परिच्छेद – ४ उत्खनन् कार्य सम्बन्धी व्यवस्था

परिच्छेद – ४ उत्खनन् कार्य सम्बन्धी व्यवस्था

१४.उत्खनन् कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेः

(१) कुनै व्यक्तिले गुणस्तर तथा  परिमाण यकीन भई सकेको खनिज पदार्थको उत्खनन् कार्य गर्न चाहेमा अनुमतिपत्रको लागि उत्खनन् कार्यको प्रस्तावित योजना समेत संलग्न गरी अनुसूची – ७ बमोजिमको ढा“चामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ७ बमोजिम खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले समेत उत्खनन् कार्य गर्ने अनुमतिपत्र लिन चाहेमा सोको लागि खोजतलास अवधि समाप्त हुनु भन्दा अगावै खोजतलास कार्यको विस्तृत प्रतिवेदन तथा उत्खनन् कार्यको प्रस्तावित योजना समेत संलग्न गरी अनुसूची – ७ बमोजिमको ढा“चामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

१५. उत्खनन् कार्यको अनुमतिपत्र दिनु पर्ने :-

(१) नियम १४ बमोजिम निवेदन प्राप्त भएपछि सो सम्बन्धमा आवश्यक जा“चवुझ गर्दा उत्खनन् कार्यको प्रस्तावित योजना समेत उपयुक्त देखेमा निवेदन दिने व्यक्तिलाई विभागले अनुसूची – ४ बमोजिमको दस्तुर लिई अनुसूची – ८ बमोजिमको ढा“चामा उत्खनन् कार्य गर्ने अनुमतिपत्र दिनेछ ।

(२) उपनियम (१) बमोजिम अनुमतिपत्र दिने गरी विभागले निर्णय गरेको जानकारी दिएको मितिले तीस दिनभित्र निवेदक आफैं वा निजको प्रतिनिधिले अनुमतिपत्र बुझिलिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिमको म्यादभित्र अनुमतिपत्र बुझी नलिएमा सो अनुमतिपत्र स्वतः रद्द हुनेछ ।

१६. उत्खनन् कार्यको आकार तथा क्षेत्रफल :-

(१) विभागले खनिज पदार्थको उत्खनन् कार्यको लागि आयताकारमा घटिमा ०.२५ वर्ग किलोमिटर (करिव एक वर्ग माइलको दशांश) र बढीमा २५ वर्ग किलोमिटर (करिव दश वर्ग माइल) सम्मको क्षेत्रफल निर्धारण गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निर्धारण गरिएको क्षेत्रफलको कुल लम्वाईको नाप कुल चौडाईको नापको चारगुणा भन्दा बढी हुनेछैन ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि साधारण निर्माणमुखी खनिज पदार्थको उत्खनन् कार्यको लागि ०.२५ वर्ग किलोमिटर     (करिब एक वर्ग माइलको दशांश) क्षेत्रफल कायम हुनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको क्षेत्रफलमा उत्खनन् क्षेत्र र खानी क्षेत्र क्रमशः कम्तीमा ०.०१ वर्ग किलोमिटर तथा ०.०५ वर्ग किलोमिटर रहेको हुनु पर्नेछ ।
       स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि,–
       (क) “उत्खनन् क्षेत्र” भन्नाले खानी क्षेत्रभित्र खनिज दोहन गरिने क्षेत्र सम्झनु पर्छ ।
       (ख)  “खानी क्षेत्र” भन्नाले खनिज क्षेत्रभित्र सञ्चालन गरिने उत्खनन् क्षेत्र सम्झनु पर्छ र सो शब्दले उत्खनन्                   क्षेत्र वरिपरिको खनिज दोहन गर्न आवश्यक पूर्वाधार एवं सुविधाका लागि चाहिने जग्गा समेतलाई                           जनाउँछ ।

