परिच्छेद–५ उजुरी, जाँचबुझ र अनुसन्धान

परिच्छेद–५ उजुरी, जाँचबुझ र अनुसन्धान

१९. उजुरी दर्ता किताबमा अभिलेख गर्नु पर्नेः (१) विभागले ऐनको दफा १३ बमोजिम प्राप्त हुन आएको उजुरी वा सूचना अनुसूची–१ मा उल्लेख भए बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।
(२) विद्युतीय माध्यमबाट प्राप्त विवरण समेतलाई उपनियम (१) बमोजिम दर्ता गर्नु पर्नेछ ।
(३) विभागले गोपनीयताको लागि नाम उल्लेख गर्न नचाहने उजुरीकर्ताको हकमा सड्ढेत सम्बन्धी आवश्यक व्यवस्था गर्न सक्नेछ ।

२०. प्रमाणको नक्कल दिन सक्नेः ऐन र यस नियमावली बमोजिम उजुरी वा सूचना दिने व्यक्तिले त्यस्तो उजुरीस“ग कुनै प्रमाण पेश गरेको रहेछ र त्यस्तो प्रमाणको नक्कल उजुरी वा सूचना दिने व्यक्तिले माग गरेमा विभागले त्यसको नक्कल प्रमाणित गरी त्यस्तो
व्यक्तिलाई दिन सक्नेछ ।

२१. प्रारम्भिक जाँचबुझ सम्बन्धी व्यवस्थाः ऐनको दफा १३ बमोजिम प्राप्त उजुरी वा दफा १० बमोजिम वित्तीय जानकारी इकाईबाट प्राप्त सूचनाको प्रारम्भिक जाँचबुझ गर्दा वा गराउँदा विभाग प्रमुखले त्यस्तो सूचना, कागजात, विवरण वा तथ्य सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरसँग सम्बन्धित भए नभएको सम्बन्धमा समेत आवश्यक जाँचबुझ गर्न मातहतको कुनै अधिकृतलाई खटाउन सक्नेछ ।

२२. प्रतिवेदन पेश गर्नु पर्नेः जाँचबुझ अधिकृतले प्रारम्भिक जाँचबुझ सम्बन्धी कार्य सम्पन्न हुनासाथ आफ्नो राय सहितको प्रतिवेदन विभागको प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।

२३. अनुसन्धान अधिकृतको नियुक्ति गर्ने वा तोक्नेः (१) नियम २२ बमोजिम प्राप्त प्रतिवेदन समेतको आधारमा सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर भएको वा हुन सक्ने मनासिब आधार भई विभागको प्रमुखले अनुसन्धान अधिकृत नियुक्त गर्दा वा तोक्दा अनुसूची–२ बमोजिमको ढाँचामा नियुक्त गर्नु वा तोक्नु पर्नेछ ।
(२) विभागको प्रमुखले उपनियम (१) बमोजिम अनुसन्धान अधिकृत नियुक्त गर्दा वा तोक्दा अनुसन्धान सम्पन्न गर्न आवश्यक पर्ने समयावधि तोकी सहयोगी कर्मचारीको नाम समेत उल्लेख गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र अनुसन्धान सम्पन्न हुन नसकेमा अनुसन्धान अधिकृतले सो को कारण खुलाई अवधि थप गर्न विभागको प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम अवधि थप गर्नको लागि अनुरोध भएमा अनुसन्धानको प्रकृति एवम् प्रगति हेरी विभागको प्रमुखले एक पटकमा ंतीस दिनमा नबढ्ने गरी आवश्यक अवधि थप्न सक्नेछ ।

२४. अनुसन्धान प्रगति विवरण पेश गर्नु पर्नेः अनुसन्धान अधिकृतले आफूलाई तोकिएको मुद्दाको अनुसन्धानको प्रगति सम्बन्धी विवरण समय तोकिएको भए तोकिएको समयमा र समय नतोकिएको भए नियमित रुपमा विभाग प्रमुख वा निजले तोेकेको उपप्रमुख समक्ष पेश गर्नु
पर्र्नेछ ।

