परिच्छेद–३ प्रवेश अनुमतिपत्र सम्बन्धी ब्यवस्था

परिच्छेद–३ प्रवेश अनुमतिपत्र सम्बन्धी ब्यवस्था

५. पैठारी प्रवेश अनुमतिपत्रका लागि निवेदन दिनेः(१) बिरुवा, बिरुवाजन्य उपजः

बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि नेपालमा पैठारी गर्न चाहने व्यक्ति वा संस्थाले दुईसय रुपैयाँ निवेदन दस्तुर संलग्न गरी प्रवेश अनुमतिपत्र प्राप्त गर्न कार्यालय प्रमुख समक्ष अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । तर त्यस्तो वस्तु अनुसन्धान प्रयोजनको लागि पैठारी गर्ने भएमा यस उपनियम बमोजिमको निवेदन राष्ट्रिय प्लाण्ट क्वारेण्टाइन कार्यक्रमको प्रमुख समक्ष दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन दिंदा निवेदनको साथ देहायका कागजातहरु संलग्न गर्नु पर्नेछः–
(क) पैठारीकर्ताको नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रतिलिपि,
(ख) संस्थाको नामबाट पैठारी गर्न चाहनेले त्यस्तो संस्था दर्ता र नवीकरण गरेको प्रमाणको प्रतिलिपि,
(ग) पैठारी गरिने बस्तुको अग्रिम बील बीजक (परफर्मा इन्भ्वाइस) को प्रतिलिपि,
(घ) बीउ विजन पैठारी गरिने भए बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको सिफारिस,
(ङ) अनुसन्धानको लागि पैठारी गरिने भए अनुसन्धान गर्ने व्यक्ति वा संस्थाको अनुरोधपत्र र नेपाल कृषि अनुसन्धान परिषद्बाट गरेको
सिफारिस ।

(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन साथ संलग्न कागजात जाँचबुझ गर्दा कार्यालय प्रमुखले प्रवेश अनुमतिपत्र दिन मनासिब देखेमा बिरुवा वा बिरुवाजन्य उपजको लागि अनुसूची–२ बमोजिमको ढाँचामा, वायोलोजिकल कन्ट्रोल एजेन्ट वा लाभदायक कीराको लागि अनुसूची–३ बमोजिमको ढाँचामा, माटो, झ्याउ, पीट वा अन्य बिरुवा हुर्कने माध्यमका लागि अनुसूची–४ बमोजिमको ढाँचामा र जर्मप्लाज्म, जीवित परिमार्जित वस्तु, अनुवांशिक परिमार्जित वस्तु वा ट्रान्सजेनिक पदार्थको अध्ययन अनुसन्धानको लागि अनुसूची–५ बमोजिमको ढाँचामा प्रवेश अनुमतिपत्र दिनेछ ।

(४) कुनै व्यक्ति वा संस्थाले उपनियम (१) बमोजिम अग्रीम रुपमा पैठारी अनुमतिपत्र लिन नसकेको कारण देखाई उपनियम (२) बमोजिमका कागजातहरु संलग्न गरी प्रवेश नाकामा नै प्रवेश अनुमतिपत्र लिन निवेदन दिएमा त्यसरी अग्रीम रुपमा अनुमति लिन नसकेको कारण मनासिब देखिएमा कार्यालय प्रमुखले एक हजार रुपैँया दस्तुर लिई प्रवेश नाकामा उपनियम (३) बमोजिम अनुमतिपत्र दिन सक्नेछ ।
तर अनुसन्धानको प्रयोजनको लागि पैठारी प्रवेश अनुमतिपत्र नलिईकन यस उपनियम बमोजिम प्रवेश नाकाबाट अनुमतिपत्र दिईने छैन ।

(५) उपनियम (३) बमोजिम पैठारी प्रवेश अनुमतिपत्र प्राप्त गर्ने व्यक्ति वा संस्थाले ऐनको दफा ७ को उपदफा (२) बमोजिम मन्त्रालयले तोकेको पैठारी सम्बन्धी शर्त तथा बन्देजको पालना गर्नु पर्नेछ ।

