परिच्छेद- २ कानूनी वाक्य संरचना

परिच्छेद- २ कानूनी वाक्य संरचना

२.१ वाक्य

कानूनी वाक्य सरल, संक्षिप्त र अन्वितिपूर्ण हुनुपर्छ । एउटा जटिल वाक्यको अर्थ दुई तीन सरल वाक्यबाट व्यक्त गर्न सकिन्छ भने सरल वाक्यकै प्रयोग गर्नु पर्दछ । सरल वाक्य जटिल वाक्यको तुलनामा स्पष्ट हुन्छ । सरलता र स्पष्टताका साथै संक्षिप्ततामा उत्तिकै ध्यान दिनु पर्छ । तर, प्रधानता चाहिँ स्पष्टतालाई नै दिनुपर्छ । पदावलीको अर्थ एकै शब्दले दिन्छ भने त्यस्ता पदावलीका सट्टा शब्द नै प्रयोग गर्नुपर्छ ।
अरू अनावश्यक शब्दहरूलाई वाक्यमा ठाउँ दिनु हुँदैन । साहित्यिक लेखनमा जस्तो वाक्यगत विविधता कानूनी वाक्यमा हुनुहुँदैन । एउटा लामो जटिल वाक्यमा धेरै विचार लाद्ने परंपरागत प्रचलनबाट मुक्त हुनुुपर्छ । विद्वत्ता भाषिक जटिलतामा होइन, सरलतामा झल्किन्छ । ‘विचार गर्नमा चतुरो बन्ने तर सरल भाषा प्रयोग गर्ने’ एरिस्टोटलको सल्लाह कानूनी भाषाका सन्दर्भमा महत्वपूर्ण छ ।

जटिल भाषालाई जर्ज लुकाजले ‘इन्द्रजाल’ ‘वीजगणित’ भन्ने संज्ञा दिएका छन् । तसर्थ, पुरानो ढर्राको ‘इन्द्रजाली’ वाक्यरचनालाई विदा दिनुपर्छ

उदाहरणार्र्थ, मुलुकी ऐनको दामासाहीको महलको ४ नं. को वाक्य प्रस्तुत गर्न सकिन्छ । आधा पृष्ठ लामो सो वाक्यमा अढाई सय भन्दा बढी शब्दहरू छन् । यस प्रकारको लेखनको सट्टा फरक–फरक वाक्यमा फरक–फरक विचार प्रस्तुत गर्नुपर्छ । जड भाषालाई परित्याग गर्नुपर्छ ।

२.१.१ करण–अकरणको प्रयोग

दोहोरो अकरण प्रयोग गर्नाले वाक्यको अर्थ सकारात्मक ÷नकारात्मक दुवै हुन सक्छ । जस्तो;

(१) विपक्षीको जिकिर मनासिब छैन भन्न मिलेन । (निषेध+निषेध ⇨ अनिषेध)
(२) जिकिर गर्नु हुन्न भने नगर्नोस् । (निषेध+निषेध⇨ निषेध) माथिको वाक्य (१) मा दुवै समापिका क्रियाको अर्थलाई निषेध गरिएको छ । दोहोरो अकरण झिक्नासाथ विपक्षीको जिकिर मनासिब छ भन्ने सरल वाक्य बन्छ । यसरी वाक्य (१) दोहोरो अकरणको कारणले जटिल वाक्य बनेको स्पष्ट छ । कानून तर्जुमामा दोहोरो अकरणको प्रयोग गर्नुको पछाडि कुनै कारण छैन ।

२.१.२ कालकाल

कानून भूत वा भविष्यका लागि होइन, वर्तमान समयकालागि बनेको हुन्छ र बनाइनु पर्छ । अपवादात्मक अवस्थामा बाहेक पश्चादर्शी असरको कानून बनाइँदैन । यो कानूनको सर्वमान्य सिद्धान्त पनि हो । यद्यपि सुविधा दिने दिलाउने प्रकृतिको कानून पश्चदर्शी असरको भएपनि मान्य हुने अभ्यास छ । त्यस्तै गरी भविष्यप्रभावी कानून पनि बनाउन सकिन्छ । तर पश्चदर्शी वा भविष्यप्रभावी जे भएपनि तत्काल लागू हुने अवस्थाका कानून सरहकै वर्तमान कालको भाषामा वाक्य संरचना गर्नु पर्छ । भूत वा भविष्यकालीन भाषाको प्रयोग गर्नु हुँदैन । कानून व्यवस्थालाई भविष्यप्रभावी बनाउने वा पश्चदर्शी असरको बनाउने भन्ने कुरा सोही कानूनको अर्को दफाले निर्धारण गर्नु पर्छ । यद्यपी, विद्यमान कानूनी भाषामा कालको प्रयोगमा एक रूपता र तर्कसंगति भने देखिदैन ।
जस्तो;
(१) देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ ।
(२) नेपालमा बोलिने सवै मातृभाषाहरू राष्ट्र भाषा हुन् ।
अर्को दृष्टान्त;

(क) ढाँट्नेलाई माथि लेखिए बमोजिम सजाय हुनेछ ।
(ख) उमेर पुगेपछि मन्जुर नगरे त्यस्तो विवाह बदर हुन्छ ।
वाक्य (क) मा उल्लेख भएको कार्य पछि सम्पन्न हुन्छ । जबकि वाक्य (ख)
को कार्य चाहिं तुरून्त सम्पन्न हुन्छ । तसर्थ, यी दुई वाक्यलाई क्रमशः
ढाँट्नेलाई माथि लेखिए बमोजिम सजाय हुन्छ र उमेर पुगेपछि मन्जुर
नगरे त्यस्तो विवाह बदर हुन्छ भनी लेख्दा कालको सही प्रयोग हुन्छ ।

