परिच्छेद – ९ विविध

परिच्छेद – ९ विविध

४२. अनुमतिपत्रको नवीकरण :-

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिना भित्र खनिज कार्य गर्नको लागि आफूले प्राप्त गरेको अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम अनुमतिपत्र नवीकरण गराउन साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि सम्बन्धित जिल्ला विकास समिति समक्ष र अन्य अनुमतिपत्रको नवीकरणको लागि विभाग समक्ष निवेदन दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम नवीकरणको लागि निवेदन परेमा विभागले र साधारण निर्माणमुखी खनिज पदार्थको हकमा सम्बन्धित जिल्ला विकास समितिले आवश्यक जा“चबुझ गरी अनुसूची–४ बमोजिमको नवीकरण दस्तुर लिई निवेदकको माग बमोजिम अनुमतिपत्र
नवीकरण गरिदिनु पर्नेछ ।

(४) …………………..

४३. अनुमतिपत्र रद्द हुने व्यवस्था :-

अनुमतिपत्र देहायको अवस्थामा रद्द हुनेछ :–
(क) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र परित्याग गर्न निवेदन दिएमा ।
(ख) नियम ७ वा नियम १५ बमोजिम दिइएको अनुमतिपत्र निवेदक आफैले वा निजको प्रतिनिधिले तीस दिनभित्र बुझि नलिएमा ।
(ग) नियम ४२ बमोजिम नविकरण नगराएमा ।
(घ) सार्वजनिक हित वा राष्ट्रिय सुरक्षा वा वातावरणमा प्रतिकूल असर पर्न सक्ने कार्य गरेमा ।
(घ१) यस नियमावली बमोजिम तोकिएको रोयल्टी, शुल्क, दस्तुर, भूबहाल आदि यस नियमावलीमा तोकिएको समय भित्र तोकिएको निकायमा नबुझाएमा ।
(घ२) यस नियमावली बमोजिम विभागमा पेश गर्नु पर्ने विवरण, प्रतिवेदन, सूचना आदि यस नियमावलीमा तोकिएको समयभित्र पेश नगरेमा ।
(ङ) यस नियमावली बमोजिम तोकिएको शर्तहरुको पालना नगरेमा ।

(च) अनुमतिपत्रको अवधि समाप्त भएमा ।

४४. अन्य खनिज पदार्थ पत्ता लागेमा पुनः अनुमतिपत्र लिनु पर्ने :-

(१) खोजतलास कार्य वा उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा अनुमतिपत्रमा उल्लेखित खनिज पदार्थ बाहेक अन्य खनिज पदार्थ पत्ता लागेमा सोको जानकारी तीस दिन भित्र विभागलाई दिनु पर्नेछ र निजलाई त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न प्राथमिकताको आधारमा अनुमतिपत्र दिईनेछ ।

(२) उपनियम (१) बमोजिम अनुमतिपत्रमा उल्लिखित खनिज पदार्थ बाहेक अन्य खनिज पदार्थ पत्ता लगाउने अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न चाहेमा विभागलाई जानकारी दिएको मितिले तीस दिन भित्र आवश्यकता अनुसार नियम ६, ७, १४ र १५ बमोजिमको प्रक्रिया पूरा गरी खोजतलास कार्य वा उत्खनन् कार्य गर्ने अनुमतिपत्र लिनु पर्नेछ ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि अनुमतिपत्र प्राप्त व्यक्तिलाई देहायका अवस्थामा त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्ने अनुमतिपत्र दिईने छैनः–

(क) खनिज पदार्थ पत्ता लागेको तीस दिन भित्र जानकारी नदिएमा ।
(ख) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्न असमर्थता देखाएमा ।

(४) उपनियम (१) बमोजिम प्रथमिकता प्राप्त व्यक्तिले खनिज कार्य गर्न अनुमतिपत्र नलिएमा विभागले अन्य कुनै व्यक्तिलाई त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न अनुमतिपत्र दिन सक्नेछ ।

४५. विवरण, सूचना तथा प्रतिवेदन :-

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुसूची–६ बमोजिमको ढा“चामा खोजतलास कार्यको प्रगति विवरण प्रत्येक पा“च पाँच महिनामा विभाग समक्ष पेश गर्नु पर्नेछ ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुसुची–९ बमोजिमको ढा“चामा खनिज पदार्थको वार्षिक उत्पादन प्रगति विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र विभाग समक्ष पेश गर्नु पर्नेछ ।

