परिच्छेद–२ सूचक संस्था, ग्राहकको पहिचान तथा कारोबार सम्बन्धी व्यवस्था

परिच्छेद–२ सूचक संस्था, ग्राहकको पहिचान तथा कारोबार सम्बन्धी व्यवस्था

३. आकस्मिक कारोबारमा ग्राहकको पहिचान गर्नु पर्नेः ऐनको दफा ७क. को उपदफा (१) को खण्ड (ग) को प्रयोजनको लागि एक लाख रुपैयाँ वा सो बराबरको विदेशी मुद्रा भन्दा बढीको आकस्मिक कारोबार गर्दा सूचक संस्थाले ग्राहकको पहिचान गर्नु पर्नेछ ।

४. ग्राहकको पहिचान गर्दा लिनु पर्ने विवरणः (१) ऐनको दफा ७क. को उपदफा (२) को प्रयोजनको लागि सूचक संस्थाले ग्राहकको पहिचान गर्दा ग्राहकको देहाय बमोजिमको न्यूनतम विवरण लिनु पर्नेछः–
(क) प्राकृतिक व्यक्तिको सम्बन्धमाः–
(अ) पूरा नाम,
(आ) स्थायी र हालको बसोबास वा कार्यरत निकायको पूरा ठेगाना र तत्काल सम्पर्क गर्न सकिने माध्यम सम्बन्धी विवरण,
(इ) जन्म मिति र लिङ्ग,
(ई) आमाबाबु वा आमा वा बाबु मध्ये कुनै एकको पूरा नाम,
(उ) राष्ट्रियता,
(ऊ) ग्राहकको प्रकार बमोजिम देहाय मध्येका कुनै एक विवरण ः–
(१) नेपाली नागरिकको हकमा नागरिकता, मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा राहदानीको नम्बर, जारी मिति,
जारी भएको स्थान र बहाल रहने अवधि,
(२) नेपाली नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र वा नावालक परिचयपत्र नम्बर र अभिभावक वा संरक्षकको नागरिकता वा राहदानीको नम्बर, जारी मिति, जारी भएको स्थान र बहाल रहने अवधि,
(३) नागरिकता नलिएको नेपाली नागरिकको हकमा गाउँपालिका वा नगरपालिकाको सिफारिस,
(४) विदेशी नागरिकको हकमा राहदानी नम्बर, जारी मिति, जारी भएको स्थान र बहाल रहने अवधि,
(५) राहदानी नभएका भारतीय नागरिकको हकमा भारतीय कानून बमोजिम नागरिक हो भनी लिएको प्रमाणपत्रको नम्बर, मिति,
जारी गर्ने निकाय र स्थान,
(६) शरणार्थीको हकमा सम्बन्धित सरकारी वा अन्तर्राष्ट्रिय निकायले दिएको परिचयपत्र नम्बर, जारी र समाप्ती मिति र जारी भएको स्थान ।
(ख) कानूनी व्यक्तिको सम्बन्धमाः–
(अ) कानूनी व्यक्तिको नाम,
(आ) रजिष्टर्ड तथा व्यवसायिक कार्यालयको ठेगाना, फोन, इमेल, वेवसाइट लगायत अन्य कुनै सम्पर्क माध्यमको पूरा विवरण,
(इ) कानूनी व्यक्ति र व्यवसायको प्रकार,
(ई) कानूनी व्यक्तिको दर्ता, अनुमतिपत्र वा इजाजतपत्र र कारोबार अनुमतिपत्र वा नवीकरणको प्रमाणपत्र नम्बर, जारी मिति, बहाल रहने
अवधि, जारी गर्ने निकाय र मुलुक,
(उ) कानूनी व्यक्तिको प्रकार बमोजिम दर्ता वा अनुमति प्राप्त गर्न आवश्यक मुख्य कागजात, व्यवसाय वा मुख्य उद्देश्य,
(ऊ) स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र नम्बर,
(ए) सञ्चालक वा व्यवस्थापन समिति वा त्यस्तै कार्यका लागि गठन भएको अन्य कुनै समिति भए त्यसका पदाधिकारी तथा उच्च व्यवस्थापकको
व्यक्तिगत विवरण,
(ऐ) प्रोप्राइटर वा साझेदार वा कानूनी व्यक्तिको दश प्रतिशत वा सो भन्दा बढी स्वामित्व धारण गर्ने शेयरधनीको व्यक्तिगत विवरण,
(ओ) खाता सञ्चालकको व्यक्तिगत विवरण,
(औ) कुनै कानूनी व्यक्तिको दश प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व धारण गर्नेे कानूनी व्यक्तिको हकमा त्यस्तो कानूनी व्यक्तिको दश
प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने व्यक्तिको विवरण ।
(ग) कानूनी प्रबन्धको सम्बन्धमाः–
(अ) कानूनी प्रबन्धको नाम, मुख्य उद्देश्य र कार्य,
(आ) कानूनी प्रबन्धको दर्ता वा स्थापना तथा कार्य सञ्चालन गरेको मुलुक र सो कोे ठेगाना, फोन, इमेल, वेवसाइट लगायत अन्य कुनै सम्पर्क
माध्यमको पूरा विवरण,
(इ) दर्ता, अनुमतिपत्र वा इजाजतपत्र र कारोबार अनुमतिपत्र वा नवीकरणको प्रमाणपत्र नम्बर, जारी मिति, बहाल रहने अवधि, जारी
गर्ने निकाय र मुलुकको विवरण,
(ई) ट्रष्टी, नियन्त्रक, संरक्षक वा सेटलरको नाम र स्थायी बसोबास वा कार्यस्थलको पूरा ठेगाना र तत्काल सम्पर्क गर्न सकिने माध्यम,
(उ) स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र नम्बर,
(ऊ) हिताधिकारीको नाम र ठेगाना,
(ए) खाता सञ्चालकको व्यक्तिगत विवरण ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्थाले सरकारी निकाय वा संस्था वा अन्तरसरकारी अन्तर्राष्ट्रिय संस्थाको ग्राहक पहिचान गर्दा सम्बन्धित निकाय वा संस्थाको खाता वा कारोबार सञ्चालन गर्ने निर्णय, आर्थिक कारोबार गर्ने सम्बन्धमा दिएको अख्तियारनामा र खाता सञ्चालकको व्यक्तिगत विवरण लिनु पर्नेछ ।
(३) सूचक संस्थाले ग्राहक, कारोबार, क्षेत्र, उत्पादन, सेवा, भुक्तानी माध्यम र त्यसको जोखिम अनुरुप ग्राहक पहिचान गर्न आवश्यक थप व्यवस्था गर्नु पर्नेछ ।
(४) सूचक संस्थाले ग्राहकको खाता खोल्दा प्रचलित कानूनको अधीनमा रही ग्राहकको ल्याप्चे सहीछाप लिनु पर्नेछ ।
तर गैर वित्तीय पेशाकर्मी वा व्यवसायीको हकमा सम्बन्धित नियमनकारी निकायले तोके बमोजिम हुनेछ ।