२.१.३ सङ्गसङ्गति

कानूनको भाषामा लिङ्ग सम्बन्धी सङ्गति पाइँदैन । जस्तोः
(क) आफ्नो स्वास्नी बाहेक एघार वर्ष नाघेकी जुनसुकै स्वास्नी मानिसलाई
(ख) भिन्न भएको कन्या ……….
कानून तर्जुमा गर्दा लैङ्गिक दृष्टिले भाषिक शुद्धता कायम राख्नु पर्छ ।

२.१.४ विभक्तिको प्रयोग
प्रस्तुत विवेचनामा विभक्ति भनेर ले, लाई, लागि÷निम्ति, देखि÷बाट, को÷का÷कीं÷रो÷रा÷री÷ंनो÷ना÷नी,मा लाई भनिएको छ । यी सबैको वृहत चर्चा यहाँ आवश्यक छैन ।नेपाली भाषामा बनोटका आधारमा सरल र तिर्यक गरी दुई प्रकारका कारकहरू छन् । यी दुईको प्रयोग सम्बन्धी नियमहरूको कडाइका साथ पालन गरिएको देखिदैन । कानूनको भाषा पनि यसबाट मुक्त छैन । खास गरी कानूनी भाषा औपचारिक र लेख्य भाषा भएकाले विभक्ति प्रयोग सम्बन्धी मानक व्याकरणका नियमहरू आत्मसात् गर्नुपर्छ ।

२.१.५ पुरूष

कानूनको मसौदा तृतीय पुरूषमा हुनुपर्छ ।

उदाहरण
म, हामी, तँ, तिमी, तपार्इँ जस्ता शब्द प्रयोग नगरी कसैले, कुनै व्यक्तिले, कसैलाई, कसैमा जस्ता शब्दको प्रयोग गर्नुपर्छ ।

२.१.६ वचनवचन

कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १२ को उपदफा (२) ले एकवचनको शब्दले बहुवचन, बहुवचनको शब्दले एक वचनलाई बुझाउँछ भन्ने परिभाषा गरेको छ । यसैले अत्यावश्यक भएको अवस्थामा बाहेक कानूनको तर्जुमा गर्दा एक वचनको प्रयोग गर्नुपर्छ ।

२.१.७ वाच्य

सामान्यतः कर्तृ वाच्यको प्रयोग गर्नुपर्छ । जस्तो; प्रहरीले चोर पत्र्mयो, समात्यो । कर्तृ वाच्यमा दायित्व वहन गर्ने निकाय वा अधिकारी स्पष्टसँग खुल्छ । जस्तो; माथिको वाक्यमा चोर समात्ने दायित्व प्रहरीमा छ । यसको सट्टा ‘चोरहरू
समातिए’ भनेर कर्मवाच्य प्रयोग गर्दा दायित्व वहन गर्ने कार्य मात्र खुल्न आउँछ । तसर्थ, कर्मवाच्यको प्रयोग गर्ने नै हो भने ‘द्वारा’, ‘बाट’ ‘ले’ को प्रयोग गरी कर्तृवाच्यको कर्तालाई पनि वाक्यमा स्थान दिनुपर्छ । कर्मवाच्यको प्रयोग गरी लैङ्गिक तथा आदरार्थी तटस्थता अपनाउन सकिन्छ ।

२.१.८ संयोजक

कानून तर्जुमामा संयोजकको प्रयोग प्रति सचेतता हुनुपर्छ । ऐनमा विशेष गरी ‘वा’ र ‘र’ संयोजक प्रयोग भएको पाइन्छ । यी दुई संयोजकको प्रयोगबारे केही चर्चा गर्नु उचित हुन्छ ।

२.१.८.१ ‘वा’ को प्रयोग

नेपाली व्याकरणमा ‘वा’ विकल्पवाचक संयोजक हो । यसले पद, पदावली वा वाक्यलाई संयोजन गर्नुका साथै अर्थगत दृष्टिले विकल्प समेतज्ञघढ
बुझाउँदछ । महिला, दलित, आदिवासी, जनजाति, मधेसी वा किसान, मजदुर शब्द एक अर्काका विकल्प होइनन् । मधेसी निश्चित भौगोलिक
क्षेत्रको वासिन्दा हो भने ‘किसान’ निश्चित व्यवसायको तर जुनसुकै भूभागको वासिन्दा हुन् । मानिसलाई बेचबिखन गर्न, दास वा बाँधा
बनाउन पाइने छैन भन्नुको अर्थ कुनैपनि बनाउन पाइदैन भन्ने हो । दास र वाधा बनाउन पाइदैन भन्दा दास र बाँधा मध्ये एउटा बनाउन पाइनेदुबै बनाउन नपाइने भन्ने अर्थ लाग्न सक्छ । कानूनको उद्देश्य त्यस्तो होइन ।

२.१.८.२ ‘र’ को प्रयोग

‘र’ समुच्चयवाचक संयोजक हो । यसले पद, पदावली र वाक्यलाई जोड्दै त्यसरी जोडिएको भाषिक एकाइहरू मध्ये कुनै एकको सट्टा समूह वा
समुच्चयको अर्थबोध गराउँदछ ।