२५. सम्पत्ति खोजतलास र पहिचानः अनुसन्धान अधिकृतले अनुसन्धान गर्दा कसूरबाट प्राप्त सम्पत्ति वा साधन र त्यसबाट बढे बढाएको सम्पत्ति, कसूरमा संलग्न व्यक्तिहरुको खोजतलास तथा पहिचान गर्नु पर्नेछ ।

२६. जाँचबुझ तथा अनुसन्धान सम्बन्धी कार्यलाई प्रभावकारी बनाउनेः विभागको जाँचबुझ तथा अनुसन्धान सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन विभागको प्रमुखले आवश्यकता अनुसार विभागको उपप्रमुखको संयोजकत्वमा अधिकृतहरु सम्मिलित रहेको
समितिहरु गठन गर्न सक्नेछ ।

२७. संयुक्त अनुसन्धान टोली गठन सम्बन्धी व्यवस्थाः विभागको प्रमुखले ऐनको दफा १५ बमोजिम अनुसन्धानका लागि अन्य निकायलाई जिम्मेवारी दिंदा वा संयुक्त अनुसन्धान टोलीको गठन गर्दा सम्बन्धित निकायस“ग देहायका विषयमा समझदारी गर्न सक्नेछः–
(क) टोलीको नेतृत्व,
(ख) संयुक्त अनुसन्धानको अनुसन्धान अधिकृत नियुक्ति, सहायक अनुसन्धान अधिकृत वा कर्मचारीको सङ्ख्या, नाम र विषेशज्ञता,
(ग) अनुसन्धानको क्षेत्र र कार्यावधि,
(घ) अनुसन्धानका लागि आवश्यक साधन र स्रोतको व्यवस्था,
(ङ) अन्य आवश्यक विषय ।

२८. उपस्थिति हुनको लागि दिइने सूचनाको ढाँचाः जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृतले प्रारम्भिक जा“चबुझ वा अनुसन्धानको सिलसिलामा कसैलाई सोधपुछ वा बयानको लागि उपस्थित हुन सूचना दिंदा वा कसैबाट स्पष्टीकरण माग गर्दा त्यस्तो व्यक्तिलाई अनुसूची–३ बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ ।

२९. खानतलासी तथा बरामदः (१) जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृतले उजुरी वा कसूरको जाँचबुझ वा अनुसन्धानको सिलसिलामा शरीरको तलासी, सवारी साधनको तलासी गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा गर्नु पर्नेछ ।
(२) कसूरको जाँचबुझ वा अनुसन्धानको सिलसिलामा कसैको घर कम्पाउण्ड, कारोबार स्थलमा प्रवेश गर्दा र त्यसरी खानतलासी गर्दा कुनै सामान बरामद भएमा वा नियन्त्रणमा लिएमा अनुसूची–५ बमोजिमको मुचुल्का गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम खानतलासी गर्दा बरामद भएको नगद, जिन्सी वा अन्य कुनै मालसामान आफुसँग लैजानु परेमा जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृतले त्यस्तो मालसामान बुझेको भरपाई तयार गरी संस्था भए त्यसकोे पदाधिकारी र अन्य व्यक्ति भए घरधनी वा मालसामान धनी वा मालसामान जिम्मा रहेको व्यक्तिलाई दिनु पर्नेछ र निज फेला नपरेमा वा फेला परे पनि निजले भरपाई बुभ्नु नमानेमा त्यस्तो भरपाई गाउँपालिका वा नगरपालिकाको प्रतिनिधिलाई जिम्मा दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको गाउ“पालिका वा नगरपालिकाको प्रतिनिधि फेला नपरेमा बरामद गरिएको स्थानमा त्यस्तो भरपाई टा“स गरी बरामदी मुचुल्कामा सो व्यहोरा समेत जनाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम भरपाई टा“स गरे पछि सम्बन्धित व्यक्तिले रीतपूर्वक भरपाई बुझेको मानिनेछ ।