५. ग्राहकको पहिचान गर्न कागजातको जाँचबुझ गर्नु पर्नेः सूचक संस्थाले ऐनको दफा ७क. बमोजिम ग्राहक पहिचानको लागि जा“चबुझ गर्दा देहाय बमोजिमका सक्कल कागजात हेरी त्यसको जाँचबुझ गर्नु पर्नेछः–
(क) प्राकृतिक व्यक्तिको सम्बन्धमाः–
(अ) नेपाली नागरिकको हकमा नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्र वा राहदानी,
(आ) नेपाली नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र वा नावालिग परिचयपत्र र अभिभावक/संरक्षकको नागरिकता वा राहदानी,
(इ) नागरिकता नलिएका नेपाली नागरिकको हकमा गाउँपालिका वा नगरपालिकाले दिएको सिफारिसपत्र
(ई) विदेशी नागरिकको हकमा राहदानी,
(उ) राहदानी नभएका भारतीय नागरिकको हकमा भारतीय कानून बमोजिम नागरिक हो भनी दिएको प्रमाणपत्र,
(ऊ) शरणार्थीको हकमा सम्बन्धित सरकारी वा अन्तर्राष्ट्रिय निकायले दिएको परिचयपत्र ।
(ख) कानूनी व्यक्तिको सम्बन्धमाः–
(अ) कानून बमोजिम दर्ता, अनुमतिपत्र, इजाजतपत्र वा काम कारोबार अनुमति वा नवीकरण सम्बन्धी प्रमाणपत्र,
(आ) कानूनी व्यक्तिको प्रकार बमोजिम दर्ता हुन आवश्यक मुख्य कागजात,
(इ) कानूनी व्यक्तिको ठेगाना, व्यवसाय वा कार्यको प्रकार र मुख्य उद्देश्य खुलाउने कागजात,
(ई) स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र,
(उ) सञ्चालक वा व्यवस्थापन समिति वा त्यस्तै कार्यका लागि गठन भएको अन्य कुनै समिति भए त्यसका पदाधिकारी तथा उच्च व्यवस्थापकको
परिचय खुल्ने कागजात,
(ऊ) खाता सञ्चालकको परिचय खुल्ने कागजात ।
(ग) कानूनी प्रबन्धको सम्बन्धमाः–
(अ) कानूनी प्रबन्धको दर्ता वा ट्रष्ट डिड वा स्थापना सम्बन्धी उद्देश्य र कार्य तथा ठेगाना खुल्ने कागजात,
(आ) ट्रष्टी, नियन्त्रक, संरक्षक, सेटलर वा वास्तविक धनीको ठेगाना खुल्ने कागजात,
(इ) कानूनी प्रबन्धको सञ्चालन गर्ने मुख्य पदाधिकारीको परिचय खुल्ने कागजात,
(ई) स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र,
(उ) खाता सञ्चालकको परिचय खुल्ने कागजात ।