उदाहरण

‘परिवार’ भन्नाले सम्बन्धित व्यक्तिको पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालनपोषण गर्नु पर्ने दाजु, भाइ र दिदी बहिनी संझनुपर्छ भन्ने वाक्यमा अघिल्लो ‘र’ हटाई त्यसका ठाउँमा अल्पविराम चिह्न प्रयोग गर्नुपर्छ । अल्पविरामको प्रयोग गर्ने
ठाउँमा ‘र’ लाई संयोजकको रूपमा प्रयोग गर्नु हुँदैन । मुलुकको शासन व्यवस्था र सञ्चालन सम्बन्धी सबै काम प्रधानमन्त्रीले गर्नेछन् भन्ने
वाक्यमा संयोजक ‘र’ को प्रयोगको आवश्यक देखिदैन । ‘र’ हटाएपछि बन्ने वाक्य मुलुकको शासन व्यवस्था संचालन सम्बन्धी सबै काम प्रधानमन्त्रीले गर्नेछन् भने पनि पर्याप्त हुन्छ । उपधारा (१), (२), (३) र (४) को प्रयोजनका लागि “संविधानसभाको
बैठक” भन्नाले संविधानसभा र त्यसको कुनै समितिको बैठक समेतलाई जनाउँछ भन्दा ‘र’ को प्रयोग सही रूपमा भएको हुन्छ ।

२.१.९ पदयोग

एउटै डिकोमा जोडेर लेखिनु पदयोग हुन्छ । कानून तर्जुमा गर्दा व्याकरणका पदयोग सम्बन्धी नियमको पालना गर्नुपर्छ । प्राचीन र उत्थानकालीन कानूनी नेपाली भाषाको प्रयोगमा पदयोग र पदवियोगमा त्यति ध्यान गएको नदेखिएज्ञद्धण् तापनि वैधानिक कानून, २००४ देखि पछिका संविधान र मुलुकी ऐन, २०२० देखिको भाषामा पदयोग र पदवियोगमा राम्रो ध्यान दिएको पाइन्छ । विभक्ति र वचनबोधक प्रत्यय पदयोग गरी लेखिन्छ । जस्तैः
(क) विभक्तिमा —संविधानले, मुचुल्कामा, तमसुकबाट, अभियुक्तको ।
(ख) नामयोगीमा —संविधानसँग, हँदैसम्म, नियमबाहिर, अभियुक्तसित, न्यायाधीशसमक्ष । (पछि, अघि, पूर्व, मुनि, माथि, वारि, बीच, भित्र, बाहिर, तर्फ, तिर, पट्िट, पछि, सामु, भन्दा, बमोजिम, सम्म, तक, बाहेक, सँग, सित, समेत, हरू)
(ग) समस्त शब्दमा —कानूनबमोजिम, न्यायपरिषद्, सम्बन्धविच्छेद, बन्दीप्रत्यक्षीकरण, दण्डसजाय, मौकातहकिकात आदि ।
(घ) प्राय दुई शब्दको समास भई बनेका शब्दहरूलाई पदयोग गरी लेखिन्छ । जस्तैः आमाबाबु, छोराछोरी, लोग्नेस्वास्नी, घरबारी ।
(ङ) प्रत्ययवत् भई आएका शब्दसँगको समस्त शब्द पदयोग गरी लेखिन्छ । जस्तैः नाटककार, इतिहासकार, श्रममूलक, आत्मपरक, केन्द्रीकरण, हानिकारक, वस्तुगत आदि ।
(च) द्वित्वशब्दमा — दफादफामा, दोषीदोषीलाई, धाराधाराबाट आदि ।
(छ) संयुक्त क्रियापदमा –……रहनेछन्, गर्नुपर्नेछ, दिनुपर्नेछ, गरिसक्नुपर्नेछ, जानुपर्छ, पढिहाल्छ, गइसक्छ, लेखिदिन्छ आदि ।
(ज) अकरणको “न” मा — नरहेमा, नभएमा, नपुग, मिल्दैन, …हुँदैन, नखेल, जाँदैन, पढ्दैनथ्यो, पढ्दैन, खात्र, नखा, भन्दिन आदि ।
(छ) केही अव्ययमा —किनभने, यसकारण, हुनत आदि ।
(झ) एउटा शब्द पूर्ण रूपमा, आंशिक रूपमा वा परिवर्तित रूपमा दोहोरिएर बनेका द्वित्व शब्द पदयोग गरी लेखिन्छ । जस्तैः घरघर, आलोपालो, गरगहना, तडकभडक आदि ।
(ञ) अनुमति वा आदेशबाहेक ‘नु’ पछि ‘आउने’, ‘हुन्छ’, ‘पर्छ’ जस्ता संयुक्त व्रिmयामा पदयोग गरिन्छ । जस्तैः गर्नुपर्छ, जानुपर्छ, आउनुपर्छ, जानुहुन्छ, पढ्नुहुन्छ आदि ।
(ट) सन्धिले बाँधिएका शब्दहरू पदयोग गरी लेखिन्छ । जस्तैः मन्त्रालय, सूर्योदय, अत्यावश्यक, निजात्मक आदि ।ज्ञद्धज्ञ

२.१.१० मूल शब्दसँग जोडिने केही शब्दहरू

केही शब्दहरू मूल शब्दसँग जोडिन्छन् जस्तैः ले, बाट, को, निम्ति, लाई, कै, मै, सम्बन्धी, बमोजिम, अनुरूप, अनुकूल, बिना, द्वारा, मा, हरू, सँग, प्रति, भन्दा, माथि, तल, अगाडि, पछाडि, मध्ये, अन्तर्गत, समेत, विरूद्ध, लगायत, सहित, बारे, बीच, सरह, चाहिँ, पट्टि ।

