परिच्छेद-७ गुणस्तर सुनिश्चितता एवं सुधार कार्यक्रम सञ्चालन

परिच्छेद-७ गुणस्तर सुनिश्चितता एवं सुधार कार्यक्रम सञ्चालन

७.१ गुणस्तर सुनिश्चितता कार्यक्रमः (१) आयोगले उच्च शिक्षाको गुणस्तर सुनिश्चितता
तथा अभिवृद्धिका लागि देहायका कृयाकलापहरु गर्नेछ ः
(क) प्रदान गरिने उपाधिहरुको मूल्यांकन,
(ख) पाठ्यक्रम मूल्यांकन,
(ग) शिक्षकहरुको मूल्यांकन,
(घ) भौतिक पूर्वाधारहरुको मूल्यांकन,
(ङ) उत्तीर्ण संख्याहरुको मूल्यांकन
(च) अनुसन्धान प्रकाशनहरुको मूल्यांकन ।
(२) उपनियम (१) बमोजिमका क्रियाकलापहरु सञ्चालनका लागि आयोगले
उपयुक्त प्रक्रिया एवं पद्धति अपनाउनेछ ।

७.२ शिक्षक गुणस्तर सुधार कार्यक्रम ः आयोगले उच्च शिक्षामा कार्यरत शिक्षकहरुको
प्राज्ञिक स्तर बृद्धिका लागि सामान्यतः निम्न कार्यक्रम सञ्चालन गर्नेछ ः(
(क) अनुसन्धान प्रवद्र्धन ।
(ख) अध्ययन अध्यापन भ्रमण ।
(ग) विद्वत् वृत्ति ।
(घ) भौतिक सुबिधा विकास ।
(ङ) पुस्तकालय सुदृढीकरण तथा उपकरण ।
(च) अध्ययन सामग्री विकास ।
(छ) शैक्षिक गोष्ठी, कार्यशाला तालिम एवं सम्मेलन ।
(ज) शिक्षक सम्मान तथा पुरस्कारको व्यवस्था ।
(झ) आयोगले उपयुक्त ठहराएको अन्य कार्यक्रम ।

७.३ अनुसन्धान प्रवद्र्धन ः अनुसन्धान प्रवद्र्धन अन्तर्गत निम्न किसिमका कार्यक्रम
सञ्चालन गरिनेछन ः
(क) लघु अनुसन्धान
(ख) विशेष अनुसन्धान
(ग) अनुसन्धान सन्दर्भ सामग्री तथा पूर्वाधार विकास
(घ) आयोगले उपयुक्त ठहराएको अन्य कार्यक्रम ।

७.४ लघु अनुसन्धान ः लघु अनुसन्धान भन्नाले ससाना अध्ययन परियोजनालाई लिइनेछ
जसको सम्पन्न गर्नु पर्ने अवधि बढीमा ६ महिनाको हुनेछ । यस किसिमको
परियोजना सञ्चालन आधार निम्न रहनेछनः(
(क) लघु अनुसन्धान कार्यमा विश्वविद्यालय वा शैक्षिक
संस्थाहरुमा कार्यरत पि.एच.डि नगरेका सहप्राध्यापक
सम्मका शिक्षकहरुलाई संलग्न गराईनेछ ।
(ख) यस्तो परियोजनाको संख्या आयोगले बार्षिक कार्यक्रम
अन्तर्गत तय गरे बमोजिम हुनेछ ।
(ग) परियोजनाका लागि आयोगले आवेदन आह्वान गर्नेछ ।
(घ) आवेदक शिक्षकले आयोगद्वारा निर्धारण गरिएको विवरण
सहित निर्धारण समयभित्र आवेदन गर्नु पर्नेछ ।
(ङ) प्राप्त आवेदन माथि आयोगले अनुसन्धान समितिबाट
मूल्यांकन गरी गराई परियोजना स्वीकृत गर्नेछ ।
(च) परियोजना सञ्चालनका लागि आयोगले निर्धारण गरे
बमोजिमको रकम उपलब्ध गराउनेछ ।
(छ) निर्धारित अवधिभित्र परियोजना सम्पन्न गरी प्रस्तुत नगरेमा
परियोजना रद्द गरी अनुसन्धानका लागि दिइएको रकम
सम्बन्धित शिक्षकबाट असुल उपर गरिनेछ ।
(ज) यस सम्बन्धी अन्य कुराहरु आयोगले निर्धारण गरे बमोजिम
हुनेछ ।