१७. उत्खनन् कार्यको अवधि र अवधि थप सम्बन्धी व्यवस्था :-

(१) नियम १५ बमोजिम उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले अति साना स्तर, साना स्तर, मझौला स्तर र ठूला स्तरका खनिज पदार्थको क्रमशः दश वर्ष, पन्ध्र वर्ष, बीस वर्ष र तीस वर्षको अवधिभित्र उत्खनन् कार्य सम्पन्न गरिसक्नु पर्नेछ । तर सिमेण्ट स्तरको चुनढुङ्गा खनिज पदार्थ उत्खनन् कार्यको हकमा अति साना स्तरका लागि शुरुको अवधि पन्ध्र वर्ष र साना स्तरका लागि शुरुको अवधि बीस वर्षसम्म हुनेछ ।

(२) उपनियम (१) बमोजिमको अवधि भित्र उत्खनन् कार्य सम्पन्न गर्न नसकिने भई अवधि थप गर्नुपर्ने भएमा उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले त्यसरी अवधि समाप्तहुनुभन्दा तीन महिना अगावै अवधि थपको लागि अनुसूची–९ बमोजिमको वार्षिक उत्पादन प्रगति विवरण समेत संलग्न गरी विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा विभागले आवश्यक जाँचवुझ गरी माग बमोजिमको अवधि थप गरिदिन मनासिव देखेमा निवेदन परेको एक महिना भित्रमा अनुसूची–४ बमोजिमको थप दस्तुर लिई अति साना स्तर, साना स्तर, मझौला स्तर र ठूला
स्तरको खनिज पदार्थको उत्खनन् कार्यको क्रमशः एक वर्ष, दुई वर्ष, पा“च वर्ष र दश वर्ष सम्मको लागि अवधि थप गरिदिन सक्नेछ ।

(४) उपनियम (१) र (३) बमोजिमको अवधिभित्र सम्पूर्ण उत्खनन् कार्य नभई केही खनिज पदार्थको भण्डारण बाँकी रहेमा र सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिले थप उत्खनन् कार्य गर्न चाहेमा सो उत्खनन् कार्यको प्रस्तावित योजना संलग्न गरी अनुसूची(७क. बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात जाँचबुझ गर्दा त्यस्तो खनिज पदार्थको थप उत्खनन् कार्य गर्ने अनुमतिपत्र दिन उपयुक्त देखिएमा अनुसूची(४ बमोजिमको दस्तुर लिई अवधि किटान गरी त्यस्तो खनिज पदार्थको उत्खनन् कार्य गर्न अनुसूची(८क. बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ।

१७क. खनिज क्षेत्रको परित्याग :-

(१) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले आयातकारमा ०.२५ वर्ग किलोमिटर (करीब एक वर्ग माइलको दशांश) क्षत्रफल नघट्ने गरी आफूले पाएको अनुमतिपत्रमा उल्लिखित क्षत्र परित्याग गर्न विभाग समक्ष निवेदन पेश गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा विभागले आवश्यक जा“चबुझ गरी उपयुक्त देखेमा क्षेत्र परित्याग गर्ने स्वीकृति दिन सक्नेछ ।

१८. उत्खनन् कार्यको सञ्चालन :-

(१) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उत्खनन् कार्यको सञ्चालन अनुमतिपत्र प्राप्त गरेको मितिले दुई वर्ष भित्र गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अवधि भित्र उत्खनन् कार्यको सञ्चालन नगरेमा विभागले उत्खनन् कार्यको अनुमतिपत्र रद्ध गर्न सक्नेछ ।

(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले विशेष परिस्थिति परी उपनियम (१) बमोजिमको म्यादभित्र उत्खनन् कार्यको सञ्चालन गर्न नपाएको कारण सहित उक्त म्याद समाप्त हुनु भन्दा तीन महिना अगावै विभाग समक्ष निवेदन दिएमा सो निवेदन उपर आवश्यक जा“चवुझ गरी कारण मनासिब देखेमा विभागले खनिज पदार्थको वर्ग, भौगोलिक स्थिति, उत्खनन् प्रविधि तथा अन्य कुराको आधारमा सो म्याद समाप्त भएको मितिले एक वर्षभित्र उत्खनन् कार्यको सञ्चालनगर्न दिन सक्नेछ ।