६. वास्तविक धनी पहिचानः (१) सूचक संस्थाले ऐनको दफा ७ग. बमोजिम कानूनी व्यक्ति वा प्रबन्धको वास्तविक धनी पहिचान तथा जा“चबुझ गर्दा सामान्यतया देहायका आधारका अतिरिक्त अन्य उचित उपाय अवलम्बन गर्नु पर्नेछः–
(क) कानूनी व्यक्ति वा प्रबन्ध उपर नियन्त्रण गर्न सक्ने वा स्वामित्व राख्ने अन्तिम प्राकृतिक व्यक्ति भए निजको पहिचान,
(ख) खण्ड (क) बमोजिम नियन्त्रण वा स्वामित्व राख्ने व्यक्तिको सम्बन्धमा जानकारी नभए वा तत् सम्बन्धमा शड्ढा वा अस्पष्टता भएमा वा कानूनी
व्यक्ति वा प्रबन्ध उपर नियन्त्रण राख्ने कुनै प्राकृतिक व्यक्ति भए नभएको पहिचान,
(ग) खण्ड (क) वा (ख) बमोजिमको व्यक्ति नपाइएमा उक्त कानूनी व्यक्ति वा प्रबन्धको सञ्चालनमा रहेका मुख्य पदाधिकारीको पहिचान ।
(२) सूचक संस्थाले कानूनी व्यक्ति वा प्रबन्धको स्वामित्व र नियन्त्रण संरचना पहिचान गर्न आवश्यक र उचित उपायहरु अवलम्बन गर्नु पर्नेछ र त्यसका लागि वास्तविक धनी तथा निज उपर नियन्त्रण गर्न सक्ने देहायका व्यक्तिको समेत पहिचान गर्नु पर्नेछः–
(क) कानूनी व्यक्ति वा प्रबन्ध नियन्त्रण गर्ने वा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा त्यसको दश प्रतिशत वा सो भन्दा बढी शेयर, अन्य स्वामित्व, मूल्य वा
मताधिकार वा त्यसको निर्णय उपर नियन्त्रण राख्ने प्राकृतिक व्यक्ति,
(ख) कानूनी व्यक्ति वा प्रबन्धको व्यवस्थापन वा त्यस्तै कार्य गर्ने प्राकृतिक व्यक्ति,
(ग) कानूनी व्यक्ति वा प्रबन्ध उपर नियन्त्रण राख्न सक्ने प्राकृतिक व्यक्ति ।
(३) सूचक संस्थाले ट्रष्ट जस्ता कानूनी प्रबन्ध उपरको नियन्त्रणको पहिचान गर्दा सेटलर, ट्रष्टी, संरक्षक, हिताधिकारी र त्यस उपर नियन्त्रण गर्ने प्राकृतिक व्यक्तिको पहिचान गर्नु पर्नेछ ।
(४) सूचक संस्थाले कुनै व्यक्ति मार्फत कानूनी व्यक्ति वा प्रबन्ध उपर अप्रत्यक्ष स्वामित्व र नियन्त्रणको प्रभावकारिता मापन गर्दा देहाय बमोजिमको मापदण्डको आधारमा समेत गर्नु पर्नेछः–
(क) शेयरधनी, साझेदार वा हिताधिकारीको हकमा सबैको समानुपातिक स्वामित्व,
(ख) परिवारको हकमा परिवारका सदस्यको समानुपातिक स्वामित्व ।
(५) सूचक संस्थाले देहायको अवस्थामा वास्तविक धनी पहिचान नगर्न सक्नेछः–
(क) धितोपत्र बजारमा सूचिकृत कानूनी व्यक्तिको हकमा त्यसको वास्तविक धनी र निजको शेयर, नियन्त्रण वा स्वार्थको विवरण कानून बमोजिम सार्वजनिक हुने वा पर्याप्त रुपमा सहजै प्राप्त हुन सक्ने निश्चितता भएमा,
(ख) धितोपत्र बजारमा सूचिकृत कानूनी व्यक्तिको हकमा त्यसको वास्तविक धनी र निजको शेयर, नियन्त्रण वा स्वार्थको विवरण लगायत ऐन
बमोजिमका कार्यहरु कानून बमोजिम सार्वजनिक हुने वा पर्याप्त रुपमा सहजै प्राप्त हुन सक्ने निश्चितता भएमा र सम्पत्ति शुद्धीकरण तथा
आतड्ढकारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना भएको कुरा प्रतिवेदनहरुबाट सुनिश्चित हुन सकेमा ।