७.५ विशेष अनुसन्धान ः (१) आयोगद्वारा तोकिएका विषय वा प्रस्तावकद्वारा प्रस्तावित
विषयलाई आयोगले स्वीकार गरेको विषयको सम्वन्धमा एक वा एक भन्दा बढी
शिक्षकद्वारा अलग अलग वा संयुक्त रुपमा विशेष अनुसन्धान गराउन सकिनेछ ।
(२) यस्तो अनुसन्धान सम्बन्धित शैक्षिक संस्थाबाट समेत प्रस्तावित गर्न
सकिनेछ । शिक्षकले आवेदन गरेकोमा सम्बन्धित शैक्षिक संस्थाको सिफारिश
आवश्यक हुनेछ ।
(३) प्राप्त प्रस्तावहरु अनुसन्धान समितिको सिफारिशमा आयोगले स्वीकार
गर्ने र त्यसका लागि स्वीकृत भएको रकम अनुसन्धानकर्तालाई उपलब्ध गराईनेछ ।
(४) अन्य कुरा नियम ७.३ सरह हुनेछन् ।

७.६ अनुसन्धान सन्दर्भ सामग्री विकास कार्यक्रम ः (१) यस परिच्छेद बमोजिम स्वीकृत
गरिएका अनुसन्धान परियोजनामा कार्यरत अनुसन्धानकर्तालाई आवश्यक पर्ने सन्दर्भ
सामग्रीहरु पुस्तक, जर्नल, शैक्षिक सामग्री खरिद गर्नका लागि आयोगले निर्धारण गरे
बमोजिमको रकम उपलब्ध गराउन सकिनेछ । यस अन्तर्गत के कस्ता कुरामा के
कति र कसरी रकम उपलब्ध हुने हो भन्ने कुराका आधार र शर्त आयोगले छुट्टै
तोकि दिनेछ ।
(२) यस नियम बमोजिम खरिद भएका सामग्री स्थायी प्रकृतिका र अन्य
अनुसन्धान कार्यमा समेत काम लाग्ने देखिएमा आयोगमा बुझाउनु पर्नेछ ।
(३) उपनियम (२) को प्रयोजनका लागि अनुसन्धानकर्ताले खरिद भएका
सामग्रीको मूल्य समेत उल्लेख गरी आयोग समक्ष विवरण प्रस्तुत गर्नु पर्नेछ ।
(४) अध्ययनकर्तालाई आयोगले ठहराए बमोजिमको रकम अनुसन्धानको
क्रममा स्थलगत अध्ययन, टाईपिङ्ग तथा वाइण्डिङ्ग फोटोकपीको प्रयोजनका लागि
उपलब्ध गराउन सक्नेछ ।
(५) अनुसन्धानकार्यलाई प्रवद्र्धन गर्ने गराउने प्रयोजनार्थ आयोगले
अनुसन्धान विधी वा अनुसन्धानात्मक गोष्ठी वा कक्षा सञ्चालन तथा सो प्रयोजनका
लागि विशेषज्ञ प्राध्यापकहरुको निमित्त पारिश्रमिक लगायतमा लाग्ने खर्च उपलब्ध
गराउन सक्नेछ । तर यस्तो प्रस्ताव सम्बन्धित विश्वविद्यालयबाट प्राप्त हुन
आवश्यक पर्नेछ ।
(६) अनुसन्धान सामग्री सम्बन्धी अन्य कुराहरु आयोगले निर्धारण गरे
बमोजिम हुनेछ ।