(६) उपनियम (३) बमोजिम जाँचबुझ गर्दा संलग्न गरिएका कागजात अपर्याप्त भएको वा अन्य कारणबाट प्रवेश अनुमतिपत्र दिन उपयुक्त नदेखिएमा कार्यालय प्रमुखले सात दिनभित्र निवेदकलाई अनुसूची–६ बमोजिमको ढाँचामा जानकारी दिनु पर्नेछ ।

६. प्रवेश अनुमतिपत्रको नवीकरण सम्बन्धी व्यवस्थाः(१) नियम ५ को उपनियम (३) बमोजिम प्राप्त गरेको प्रवेश अनुमतिपत्र नवीकरण गराउन चाहने व्यक्ति वा संस्थाले प्रवेश अनुमतिपत्रको म्याद समाप्त हुनु भन्दा सात दिन अगावै त्यस्तो अनुमतिपत्र जारी गरेको कार्यालय प्रमुख समक्ष अनुसूची–७ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर कार्यालय प्रमुखले आवश्यक जाँचबुझ गर्दा प्रवेश अनुमतिपत्रको नवीकरण गर्न मनासिब देखेमा चारसय रुपैया दस्तुर लिई बढीमा तीन महिनासम्मको लागि त्यस्तो प्रवेश अनुमतिपत्र नवीकरण गरी दिन सक्नेछ ।

७. प्रवेश नाकामा प्रवेश अनुमति लिनेः(१) कुनै व्यक्ति वा संस्थाले ऐनको दफा ७ बमोजिम बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि नेपालमा पैठारी गर्ने गरी प्रवेश नाकामा ल्याई त्यस्ता वस्तुको क्वारेन्टाइन सम्बन्धी आवश्यक कार्य गरी पाउन र नेपालभित्र प्रवेश राउन चाहेमा त्यसरी ल्याईएको वस्तु नेपालमा प्रवेश अनुमतिकालागि अनुुसूची–८ बमोजिमको ढाँचामा प्रज्ञापनपत्र भरी कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम पेश गरिएको प्रज्ञापनपत्रको साथ देहायका कागजात संलग्न गर्नु पर्नेछ ः–
(क) नियम ५ बमोजिम लिएको पैठारी प्रवेश अनुमतिपत्र,
(ख) नियम ५ को उपनियम (२) बमोजिमका कागजातहरु,
(ग) पैठारी गर्न लागिएको उपनियम (१) बमोजिमको वस्तुको निकासी गरिने मुलुकबाट जारी भएको बिरुवा स्वस्थता प्रमाणपत्र ।
(३) उपनियम (१) बमोजिम पेश हुन आएको प्रज्ञापनपत्र तथा सोसाथ संलग्न कागजातको आवश्यक जाँचबुझ गर्दा प्रवेश अनुमतिपत्र दिन मनासिब देखिएमा कार्यालयले पैठारी गरिने वस्तुको आवश्यक नमूना लिई स्वस्थता परीक्षण गर्नको लागि प्रयोगशालामा पठाउनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम प्राप्त नमूनाको प्रयोगशालामा परीक्षण गर्दा पैठारी गरिएको वस्तु स्वस्थ भएको पाइएमा कार्यालयले त्यस्तो वस्तु नेपालभित्र प्रवेश गराउन

अनुसूची–९ बमोजिमको ढाँचामा छोड़ पूर्जी दिनेछ । (५) उपनियम (३) बमोजिम लिएको नमूना प्रयोगशालामा परीक्षण गर्दा त्यस्तो
नमूनामा क्वारेण्टाइन शत्रुजीव रहेको पाईएमा पैठारी गरिएको वस्तु नियम १५ बमोजिम नष्ट गर्नु पर्नेछ र सो बाहेकको अन्य अस्वस्थता पाईएमा पैठारी गरिएको वस्तु नियम १३ बमोजिम उपचार गर्न पठाईने वा पैठारीकर्ताको अनुरोधमा सोझै नियम १५ बमोजिम नष्ट गरिनेछ ।
(६) नियम १३ बमोजिम उपचार गराए पश्चात् पैठारी गरिएको वस्तु स्वस्थ भएको पाईएमा कार्यालयले त्यस्ता वस्तु नेपालभित्र प्रवेश गराउन उपनियम (४) बमोजिम छोड़ पूर्जी दिनेछ ।