७. ग्राहक पहिचान सम्बन्धी क्षेत्रगत मापदण्डः (१) बीमा व्यवसायीले ग्राहक पहिचान गर्दा नियम ४ मा उल्लिखित कागजात तथा विवरणका अतिरिक्त देहाय बमोजिम थप जाँचबुझ गर्नु पर्नेछः–
(क) बीमा हिताधिकारीको जाँचबुझ गर्ने,
(ख) बीमा बापतको कुनै पनि रकम, लाभ वा सुविधा हिताधिकारीलाई भुक्तानी वा प्रदान गर्दा हिताधिकारीको पहिचान गर्ने,
(ग) हिताधिकारीको जोखिमस्तर पहिचान गरी आवश्यक उपाय अवलम्बन गर्ने र सो बमोजिमको जोखिम व्यवस्थापन लगायत बृहत् ग्राहक पहिचान गर्ने,
(घ) हिताधिकारी पहिचान गर्न वा त्यसको वास्तविक धनी पहिचान गर्ने सम्बन्धमा उपयुक्त अन्य कार्य गर्ने ।
(२) यस नियमावलीमा उल्लिखित मापदण्डका अतिरिक्त नियमनकारी निकायले सेवा, उत्पादन, उपकरण, कारोबार, भुक्तानी माध्यम, जोखिम लगायत अन्य आधारमा ग्राहक पहिचानका लागि थप मापदण्ड तोक्न सक्नेछ ।

