठेगानावाला अघि बसेको ठाउँ छाडी अन्यत्र गएमा वा बिमा वस्तु डेलिभरी गर्ने अख्तियार नभएको हुलाकको अधिकार क्षेत्रमा सरेकोमा सो सरेको १० दिनभित्र ठेगानावाला वा निजको अख्तियार पाएको वारिसलाई डेलिभरी दिन हुलाकको तर्फबाट प्रयास गर्दा पनि ठेगानावाला पत्ता नलागी बीमा वस्तु डेलिभरी गर्न नसकेमा । तर, बीमा वस्तु हुलाकमा आइपुगेको समयमा बीमा वस्तुको ठेगानावाला सो हुलाकको डेलिभरी क्षेत्रबाट बाहिर गएको भए र सो हुलाकमा निजले आफ्नो नाममा बीमा वस्तु आएको सुचना हुलाकबाट वा अरु कुनै तवरबाट थाहा पाई त्यसको डेलिभरी लिने इच्छाको लिखित सूचना सम्बन्धित हुलाकलाई खण्ड (ग) मा उल्लिखित १० दिनभित्र दिएमा सो बीमा वस्तु अरु १५ दिनसम्म सो हुलाकमा राखिनेछ । सो अवधिभित्र पनि ठेगानावाला वा निजको अख्तियार पाएको वारिसले डेलिभरी नलिएमा सो १५ दिन भुक्तान भएपछि सो बीमा वस्तु प्रेषकलाईनै फिर्ता पठाइनेछ ।

३८. क्षतिपूर्ति पाउने शर्त र बन्देजहरूः

बीमा गरिएको हुलाक वस्तु वा त्यसको कुनै अंश हुलाकद्वारा चलान गरिएको अवस्थामा हराएमा वा नोक्सान भएमा ऐन बमोजिम पाउने क्षतिपूर्तिको रकम देहायको अवस्थामा पाउने छैनः–

(क) प्रेषकले लेखेको ठेगाना अधुरो वा अशुद्ध भै गलत डेलिभरी हुन गएमा, वा
(ख) प्रेषकले वा ठेगानावालाले कुनै किसिमको जालसाजी गरेको प्रमाणित भएमा, वा
(ग) ठेगानावालाले फिर्ती रसीद समेतमा सहीछाप गरी बीमा वस्तुको डेलिभरी लिइसकेको भएमा,
(घ) बीमा वस्तु हुलाक दाखिल भएको मिति देखि ६ महिनासम्ममा हराएको वा नोक्सानी भएको वा गुम भएको कुनै उजुरी नदिएमा, वा
(ङ) अनुचित वा असुरक्षित प्याकबन्दीको कारणले हराएमा वा नोक्सान भएमा, वा
(च) हुलाक वस्तुको बाहिरी भाग वा लाहाछापमा कुनै देखिने नोक्सानी नभएमा, वा
(छ) बीमा वस्तुभित्र करेन्सी नोट वा सटही मूल्यको अरु वस्तु वा दुबैसाथ खामिएको भै त्यस्तो वस्तुहरूको वास्तविक मूल्यको बीमा नगरिएको भएमा, वा
(ज) बीमा गरिएको वस्तुको स्वभावबाट हानि नोक्सानी भएमा, वा
(झ) हुलाकद्वारा चलान गर्न मनाही गरिएको वस्तु बीमा गरिएमा, वा
(ञ) काबू बाहिरको परिस्थितिबाट हराएमा वा नोक्सान भएमा ।

३९. क्षतिपूर्ति दिने तरिकाः क्षतिपूर्तिको भुक्तानी दिंदा देहाय बमोजिम हुनेछः–

(क) बीमा गरिएको मूल्यको रकमभन्दा कुनै हालतमा पनि बढी नहुने गरी गुम, चोरी वा नोक्सान भएको जतिको ठीक मूल्य बराबरको क्षतिपूर्ति पाउने हकदार प्रेषक हुनेछ ।
(ख) अप्रत्यक्ष नोक्सानी वा नाफा हानिको विचार गरिने छैन ।
(ग) क्षतिपूर्तिको हिसाब गर्दा बीमा वस्तुहरू चलाउन स्वीकार गरेको स्थान र समयमा उही प्रकारको चीजको प्रचलित भाउ अनुसार गरिनेछ । प्रचलित भाउ नभएमा, चीजको सामान्य मूल्य अनुसार मूल्य निर्धारण गरिनेछ ।
(घ) महानिर्देशक वा क्षेत्रीय हुलाक निर्देशकद्वारा परिस्थितिवश जा“चवुझ गर्ने आदेश भएमा बाहेक क्षतिपूर्तिको भुक्तानी यथाशक्य छिटो र ढिलोमा सोधपुछ भएको मितिदेखि ६ महिनाभित्र दिइनेछ ।