(७) नियम १३ बमोजिम उपचार गराउँदा पनि पैठारी गरिएका वस्तु स्वस्थ भएको नपाईएमा कार्यालयले त्यस्ता वस्तुलाई नियम १५ बमोजिम नष्ट गर्ने वा त्यस्तो वस्तु सम्बन्धित देशमा फिर्ता गर्नु गराउनु पर्नेछ ।
(८) अनुसन्धान प्रयोजनका लागि पैठारी गरिएका बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा पोष्ट इण्ट्री क्वारेण्टाइन स्थलमा राखी परीक्षण गर्नु पर्नेछ र यसरी परीक्षण गर्दा त्यस्ता वस्तु स्वस्थ रहेको पाईएमा कार्यालयले नेपालभित्र प्रयोग गर्न गराउन अनुमति दिनेछ । तर त्यस्तो वस्तु संक्रमित रहेको पाईएमा नियम १५ बमोजिम नष्ट गरिनेछ ।

८. स्वस्थता प्रमाणपत्र लिने सम्बन्धी व्यवस्थाः(१) ऐनको दफा १२ को उपदफा (१) वा (२) बमोजिम स्वस्थता प्रमाणपत्र लिन चाहने व्यक्ति वा संस्थाले देहायका कागजात संलग्न गरी निकासीको लागि भए एकसय रुपैया र पुनः निकासीको लागि भए दुईसय रुपैयाँ दस्तुर सहित अनुसूची–१० बमोजिमको ढाँचामा कार्यालय प्रमुख समक्ष निवेदन दिनु पर्नेछ ः–

(क) निकासी गरिने वस्तुको उत्पत्तिको प्रमाणपत्र,
(ख) वन पैदावार भए वन विभागबाट जारी भएको छोड पूर्जी,
(ग) पुरातात्विक महत्वका वस्तु भए पुरातत्व विभागको सिफारिसपत्र,
(घ) निकासी गरिने वस्तुको बिल बिजक (इन्भ्वाइस),
(ङ) पुनः निकासी गरिने भए पैठारी गर्ने मुलुकले जारी गरेको पैठारी अनुमतिपत्र,
(च) पुनः निकासी गरिने वस्तुको हकमा नेपालमा पैठारी गरिंदा पेश भएको स्वस्थता प्रमाणपत्रको प्रतिलिपि,
(छ) निकासी गर्ने व्यक्तिको आधिकारिक परिचयपत्र वा संस्थाले निकासी गर्ने भए त्यस्तो संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि र
त्यस्तो कामका लागि कसैलाई खटाईएको भए त्यसरी खटाइएको पत्र ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि प्राप्त कागजात र निकासी गरिने वस्तुको नमूनाको आवश्यक जाँचबुझ र परीक्षण गर्दा निवेदकलाई स्वस्थता प्रमाणपत्र दिन उपयुक्त देखेमा कार्यालय प्रमुखले निकासीको लागि अनुसूची– बमोजिमको ढाँचामा र पुनःनिकासीको लागि अनुसूची–१२ बमोजिमको ढाँचामा स्वस्थता प्रमाणपत्र दिनेछ ।

(३) उपनियम (२) बमोजिम आवश्यक जाँचबुझ र परीक्षण गर्दा स्वस्थता प्रमाणपत्र दिन उपयुक्त नदेखेमा कार्यालय प्रमुखले निवेदन परेको सात दिनभित्र सोको जानकारी अनुसूची–१३ बमोजिमको ढाँचामा सम्बन्धित निवेदकलाई दिनु पर्नेछ ।

९. कन्साइनमेन्ट लैजाने अनुमति सम्बन्धी व्यवस्थाः(१) बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुको पारवहनमा रहेको कन्साइनमेन्ट नेपालको बाटो भएर अन्य कुनै मुलुकमा लैजान चाहने व्यक्ति वा संस्थाले एकहजार रुपैंया दस्तुर संलग्न गरी अनुसूची–१४ बमोजिमको
ढाँचामा कार्यालय समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन दिंदा देहायका कागजात संलग्न हुनु पर्नेछः–