२.१.११ पदवियोग

अलग अलग डिकोमा छुट्याएर लेखिनु पदवियोग हुन्छ ।
(क) विभक्ति र नामयोगीपछि — मुद्दाका लागि, कानूनभन्दा बाहेक, इजलासदेखिबाहिर ।
(ख) नाम र सर्वनामपछिको निपातमा — तमसुक त, पक्ष नै., भर्पाइ नि, कानून पो ।
(ग) पक्षबोधक क्रियामा —(फैसला) भएको थियो, (झगडा) गर्दै छ ।
(घ) विभाजक “न” मा —न उजुरी न फैसला ।
(ङ) विभक्तिपछिको नामयोगी (घरमुनितिर) मा पदवियोग गरिन्छ । जस्तैः रामका लागि, घरदेखि बाहिर, भाइको समेत, त्यसभन्दा बाहेक आदि ।
(च) दुईभन्दा बढी शब्दबाट बनेका समस्त (समास भएका) शब्दलाई पदवियोगमा लेखिन्छ । जस्तैः दाल, भात, तरकारी; मन, वचन, कर्म; गाँस, बास, कपास; मानव अधिकार आयोग, नेपाल विद्युत प्राधिकरण, लोक सेवा आयोग आदि ।
(छ) पदान्तमा हलन्त भएका दुई वा दुईभन्दा बढी अक्षरले बत्रे समस्त शब्दहरूलाई अलग डिकोमा लेखिन्छ । जस्तैः नेपाल सरकार, अध्ययन प्रतिवेदन, परिवार नियोजन, जीवन रक्षक, श्रम विभाग, फलफूल पसल आदि ।
(ज) विशेषणविशेष्य (नाम) ढाँचाका शब्दलाई सामान्यत पदवियोग गरी लेखिन्छ । जस्तैः निम्न माध्यमिक, शुभ दिन, पय जल, नगदे बाली, पूर्ण रूपले, भव्य रूपमा आदि ।
(झ) पूर्वकालिक इकारान्त व्रिmया र अघिल्लो शब्दसँग समस्त रहेको स्थितिमा पदवियोग गरी लेखिन्छ । जस्तैः ढिलो गरी, सुनिने गरी, देखिने गरी आदि ।
(ञ) निपातहरू पदवियोग गरी लेखिन्छ । जस्तैः म त, राम नै, भाइ पो आदि ।
(ट) पूर्ण र अपूर्ण पक्षबोधक व्रिmयापदहरू पदवियोग गरी लेखिन्छ । जस्तैः खाँदै छ, भएको थियो, पढेको छ, गएको हुने छ आदि ।
(ठ) गर्न, पढ्न, देखा जस्ता पदान्त अ, आ आएमा शब्दसँग आउने पर्छ, जान्छ, आदि व्रिmयापद छुट्टै लेखिन्छ ।ज्ञद्धद्द

२.१.१२ मूल शब्दसँग नजोडिने केही शब्दहरू

‘को’ बाट ‘कै’ बन्दछ, ‘मा’बाट ‘मै’ बन्दछ तर ‘न’बाट ‘नै’ बनेको होइन । नै स्वतन्त्र शब्द भएबाट मूल शब्दसँग जोडिदैन । भै – यो पनि स्वतन्त्र शब्द हो । यसले स्वतन्त्र अर्थ राख्दछ ।

२.१.१३ अनुकरणात्मक शब्द
कानूनमा अनुकरणात्मक शब्दको प्रयोग गर्नु हुँदैन ।

२.१.१४ द्वयर्थक शब्द

द्वयर्थक शब्दहरूको अर्थ अनिश्चित हुन्छ । कुटपिटको महलमा प्रयुक्त निम्न लिखित शब्दहरू द्वयर्थकताको दृष्टिले उल्लेखनीय छन्
नलफलको पुरूषत्व शक्तिहीन गरिदिएमा ……… यहाँ प्रयुक्त ‘नल’ र ‘फल’ शब्दले मानक भाषामा जुन अर्थ दिन्छन्, त्यसमा विचलन आएको छ । ‘पुरूषको यौनाङ्ग बेकम्मा बनाइदिएमा’ भन्ने वाक्यांश राख्दा यस शब्दले मानक, शिष्ट र वस्तुगत अर्थ व्यक्त गर्दछ । तसर्थ कानून तर्जुमा गर्दा एकभन्दा बढी अर्थ लाग्ने शब्दको प्रयोग गर्नुहुँदैन ।

२.१.१५ लामा शब्द वा शब्दावली

लामा शब्द वा शब्दावलीका सट्टा सामान्यतः छोटा शब्द प्रयोग गर्नु पर्दछ । उदाहरण परिशिष्ट–२ मा दिइएको छ ।

२.१.१६ आगन्तुक शब्दको प्रयोग

नेपाली कानूनी शब्द भण्डारमा पर्याप्त शब्दको अभावमा अझ पनि चढायाको, झुट्ठा जस्ता शब्दको मध्यकालिक उच्चारण र रूपहरूको पर्याप्त मात्रामा प्रयोग हुने गरेको पाइन्छ । वातिल–वातेल, तारिख–तारेख, वारिस–वारेस, व्यहोरा–बेहोरा, मनासिब–मुनासिब जस्ता फारसी–अरबी शब्दलाई अनेक रूपबाट प्रस्तुत गर्ने अभ्यास पाईन्छ । परम्परागत रूपमा कसूर जनाउने खत, बात, तक्सिर जस्ता
शब्दहरूको अझ पनि प्रयोग गर्ने अभ्यास रहेको छ । एउटै शब्द अलग — अलग अर्थमा प्रयोग गर्ने प्रवृत्ति विद्यमान छ । अरबी फारसी शब्द र नेपालीकरण सूची
परिशिष्ट–३ मा दिईएको छ । आगन्तुक शब्दका सट्टा सकेसम्म सजिलै बुझ्न सकिने
नेपाली शब्द नै प्रयोग गर्नुपर्छ । आगन्तुक शब्दका उदाहरण परिशिष्ट–४ मा
दिइएको छ ।ज्ञद्धघ