(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुनुभन्दा अघि उत्खनन् अनुमतिपत्र प्राप्त गरी उपनियम (१) र (३) को अवधिभित्र उत्खनन् कार्य सञ्चालन नगरेका अनुमतिपत्र प्राप्त व्यक्तिले यो नियम प्रारम्भ भएको मितिले एक वर्ष्भित्र उत्खनन् कार्य सञ्चालन गर्न सक्नेछ ।

१९. उत्खनन् कार्य गर्दा पालन गर्नु पर्ने शर्तहरु :- उत्खनन् कार्यको अनुमतिपत्र पाउने व्यक्तिले उत्खनन् कार्य गर्दा पालन गर्नु पर्ने शर्तहरु देहाय बमोजिम हुनेछन् :–

(क) उत्खनन् कार्य गर्दा खनिज पदार्थको अधिकतम सदुपयोग र खनिज सम्पदाको संरक्षण हुने गरी गर्ने ।
(ख) उत्खनन् कार्य गर्दा वातावरणमा सकेसम्म न्यूनतम प्रतिकूल प्रभाव पर्ने उपाय अपनाई वातावरण संरक्षणमा समुचित ध्यान दिई कार्य गर्ने ।
(ग) राष्ट्रिय तथा सार्वजनिक हित र सुरक्षाको निमित्त छुट्याईएका स्थानहरुमा र प्राचिन स्मारक, शहर, चिहान, मसानघाट, सार्वजनिक बाटो, घाट, बा“ध, पैनी, पाईप लाईन, किल्ला, गढी, छाउनी, मन्दिर, मस्जिद, गिर्जाघर, घर, कारखाना ईत्यादिबाट कम्तीमा पचास मिटर भित्र उत्खनन् कार्य नगर्ने र त्यस्तो क्षेत्रमा घर, कारखाना वा गोदाम नबनाउने ।

(घ) आफ्नो उत्खनन् क्षेत्रको नजिकै उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त अन्य व्यक्तिलाई आफूले बनाएको ट्राम लाईन, रोपवे लाईन, बाटो र पानी घाट समेत मनासिब शर्तमा उपयोग गर्न दिने ।

(ङ) खनिज पदार्थ भण्डार गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरु राख्नु पर्ने ।
(च) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त भू–सतहको सीमाना बाहिर हुने गरी उत्खनन् कार्य नगर्ने र दुई वा दुई भन्दा बढी अनुमतिपत्रमा उल्लिखित क्षेत्रको सीमाना जोडिएको रहेछ भने अनुमतिपत्र प्राप्त व्यक्तिले सो सीमानाबाट पच्चीस मिटर छोडी खानी उत्खनन् कार्य गर्ने ।
(छ) उत्खनन् कार्य गर्दा खोलेको टोपा, टनेल खाल्टा ईत्यादिमा कुनै दुर्घटना हुन नपाउने गरी सुरक्षाको व्यवस्था गर्ने ।

(ज) उत्खनन् कार्य गर्दा कुनै दुर्घटना परेमा, कुनै व्यक्तिको मृत्यु भएमा वा आफूले पाएको अनुमतिपत्रमा उल्लिखित क्षेत्रभित्र कसैको धन सम्पत्तिको हानी नोक्सानी हुन गएमा वा हुन सक्ने सम्भावना देखिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र
विभागलाई तुरुन्त सूचना दिने ।