(क) कन्साइनमेन्ट पैठारी गर्ने मुलुकले जारी गरेको पैठारी अनुमतिपत्र,
(ख) कन्साइनमेन्ट निकासी गर्ने मुलुकले जारी गरेको वस्तुको स्वस्थता प्रमाणपत्र,
(ग) कन्साइनमेन्टको बिलबिजक,
(घ) ढुवानीको साधन, तरीका र प्रयोग गर्ने बाटो,
(ङ) कन्साइनमेन्टमा रहेको वस्तुको उत्पत्तिको प्रमाणपत्र ।
(३) कार्यालयले उपनियम (१) बमोजिम प्राप्त निवेदनसाथ संलग्न कागजात र कन्साइनमेन्ट ठीक दुरुस्त भए नभएको जाँचबुझ गर्दा ऐनको दफा १३ को उपदफा (३) बमोजिमको अवस्था विद्यमान भएमा त्यस्तो कन्साइनमेन्ट नेपालको बाटो भएर अन्य मुलुकमा लैजान अनुसूची–१५ बमोजिमको ढाँचामा अनुमति दिनेछ ।

(४) उपनियम (३) बमोजिम दिईएको अनुमति बमोजिम कुनै बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुको कन्साइनमेन्ट नेपालको बाटो भएर अन्य मुलुकमा लैजाने क्रममा नेपालभित्र कुनै कारणबाट टुटफुट भई त्यसमा रहेको शत्रुजीव बाहिर निस्कन वा पैmलन सक्ने सम्भावना भएमा त्यस्तो कन्साइनमेन्ट लैजाने व्यक्तिले तुरुन्त नजिकको कार्यालय वा जिल्ला कृषि विकास कार्यालय वा कृषि सेवा केन्द्रमा सूचना गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम कुनै सूचना प्राप्त हुन आएमा कार्यालय वा जिल्ला कृषि विकास कार्यालय वा कृषि सेवा केन्द्रले तुरुन्त त्यस्तो कन्साइनमेन्टको निरीक्षण गरी शत्रुजीव पैmलन नसक्ने व्यवस्था गरी त्यसको जानकारी यथाशीघ्र एक तह माथिल्लो निकाय वा कार्यालय र संगठनलाई दिनु पर्नेछ ।
(६) नेपालको बाटो भएर लैजान लागिएको कन्साइनमेन्ट टुटफुट भई उपनियम
(५) बमोजिमको अवस्था परेमा त्यसमा निषेधित शत्रुजीव बाहिर निस्कन नपाउने गरी

पुनः प्याकेजिङ्ग गरेर मात्र त्यस्तो कन्साइनमेन्ट लैजान दिईनेछ । त्यसरी पुनः प्याकेजिङ्ग गर्दा गराउँदा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाले ब्यहोर्नु पर्नेछ ।

१०. निरीक्षकको योग्यताःऐनको दफा १४ बमोजिम निरीक्षकको पदमा तोकिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विज्ञान विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाल कृषि सेवाको बाली संरक्षण समूहमा कार्यरत अधिकृत वा सोही सेवा समूहको
प्राविधिक सहायक पदमा रही क्वारेन्टाईन सम्बन्धी कामको कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको निजामती कर्मचारी हुन पर्नेछ ।