२.१.१७ कोष्ठभित्र अंग्रेजी

देवनागरी लिपिमा नेपाली शब्द लेखेर त्यसपछि कोष्ठभित्र रोमन लिपिमा अंग्रेजी
शब्द लेख्ने अभ्यास र परम्परालाई निरन्तरता दिनु हुँदैन । यस सम्बन्धमा भएका
अभ्यासका उदाहरण परिशिष्ट–५ मा दिइएको छ ।

२.१.१८ रूढ (प्रचलित) भैसकेका आगन्तुक शब्द

नेपाली भाषामा रूढ भैसकेका आगन्तुक शब्दको प्रयोग गर्न हिच्किचाउनु हुदैन । कानूनमा प्रयोग भएका यस्ता शब्दहरू परिशिष्ट–६ मा दिईएका छन् । नयाँ अवधारणा बोकेका अगे्रंजी वा अन्य भाषाका शब्दहरूको रूपान्तर हुनु र पारिभाषिक–प्राविधिक शब्दहरू बनाउनु अनिवार्य आवश्यक भैसकेको छ ।

२.१.१९ पारिभाषिक शब्दहरू

कुनै व्यवसाय, व्यापार, ज्ञान वा प्रविधिको क्षेत्रसँग सम्बन्धित शब्दहरू आम मानिसकालागि सुबोध हुँदैनन् । यस्ता शब्दहरूका अर्थगत सीमाहरू हुन्छन् । यस्ता शब्दहरूको प्रयोगमा हुने असन्तुलनताले कानूनमा विविध प्रकारका समस्या
जन्माउँछ । अति आवश्यकीय अवस्थामा मात्र यस्ता शब्दको प्रयोग कानूनमा गर्न सकिन्छ । तर तिनीहरूको अर्थगत सीमा पनि निर्धारण गर्नु आवश्यक छ । जस्तो; भूतप्रभावी, समन्यायिक उपचार, अंकित मूल्य, प्राङ्न्याय, जारी पूँजी, प्रतीत पत्र, पारिस्थितिक प्रणाली, गैरकाष्ठ वन, वासलात, युनिकोड, विनियम, संकाय, आंगिक, खुद सम्पत्ति, बोलपत्र आदि ।

२.१.२० शब्दको प्रयोगमा एक रूपता

निश्चित अर्थका लागि एउटा शब्द प्रयोग गरिसकेपछि त्यस शब्दको अर्को पर्यायवाची शब्द प्रयोग गर्नु हुँदैन । सोही शब्दलाई अर्को अर्थ लाग्ने गरी पनि प्रयोग गर्नु हुँदैन ।

उदाहरण

‘दुरूत्साहन’ शब्दलाई अपराध गर्न उक्साउने अर्थमा प्रयोग गरिसकेपछि फेरि त्यसै अर्थमा उक्साउनु शब्दको प्रयोग गर्नु हुँदैन । यस्तै उक्साउने शब्दलाई सामान्य कार्य गर्ने अर्थमा प्रयोग गरेमा त्यसबाट ‘प्रोत्साहन’ गर्ने भन्ने अर्थ लाग्छ । कानूनमा प्राविधिक–पारिभाषिक शब्दलाई परिभाषित गर्दा कतै ‘बुझ्नु पर्छ’ र कतै ‘संझनु पर्छ’ जस्ता पदावली प्रयोग भएको देखिन्छ । यी दुईमध्ये ‘बुझ्नु पर्छ’ पदावली प्रयोग गरेपछि फेरि ‘संझनु पर्छ’ पदावली प्रयोग गर्नु हुँदैन । पहिलो पदावली नै सही प्रयोग हो । दोस्रोमा अर्थगत दृष्टिले सूक्ष्म भिन्नता पनि छ । यस्तै,ज्ञद्धद्ध कानूनमा ‘वा’ संयोजक प्रयोग गरिसकेपछि त्यसको पर्यायवाची ‘या’ संयोजक प्रयोग गरेको पाइन्छ । शब्द प्रयोगमा एक रूपता हुन जरूरी छ ।
२.१.२१ सामान्यतः एकल क्रियाको प्रयोग

जस्तोः हामी …. अन्तरिम संविधान २०६३, जारी भएको घोषणा गर्दछौं ।

२.१.२२ लैङ्गिक तटस्थता

नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १२ को उपदफा (१) ले पुलिङ्गले बुझाउने शब्दहरूले स्त्रीलिङ्गलाई पनि बुझाउँछ भनी उल्लेख भएको पाईन्छ । अतः लिङ्ग विशेषलाई नै कानूनले संरक्षण गर्नुपर्ने अवस्थामा बाहेक पुलिङ्गशब्दको प्रयोग गर्ने प्रचलन रहेको छ । जे होस लिङ्ग विशेषलाई नै कानूनी संरक्षण दिनुपर्ने अवस्थामा बाहेक लैङ्गिक आधारमा भेदभाव जनिने गरी लिङ्गबोधक शब्दको प्रयोग वा वाक्य निर्माण गर्नु हुँदैन ।

उदाहरण

मुलुकी ऐन हाडनाता करणीको ४ नं. मा एकै बाबुबाट जन्मेका दाजुकी स्वास्नीको जानी जानी करणी गरेको भए नाता, पुस्ताको विचार गरी बढीमा एक वर्षसम्म कैद हुनेछ भनी लिङ्गबोधक वाक्यको निर्माण भएको छ । तटस्थताको निम्ति परिमार्जन गर्नु आवश्यक देखिएका केही लिङ्गबोधी शब्दहरू परिशिष्ट–७ मा प्रस्तुत गरिएका छन् ।