(झ) खनिज क्षेत्रमा उत्खनन् कार्य सञ्चालन गर्दा सोको रेखदेख, नियन्त्रण आदिको लागि अनुमतिपत्र प्राप्त व्यक्ति स्वयं वा निजको प्रतिनिधि रहनु पर्ने ।
(ञ) खानी क्षेत्रमा कार्यालय खडा गरी सो कार्यालयमा आफूले पाएको अनुमतिपत्र स्पष्ट देखिने गरी राख्न ।
(ट) आफ्नै खर्चमा खनिज क्षेत्रको सीमाना कायम गर्ने ।
(ठ) आफ्नो काबू बाहिरको परिस्थितिले गर्दा खनिज कार्यमा बाधा परी एक महिना भन्दा बढी उत्खनन् कार्य बन्द वा रोकावट हुन गएमा विभागमा सूचना गर्ने ।
(ड) खनिज कार्यको अवधि समाप्त भएमा वा उत्खनन् कार्य गर्ने अनुमतिपत्र रद्द गरी उत्खनन् कार्य बन्द गर्नु परेमा छ महिना भित्रमा बन्द गरी आफ्नो सम्पूर्ण सामान सो क्षेत्रबाट हटाई खाल्टो, चनक, टोपा र भासिएको जग्गा पूरैमा बार वा पर्खाल लगाउनु पर्ने भएमा बार वा पर्खाल लगाई त्यस क्षेत्रमा उपयुक्त पुनस्र्थापना कार्य गर्ने ।

२०. उत्खनन् कार्य गर्दा पाउने सुविधा तथा सहुलियत :- उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उत्खनन् कार्य गर्दा देहाय बमोजिमको सुविधा तथा सहुलियत पाउनेछ ।

(क) खनिज पदार्थ झिक्नलाई सबै प्रकारको उत्खनन् कार्य गर्ने ।
(ख) खनिज पदार्थ झिकी प्रशोधन गर्ने, शुद्धिकरण गर्ने, भण्डार गर्ने, ढुवानी गर्ने, बिक्री वितरण गर्ने वा विदेश निकासी गर्ने ।

(ग) खनिज पदार्थको उत्खनन् कार्यका निमित्त आवश्यक यन्त्र, औजार, उपकरण आदि पैठारी गर्ने ।
(घ) खनिज पदार्थको उत्खनन् कार्यको लागि आवश्यक सबै प्रकारका निर्माण कार्य गर्ने र सो निर्माण कार्यका लागि आवश्यक ढुंगा, माटो, बालुवा, ग्राभेल आदि खनिज क्षेत्र भित्रबाट झिक्ने ।

२१. रोयल्टी बुझाउनु पर्नेः

(१) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खानीद्वारबाट प्रत्येक पटक खनिज पदार्थ बाहिर निकाल्दा त्यसरी निकालिएको खनिज पदार्थको परिमाणको आधारमा अनुसूची–१० बमोजिमको रोयल्टी बुझाउनु पर्नेछ ।

(२) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उपनियम (१) बमोजिम बुझाउनु पर्ने रोयल्टी बापतको रकम विभागको नाममा प्रत्येक महिना समाप्त भएको मितिले सात दिनभित्र राजस्व खातामा दाखिला गरी पन्ध्र दिन भित्र मासिक उत्पादन विवरणसहित राजस्व दाखिला भौचर विभागमा पेश गर्नु पर्ने छ ।
(३) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उपनियम (२) मा तोकिएको म्यादभित्र रोयल्टी बापतको रकम दाखिला नगरेमा सो म्याद समाप्त भएको मितिले तीन महिनासम्म बुझाउनु पर्ने रोयल्टी रकमको दश प्रतिशत, छ महिनासम्म बीस प्रतिशत र एक वर्षसम्म तीस प्रतिशतका दरले अतिरिक्त रकम रोयल्टी रकममा थप गरी बुझाउनु पर्नेछ ।

२२. स्थानीय विकास शुल्क :-

उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खानिद्वार प्रत्येक पटक खनिज पदार्थ बाहिर निकाल्दा त्यसरी निकालिएको खनिज पदार्थको परिमाणको आधारमा नियम

२१ बमोजिम तोकिएको रोयल्टीको दश प्रतिशतले हुने स्थानीय विकास शुल्क जिल्ला विकास समिति वा सो समितिले तोकेको निकायमा बुझाउनु पर्नेछ ।

२३. ………………..