११. निरीक्षण गर्नेः(१) निरीक्षकले पैठारी वा निकासी हुने बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु शत्रुजीवबाट संक्रमित भएको छ छैन भनी कन्साइनमेन्टमा रहेको वस्तु, त्यस्ता वस्तु रहेको झोला, पोका वा प्याकेट वा त्यसका लागि प्रयोग भएका वस्तु, त्यस्तो वस्तु राखिएको कन्टेनर तथा ढुवानीको साधनको निरीक्षण गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निरीक्षण गर्दा निरीक्षकले निरीक्षण गरिने वस्तुमा माटो, बिरुवाका अवशेष वा झारपात वा जीवित कीरा भएको वा कुनै रोगका लक्षणहरु देखिएमा वा त्यस्तो रोग लागेको शङ्का हुने कुनै वस्तु देखिएमा सोको उपचार गर्न वा गराउन आदेश दिनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम निरीक्षण गर्दा निरीक्षण गरिने वस्तुमा उपनियम (२) बमोजिमका कुराहरु फेला नपरेमा वा कुनै रोग लागेको वा रोगको लक्षणहरु भएको नदेखिएमा त्यसरी ल्याइएको कन्साइनमेन्टमा रहेको वस्तुको आवश्यक नमूना लिई परीक्षणका लागि प्रयोगशालामा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम लिईएको नमूनाको प्रयोगशाला परीक्षणबाट स्वस्थ रहेको प्रतिवेदन प्राप्त भएमा त्यस्ता कन्साइनमेन्ट निकासी वा पैठारीका लागि अनुमति दिन पेश गर्नु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम लिईएको नमूनाको प्रयोगशालामा परीक्षण गर्दा परीक्षण गरिएको वस्तुको स्वस्थतामा शङ्का लागेमा पुनः परीक्षणको लागि थप सुविधासम्पन्न प्रयोगशालामा पठाउनु पर्नेछ । यसरी पुनः परीक्षण गर्न पठाइएकोमा सोको प्रयोगशाला प्रतिवेदन प्राप्त नभएसम्म कार्यालयले त्यस्तो कन्साइनमेन्ट क्वारेन्टाइन स्थलमा नै राख्न लगाउनु पर्नेछ ।

(६) उपनियम (३) वा (५) बमोजिम परीक्षण गर्न पठाईएको वस्तुको प्रयोगशाला प्रतिवेदनमा अस्वस्थ रहेको कुरा लेखी आएमा सो व्यहोरा संगठनमा जानकारी गराई संगठनको निर्देशन अनुसार नियम १३ बमोजिम उपचार गर्ने वा नियम १५ बमोजिम नष्ट गर्ने वा त्यस्तो वस्तु सम्बन्धित देशमा फिर्ता पठाउन आदेश दिनु पर्नेछ ।

१२. परीक्षण गर्ने तरीकाः (१) निरीक्षकले नियम ११ को उपनियम (३) बमोजिम लिएको कन्साइनमेन्टको नमूना परीक्षणका लागि प्रयोगशालामा प्राप्त भएपछि देहायको कुनै एक वा एकभन्दा बढी परीक्षण विधि अवलम्बन गरी परीक्षण गर्नु पर्नेछः–

(क) सामान्य परीक्षणः शत्रुजीवबाट संक्रमित भए नभएको पत्ता लगाउन आँखाले हेरी सामान्य परीक्षण गर्ने । (ख) धोएर परीक्षणःढुसी भए नभएको पत्ता लगाउन सफा पानीमा आवश्यक रसायन मिसाई नमूना धोएर परीक्षण गर्ने ।
(ग) छानेर परीक्षणः जुका (नेमाटोड) भए नभएको पत्ता लगाउन सफा पानीमा सोली र छान्ने कागज ( फिल्टर पेपर ) को प्रयोग
गरी परीक्षण गर्ने ।
(घ) सुक्ष्मदर्शक यन्त्रबाट परीक्षणःशत्रुजीवको पहिचानको लागि सुक्ष्मदर्शक यन्त्रको प्रयोग गरी परीक्षण गर्ने ।
(ङ) एक्सरे परीक्षणःबीउ बिजन (ग्रेन) हरुमा हुन सक्ने आन्तरिक संक्रमण पत्ता लगाउन एक्सरे मेशिनको प्रयोग गरी परीक्षण
गर्ने ।
(च) इन्क्युबेशन परीक्षणःढुसी वा शाकाणु (ब्याक्टेरिया) भए नभएको पत्ता लगाउन त्यसका लागि उपयुक्त माध्यम सहित इन्क्युबेशन
मेशिनमा आवश्यकता अनुसारको समयसम्म राखी परीक्षण गर्ने ।
(छ) रोपेर गरिने परीक्षणःबीउ बिजन र बिरुवामा आन्तरिक संक्रमण भए नभएको पत्ता लगाउन त्यस्ता बीउ बिजन र बिरुवा पोष्ट इन्ट्री क्वारेन्टाइन स्थलमा रोपेर परीक्षण गर्ने ।
(२) उपनियम (१) मा लेखिएदेखि बाहेकका अन्य वस्तुको परीक्षण गर्नु पर्दा परीक्षण गरिने वस्तुको सामान्य परीक्षण गरी आवश्यकतानुसार त्यसको निसंक्रमण वा उपचार गर्नु पर्नेछ ।