२.१.२३ अमर्यादित र हीनताबोधक शब्दको प्रयोग नगर्ने

कुनै पनि धर्म, वर्ण, लिङ्ग, जातजाति, क्षेत्र, उमेर समूह आदिलाई होच्याउने,अपमान गर्ने शब्दको प्रयोग गर्नु हुँदैन । यस्तै अमर्यादित, अश्लिल, हेपाहा अपमानजनक र गालीबोधक शब्दको प्रयोग गर्नु हुँदैन । सामाजिक कुरीति, कुसंस्कार जनाउने, रूढिवादिता जस्ता कुरालाई प्रोत्साहित गर्ने, सामाजिक विखण्डन, फुट पैदा गर्ने, द्वेष, घृणा उत्पन्न हुने, आक्रमक भाषा शैलीको प्रयोग गर्नु हुँदैन । जस्तै घुँडा टेकाउनु, धुलो चटाउनु, खिल्ली उडाउनु जस्ता शब्द कानूनमा प्रयोग गर्नु हुँदैन । नेपालका विद्यमान कानूनमा रहेका हीनताबोध शब्दलाई परिशिष्ट–८ बमोजिम रूपान्तरण गर्नु आवश्यक छ ।

२..१.२४ संकर शब्द

कानून तर्जुमाकारले अनावश्यक रूपमा संकर शब्द निर्माण गरी गलत रूपमाप्रयोग भएका संकर शब्दको प्रयोग गर्नु हुँदैन । शब्दकोषमा नभएका तर कानूनमा प्रयोग भएका संकर शब्दहरूलाई परिशिष्ट–९ मा प्रस्तुत गरिएका छन् ।ज्ञद्धछ

२.१.२५ आफूखुसी शब्दहरू

आपूmखुसी शब्दको रचना गरी कानूनमा प्रयोग गर्नु हुँदैन । शब्दकोषमा नभएपनि आफूखुसी रचना भई कानूनमा प्रयोग भएका शब्दहरू परिशिष्ट–१० मा प्रस्तुत गरिएका छन् ।

२.१.२६ अशुद्ध शब्द

व्याकरणका नियम विपरीत बनी कानूनमा प्रयोग भएका शब्दहरू परिशिष्ट–११ मा प्रस्तुत गरिएका छन् ।
२.१.२७ अनर्थ हुने प्रयोग रोक्नुपर्ने

कानून तर्जुमाकारले अर्थको अनर्थ हुने गरी शब्दको प्रयोग गर्नुहुँदैन । साथै त्यसरी प्रयोग भएका शब्दलाई विस्थापित गर्नुपर्छ ।‘गैर’ र ‘गैह्र’ शब्दको प्रयोगमा सावधानी अपनाउनु पर्छ । ‘गैर’ लवज कुनै शब्दको अगाडि प्रयोग गर्दा त्यो शब्दको विपरितार्थक शब्दको बोध गराउँछ । जस्तैः ‘नेपाली’ र कानूनी शब्द अगाडि गैर लवज प्रयोग गर्दा क्रमसः गैरनेपाली र गैर कानूनी शब्द बन्न पुग्छ । यसको अर्थ क्रमसः विदेशी नागरिक र कानून विपरीतको कार्य भन्ने अर्थ हुन्छ । जबकी ‘गैह्र’ शब्दको अर्थ सबै वा सम्पूर्ण भन्ने हुन्छ । जस्तैः किसान, मजदुर, पत्रकार, कानून व्यवसायी गैह्रलाई आमन्त्रण गरिएको छ भन्नुको अर्थ सबै किसान, मजदुर, पत्रकार, कानून व्यवसायीलाई आमन्त्रण गरिएको मान्नुपर्छ ।

२.१.२८ आदरार्थी शब्दको निरपेक्ष प्रयोग

कानूनमा जी हजुर शब्द प्रयोग गरी आदरभाव व्यक्त गर्नु पर्दैन । आदर जनाउने दरार्थी क्रियापद, सर्वनाम वा पदावली कानूनमा प्रयोग गर्नु हुँदैन । आदरार्थी शब्दप्रति निरपेक्षताको भाव दर्शाउनु पर्छ । आदरार्थी निरपेक्षताको अर्थ आदर नगर्नु भन्ने होइन, आदर–अनादर वारेमा कानून तटस्थ रहनु हो । यसको उदाहरण परिशिष्ट–१२ मा प्रस्तुत गरिएको छ ।

२.१.२९ स्वल्परूपको प्रयोग

कानूनमा सकभर स्वल्परूप (एव्रिभिएशन) प्रयोग गर्नु हुँदैन । शब्दहरूको सँधैनै पूर्णरूपमा प्रयोग गर्नुपर्छ ।

उदाहरण

गाउँ विकास समिति र नगरपालिकाको सट्टा गा.वि.स., न.पा. भनी स्वल्परूप
प्रयोग गर्नु हुँदैन ।ज्ञद्धट

२.१.३० लोप हुँदै गएका शब्दको प्रयोग नगर्ने

इतिहासको कुनै कालखण्डमा प्रयोग भएका शब्द आज प्रचलनमा छैनन् भने त्यस्ता शब्दको कानूनमा प्रयोग गर्नु हुँदैन ।

२.१.३१ गाउँखाने कथा र उखान
कानूनमा गाउँखाने कथा र उखानको प्रयोग गर्नु हुँदैन ।

२.१.३२ सन्दर्भ सामग्री

कानून अध्ययन अनुसन्धानको आधारमा बनाइने विषय भए तापनि त्यस्तो कानून कुन कुन अध्ययनमा आधारित भई बनाएको हो भनी उल्लेख गर्न आवश्यक हुँदैन ।त्यसैले कानूनमा सन्दर्भ सामग्रीको प्रयोग गर्नु हुँदैन ।

