परिच्छेद– ६ विविध

परिच्छेद– ६ विविध

 

२२. बेरुजु फछ्र्यौट गर्ने गराउने उत्तरदायित्वः

(१) कोषको आन्तरिक लेखापरीक्षण र महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण गरी औल्याएका बेरुजु प्रमाण पेश
गरी वा नियमित गरी गराई असुल उपर गरी फछ्र्यौट गर्ने उत्तरदायित्व खर्च गर्ने निकायको प्रमुखको हुनेछ ।

(२) उपनियम (१) बमोजिम बेरुजु फछ्र्यौट गरे नगरेको सम्बन्धमा रेखदेख गरी फछ्र्यौट गर्न लगाउने दायित्व निर्देशकको हुनेछ ।

२३. वेरुजु फछ्र्यौटः(१) लेखापरीक्षणबाट औल्याइएका वेरुजुको सम्बन्धमा सो वेरुजुको सूचना प्राप्त भएपछि सो सूचनामा वेरुजु फछ्र्यौट गर्ने म्याद तोकिएको भए सो म्यादभित्र र नतोकिएकोमा पैंतीस दिनभित्र नियमित गर्नु पर्ने भए नियमित गरी, आवश्यक प्रमाण पेश गर्नु पर्ने भए सो पेश गरी गराई वा असुल उपर गर्नु पर्ने भए असुल उपर गरी वा जवाफबाट प्रष्ट गर्नु पर्ने भए जवाफ दिई वेरुजु फछ्र्यौट गर्नु पर्नेछ र यसको जवाफ लेखापरीक्षक वा लेखापरीक्षण गर्ने कार्यालयलाई पैंतीस दिनभित्र दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम बेरुजु फछ्र्यौट गर्न नभ्याएमा वेरुजु औल्याउने लेखा परीक्षक वा लेखापरीक्षण गर्ने कार्यालयमा कारण सहित थप म्याद माग्नु पर्ने र त्यसरी थप गरिदिएको म्यादभित्र सो कार्य सम्पादन गरी वेरुजु फछ्र्यौट गर्नु पर्नेछ ।

(३) अध्यक्षले आफूले नियमित गर्न मिल्ने बेरुजु आफैले नियमित गर्नु पर्नेछ । अध्यक्षले आफूले सोझै नियमित गर्न नमिली कुनै खर्च गर्ने निकाय वा अधिकारी वा सम्बन्धित व्यक्ति वा कर्मचारी बुझी नियमित गर्न हुने वेरुजु सो बमोजिम बुझी नियमित गर्नु पर्नेछ ।

(४) प्रचलित कानूनको रीत पु¥याउनु पर्नेमा सो रीतसम्म नपु¥याई अनियमित भएको तर कोषलाई हानी नोक्सानी भएको नदेखिएको वेरुजु खर्च गर्ने निकायको प्रमुख वा निर्देशकको सिफारिसमा अध्यक्षले नियमित गर्न सक्नेछ । यसरी नियमित गर्दा हानी नोक्सानी नभएको कारण यथाशक्य प्रष्ट गर्नु पर्नेछ ।

(५) बेरुजु फछ्र्यौट गरी कोषको रकम असुल उपर गर्ने सिलसिलामा समितिले जिम्मेवार व्यक्तिको तलवभत्ता, निवृत्तभरण, उपदान र निजले भुक्तानी पाउने जुनसुकै रकम रोक्का गर्न र आवश्यकता अनुसार राहदानी रोक्का गर्न सम्बन्धित निकायमा लेखी
पठाउन सक्नेछ ।

२४. पुरानो बेरुजु फछ्र्यौट गर्ने सम्बन्धी विशेष व्यवस्थाः (१) महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण गरी औल्याएका बेरुजुमध्ये हिनामिना गरेको, तहबिल (नगद तथा जिन्सी) मस्यौट गरेको र भ्रष्टाचार गरेको प्रकृतिका बेरुजु बाहेक अन्य प्रकारका प्रमाण कागज नपुगेका बेरुजु सम्बन्धमा महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन नसकिएमा समितिले सो प्रयोजनका लागि जाँचबुझ समिति गठन गरी जाँचबुझ
गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको जाँचबुझ समितिबाट प्राप्त प्रतिवेदनका आधारमा समितिले बेरुजु नियमित गर्न सक्नेछ ।
(३) महालेखा परीक्षकको कार्यालयबाट अनियमित भएको भनी औल्याएको बेरुजु बाहेकका पेश्की बाँकी, असुल उपर गर्नु पर्ने, धेरै पुरानो भई श्रेस्ता फेला नपरेका बेरुजुको हकमा मनासिव कारण देखिएमा तीनलाख रूपैयाँसम्मको बेरुजु रकम अध्यक्ष र सो भन्दा बढीको हकमा समितिले मिन्हा गर्न सक्नेछ ।

२५. कल्याणकारी योजना निर्देशनालय मातहत रहनेः कोषमाथि व्ययभार पर्ने गरी कल्याणकारी कार्य, आयमूलक कार्य तथा कल्याणकारी योजना सञ्चालन गर्ने स्थायी निकायहरू जस्तै महाविद्यालय, विद्यालय, विभिन्न उपसमितिहरू कल्याणकारी योजना निर्देशनालय मातहत रहने छन् ।

२६. खारेजी र बचाउः (१) शाही नेपाली सैनिक कल्याणकारी कोष नियमावली, २०६१ खारेज गरिएको छ ।