१३. उपचार गर्ने तरीकाःनिरीक्षकले बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तुको उपचार गर्नु परेमा देहायको कुनै एक वा एकभन्दा बढी उपचार विधि अवलम्बन गरी निसंक्रमण वा उपचार गर्नु गराउनु पर्नेछः–

(क) धूमिकरण उपचारः धूमिकरण विषादीबाट हावा नछिर्ने गरी कम्तीमा चौबीस घण्टा राखी उपचार गर्ने ।
(ख) भौतिक विधिबाट उपचारः शत्रुजीवको विशेषताको आधारमा भौतिक विधिबाट उपचार (जस्तै चिसो, ताप, विकिरण) गर्ने ।
(ग) रसायन विधिबाट उपचारः विभिन्न रसायनयुक्त विषादीहरुबाट (जस्तै धूलो, गेडा, झोल आदि) उपचार गर्ने ।

१४. खानतलासी लिने कार्यविधिः

(१) निरीक्षकले ऐनको दफा १५ को उपदफा (१) को खण्ड (ग) बमोजिम कुनै परीक्षण क्षेत्र, भण्डारण स्थल  परेमा खानतलासी लिइने ठाउँका धनी वा सम्बन्धित व्यक्तिलाई खानतलासी लिन लागेको विषयमा सूचना दिई कम्तीमा दुई जना स्थानीय व्यक्तिहरुको रोहवरमा खानतलासी लिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम खानतलासी लिने कार्यमा निरीक्षकलाई सहयोग गर्नु सम्बन्धित सवैको कर्तव्य हुनेछ । यसरी खानतलासी लिंदा कसैले वाधा विरोध गरेमा निरीक्षकले निजलाई सम्झाई बुझाई उक्त स्थानमा प्रवेश गरी खानतलासी लिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सम्झाई बुझाई गर्दा पनि बाधा विरोध गरेमा त्यस्तो वाधा विरोध गर्ने व्यक्तिलाई निरीक्षकले त्यस प्रकारको कार्यबाट पर्न सक्ने असर समेत उल्लेख गरी बाधा विरोध नगर्नका लागि आदेश दिन सक्नेछ ।

(४) उपनियम (३) बमोजिम आदेश दिंदा पनि बाधा विरोध जारी राखेमा त्यस्तो ब्यक्तिलाई कार्यालय प्रमुखले ऐनको दफा २३ को खण्ड (घ) बमोजिम जरिवाना गर्न
सक्नेछ ।
(५) निरीक्षकले यस नियम बमोजिम खानतलासी लिंदा खानतलासी लिइएको ठाउँमा बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु भएको पाईएमा त्यस्ता वस्तुको सम्पूर्ण विवरण खुलाई मुचुल्का तयार गरी सो स्थानको धनी वा सम्बन्धित व्यक्ति तथा उपस्थित अन्य व्यक्तिहरुको समेत सही छाप गराई एक प्रति सम्बन्धित व्यक्तिलाई दिई एक प्रति आपूmसँग फाइल संलग्न गरी राख्नु पर्नेछ ।

(६) निरीक्षकले उपनियम (५) बमोजिम फेला परेका वस्तुहरुको आवश्यक मात्रामा नमूना लिई सिलबन्दी गरी सो वस्तुको धनी वा सम्बन्धित व्यक्ति, रोहवरमा रहेका व्यक्ति र निरीक्षकले सही छाप गराई नमूनाको स्वस्थता परीक्षण गर्न नियम ११ को उपनियम (३) बमोजिम प्रयोगशालामा पठाउनु पर्नेछ । त्यसरी नमूना लिएपछि बाँकी रहेका वस्तुहरु अवस्था अनुसार कब्जामा लिने वा सोही ठाउँमा शिलबन्दी गरी राख्नु पर्नेछ ।