२.१.३३ वर्ण विन्यासमा त्रुटि हुन नहुने

वर्तमान कानूनको भाषामा प्रयुक्त केही तत्सम, तद्भव र आगन्तुक शब्दहरूको वर्णविन्यास त्रुटिपूर्ण देखिन्छ । यसको उदाहरण परिशिष्ट–१३ मा प्रस्तुत गरिएको छ ।

२.१.३४ तत्सम शब्दको वर्णविन्यास

(क) तत्सम शब्दहरूलाई संस्कृतकै नियमानुसार वर्णविन्यास मिलाई लेखिन्छ । जस्तैः स्मरण, प्रशासन, वन, वेला, सन्देह, राष्ट्रिय, भवदीय, कृति, मति, उच्चारण, शङ्का, विलय, क्षति, स्वयम्, क्षेत्र, शरीर आदि ।
(ख) तत्सम शब्दमा आएको ङ, ञ, ण, न, म लाई यी वर्णभन्दा परवर्ती स्पर्श वर्ण (’क’ देखि ’म’ सम्मका वर्ण) भए सो स्पर्श वर्णको स्ववर्गीय पञ्चम वर्ण लेखिन्छ ।
(ग) ’क’ वर्गभन्दा अगाडि ’ङ्’ लेखिन्छ । जस्तैः शङ्का, अलङ्कार, शङ्ख, मृदङ्ग, गङ्गा, अङ्ग, सङ्गठन, सङ्घ, सङ्घर्ष आदि ।
(घ) ’च’ वर्गभन्दा अगाडि ’ञ्’ लेखिन्छ । जस्तैः सञ्चय, चञ्चल, लाञ्छना, वाञ्छा, सञ्जाल, पुञ्ज, झाञ्झा आदि ।
(ङ) ’ट’ वर्गभन्दा अगाडि ’ण्’ लेखिन्छ । जस्तैः कण्टक, घण्टा, कण्ठ, खण्ड, पिण्ड, गण्डकी, खण्डित, खण्डन, कुष्माण्ड, दण्ड, शण्ढ, मृदण्ड, मार्कण्डेय आदि ।
(च) ’त’ वर्गका अगाडि ’न्’ लेखिन्छ । जस्तैः सन्ताप, अन्त, अन्तिम, तन्तु, सन्तृप्त, सन्त्रास, ग्रन्थी, पन्थ, मन्थन, सन्देश, सन्दर्भ, सन्देह, आनन्द, आन्दोलित, मन्द, प्रबन्ध, सन्ध्या, निबन्ध, सन्धि, उत्रति, सत्रिकट आदि ।ज्ञद्धठ
(छ) ’प’ वर्गका अगाडि ’म्’ लेखिन्छ । जस्तैः सम्पर्क, सम्पादन, सम्प्रदाय, सम्परीक्षण, सम्प्रेषण, पम्फा, सम्बन्ध, सम्बन्धित, सम्बोधन, सम्भव, सम्भोग, सम्भ्रान्त, सम्मेलन, सम्मुख, सम्राट् आदि ।
(ज) तत्सम शब्दमा पञ्चम वर्णभन्दा परवर्ती (य, र, ल, व, श, ष, स, ह वर्ण भए पञ्चम वर्णको सट्टा अनुस्वार (ं) लेखिन्छ । जस्तैः ’य’ परतिर हुँदाः संयम, संयुक्त ’र’ परतिर हुँदाः संरचना, संरक्षित ’ल’ परतिर हुँदाः संलग्न, संलाप ’व’ परतिर हुँदाः संविधान, संवत्, संवाद ’श’ परतिर हुँदाः संशोधन, संश्रय, संशय ’स’ परतिर हुँदाः संसार, संसर्ग, संसद् ’ह’ परतिर हुँदाः संहार, संहिता आदि ।

२.१.३५ अरबी–फारसी शब्दहरू

‘बृहत् नेपाली शब्दकोश’ र विश्वविद्यालयको वर्णविन्यास अध्यापन समेतलाई दृष्टिगत गर्दा अरबी–फारसी शब्दहरूलाई तद्भव शब्दको वर्णविन्यास सम्बन्धी नियमहरूका आधारमा लेख्न सकिन्छ । कानूनमा बहुधा प्रचलित केही अरबी– फारसी शब्दहरू परिशिष्ट–१४ मा दिइएको छ ।निपातको प्रयोग कानून तर्जुमामा निश्चयार्थक निपात ‘नै’ प्रयोग भएको देखिन्छ । अरू निपातहरू कानूनी वाक्यमा प्रयोग गरिदैनन् ।

२.१.३७ टुक्काहरूको प्रयोग

कानून तर्जुमामा टुक्काहरूको प्रयोग भने आफ्नै ढंगले हुँदै आएको छ । कानूनी भाषाका आफ्नै टुक्काहरू छन् । यी बाहेक अन्य टुक्काहरू प्रयोग गर्नाले अर्थमा विचलन आउन सक्छ । कानूनी भाषामा टुक्का प्रयोग गर्नुको अर्थ साहित्यिक भाषाको प्रयोग गर्नु होइन । यस तथ्यमा सचेत हुँदै कानूनी टुक्काहरू निश्चित स्थान र अर्थगत औचित्यका आधारमा प्रयोग गर्न सकिन्छ । टुक्काको उदाहरण
परिशिष्ट–१५ मा दिइएको छ ।