(३) अनुमतिपत्र प्राप्त व्यक्तिले देहाय बमोजिमको विवरण वा प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र विभाग समक्ष पेश गर्नुपर्नेछः–

(क) खनिज सँचिति तथा खनिज सम्पदा सम्बन्धी विवरण ।
(ख) खनिज उत्पादन र विक्री वितरण सम्बन्धी विवरण ।
(ग) मेशिनरी तथा यन्त्र उपकरण सम्बन्धी विवरण ।
(घ) कर्मचारी तथा कामदार सम्बन्धी विवरण ।
(ङ) विभिन्न खनिज कार्यको लागत, आम्दानी खर्च सम्बन्धी विवरण ।
(च) अन्य आवश्यक विवरण र प्रतिवेदन ।

(४) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्यको सिलसिलामा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी भएमा वा हुन सक्ने देखेमा सोको बचावटको आवश्यक व्यवस्था गरी छिटो साधानद्वारा सोको सम्पूर्ण विवरण सहितको सूचना विभाग समक्ष दिनु पर्नेछ ।

४६. भू–वहाल बुझाउनु पर्नेः- (१) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्न अनुमतिपत्रमा उल्लिखित खनिज क्षेत्रको जग्गा नेपाल सरकारको भए निजले नेपाल सरकारलाई अनुसूची–१४ मा तोकिए बमोजिमको भू–वहाल बुझाउनु पर्नेछ ।

(२) उत्खनन कार्यको लागि अनुमतिपत्र लिन चाहने व्यक्तिले अनुमतिपत्रको लागिनिवेदन दिंदा आफूले माग गरेको क्षेत्र मध्ये उत्खनन् कार्यको प्रस्तावित योजनामा उल्लिखित क्षेत्रको जग्गा निजी स्वामित्वको भए सो जग्गा भूबहालमा लिन र दिनको लागि भूबहालको रकम समेत उल्लेख गरी निज निवेदक र जग्गाधनि बीच भएको लिखित सम्झौता साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि जिल्ला विकास समिति समक्ष र अन्य खनिज पदार्थको अनुमतिपत्रको लागि विभाग समक्ष पेश गर्नु पर्नेछ । ।

(३) उपनियम (२) बमोजिम भएको सम्झौतामा उल्लिखित रकम अनुमतिपत्र प्राप्त व्यक्तिले सम्बन्धित जग्गा धनिलाई भू–वहाल बापत बुझाउनु पर्नेछ ।

४७. अन्य खनिज पदार्थ वा उप–उत्पादनको बिक्री :-

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज पदार्थ उत्खनन् कार्य गर्दा फेला पारेको अनुमतिपत्रमा उल्लिखित खनिज पदार्थ बाहेकका अन्य खनिज पदार्थ वा उप–उत्पादन बिक्री गर्नु पर्ने भएमा विभागको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विभागको स्वीकृति लिई अन्य खनिज पदार्थ वा उप– उत्पादन बिक्री गर्दा नियम २१ बमोजिम तोकिएको रोयल्टी जम्मा गर्नु पर्नेछ ।

४८. खनिज पदार्थको निकासीमा बन्देज :-

(१) नेपाल सरकारले राष्ट्रिय सुरक्षा वा आन्तरिक माग आपूर्ति गर्नको लागि कुनै खनिज पदार्थ विदेशमा निकासी गर्न नपाउने गरी आदेश जारी गरी आवश्यक बन्देज लगाउन सक्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले उत्खनन् गरेको खनिज पदार्थ विभागको पूर्व स्वीकृति लिई विदेशमा निकासी गर्न पाउनेछः–
(क) खनिज पदार्थको गुणस्तर यकीन गर्न वा विष्लेषण गर्न,
(ख) खनिज पदार्थको बजार अध्ययनको लागि नमूना पठाउन ।

