परिच्छेद–२ कोषको स्थापना तथा काम, कर्तव्य र अधिकार

परिच्छेद–२ कोषको स्थापना तथा काम, कर्तव्य र अधिकार

परिच्छेद–२
कोषको स्थापना तथा काम, कर्तव्य र अधिकार

३. कोषको स्थापनाः  (१) शान्ति कोष नामको एक कोष स्थापना गरिएको छ ।

(२) उपनियम (१) बमोजिमको कोषमा देहाय बमोजिमका नगद तथा वस्तुगत सहायता रहने छन् ः–

(क) नेपाल सरकारबाट प्राप्त,
(ख) विदेशी सरकार वा व्यक्ति, अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त,
(ग) गैर आवासीय नेपालीबाट प्राप्त,
(घ) अन्तर्राष्ट्रिय च्यारिटीबाट प्राप्त,
(ङ) नेपाली संघ, संस्था वा व्यक्तिबाट प्राप्त,
(च) अन्य श्रोतबाट प्राप्त ।

(३) उपनियम (२) को खण्ड (ख) बमोजिम विदेशी दाताबाट संयुक्त वित्तीय वस्था अन्तर्गत प्राप्त हुने नगद सहायता नेपाल राष्ट्र बंैकमा खोलिएको र महालेखा नियन्त्रकको कार्यालयबाट तोकिएको खातामा जम्मा गरिनेछ ।

(३क) विदेशी दाताबाट संयुक्त बित्तीय व्यवस्था अन्तर्गत प्राप्त हुने सहायता रकम बाहेक उपनियम (२) बमोजिम प्राप्त हुने अन्य नगद सहायता नेपाल सरकारको केन्द्रीय खातामा जम्मा गरिनेछ ।

(४) समितिले उपनियम (३) र (३क) बमोजिम जम्मा भएको नगद रकम मध्येबाट सचिवालयको प्रशासनिक खर्च र सरकारी निकाय बाहेकका संस्थाबाट सञ्चालन हुने आयोजनाको लागि आवश्यक पर्ने रकम नेपाल सरकारबाट माग गरी कोषको नाममा
नेपाल राष्ट्र बैंकमा खाता खोली जम्मा गर्नेछ ।

(५) उपनियम (४) बमोजिमको खाताको सञ्चालन समितिले तोके बमोजिम हुनेछ ।

४. कोषको काम, कर्तव्य र अधिकारः  कोषको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–

(क) विस्थापितको पुनःस्थापना गर्न आवश्यक सहयोग गर्ने,

(ख) संविधान सभाले तयार गरेको संविधानको मस्यौदा उपर हुने छलफलको लागि आवश्यक सहयोग गर्ने,
(ग) शान्ति सुरक्षा प्रवद्र्धन तथा सुदृढीकरण गर्न आवश्यक पर्ने भौतिक संरचना, यन्त्र, उपकरण, सामग्री, सञ्चार व्यवस्था र तालीमको लागि आवश्यक पर्ने प्राविधिक, नगद तथा जिन्सीको प्रबन्ध गर्ने,

(घ) संक्रमणकालीन न्याय सम्बन्धमा नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता अनुरुप दातृ संस्थासंगको सम्झौता वा सम्झदारीमा तयार गरेका आयोजनामा सहयोग गर्ने, तर सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको काम कारबाही र आन्तरिक व्यवस्थापनको लागि कोषको रकमबाट सहयोग गरिने छैन ।

(ङ) शान्ति प्रक्रिया, शान्ति सम्झौता र सो सम्झौतासंग सम्बन्धित अन्य सम्झौताको कार्यान्वयन गर्नको लागि त्यस्तो सम्झौतासंग सम्बन्धित संस्थाको गठन तथा सञ्चालन गर्न सहयोग पु¥याउने,

(च) द्वन्द्वबाट प्रभावित व्यक्ति एवं परिवारको पुनःस्थापना गर्न सहयोग पु¥याउने,
(छ) कोषको रणनीति, कार्यनीति र आयोजना तथा आयोजना कार्यान्वयन गर्ने
निकायको छनौट र सञ्चालन सम्बन्धी मापदण्ड तथा निर्देशिका बनाई
स्वीकृत गर्ने,
(ज) बारुदी सुरुङ तथा विष्फोटक पदार्थको विष्फोटनाबट हुन सक्ने क्षति
न्यूनीकरण गर्ने सम्बन्धमा जनचेतना अभियान तथा तालीम सञ्चालन गर्ने,
(झ)   ……………………
(ञ) शान्ति स्थापना गर्ने कार्यमा सहयोग पु¥याउन मुलुकभित्र सञ्चालित अन्य
कार्यक्रमलाई सहयोग गर्ने,
(ट) नेपाल सरकार, विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था स्वदेशी
वा विदेशी व्यक्तिबाट कोषलाई आवश्यक पर्ने प्राविधिक, नगद तथा
वस्तुगत सहायता स्वीकार गर्ने,
(ठ) आयोजना छनौट गरी स्वीकृत गर्ने,
(ड) आयोजना कार्यान्वयन गर्ने निकाय छनौट गर्ने,
(ढ) आयोजनाको निरीक्षण, अनुगमन र मूल्यांकन गर्ने, गराउने र त्यस्तो आयोजनाको प्रगति तथा प्रभावको समीक्षा, मुल्यांकन र विश्लेषण गरी
चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रकाशन गर्ने,
(ण) कोषले गर्ने कार्य वा त्यस्तो कार्य अन्तर्गत सञ्चालन गरिने विभिन्न आयोजनाको प्राथमिकता निर्धारण गर्ने,
(त) मुलुकभित्र अन्य स्रोतबाट सञ्चालन हुने शान्ति स्थापना सम्बन्धी काम कारबाहीको समन्वय गर्ने,
(थ) विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त प्राविधिक, नगद वा वस्तुगत खर्चको विवरण र आयोजनाको भौतिक अवस्था, प्रगति तथा प्रभावको विवरण त्यस्ता सरकार वा संस्थाले माग गरेमा उपलब्ध गराउने,
(द) आयोजना कार्यान्वयनको लागि आवश्यकता अनुसार परामर्शदाताको सेवा लिने,