७.७ अध्ययन अध्यापन भ्रमण ः (१) अध्ययन अध्यापन भ्रमण निम्न किसिमका हुनेछन ः
(क) बरिष्ठ शिक्षकहरुको क्याम्पस भ्रमण
(ख) सार्क मुलुकभित्र अध्ययन अनुसन्धानको निमित्त भ्रमण ।
(ग) सभा, गोष्ठीमा सहभागिताका लागि भ्रमण ।
(२) यस नियम बमोजिमका भ्रमणहरु अध्ययन अध्यापन कार्यलाई प्रवद्र्धन
गर्न सहायक हुन सक्छन् भन्ने कुरामा आयोग विश्वस्त भएमा मात्र आयोगले
अनुदान सहयोग उपलब्ध गराउनेछ ।
(३) बरिष्ठ शिक्षकहरुको क्याम्पस भ्रमणका सन्दर्भमा देहाय बमोजिम हुनु
पर्नेछ ।
(क) कार्यक्रममा संलग्न हुने शिक्षक अनुभवी, बिशेषज्ञता प्राप्त
प्राध्यापक तहको हुनु पर्नेछ ।
(ख) आयोगले अध्ययन अध्यापन एवं पठन पाठनमा सुधार
ल्याउनु पर्ने क्षेत्र तथा विषयको पहिचान गरी राख्नेछ । तथा
सो प्रयोजनका लागि प्राध्यापकहरुको सूची तयार गर्नेछ ।
(ग) सञ्चालन गरिने विषय, अवधि विशेषज्ञको नाम तथा
कार्यक्रम समेत उल्लेख गरी विश्वविद्यालय वा क्याम्पसले
प्रस्तुत गरेको प्रस्तावलाई अध्यक्षले स्वीकृत गरेमा यस
उपनियम बमोजिमको कार्यक्रममा समाबेश गराउन
सकिनेछ ।
(घ) यस उपनियम बमोजिमको कार्यक्रममा भाग लिने शिक्षकको
पारिश्रमिक, दैनिक तथा भ्रमण भत्ताको रकम आयोगले
बेहोर्ने छ । सो बाहेक लाग्ने अन्य खर्च सम्बन्धित शैक्षिक
संस्थाले व्यहोर्नु पर्नेछ ।
स्पष्टिकरणः सम्बन्धित शैक्षिक संस्था भन्नाले लाभान्वित
हुने शैक्षिक संस्थालाई सम्झनु पर्दछ ।
(ङ) सम्बन्धित शिक्षकले भ्रमण पूरा गरे पश्चात आयोगमा कार्य
प्रगति प्रतिवेदन प्रस्तुत गर्नु पर्नेछ ।
(च) यस विषयमा अन्य कुराहरु आयोगद्वारा तोकिए बमोजिम
हुनेछन ।
(४) आयोगले उपयुक्त ठहराएका विषयमा अध्ययन भ्रमणका लागि सार्क
मुलुकहरुमा शिक्षकहरुको भ्रमण गराउन सक्नेछ ।

(५) बिदेशमा सञ्चालन हुने शैक्षिक÷प्राज्ञिक सभा गोष्ठीहरुमा भाग लिन
आमन्त्रण भएका शिक्षकहरुलाई आयोगले सिमित अवस्थामा भ्रमण वा अन्य भई परि
आउने कार्यको लागि आर्थिक सहियोग गर्न सक्नेछ । यसका निमित्त निम्न शर्त
पूरा हुन आवश्यक हुनेछ ।
(क) भाग लिन लागिएको गोष्ठीबाट सम्बन्धित संस्था, अध्ययन (
पठन पाठन) क्रम लाभान्वित हुने ।
(ख) सम्बन्धित शिक्षक त्यस्तो गोष्ठीमा आमन्त्रित हुन पर्ने वा
शैक्षिक संस्थाले मनोनित/स्वीकृत गरेको हुनु पर्ने ।
(ग) गोष्ठीमा जानका लागि आतेजाते र बस्नखानका लागि
लाग्ने खर्च आयोजक वा सम्बन्धित शैक्षिक संस्थाले बेहोर्ने
अर्थात् आयोगमाथि सो कुरामा भार नपर्ने ।
(६) यस नियममा स्पष्टसंग उल्लेख नभएका कुराहरुमा आयोगले औचित्यको
आधारमा निर्णय गर्नेछ ।