४९. विभागले स्वीकृति दिन सक्ने :-

कुनै व्यक्तिले नेपालको भौगोर्भिक सर्भेक्षण तथा खनिज अन्वोषणको सिलसिलामा जम्मा गरेको ढु·ा, माटो, बालुवा, चट्टान, जीव अवशेषहरु (फासिल्स) प्रयोगशाला विश्लेषण तथा अन्वेषण कार्यको लागि विदेशमा निकासी गर्न विभागले स्वीकृति दिन सक्नेछ । यसरी विभागले स्वीकृति दिदा अनुसूची–४ को खण्ड (ग) बमोजिम निकासीको लागि तोकिएको दस्तुर लिनेछ ।

५०. निरीक्षण तथा जा“चबुझ सम्बन्धी कार्यविधि “चबुझ सम्बन्धी कार्यविधि :- (१) कुनै खानीको स्थिति वा खानी सम्बन्धी प्रचलित ऐन, नियम तथा विभागको आदेश निर्देशन बमोजिम खनिज कार्य भए गरेको छ, छैन
भन्ने जा“चबुझ गर्नका लागि विभागले कुनै माइनि· इन्जिनियर वा जियोलजिष्ट वा सम्बन्धित विषयको विशेषज्ञलाई खानी निरीक्षकको रुपमा खानी निरीक्षण गर्न तोक्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम खानी निरीक्षण गर्न तोकिएको खानी निरीक्षकले प्रचलित ऐन, नियमको अधिनमा रही देहाय बमोजिमको अधिकार प्रयोग गर्नेछः–

(क) जुनसुकै खानी क्षेत्रमा एक्लै वा आवश्यकता अनुसार सरकारी कर्मचारी वा स्थानीय निकायका प्रतिनिधिहरु वा प्रहरी कर्मचारी साथ लिई प्रवेश गर्ने ।

(ख) खानी क्षेत्रमा रहेको प्लाण्ट, मेशिनहरु आदिका सम्बन्धमा जा“चबुझ गर्न वा खानी क्षेत्रबाट उत्पादन गरेको जुनसुकै अवस्थाका खनिज

पदार्थ वा अन्य वस्तुहरुको नमूना लिने कव्जामा राख्ने वा कुनै खनिज पदार्थहरु ओसार पसार, बेचबिखन गर्न नपाउने गरी रोक्का राख्ने ।

(ग) खानीसँग सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिका साथ भएको वा निजको अधिकारमा रहेको खानी सम्बन्धी कागजात, रजिष्टर, बहिखाता, लगत वा अरु आवश्यक देखेका लिखतहरु पेश गर्न लगाउने वा कव्जामा लिने वा अन्यत्र लैजान नपाउने गरी सिलबन्दी गरी रोक्का राख्ने ।

(घ) खानी निरीक्षकले जा“चबुझ गर्न चाहेको खानीसँग सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति, कर्मचारी वा कामदारसँग आवश्यक कुरा सोधपुछ गर्न वा बयान लिने ।
(३) उपनियम (२) को खण्ड (ख) वा (ग) बमोजिमको कुनै खनिज पदार्थ वा अन्य वस्तु कव्जामा लिएमा वा रोक्का राखेमा सो को जानकारी निजलाई दिई खानी निरीक्षकले विभागमा यथासिघ्र प्रतिवेदन पेश गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम खानी निरीक्षकले पेश गरेको प्रतिवेदन उपर विभागले जाँचबुझ गरी निर्णय गर्न र सो सम्बन्धमा आवश्यक आदेश जारी गर्न सक्नेछ ।

५१. खनिज क्षेत्रको सर्भेक्षण र नक्सा :-

खनिज कार्य गर्दा खनिज पदार्थको प्रकृति, भौगर्भिक स्थिति, उत्खनन् प्रविधि आदिको आधारमा खानी क्षेत्रको भौगर्भिक, टोपोग्राफिक, माइनि· आदिको सर्भेक्षण र नक्सा विभागले तोक्नेछ ।

५२. मध्यस्थता सम्बन्धी प्रक्रिया :- ऐनको दफा २६ बमोजिम नेपाल सरकार र अनुमतिपत्र प्राप्त व्यक्तिबीच खनिज कार्यसँग सम्बन्धित कुनै कुराको सम्बन्धमा उठेको कुनै विवाद दुवै पक्षले आपसी सरसल्लाहबाट सुल्झाउन नसकेमा दुवै पक्षवीच भएको सम्झौतामा तोकिएकोमा सोही बमोजिम र सम्झौतामा नतोकिएकोमा मध्यस्थता सम्बन्धी प्रचलित कानून बमोजिम मध्यस्थताद्वारा समाधान गरिनेछ ।

