परिच्छेद – १ प्रारम्भिक

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यी नियमहरुको नाम “सिंचाइ नियमावली, २०५६” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः  विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले जलस्रोत ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “सिंचाइ” भन्नाले कृषिजन्य उपयोगको लागि संरचनाबाट जग्गा जमिनमा पानी पुरयाउने प्रक्रिया सम्झनु पर्छ ।
(ग) “संरचना” भन्नाले स्रोतबाट पानी जम्मा गर्न, नियन्त्रण गर्न वा वितरण गर्न बनाईएको बा“ध, नहर, शाखा नहर, प्रशाखा नहर, कुलो, कुलेशो, पैनी तथा त्यस प्रयोजनको लागि बनेको बाटो, डिल, पुल, पुलेसो र प्रयोग भएका भवन, मेशिन,यन्त्र, उपकरण र त्यसले चर्चेको क्षेत्र सम्झनु पर्छ र सो शब्दले भूमिगत सिंचाइको हकमा ट्यूवेल, पम्प, पम्पघर तथा अन्य विद्युतीय उपकरण एवं वितरण प्रणाली समेतलाई जनाउ“छ ।
(घ) “उपभोक्ता संस्था” भन्नाले नियम ३ बमोजिम दर्ता भएको उपभोक्ता संस्था सम्झनु पर्छ ।
(ङ) “सेवा” भन्नाले परियोजनाबाट उपभोक्तालाई उपलब्ध गराईएको सिंचाइ सेवा सम्झनु पर्छ

(च) “कार्य समिति” भन्नाले नियम ३ बमोजिम दर्ता भएको उपभोक्ता संस्थाको कार्य समिति सम्झनु पर्छ ।
(छ) “परियोजना” भन्नाले नेपाल सरकारले विकास गरी सञ्चालन गरेको वा अनुमति प्राप्त व्यक्तिले सञ्चालन गर्ने सिंचाइ सम्बन्धी परियोजना सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले उपभोक्ता संस्थालाई हस्तान्तरण गरेको परियोजना वा उपभोक्ता संस्था आफैले विकास गरी सञ्चालन गरेको परियोजना समेतलाई जनाउँछ ।
(ज) “परियोजना समिति” भन्नाले नियम ३१ बमोजिम गठन हुने परियोजना समिति सम्झनु पर्छ ।
(झ) “सेवाशुल्क” भन्नाले सेवा उपभोग गरे वापत उपभोक्ताले ………….. तिर्नु बुझाउनु पर्ने शुल्क वा दस्तुर सम्झनु पर्छ ।
(ञ) “विभाग” भन्नाले नेपाल सरकारको सिंचाइ विभाग सम्झनु पर्छ ।
(ट) “परियोजना कार्यालय” भन्नाले नेपाल सरकारले विकास गरी सेवा संचालन गरेको सिंचाइको हकमा त्यस्तो सिंचाइ संचालन गर्ने परियोजनाको कार्यालय तथा नेपाल सरकारले विकास गरी उपभोक्ता संस्थालाई हस्तान्तरण गरेको सिंचाइको हकमा त्यस्तो सिंचाइ संचालन र व्यवस्थापन गर्ने उपभोक्ता संस्थाको कार्यालय र अनुमति प्राप्त व्यक्तिले विकास गरी संचालन र व्यवस्थापन गरेको सिंचाइको हकमा त्यस्तो सिंचाइ संचालन र व्यवस्थापन गर्ने कार्यालय सम्झनु पर्दछ ।

(ठ) “सिंचाइ प्रणाली” भन्नाले सिंचाइ प्रयोजनका लागि बनेको संरचना र सिंचाइ क्षेत्र सहितको सम्पूर्ण एकाइ सम्झनु पर्छ ।

(ड) “बृहत सिंचाइ आयोजना” भन्नाले पहाडी भेगको हकमा एक हजार हेक्टर भन्दा बढी र तराई÷मधेस तथा भित्री मधेसको हकमा पाँच हजार हेक्टर भन्दा बढी सिंचाइ क्षेत्र भएको आयोजना सम्झनु पर्छ ।