७.८ विद्वत् वृत्तिः (१) आयोगले निम्न विषयमा विद्वत वृत्ति प्रदान गर्न सक्नेछ ः(
(क) पि.एच.डी. अध्ययन ।
(ख) एम. फिल. ।
(ग) स्नातकोत्तर अध्ययन ।
(२) स्नातकोत्तर तहको अध्ययनमा लागेको विद्वत् वृत्ति केवल ती शैक्षिक
कार्यक्रमको हकमा लागू हुनेछ जसमा पर्याप्त मात्रामा स्नातकोत्तर तहका शिक्षकको
अनुपलब्धताको कारण स्नातक तहका शिक्षकबाट अध्ययन कार्य सञ्चालन
गराइएको छ ।
(३) आयोगले प्रत्येक शैक्षिक सत्र शुरु हुनासाथ एम. फिल., स्नातकोत्तर
तह र पि. एच.डि.को लागि विद्वत् बृत्तिको संख्या र क्षेत्र (विषय) तय गरी उपयुक्त
शिक्षकलाई सो बृत्तिका लागि आवेदन गर्न आब्हान गर्नेछ ।
(४) विद्वत्बृत्तिका लागि आवेदन दिनेहरुले प्रस्तुत गर्नुपर्ने विवरण तथा
अन्य कुरा आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
(५) एम. फिल. तथा पि.एच. डी. का लागि आवेदन गर्नेहरुले आवेदन
पत्र साथ आपूmले सोध गर्न लागेको (चाहेको) विषय, त्यसको उपयोगिता तथा
उपयुक्तता देखाउने गरी कम्तिमा ५ हजार शब्दमा नघटाई कार्यपत्र (प्रस्ताव) समेत
प्रस्तुत गर्नु पर्नेछ ।
(६) प्रस्तुत हुन आएका प्रस्तावहरुको मूल्याङ्कन अनुसन्धान समितिले
गरी आयोगमा आफ्नो मन्तब्य प्रस्तुत गर्नेछ । सोही आधारमा आयोगले विद्वत
वृत्तिको निर्णय गर्नेछ ।
(७) विद्वतवृत्ति प्रदान गर्दा नेपालमा नै अध्ययन हुने विषयका लागि
सामान्यतया नेपालमा र नेपालमा अध्ययन हुन नसक्ने विषयका लागि सार्क क्षेत्रभित्र
अध्ययन गर्नका लागि चाहिने हिसाबले विद्वत वृत्ति प्रदान गरिनेछ ।
(८) विद्वत्बृत्ति सम्बन्धी अन्य कुरा आयोगले निर्धारण गरे बमोजिम
हुनेछ ।

७.९ भौतिक सुबिधा विकासः(१) शैक्षिक संस्थाहरुको भौतिक संरचना (सुबिधा)
निर्माणमा संस्थाहरुको आवश्यकता र प्राथमिकतालाई दृष्टीगत गरी आयोगले
आर्थिक सहयोग उपलब्ध गराउन सक्नेछ ।
(२) यस शीर्षक अन्तर्गत आर्थिक सहयोग माग गर्ने संस्थाले देहायका
शर्तहरु पूरा गर्नु पर्नेछ ः(
(क) संस्थाको समग्र भौतिक संरचना, आर्थिक स्थिति, भौगोलिक
स्थिति, पठन पाठन हुने विषय, विद्यार्थी संख्या लगायतका
विवरणहरु आवेदन साथ प्रस्तुत गर्नु पर्नेछ ।
(ख) भौतिक संरचनामा लाग्ने लागत इष्टिमेट तथा आपूmले
बेहोर्ने रकमको विवरण ।
(ग) आयोगले तोकेका अन्य विवरण समेत प्रस्तुत गर्नु पर्नेछ ।