३०. पक्राउ पूर्जीको ढाँचाः अनुसन्धान अधिकृतले अनुसन्धानको सिलसिलामा कसैलाई पक्राउ गर्दा अनुसूची–६ बमोजिमको ढाँचामा पक्राउ पूर्जी दिनु पर्नेछ ।

३१. थुनुवा पूर्जीको ढाँचाः अनुसन्धान अधिकृतले अनुसन्धानको सिलसिलामा थुनामा राख्दा वा जमानत माग गरेकोमा त्यस्तो जमानत दिन नसकेको कारणबाट मुद्दा हेर्ने अधिकारीको अनुमतिले कुनै व्यक्तिलाई थुनामा राख्नु परेमा अनुसूची–७ बमोजिमको ढा“चामा थुनुवा पूर्जी
दिनु पर्नेछ ।

३२. तारेख किताब र तारेख पर्चाको ढाःचाः  अनुसन्धान अधिकृतले अभियुक्तलाई तारेखमा राख्दा अनुसूची–८ बमोजिमको ढाँचाको तारेख किताब खडा गरी अनुसूची–९ बमोजिमको ढाँचामा तारेख पर्चा दिनु पर्नेछ ।

३३. धरौटी जमानत माग्ने र धरौटी वा जमानत दिएको लिखतको ढाँचाः (१) अनुसन्धान अधिकृतले अभियुक्तबाट धरौटी वा जमानत माग गर्ने आदेश गर्दा अनुसूची–१० बमोजिमको ढाँचामा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम धरौटी वा जमानत दिंदा अभियुक्तले आफ्नो नामको सम्पत्ति धरौटी वा जमानत दिएकोमा अनुसूची–११ र अभियुक्तको तर्फबाट अन्य व्यक्तिले धरौटी वा जमानत दिएकोमा त्यस्तो व्यक्तिले अनुसूची–१२ बमोजिमको ढाँचामा लिखत गर्नु
पर्नेछ ।

३४. सम्पत्ति, खाता, कारोबार रोक्का गर्ने आदेशको ढाँचाः  जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृतले कसूरसँग सम्बन्धित सम्पत्ति वा साधन ऐनको दफा १८ बमोजिम रोक्का राख्दा वा नियन्त्रणमा लिँदा अनुसूची–१३ बमोजिमको ढाँचामा आदेश गरी लिनु वा राख्नु पर्नेछ ।

३५. रोक्का तथा फुकुवाको अभिलेख राख्नेः   (१) विभागले कुनै अभियुक्तबाट वा निजको तर्फबाट धरौटी जमानत लिएकोमा वा कुनै सम्पत्ति वा साधन नियन्त्रणमा लिएकोमा वा रोक्का राखेकोमा त्यस्तो रोक्का विवरण सहितको अभिलेख खडा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अभिलेखमा उजुरी दर्ता नम्बर, अभियुक्तको नाम, थर, वतन, सम्पत्ति, साधनको विवरण, रोक्का राख्ने वा नियन्त्रणमा लिने आदेश भएको मिति, रोक्का राख्ने वा नियन्त्रणमा लिने कार्यालय, रोक्का राख्न वा नियन्त्रणमा लिन लेखिएको पत्रको मिति र चलानी नम्बर समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम रोक्का राखिएको वा नियन्त्रणमा लिइएको सम्पत्ति फुकुवा भएमा विभागले सो को अभिलेख अद्यावद्यिक गरी राख्नु पर्नेछ ।
(४) कसूरजन्य सम्पत्ति वा साधन रोक्का, नियन्त्रण र जफतका सम्बन्धमा विभागले कानून बमोजिमको विवरण, जफत सम्पत्ति तथा साधन सम्बन्धित विभागमा पठाउनु पर्नेछ ।