(द१) मन्त्रालय एवं सचिवालयमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्ने,

(द२) कोषसंग सम्बन्धित विषयमा समितिलाई सहयोग गर्न उपसमिति गठन गर्ने,
(ध) कोषसंग सम्बन्धित आवश्यक अन्य काम गर्ने ।

स्पष्टीकरणः  यस नियमको प्रयोजनको लागि,–

(१) “विस्थापितको पुनःस्थापना” भन्नाले विस्थापितलाई घर फर्काउने, तत्काल बसोबास गरिरहेको स्थान वा अन्य कुनै स्थानमा
पुनःस्थापना गर्ने, व्यावसायिक सीप विकास तालीम दिने, कुनै पेशामा संलग्न गराउने वा विस्थापितका परिवार तथा बालबालिकालाई आवश्यक पर्ने शिक्षा प्रदान गर्ने, आर्थिक सहयोग  उपलब्ध गराउने वा सामाजिक सेवा प्रदान गर्ने कार्य सम्झनु पर्छ ।

(२) “निर्वाचन सम्बन्धी कार्य” भन्नाले संविधान सभा तथा अन्य निकायको निर्वाचन सम्बन्धी तालीम, मतदान केन्द्र निर्धारण,
मतदाता शिक्षा सञ्चालन, निर्वाचन सञ्चालनको लागि आवश्यक पर्ने मसलन्द एवं अन्य सामग्री खरिद, निर्वाचन आयोगद्वारा गरिने
निर्वाचनको लागि आवश्यक पर्ने सुरक्षा खर्च, दैनिक तथा भ्रमण भत्ता, निर्वाचनमा खटिने कर्मचारीको वीमा तथा निर्वाचन आयोगको  प्रशासकीय खर्चको प्रबन्ध गर्ने कार्य सम्झनु पर्छ ।

(३) “शान्ति सुरक्षा प्रवद्र्धन तथा सुदृढीकण” भन्नाले प्रहरी कार्यालय पुनर्निर्माण, शान्ति सुरक्षाको लागि आवश्यक पर्ने यन्त्र, उपकरण,
सामग्री र सवारी साधन खरिद, शान्ति सुरक्षा सम्बन्धी तालीम, शान्ति सुरक्षाको प्रयोजनको लागि गृह मन्त्रालयले गर्ने प्रचार प्रसार
र सो सम्बन्धी अन्य कार्य सम्झनु पर्छ ।

(४) ………..

(५) “शान्ति प्रक्रिया, शान्ति सम्झौता र सो सम्झौतासंग सम्बन्धित अन्य सम्झौताको कार्यान्वयन” भन्नाले संक्रमणकालीन न्याय, द्वन्द्व व्यवस्थापन, विस्थापित तथा द्वन्द्वबाट प्रभावित व्यक्तिका पारिवारको पुनर्एकीकरण तथा पुर्नसामाजिकीकरण, सो सम्बन्धी
जनचेतना अभिवृद्धि, स्थानीय शान्ति समिति लगायतका शान्ति संयन्त्रको स्थापना, सञ्चालन र सुदृढीकरणसंग सम्बन्धित कार्य र
विस्तृत शान्ति सम्झौता एवं शान्तिसंग सम्बन्धित अन्य सम्झौतालाई कार्यान्वयन गर्न गरिने कार्य सम्झनु पर्छ ।

(६) “द्वन्द्वबाट प्रभावित व्यक्ति एवं परिवारको पुनःस्थापना” भन्नाले द्वन्द्वबाट आर्थिक, राजनैतिक, सामाजिक वा अन्य कुनै रुपमा
प्रभावित व्यक्ति, परिवार एवं समुदायको पुनःस्थापना, पुर्नमिलन, पुनर्सामाजिकीकरण, उनीहरुको कब्जा गरिएको सम्पत्ति फिर्ता गर्ने
कार्यमा आवश्यक पर्ने प्रशासकीय तथा प्राविधिक सहयोग, मृत्यु भएको व्यक्तिको आश्रित परिवार, द्वन्दको कारण विधुर वा विधवा
भएका व्यक्ति र बारुदी सुरुङ्ग वा अन्य कुनै कारणले घाइते भएका व्यक्तिलाई सहयोग, त्यस्ता व्यक्ति, परिवार एवं समुदायको
बालबालिकालाई शैक्षिक छात्रवृत्ति वा स्वास्थ्योपचारको सुविधा, सामाजिक–मनोवैज्ञानिक सहयोग, सामाजिक पुनःस्थापना, तालीम,
स्वास्थ्य, पोषण, परामर्श तथा कानूनी सेवा प्रदान गर्ने कार्य सम्झनु पर्छ ।

५. कोषको प्रयोगः  कोषलाई प्राप्त भएको प्राविधिक, नगद तथा वस्तुगत सहायता आयोजना सञ्चालन गर्न र सचिवालयको लागि प्रयोग तथा खर्च गरिनेछ ।