८. बृहत् ग्राहक पहिचानः (१) सूचक संस्थाले उच्च जोखिम देखिएका ग्राहकको हकमा बृहत ग्राहक पहिचान गर्दा कम्तीमा देहाय बमोजिमका उपाय अवलम्बन गर्नु पर्नेछः–
(क) आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वाभाविक प्रवृत्तिको कारोबारको उद्देश्य र पृष्ठभूमि परीक्षण गर्ने,
(ख) ग्राहकको कारोबारको पृष्ठभूमि र उद्देश्यको कारणको पहिचान गर्न सम्भव उपाय अवलम्बन गर्ने,
(ग) ग्राहक वा कारोबार उपरको नियन्त्रण तथा निरन्तर अनुगमन गरी त्यस्तो ग्राहक वा कारोबार अस्वाभाविक वा शड्ढास्पद भए नभएको यकिन गर्ने वा थप अनुगमन वा परीक्षण गर्नु पर्ने कारोबारको पहिचान गर्ने,
(घ) ग्राहक, वास्तविक धनी र सम्बद्ध व्यक्तिको सम्बन्धमा थप विवरण लिने वा सड्ढलन गर्ने,
(ङ) ग्राहकसँगको व्यवसायिक सम्बन्ध, कारोबार र त्यसको प्रकृति र उद्देश्यका सम्बन्धमा थप विवरण लिने वा सड्ढलन गर्ने,
(च) ग्राहकसँगको सम्बन्ध शुरु गर्ने वा निरन्तरता दिने नदिने सम्बन्धमा उच्च व्यवस्थापनको स्वीकृति लिने,
(छ) कारोबारको सीमा तोक्ने,
(ज) प्राप्त कागजातको परीक्षण वा जा“चबुझ गर्न अन्य उपाय अवलम्बन गर्ने,
(झ) पहिलो भुक्तानी बृहत ग्राहक पहिचान गरिएको खाता मार्फत मात्र गर्ने,
(ञ) ग्राहकस“ग सम्बन्धित विवरण अद्यावधिक गरिरहने,
(ट) कोष वा सम्पत्तिको स्रोत पहिचान गर्न आवश्यक उपाय अवलम्बन गर्ने,
(ठ) अनुगमनको निष्कर्षको अभिलेख राखी लेखापरीक्षण लगायत अन्य सक्षम अधिकारीले मागेमा उपलब्ध गराउने,
(ड) खण्ड (क) देखि (ठ) मा उल्लिखित कुराका अतिरिक्त अन्य उपयुक्त उपाय अवलम्बन गर्ने ।
(२) उच्च जोखिममा रहेका ग्राहकको कारोबारको हरेक चरणमा बृहत् ग्राहक पहिचान गर्नु पर्नेछ ।
(३) उच्च जोखिम देखिएको ग्राहकस“ग व्यवसायिक सम्बन्ध कायम गर्न वा कारोबारको निरन्तरता दिन व्यवस्थापकीय तहको स्वीकृति आवश्यक हुनेछ ।

९. सरलीकृत ग्राहक पहिचानः (१) सूचक संस्थाले ऐनको दफा ७घ. बमोजिम जोखिम मूल्याड्ढन गर्दा जोखिम कम देखिएको ग्राहकलाई दफा ७च. बमोजिम सरलीकृत ग्राहक पहिचान तथा जाँचबुझ गरी सम्बन्ध स्थापित गर्न, व्यवसायिक सम्बन्धलाई निरन्तरता दिन वा कारोबार गर्न वा गराउन सक्नेछ ।
(२) सूचक संस्थाले नेपाली नागरिकको सामाजिक तथा आर्थिक हितको लागि स्थानीय कार्यक्रमसँग सम्बन्धित विषयमा कुनै उत्पादन वा सेवा प्रवाह गर्ने भएमा नियमनकारी निकायबाट पूर्व स्वीकृति लिई सरलीकृत ग्राहक पहिचान तथा जाँचबुझ गर्न सक्नेछ ।
(३) उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्थाले देहायको अवस्था भएको ग्राहकको सरलीकृत ग्राहक पहिचान तथा जाँचबुझ गर्न सक्ने छैनः–
(क) ग्राहक विदेशी भएमा,
(ख) सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड बृहत् रुपमा पालना नभएको मुलुकको ग्राहक वा ग्राहकको मुख्य कारोबार भएमा,
(ग) ग्राहक सम्पत्ति शुद्धीकरण तथा आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड बृहत् रुपमा पालना नभएको मुलुकको धितोपत्र बजारमा सूचिकृत रहेको भएमा,
(घ) कानूनी व्यक्ति वा कानूनी प्रबन्धको वास्तविक धनीको विवरण सार्वजनिक रुपमा उपलब्ध हुन सक्ने अवस्था नरहेमा,
(ङ) ग्राहक वा वास्तविक धनी उच्चपदस्थ व्यक्ति भएमा,
(च) उच्च जोखिम देखिएको वा शड्ढास्पद भएको व्यक्ति भएमा, वा
(छ) वार्षिक रुपमा एक लाख रुपैया“ भन्दा बढी रकमको कारोबार हुने भएमा ।
(४) नियमनकारी निकायले सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धमा आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ ।

