परिच्छेद – ४ पदक
२०. लोकश्री पदक :-
(१) लोककल्याण तथा सार्वजनिक हितको लागि प्रशंसनीय काम गर्ने नेपाली नागरिकलाई लोकश्री पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–१ मा उल्लेख भए बमोजिम हुनेछ ।
२१. राष्ट्रसेवा पदक :-
(१) राष्ट्रहितको लागि राष्ट्रसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने निजामती कर्मचारी, नेपाली सेना वा प्रहरीका जवान वा अधिकृतलाई राष्ट्रसेवा पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदक प्रथम श्रेणी र द्वितीय श्रेणीको हुनेछ ।
(३) देहाय बमोजिमको सेवा अवधि पूरा गरेका निजामती कर्मचारी, नेपाली सेना वा प्रहरीका जवान वा अधिकृतलाई देहाय बमोजिमको राष्ट्रसेवा पदक प्रदान गरिनेछ –
(क) अविच्छिन्न २५ वर्ष सेवा गरेकोलाई प्रथम श्रेणीको राष्ट्रसेवा पदक,
(ख) अविच्छिन्न १२ वर्ष सेवा गरेकोलाई द्वितीय श्रेणीको राष्ट्रसेवा पदक,
(४) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–२ मा उल्लेख भए बमोजिम हुनेछ ।
२२. सत्कार्य पदक :-
(१) मानव जीवनका विभिन्न क्षेत्रमा निस्वार्थ भावले संलग्न रही मुलुक तथा मानव जातिको उत्थान र कल्याणमा सह्राहनीय योगदान पु¥याउने जुनसुकै व्यक्तिलाई सत्कार्य पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–३ मा उल्लेख भए वमोजिम हुनेछ ।
२३. समाजसेवा पदक :- (१) सामाजिक क्षेत्रमा उल्लेखनीय सेवा गर्ने लब्ध प्रतिष्ठित समाजसेवीलाई समाज सेवा पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–४ मा उल्लेख भए बमोजिम हुनेछ ।
२४. शिक्षाज्योति पदक :-
(१) नेपालभित्र वा अन्तर्राष्ट्रिय क्षेत्रमा शिक्षा, वातावरण संरक्षण वा सूचना प्रविधिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने जुनसुकै नेपाली तथा विदेशी नागरिकलाई शिक्षा ज्योति पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–५ मा उल्लेख भए बमोजिम हुनेछ ।
२५. सगरमाथा पदक :-
(१) पर्वतारोहण लगायत सार्वजनिक जीवनका अन्य क्षेत्रमा साहसिक कार्य गरी मुलुकको प्रतिष्ठा तथा गौरव बढाउन योगदान पु¥याउने व्यक्तिलाई सगरमाथा पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–६ मा उल्लेख भए बमोजिम हुनेछ ।
२६. सुकीर्ति पदक :-
(१) राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा कीर्तिमान कायम गरी मुलुकको गौरव तथा प्रतिष्ठा बढाउन योगदान पु¥याउने नेपाली नागरिकलाई सुकीर्ति पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–७ मा उल्लेख भए बमोजिम हुनेछ ।
२७. वीरता पदक :-
(१) नेपालभित्र आन्तरिक उपद्रव वा अशान्ति भएको बखत वा कुनै दुर्घटना वा विपत्तिमा परेको व्यक्तिलाई ज्यान जोखिममा राखी बचाउने वा बचाउने प्रयत्न गर्दा आफ्नो ज्यान गुमाउने व्यक्ति वा आफ्नो ज्यानसमेत खतरामा पारी शान्ति कायम गर्न असाधारण बहादुरी देखाउने
नेपाली सेना एवं प्रहरीमा कार्यरत जवान वा अधिकृत वा अन्य जुनसुकै व्यक्तिलाई वीरता पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–८ मा उल्लेख भए बमोजिम हुनेछ ।
२८. शौर्य पदक :- (१) नेपालको रक्षाका लागि वा नेपालमा अमन चयन कायम राख्न ज्यान जोखिममा राखी अदम्य साहसका साथ कर्तव्य पालन गर्ने नेपाली सेनाका जवान वा अधिकृत र नेपालमा अमन चयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने सिलसिलामा विशेष बहादुरीका साथ साहसपूर्ण काम गर्ने प्रहरी जवान वा अधिकृतलाई शौर्य पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–९ मा उल्लेख भए बमोजिम हुनेछ ।
२९. प्राकृतिक प्रकोप पीडितोद्धार पदक :-
(१) प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरुको उद्धार एवं
व्यवस्थापन वा प्रकोपको जोखिम न्यूनीकरण गर्ने कार्यमा प्रशंसनीय रूपमा योगदान गर्ने वा सहयोग पु¥याउने व्यक्तिलाई प्राकृतिक प्रकोप पीडितोद्धार पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–१० मा उल्लेख भए बमोजिम हुनेछ ।
३०. विकास रत्न पदक :-
(१) मुलुकको सामाजिक, आर्थिक वा विकास निर्माण कार्यमा संलग्न रही सार्वजनिक कल्याण तथा जनहितको प्रवद्र्धन तथा जनजीवनको स्तरमा सुधारका लागि उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई विकास रत्न पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) वमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–११ मा उल्लेख भए वमोजिम हुनेछ ।
३१. शान्ति पदक :-
(१) संयुक्त राष्ट्र सङ्घको आह्वानमा विदेशमा गई शान्ति कायम गर्ने कार्यमा योगदान पु¥याउने वा मुलुकभित्र नै शान्ति कायम गर्न उदाहरणीय कार्य गर्ने निजामती कर्मचारी, नेपाली सेना तथा प्रहरीका जवान वा अधिकृतलाई शान्ति पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–१२ मा उल्लेख भए बमोजिम हुनेछ ।
३२. विज्ञान प्रवीण पदक :-
(१) विज्ञान तथा प्रविधिको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने नेपाली वैज्ञानिकलाई विज्ञान प्रवीण पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–१३ मा उल्लेख भए बमोजिम हुनेछ ।
३३. संविधानसभा निर्वाचन पदक :-
(१) सम्वत् २०६४ साल चैत्र २८ गते सम्पन्न भएको संविधानसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने गराउने कार्यमा महत्वपूर्ण योगदान दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था तथा व्यक्तिहरू र राष्ट्रसेवकहरूलाई संविधानसभा निर्वाचन पदक प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको पदकको बनौट, आकारप्रकार तथा पट्टिका परिशिष्ट तीन अनुसूची–१४ मा उल्लेख भए बमोजिम हुनेछ ।