(७) उपनियम (६) बमोजिम परीक्षण गर्न पठाईएको वस्तुको प्रयोगशाला परीक्षणबाट त्यस्तो वस्तु अस्वस्थ रहेको पाईएमा सो वस्तुको सम्बन्धमा नियम ११ को उपनियम (६) बमोजिम उपचार गर्ने, नष्ट गर्ने वा त्यस्तो वस्तु सम्बन्धित देशमा फिर्ता पठाउने आदेश दिनु पर्नेछ ।
(८) यस नियम बमोजिम कुनै ठाउँको खानतलासी लिंदा कुनै वस्तु फेला नपरेमा वा असम्बन्धित वस्तु फेला परेमा सोही व्यहोरा मुचुल्कामा उल्लेख गरी फाइल संलग्न गर्नु पर्नेछ ।

(९) निरीक्षकले खानतलासी गर्दा उपनियम (६) बमोजिम कुनै वस्तु आफ्नो कब्जामा लिनु पर्ने भएमा कब्जामा लिन लागिएको वस्तु, मात्रा, संख्या, अवस्था समेतको व्यहोरा उल्लेख गरी भरपाई तयार गरी त्यस्तो वस्तुको धनी वा सम्बन्धित व्यक्तिलाई एकप्रति भरपाई दिई अर्कोप्रति फाईल संलग्न गर्नु पर्नेछ ।

१५. नष्ट गर्ने प्रक्रियाः निरीक्षकले कुनै बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तुको उपचार हुन नसक्ने भई वा अन्य कुनै कारणले ऐन तथा यस नियमावली बमोजिम त्यस्तो वस्तु नष्ट गर्नु पर्ने भएमा देहायको प्रक्रिया
पूरा गरी नष्ट गर्नु पर्नेछः–

(क) नष्ट गर्नु पर्ने वस्तुलाई अन्य संक्रमण हुन नपाउने गरी बेग्लै राख्ने,

(ख) खण्ड (क) बमोजिम राखिएका वस्तुको प्रकृति र परिमाण समेतलाई विचार गरी गाड्नु पर्ने भए आवश्यक रसायनको प्रयोग गर्ने र जलाउनु पर्ने भए उपयुक्त स्थानको व्यवस्था गर्ने,
(ग) खण्ड (ख) बमोजिम गाडिने वस्तु वा जलाईएपछिको खरानीलाई खाड़लमा राखी माटोले पूरी दिने ।

१६. निरीक्षकको काम, कर्तव्य र अधिकारःऐन तथा यस नियमावलीमा अन्यत्र तोकिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा तथा अन्य वस्तुको ओसार–पसार र प्रयोग सम्बन्धमा तोकिएका शर्त तथा बन्देजको पालना भए नभएको अनुगमन गर्ने र पालना भएको नपाईएमा सोको पालना गर्न लगाउने,
(ख) शत्रुजीव मुक्त क्षेत्र, शत्रुजीव मुक्त उत्पादनस्थल तथा कम शत्रुजीव संक्रमित क्षेत्र पहिचान गर्ने कार्यमा संगठनलाई सहयोग गर्ने ।

१७. शर्त तथा बन्देज अनुरुप नभएमा गर्नेः(१) कुनै व्यक्ति वा संस्थाले पैठारी गरेका बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु प्रचलित नेपाल कानूनले तोकेको शर्त तथा बन्देज अनुकूल नभएमा त्यस्ता वस्तु कार्यालयले उपचार गरी प्रवेश गर्न दिन वा नष्ट गर्न वा सम्बन्धित मुलुकमा फिर्ता पठाउने सम्बन्धमा निर्देशनको लागि सोको सूचना तुरुन्त संगठनलाई दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम सूचना प्राप्त भएमा संगठनले सो सम्बन्धी जानकारी सम्बन्धित मुलुकको राष्ट्रिय बिरुवा संरक्षण संगठनलाई गराई त्यस्तो बस्तुको सम्बन्धमा गर्नु पर्ने कारबाहीको लागि सम्बन्धित कार्यालयलाई आवश्यक निर्देशन दिनु पर्नेछ ।
(३) कार्यालयले उपनियम (२) बमोजिम संगठनबाट प्राप्त निर्देशन बमोजिम कुनै वस्तु नष्ट गर्नु वा सम्बन्धित मुलुकमा फिर्ता पठाउनु पर्नेछ ।

१८. रकम जम्मा गर्नु पर्नेःकार्यालयले ऐनको दफा २६ को प्रयोजनको लागि रकम तोक्दा पैठारी गरिने वस्तुको बिल बिजकमा उल्लिखित रकमको पचास प्रतिशत रकम जम्मा गर्न आदेश दिन सक्नेछ ।