७.१० पुस्तकालय सुदृढीकरण तथा उपकरण खरिद ः (१) शैक्षिक संस्थाले आयोग समक्ष
पुस्तकालयको सुदृढीकरणका लागि आर्थिक सहयोग सम्बन्धी आवेदन प्रस्तुत गर्दा
क्याम्पसको पठन पाठनको स्थिति, विद्यार्थी संख्या तथा पुस्तकालयको वास्तविक
स्थिति स्पष्टसंग देखिने गरी विवरण प्रस्तुत गर्नु पर्नेछ ।
(२) आयोगले उपयुक्त ठहराएमा पुस्तकालयमा थप पुस्तक वा पुस्तक
राख्ने सामग्री खरिद गर्न समेत आर्थिक सहयोग गर्न सक्नेछ ।
(३) आयोगले उपयुक्त देखेमा स्वयंले पुस्तक खरिद गरी उपलब्ध गराई
दिन सक्नेछ ।
(४) आयोगले उपयुक्त ठहराएमा कम्प्युटर आदी उपकरणका लागि
आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

७.११ अध्ययन सामग्री विकास ः (१) अध्ययन सामग्री विकास कार्यक्रम अन्तर्गत आयोगले
देहायका विषयमा आर्थिक सहयोग उपलब्ध गराउनेछ ः
(क) पाठ्यपुस्तक सन्दर्भ पुस्तक तयार गर्न,
(ख) अध्ययन सामग्रीको निर्माण गर्न ।
(ग) श्रब्यदृष्य क्यासेट उत्पादन गर्न ।
(घ) अन्य अध्ययन सामग्री विकास गर्न ।
(२) अध्ययन सामग्री विकास गर्ने प्रयोजनार्थ सहयोग उपलब्ध गराउने
कार्यका लागि चाहिने अन्य कुरा आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।

७.१२ शैक्षिक गोष्ठी कार्यशाला तालिम सम्मेलन ः (१) यस शीर्षक अन्तर्गत देहायका
विषयमा आयोगले सहायता रकम उपलब्ध गराउन सक्नेछ ः(
(क) पुनर्ताजगी तालिम,
(ख) कार्यशाला, गोष्ठी,
(ग) प्राविधिक तालिम ।
(२) एकै विषयका विभिन्न शैक्षिक संस्थामा कार्यरत शिक्षकहरुलाई
प्राध्यापन कार्यमा सहयोग पु¥याउने हेतुले पुनर्ताजगी तालिम कार्यक्रम सञ्चालन
गर्न सकिनेछ ।
(३) अध्ययन, अध्यापन कार्यको गुणस्तर अभिबृद्धि गर्ने सन्दर्भमा देखा
परेका समस्या बारे ठोस निष्कर्षमा पुग्न कार्यशाला, गोष्ठी आदि सञ्चालन गर्न
सकिनेछ । यस्ता गोष्ठी मूलतः उच्च शिक्षाको पाठ्यक्रम वा स्तर सुधारसँग
सम्बन्धित हुन आवश्यक छ ।
(४) उच्च शिक्षामा संलग्न शिक्षक कर्मचारीलाई प्राविधिक शीप सिक्ने
अवसर प्रदान गर्न प्राविधिक तालिम सञ्चालन गरिनेछ वा अरुले सञ्चालन गर्दै
आएको तालिममा सरीक हुने अवसर प्रदान गर्न आर्थिक सहायता दिइनेछ ।
(५) यस नियम बमोजिमको कार्यक्रम सञ्चालनको प्रस्ताव सम्बन्धित
शैक्षिक संस्था वा शैक्षिक संस्थाहरुको समूहबाट गर्नु आवश्यक हुनेछ ।
(६) यस्तो गोष्ठी, तालिमको अवधि बढीमा सातदेखि पन्ध्र दिन हुनु
पर्नेछ ।
(७) प्रस्तावक शैक्षिक संस्थाहरुले प्रस्ताव पेश गर्दा लागत खर्च,
लाभान्वित हुने कर्मचारी, शिक्षकको संख्या र शिक्षण संस्थाले पाउने लाभ, लाग्ने
खर्च तथा सम्बन्धित शैक्षिक संस्था वा समूहले बेहोर्ने रकम समेत उल्लेख गरेको
हुनुपर्नेछ ।
(८) अन्य कुराहरु आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।