१०. आफै उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्थाः (१) सूचक संस्थाले आफै उपस्थित नभई स्थापित हुने व्यवसायिक सम्बन्ध वा कारोबारका सम्बन्धमा ऐनको दफा ७ट. बमोजिम जोखिम मूल्याड्ढन गरी व्यवस्थापनका आवश्यक उपाय अबलम्बन गर्नु
पर्नेछ ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “आफै उपस्थित नभई स्थापित हुने व्यवसायिक सम्बन्ध वा कारोबार” भन्नाले सामान्यतया देहायका सम्बन्ध वा कारोबारलाई सम्झनु पर्छः–
(क) इन्टरनेट, टेलिफोन, फ्याक्स, हुलाक वा यस्तै अन्य प्रकारले स्थापित व्यवसायिक सम्बन्ध,
(ख) इन्टरनेट मार्फत हुने कारोबार,
(ग) एटिएम मार्फत हुने कारोबार,
(घ) टेलिफोन वा मोवाइल बैंकि·,
(ङ) फ्याक्स वा विद्युतीय माध्यम वा अन्य त्यस्तै उपकरण मार्फत कारोबारका लागि दिने निर्देशन वा कारोबार,
(च) विद्युतीय माध्यम वा प्रिपेड वा पुनः मूल्य थप गर्न सकिने कार्ड वा खाता मार्फत नगद वा भुक्तानी हुने वा प्राप्त गर्ने कारोबार ।
(२) सूचक संस्थाले यस नियम बमोजिम ग्राहकको पहिचानको लागि कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट प्रमाणित भएका कागजातहरु ग्राहकस“ग लिनु पर्नेछ ।

११. कारोबार गर्न नहुनेः (१) सूचक संस्थाले ऐनको दफा ७ण. र नियम ४ वा ५ बमोजिम माग गरेको विवरण वा कागजात उपलब्ध नगराउने ग्राहकस“ग व्यवसायिक सम्बन्ध कायम गर्न वा कारोबार गर्न सक्ने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्थाले माग गरेको कागजात तथा विवरण पेश गर्न नसकेको कारण खुलाई कागजात तथा विवरण पेश गरेमा र त्यस्तो कारण मनासिब देखिएमा सूचक संस्थाले ग्राहकको विवरण अद्यावद्यिक गरी व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्न सक्नेछ ।

१२. अभिलेख सम्बन्धी थप व्यवस्थाः ऐनको दफा ७द. को प्रयोजनको लागि सूचक संस्थाले अनुगमन, जोखिम मूल्याड्ढन तथा आन्तरिक नियन्त्रण र सो सम्बन्धी विवरण तथा कागजातको अभिलेख राख्नु पर्नेछ ।

१३. कारोबार रकमको सीमाः (१) राष्ट्र बैंकले ऐनको दफा १०क. को प्रयोजनको लागि कारोबार रकमको सीमा तोक्दा कारोबारको क्षेत्र, विषय र प्रकृतिलाई विचार गरी फरक फरक कारोबारको लागि फरक फरक रकमको सीमा तोक्न सक्नेछ ।
(२) राष्ट्र बैंकले उपनियम (१) बमोजिम कारोबार रकमको सीमा तोक्दा सम्बन्धित नियमनकारी वा कार्यान्वयन गर्ने सरकारी निकायको परामर्श लिन सक्नेछ ।
(३) राष्ट्र बैंकले उपनियम (१) बमोजिम कारोबार रकमको सीमा तोक्दा वा त्यस्तो सीमामा हेरफेर गरेमा त्यसको सूचना आफ्नो वेवसाइटमा समेत राख्नुु पर्नेछ ।

१४. विद्युतीय माध्यमबाट विवरण पेश गर्नेः (१) सूचक संस्थाले ऐन तथा नियमावली बमोजिम वित्तीय जानकारी इकाईलाई दिनु पर्ने सूचना वा विवरण वित्तीय जानकारी इकाईले तोकेको मितिदेखि नियमित रुपमा विद्युतीय माध्यमबाट दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना वा विवरण वित्तीय जानकारी इकाईले निर्धारण गरेको ढाँचामा दिनु पर्नेछ ।