परिच्छेद–२ इजाजतपत्र सम्बन्धी व्यवस्था

परिच्छेद–२ इजाजतपत्र सम्बन्धी व्यवस्था

परिच्छेद–२
इजाजतपत्र सम्बन्धी व्यवस्था ३. इजाजतपत्रपत्र नलिई जलयात्रा व्यवसाय गर्न नहुनेः यस नियमावली बमोजिम
इजाजतपत्र नलिई कसैले पनि जलयात्रा व्यवसाय गर्न हुदैन ।

४. इजाजतपत्रको लागि दरखास्त दिनु पर्नेःजलयात्राको व्यवसाय सञ्चालन गर्न चाहने नियम ६ बमोजिमका शर्त पूरा गरेको जलयात्रा व्यवसायीले इजाजतपत्रको लागि अनुसूची–१ बमोजिमको ढा“चामा मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ ।

५. इजाजतपत्र दिनेः

(१) नियम ४ बमोजिम प्राप्त भएको दरखास्त जा“चबुझ गर्दा दरखास्त दिने जलयात्रा व्यवसायीले देहायका कुुराहरु पूरा गरेको देखिएमा मन्त्रालयले त्यस्तो जलयात्रा व्यवसायीसँग पा“च हजार रुपैंया“ दस्तुर लिई जलयात्रा व्यवसाय सञ्चालन गर्न अनुसूची–२ बमोजिमको ढाचामा इजाजतपत्र दिनेछ–

(क) जलयात्रा व्यवसायीका नाममा कम्तीमा दुईवटा जलयात्राका साधन भएको,
(ख) जलयात्रा व्यवसाय सञ्चालन गर्न मन्त्रालयले तोके बमोजिमको गुणस्तरका सुरक्षात्मक उपकरण तथा सामग्री भएको,
(ग) मन्त्रालयले समय समयमा तोकि दिएको अन्य कुराहरु पूरा गरेको ।

(२) उपनियम (१) को खण्ड (ख) मा उल्लिखित सुरक्षात्मक उपकरण तथा सामग्री मन्त्रालयले तोकेको गुणस्तर बमोजिम भए वा नभएको जा“च गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्नको लागि मन्त्रालयले सम्बन्धित क्षेत्रका प्रतिनिधि समेत रहने गरी पाच सदस्यीय समिति गठन गर्नेछ ।

(३) यो नियमावली प्रारम्भ हुनु अगावै नेपाल सरकारको निकायमा दर्ता भई सञ्चालन भई आएका ्याटिङ एजेन्सीले यो नियमावली प्रारम्भ भएको एक वर्षभित्र यस नियमावली बमोजिम इजाजतपत्र लिई सक्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिमको अवधिभित्र इजाजत पत्र लिन नसकेका ¥याफ्टिङ्ग एजेन्सीले यो नियम प्रारम्भ भएको मितिले एक वर्षभित्र इजाजत पत्र लिनुपर्नेछ ।

६. कम्पनी वा फर्मको दर्ता तथा बैंक ग्यारेण्टी सम्बन्धी व्यवस्था ः

जलयात्रा व्यवसायीले इजाजतपत्र लिनु अघि देहाय बमोजिमका कुराहरु पूरा गरेको हुनु पर्नेछ ः–

(क) कम्पनीको हकमा कम्तीमा दुई लाख रुपैया“ चुक्ता पू“जी भएको कम्पनी र फर्मको हकमा कम्तीमा दुई लाख रुपैया“ जायजेथा भएको फर्म दर्ता गर्नु पर्ने,

(ख) मन्त्रालयको नाममा पचास हजार रुपैया“ बराबरको बैंक जमानत दाखिला गर्नु पर्ने ।

७. इजाजतपत्रको अवधि र नवीकरण ः

(१) नियम ५ बमोजिम दिइएको इजाजतपत्रको वहाल अवधि पा“च वर्षको हुनेछ ।
(२) इजाजतपत्र नवीकरण गराउन चाहने जलयात्रा व्यवसायीले इजाजतपत्रको बहाल अवधि समाप्त हुन तीन महिना अगावै पा“च हजार रुपैया“ मन्त्रालयमा बुझाई इजाजतपत्र नवीकरण गराउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिमको अवधि समाप्त भएपछि इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले इजाजतपत्र नवीकरण गर्न आएमा इजाजतपत्रको बहाल अवधि समाप्त भएको मितिले पहिलो दुई महिनासम्मको लागि नवीकरण दस्तुरको पचास प्रतिशत र त्यसपछिको एक महिनासम्मको लागि शत प्रतिशत थप नवीकरण दस्तूर लिई मन्त्रालयले इजाजतपत्र नवीकरण गरी दिनेछ ।