१९. अनुसन्धान तथा तहकिकात सम्बन्धी कार्यविधिः(१) ऐन अन्तर्गत कसूर मानिने कुनै कार्य भएको भन्ने सम्बन्धमा कार्यालयलाई कुनै व्यक्तिले वा माध्यमबाट सूचना प्राप्त भएमा वा मालवस्तुको निरीक्षण वा परीक्षणको क्रममा ऐन अन्तर्गत कसूर मानिने कुनै कार्य भएको पाईएमा सोको व्यहोरा कार्यालयमा अभिलेखकृत गरी कसूरको प्रमाण नष्ट नहुने गरी निरीक्षकले तुरुन्त आवश्यक अनुसन्धान तथा तहकिकात शुरु गर्नु पर्नेछ ।

(२) निरीक्षकले कसूरको अनुसन्धान तथा तहकिकात गर्दा त्यस्तो कसूरसँग सम्बन्धित व्यक्तिसंग आवश्यक कागजात तथा सोसंग सम्बन्धित वस्तुको विवरण माग गर्ने, बयान गराउने, प्रमाण संकलन गर्ने तथा प्राप्त कागजात र वस्तुका सम्बन्धमा
परीक्षण गर्नु पर्ने देखेमा त्यस्तो वस्तुलाई यथास्थितिमा राख्न लगाई सो को आवश्यक मात्रामा नमूना लिई परीक्षण गर्नु गराउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम परीक्षणका लागि पठाईएकोमा परीक्षण प्रतिवेदनबाट त्यस्तो वस्तु स्वस्थ भएको प्रमाणित भएमा वा नियम १३ बमोजिम उपचार गराउँदा स्वस्थ भएमा त्यस्तो वस्तुको बील बिजक अनुसारको रकम धरौटी लिई त्यस्तो माल वस्तु
सडीगली जाने प्रकृतिको भए लिलाम गर्ने र सडीगली नजाने भए वस्तुको भरपाई सम्बन्धित व्यक्तिलाई दिई आफ्नो नियन्त्रणमा लिई सुरक्षित साथ राख्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम परीक्षणका लागि पठाईएको वस्तुको परीक्षणबाट त्यस्तो वस्तु संक्रमित रही रहेको र उपचार हुन नसक्ने भन्ने प्रतिवेदन प्राप्त भएमा वा क्वारेण्टाइन शत्रुजीव रहेको पाईएमा वा सो वस्तु ऐन तथा यस नियमावली बमोजिम निषेधित वस्तु भएमा त्यस्तो वस्तु जफत गरी नियम १५ बमोजिम नष्ट गर्नु गराउनु पर्नेछ ।

(५) निरीक्षकले यस नियम बमोजिम आवश्यक प्रमाण कागजात संकलन गरिसकेपछि अनुसूची–१६ बमोजिमको ढाँचामा अभियोगपत्र तयार गरी सम्पूर्ण कागजात सहितको मिसिल ऐनको दफा २७ को उपदफा (३) बमोजिम सम्बन्धित जिल्लाको जिल्ला सरकारी वकिल समक्ष पठाउनु पर्नेछ ।

(६) उपनियम (५) बमोजिम सरकारी वकिलबाट राय प्राप्त भएपछि सोही बमोजिम निरीक्षकले मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।

२०. मुद्दा हेर्ने अधिकारीः ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दाको कारवाही र किनारा सम्बन्धित क्षेत्रको वरिष्ठ प्लाण्ट क्वारेण्टाइन अधिकृतले गर्नेछ ।

२१. निर्देशिका बनाई लागू गर्न सक्नेः(१) मन्त्रालयले बिरुवा स्वस्थता सम्बन्धी विषयमा ेः आवश्यक निर्देशिका बनाई लागू गर्न सक्ने छ ।
(२) उपनियम (१) बमोजिम जारी भएको निर्देशिकाको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

२२. अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्नेः मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।

२३. खारेजी र बचाउः (१) बिरुवा संरक्षण नियमावली, २०३१ खारेज गरिएको छ । (२) उपनियम (१) बमोजिमको नियमावली बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिने छ ।