३६. अनुसन्धान प्रतिवेदन र अभियोगको ढाँचाः (१) अनुसन्धान अधिकृत वा अनुसन्धान गर्ने निकायले अनुसन्धानको कार्य सम्पन्न गरेपछि त्यसको प्रतिवेदन अनुसूची–१४ बमोजिमको ढाँचामा विभाग समक्ष पेश गर्नु पर्नेछ ।
(२) विभागले मुद्दा दायर गर्दा अनुसूची–१५ बमोजिमको ढाँचामा अभियोगपत्र तयार गरी दायर गर्नु पर्नेछ ।

३७. सहयोग आदान प्रदान गर्न सक्नेः (१) विभागले अन्य मुलुकको समान प्रकृतिको काम गर्ने निकायसँग अनुसन्धानसँग सम्बन्धित विषयमा आपसी सहयोग आदान प्रदान गर्ने सम्बन्धमा आवश्यक सहकार्य गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको आपसी सहयोगको प्रयोग दुई पक्षीय वा बहुपक्षीय हित हुने गरी गर्नु पर्नेछ ।

३८. जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृत हेरफेर गर्न सक्नेः कुनै जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृतले निजलाई तोकिएको काम कुनै कारणवश सम्पन्न गर्न नसकेमा वा निजबाट त्यस्तो काम गराउन उपयुक्त छैन भन्ने मनासिब कारण भएमा त्यस्तो कारण खुलाई विभागको प्रमुखले निजको सट्टा अर्को जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृत नियुक्त गर्न वा तोक्न सक्नेछ ।

३९. विशेषज्ञ सेवा लिन सक्नेः उजुरीको जा“चबुझ वा कसुरको अनुसन्धानको सिलसिलामा कुनै विषयमा विशेषज्ञको सेवा लिन आवश्यक परेमा विभागले त्यस्तो विशेषज्ञको सेवा लिन सक्नेछ ।

४०. खर्च प्रमाणित गर्न सक्नेः  जााचबुझ अधिकृत वा अनुसन्धान अधिकृतले प्रारम्भिक जाँचबुझ वा अनुसन्धानको सिलसिलामा बिल भरपाई आउन नसक्ने काममा गरेको खर्च विभागको प्रमुखले औचित्य हेरी प्रमाणित गरिदिन सक्नेछ ।

४१. विशेष अनुसन्धान प्रविधि सम्बन्धी व्यवस्थाः अनुसन्धान अधिकृत वा अनुसन्धान निकायले ऐनको दफा १९ग. बमोजिम विशेष अनुसन्धान प्रविधि अवलम्बन गर्न आवश्यक व्यवस्था गर्न सक्नेछ ।

४२. रोक्का फुकुवा सम्पत्ति वा साधन फिर्ता गर्नेः (१) अनुसन्धानको सिलसिलामा कुनै व्यक्तिको सम्पत्ति, खाता, राहदानी वा निजको तर्फबाट दिइएको जेथाजमानी रोक्का राखेकोमा त्यस्तो व्यक्ति उपर मुद्दा नचलाउने निर्णय भएमा विभागको प्रमुखले निर्णय भएको सात दिनभित्र
त्यस्तो रोक्का फुकुवा गरिदिनु पर्नेछ ।

(२) ऐन बमोजिम दायर भएको मुद्दामा अभियुक्तले अदालतबाट सफाई पाएमा र त्यस्तो सफाइ उपर पुनरावेदन नगर्ने निर्णय भएमा त्यस्तो व्यक्तिको रोक्का राखिएको खाता, राहदानी, सम्पत्ति, कारोबार पुनरावेदन गर्ने म्याद समाप्त भएको मितिले सात दिनभित्र फुकुवा गरिदिनु पर्नेछ ।