५३.कार्यविधि तथा प्रक्रिया :-

अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा अपनाउनु पर्ने कार्यविधि तथा प्रक्रिया कामको प्रकृति अनुसार विभागले अनुमतिपत्रमा नै तोकिदिए बमोजिम हुनेछ ।

५३क. अनुमतिपत्रको नामसारीः

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले विभागको पूर्व स्वीकृति नलिई आफूले प्राप्त गरेको अनुमतिपत्र अन्य कसैको नाममा नामसारी गरी दिन सक्ने छैन ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले प्राप्त गरेको अनुमतिपत्र अरु कसैको नाममा नामसारी गर्न चाहेमा त्यसरी नामसारी गरी लिन चाहने व्यक्ति नियम ५ बमोजिमको योग्यता भएको प्रमाणसहित विभाग समक्ष नामसारीको लागि निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा विभागले त्यसरी नामसारी गरी लिन चाहने व्यक्तिको योग्यता नियम ५ बमोजिम भए नभएको आवश्यक जा“चबुझ गरी निवेदन प्राप्त भएको मितिले तीस दिनभित्र नामसारी गर्ने नगर्ने विषयमा निर्णय गरी
सक्नुपर्नेछ ।
(४) उपनियम (३) बमोजिम नामसारी गरी लिन चाहने व्यक्ति नियम ५ बमोजिम योग्य भै खनिज कार्य गर्न अनुमतिपत्र दिन विभागले उपयुक्त देखेमा अनुसूची–४ बमोजिमको दस्तुर लिई निजका नाममा अनुमतिपत्र नामसारी गरी दिन सक्नेछ ।

(५) अनुमतिपत्र प्राप्त व्यक्तिको मृत्यु भएमा वा अन्य कुनै कारणले निज अनुमतिपत्र जारी गर्दाका बखत अनुमतिपत्रमा तोकिएका शर्त वा ऐन वा यस नियमावलीको पालना गर्न असमर्थ भै निजका हकवालाले निजको हक सकार गर्न आफू सबैभन्दा नजिकको हकवाला हो भन्ने कुराको प्रमाणसमेत संलग्न राखी विभाग समक्ष निवेदन गरेमा विभागले आवश्यक जा“चबुझ गर्दा निज हकवाला नियम ५ बमोजिम योग्यता भएको देखिएमा अनुसूची–४ बमोजिमको नामसारी दस्तुर लिई निजको नाममा अनुमतिपत्र नामसारी गरी दिन सक्नेछ ।”

(६) उपनियम (५) बमोजिम अनुमतिपत्रको नामसारी गर्ने सन्दर्भमा विभागले जा“चबुझ गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिको हकवाला सम्बन्धमा कुनै मुद्दा परेको देखिएमा त्यस्तो मुद्दाको किनारा नभएसम्म त्यस्तो अनुमतिपत्र कसैको नाममा नामसारी हुन सक्ने छैन ।

५३ख. धरौटी राख्नु पर्ने :- यस नियमावली बमोजिम खनिज कार्य गर्न अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा अनुसूची–४ बमोजिमको धरौटी राख्नु पर्नेछ ।

५४. खनिज कार्यको हिसाव किताव :- अनुमतिपत्र प्राप्त व्यक्तिले राख्नु पर्ने खनिज पदार्थको हिसाव किताव विभागले तोकिदिए बमोजिम हुनेछ ।

५५. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर तथा थपघट गर्न सक्नेछ ।

५६. खारेजी र बचाउ :- (१) देहायका नियमहरु खारेज गरिएका छन्ः–

(क) खनिज (संशोधन र एकीकरण) नियमहरु, २०१८ ।
(ख) ग्याँस तेल (ठेक) नियम, २०१५ ।
(ग) ग्या“स (संरक्षण) नियम २०१७ ।
(२) यो नियमावली प्रारम्भ हुनु भन्दा अघि खनिज (संशोधन र एकीकरण) नियमहरु, २०१८, ग्या“स तेल (ठेक) नियम, २०१५, ग्या“च (संरक्षण) नियम २०१७ अन्तर्गत भए गरेका काम कारबाहीहरु यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।