(४) उपनियम (३) बमोजिमको म्यादभित्र पनि जलयात्रा व्यवसायीले इजाजतपत्र नवीकरण नगराएमा त्यस्तो इजाजतपत्र स्वतः रद्द हुनेछ ।

८. इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले पालन गर्नु पर्ने शर्तहरुः

इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले देहाय बमोजिमका शर्तहरु पालन गर्नु पर्नेछ–

(क) जलयात्रामा जलायात्रीलाई लैजानु अघि जलयात्रामा जाने व्यक्तिको नाम, ठेगाना, मन्त्रालय वा मन्त्रालयले तोकेको निकायमा दर्ता गराउने,
(ख) जलयात्राको लागि खुला गरिएका नदी बाहेक अन्यत्र विदेशी पर्यटकलाई जलयात्रा नगराउने,
(ग) जलयात्रा व्यवसाय सञ्चालन गर्न मन्त्रालयद्वारा तोकिएका आचार संहिता पालन गर्नु पर्ने,
(घ) ऐन तथा नियमावली बमोजिम जलयात्रा व्यवसायीले पालन गर्नु पर्ने अन्य शर्तहरु पालन गर्ने ।

९. इजाजतपत्र रद्द गर्न सक्ने ः

(१) जलयात्रा व्यवसायीले यस नियमावली विपरीत जलयात्रा गराएमा मन्त्रालयले निजको इजाजतपत्र रद्द गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम इजाजतपत्र रद्द गर्नु अघि मन्त्रालयले त्यस्तो जलयात्रा व्यवसायीलाई आफ्नो सफाई पेश गर्न मनासिव मौका दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम इजाजतपत्र रद्द भएको जलयात्रा व्यवसायीले इजाजतपत्र रद्द भएको मितिबाट दुई वर्षसम्म जलयात्रा सम्बन्धी व्यवसाय गर्न पाउने छैन र निजलाई नया“ इजाजतपत्र दिइने छैन ।

(४) उपनियम (१) बमोजिम इजाजतपत्र रद्द भएको कारणबाट मात्र त्यस्तो जलयात्रा व्यवसायी यस नियमावली बमोजिमको दायित्वबाट मुक्त हुने छैन ।

१०. सुरक्षा सम्बन्धी व्यवस्थाः

(१) जलयात्रा व्यवसायीले जलयात्रामा जाने पर्यटक तथा नेपाली कामदारलाई जीवन सुरक्षा ज्याकेट (लाईफ ज्याकेट), हेल्मेट जस्ता सुरक्षात्मक सामग्रीहरु उपलब्ध गराउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम सुरक्षात्मक सामग्री व्यवस्था नगरेको कारणबाट जलयात्रामा जाने व्यक्तिलाई कुनै किसिमको चोटपटक लागेमा वा निजको मृत्यु भएमा सम्बन्धित जलयात्रा व्यवसायीले त्यस्तो व्यक्तिलाई देहायको क्षतिपूर्ति तिर्नु पर्नेछ –

(क) चोटपटक लागेकोमा त्यस्तो चोटपटकको प्रकृति हेरी दुई लाख रुपैया“सम्म,
(ख) मृत्यु भएमा पा“च लाख रुपैया“सम्म ।

(३) जलयात्राको सिलसिलामा कुनै दुर्घटना भएमा त्यस्तो दुर्घटनाको प्राथमिक खोज तथा उद्धार सम्बन्धी कार्य र जलयात्रा व्यवसायीको मृत्यु भएकोमा शव व्यवस्थापन सम्बन्धित जलयात्रा व्यवसायीले गर्नु पर्नेछ ।