२.१.३८ अङ्क र अक्षरको प्रयोगः कानूनको तर्जुमा गर्दा कहाँ अंकमा लेख्ने र कहाँ अंकलाई अक्षरमा लेख्ने भन्ने कुरामा एकरूपता र कुनै मानदण्ड अपनाएको पाइदैन । एकै मसौदामा पनि अलग अलग तरिकाको प्रयोग भएको पाईन्छ । यसमा एकरूपता कायम गर्न केही मानदण्डहरू प्रस्तुत गरिएको छ ।
(क) साल, सम्बत् वा वर्ष र गते अंकमा नै लेख्नु पर्छ जस्तोःऔद्योगिक विकास प्रतिष्ठान ऐन, २०५३ २०६५ सालको ऐन नं. २
यो ऐन २०५२ साल श्रावण ११ गतेदेखि प्रारम्भ भएको मानिनेछ आर्थिक वर्ष २०६५।०६६
(ख) मिति अंकमा उल्लेख गरिन्छ । जस्तै, विधेयक प्रमाणित र स्वीकृत मिति तथा विभिन्न अनुसूचीको ढाँचामा मिति उल्लेख गर्ने स्थानमा क्रमसः साल महिना र गते उल्लेख गरिन्छ ।
(ग) जना, वटा, प्रति अक्षरमा लेख्नु पर्ने भए अङ्कलाई अक्षरमा लेख्नु पर्छ । जस्तो एकजना, चारवटा, पाँच प्रति, तीन महिना, चारसय पचास रूपैया, पचास प्रतिशत, पचासौं, पन्ध्र वर्ष सेवा गरेको । तर छ जना, छ वटा, छ प्रति, छ महिना, छ सय पचास रूपैया, छ प्रतिशत, छ्र वर्ष को प्रयोग गर्दा अङ्क ६ को प्रयोग गर्ने अभ्यास रहेको पाईन्छ ।
(घ) भाग, परिच्छेद, धारा, उपधारा, दफा, उपदफा, खण्ड, उपखण्ड र अनुसूची अङ्कमा उल्लेख गर्नु पर्छ । जस्तो भाग–१, परिच्छेद–२, धारा ३, उपधारा (४) दफा ५, उपदफा (६), र अनुसूची–७ उल्लेख गर्नु पर्नेछ । उपधारा रउपदफा पछि आउने खण्डलाई (क), (ख) उल्लेख गर्नु पर्छ । खण्डबाट पनि अलग गर्नु परेमा उपखण्ड (१), (२) गर्नुपर्छ ।
(ङ) नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८, २९ र ३५ मा अङ्क र अक्षरको प्रयोगको अभ्यासमा भने एकरूपता रहेको देखिदैन ।
(१) दफा ८ मा प्रतिशत शब्द उल्लेख नगरी त्यसको सट्टा सङ्केत % दिईएको छ ।
(२) यस्तै दफा २९ को उपदफा (२) मा कर्मचारीको कार्यक्षमताको मूल्याङ्कनगर्दा देहाय बमोजिम बढीमा १०० अङ्क दिइनेछ भनी अङ्कको प्रयोग भएको छ ः–
(क) कार्यसम्पादन वापत ४० अङ्क
(ख) जेष्ठता वापत २० अङ्क
(३) दफा ३५ मा कर्मचारीको कार्यक्षमताको मूल्याङ्कन गर्दा देहाय बमोजिम बढीमा एकसय अङ्क दिइनेछ भनी अक्षरको प्रयोग भएको छ ः–
(क) कार्यसम्पादन वापत चालिस अङ्क
(ख) जेष्ठता वापत बीस अङ्कज्ञद्धढ
(च) मध्यस्थता ऐन, २०५५ को दफा ४१ मा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि मध्यस्थको निर्णय कार्यान्वयन गराउँदा निर्णय
कार्यान्वयनबाट प्राप्त रकमको ०.५ भन्ने अङ्कको सट्टा अक्षरमा शुन्य दशमलव पाँच लेखिनु उपयुक्त हुने थियो ।
(छ) स्थानीय स्वायत्त शासन ऐन, २०५५ को क्रमश दफा ५३ को प्रतिबन्धात्मक प्रावधान, ८४ र ८५ मा ४५ दिनसम्म र एक पटकमा लगातार ३० दिनसम्म नबढाई … । ७ दिन अगावै सूचना दिनु पर्छ । १० हजार रूपैयाको निकासा…।, बढीमा रू. २,०००।– सम्मको …। यस्तोमा प्रयोग हुने सवै अंकहरूलाई अक्षरमा लेख्न उपयुक्त हुन्छ ।
(ज) नाममा नै अङ्क भएमा अङ्क लेखिन्छ जस्तैः मिग–१५, ए०१० पूmट एण्ड माउथ, ए ०४० रिण्डरपेष्ट, ।
(झ) क्रम संख्या

क्रम संख्या लेख्दा अङ्कमा लेखिन्छ जस्तैः १, २, ३

(ञ) क्रम उल्लेख
क्रम उल्लेख गर्दा अङ्कलाई अक्षरमा उल्लेख गरिन्छ जस्तैः पहिलो, दोस्रो,
तेस्रो, चौथो, पाँचौं, छैठौं, सातौं, आठौं, नवौं, दशौं, अरू सवैमा गणना
अनुसार “औं” थप्ने । जस्तो – एघारौं, एकसय एकऔं, पाँचहजार बाइसौं
आदि । यद्यपि निजामती सेवा ऐन, २०४९ मा प्रथम, द्वितीय र तृतीय
श्रेणी भनी संस्कृत शब्दको प्रयोग भएको पाईन्छ ।

२.१.३९ सङ्ख्यावाची शब्दहरू ः सङ्ख्यावाची शब्दहरूलाई परिशिष्ट–१६ मा दिईएको छ ।

२.१.४० महिनाको उल्लेखनः महिनाको उल्लेख गर्दा परिशिष्ट १७ बमोजिमको नाम प्रयोग
गर्नुपर्छ ।

२.१.४१ सूत्रको प्रयोग गर्ने विधिः सूत्रको प्रयोग यसरी गर्नुपर्छ ।
जम्मा सेवा वर्ष × मासिक पारिश्रमिक
५०