परिच्छेद – ३ कानूनको मसौदामा प्रयोगहुने चिह्न

परिच्छेद – ३ कानूनको मसौदामा प्रयोगहुने चिह्न

३.१ लेख्य चिह्न

कानूनको मसौदाको क्रममा विविध प्रकारका लेख्य चिह्नहरूको प्रयोग गर्ने अभ्यास रहेको पाईन्छ । लेख्य चिह्नहरूको प्रयोगले वाक्यको अर्थलाई स्पष्ट गर्ने हुनाले यिनका प्रयोग सही रूपमा गर्नु आवश्यक छ । कानूनमा निम्नबमोजिमका लेख्यचिह्नहरूको प्रयोग गर्ने अभ्यास रहेकोछः

३.१.१ पूर्णविराम (।)

वाक्यको पूर्ण रूपमा अन्त्य भएपछि पूर्णविराम चिह्नको प्रयोग गर्नुपर्छ । जस्तैः यस ऐनको नाम भ्रष्टाचार निवारण ऐन, २०५९ रहेको छ । यो ऐन तुरून्त प्रारम्भ हुनेछ । अपूर्ण वाक्यपश्चात पूर्णविरामको प्रयोग गरिँदैन ।नेपाली कानूनको  लेखन शैलीको परम्परागत अभ्यास अध्ययन गर्दा एउटै दफा, उपदफा, खण्ड, उपखण्ड, स्पष्टीकरण, प्रतिबन्धात्मक वाक्याशं जति लामा भए पनि वाक्यमा लेखी अन्तमा पूर्ण विराम दिने गरेको पाईन्छ ।

उदाहरण
(सैनिक ऐन, २०६३ को दफा ९७ को उपदफा (३) मा वाक्य लामो भए पनि बीचमा पूर्णविराम प्रयोग नगरी एकै पटक अन्त्य गरिएको छ । “सैनिक अदालतबाट मुद्दाको कारबाही समाप्त भएपछि त्यस्तो सैनिक अदालतबाट भएको ठहर सजायलाई सदर गर्ने अधिकारी वा सो अधिकृतभन्दा माथिको अधिकृतले र त्यस्तो सजाय सदर गराउनु नपर्ने सैनिक अदालतको ठहर पछि सेना, चमु, पृतना वा वाहिनीपतिले मुद्दाको पुर्पक्षको क्रममा सैनिक अदालत समक्ष पेश भएको कसूरसँग सम्बद्ध मालसामान, लिखत, जफज गर्न, नष्ट गर्न वा त्यसको हकदार भनी दावी गर्ने व्यक्तिलाई फिर्ता दिन वा विक्री गर्न मनासिब माफिकको आदेश दिन सक्नेछ ।” पछिल्ला चरणमा भने यसको अभ्यासमा केही कमी आएको पाईन्छ । एउटा दफा, उपदफा, खण्ड, उपखण्ड, स्पष्टीकरण, प्रतिबन्धात्मक वाक्याशंमा एउटा विषय मात्र लेखिनु राम्रो हुन्छ र कानूनको तर्जुमाको आदर्श मान्यता पनि यही हो । एउटा दफा, उपदफा, खण्ड, उपखण्ड, स्पष्टीकरण, प्रतिबन्धात्मक वाक्याशं एउटै वाक्यमा लेखिनु आवश्यक र जरूरी छैन । आवश्यकता अनुसार बीच बीचमा पनि वाक्य पूरा गरी पूर्ण विरामको प्रयोग गर्न सकिन्छ ।

उदाहरण

मालसामानको बहुविधिक ढुवानी ऐन, २०६३ को दफा ५ को उपदफा (२) मा “उपदफा (१) मा लेखिएदेखि बाहेक कुनै इजाजतपत्रवालाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै अन्य काम गरेमा विभागले त्यस्तो इजाजतपत्रवालालाई मनासिव माफिकको समय दिई सो काम सुधार गर्न मौका दिनेछ । त्यसरी मौका दिँदा पनि इजाजतपत्रवालाले आफ्नो काममा सुधार नगरेमा
विभागले निजलाई दिएको इजाजतपत्र रद्द गर्नेछ ।” भनी एकै दफा उपदफामा पनि विचमै वाक्य पूरा गरी पूर्ण विराम दिने गरेको पनि देखिन्छ ।

३.१.२ अल्पविराम (,)

अल्पविराम भनेको आंशिक विश्राम हो । वाक्यमा एकै प्रकारका पद, पदावली, उपवाक्य आदिलाई छुट्याउन, संयोजक पद प्रयोग नभएका ठाउँमा, संयुक्त वाक्यमा र कथयिता अंशको पछाडि अल्पविरामचिह्न प्रयोग गरिन्छ । नेपाली कानूनको लेखन शैलीमा अल्पविरामको (,) को अभ्यासलाई निम्नानुसार अध्ययन गर्न सकिन्छः–

(क) संविधान, ऐन, अध्यादेश, नियमावली, विनियमावली, निर्देशिकाको संक्षिप्त नाम पछि संविधान, ऐन, अध्यादेश, नियमावली, विनियमावली, निर्देशिकाको संक्षिप्त नाम पछि (,) अल्प विराम दिई तत्पश्चात साल उल्लेख गर्ने अभ्यास रहेको छ ।

(१) नेपालको अन्तरिम संविधान, २०६३

(२) केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, २०६४

(ख) प्रस्तावनाको अन्त्यमा

…….वान्छनीय भएकोले,
….. आवश्यक भएकोले,

(ग) “देहायका” वा “देहाय बमोजिमका” भन्ने शब्दहरू प्रयोग भएका दफा वा उपदफा पछि दिईने खण्डहरू र खण्डहरू पछि दिईने उपखण्डहरूको अन्त्यमा (,) अल्प विरामको प्रयोग गरिन्छ । तर,

(१) परिभाषा अन्तरगत दिईने खण्ड पश्चात, र जस्तजस्तो सडक बोर्ड ऐन, २०५८ को दफा २ पछि खण्ड (क) पछि
क्रमश खण्ड (ठ) सम्म दिईएको प्रत्येक परिभाषाको वाक्य पूरा भएपछि पूर्ण विराम दिईएको छ ।ज्ञछद्द

(२) अन्तिम खण्ड वा उपखण्ड पश्चात पूर्णविरामको प्रयोग गरिन्छ । सोही ऐनको दफा ५ को प्रत्येक खण्डहरूको अन्त्यमा (,) अल्प विराम र अन्तिम खण्ड पश्चात पूर्णविरामको प्रयोग गरिन्छ ।

(३) कुनै पदाधिकारी र सदस्यहरू रहेको समिति, उपसमिति वा कार्यटोली जस्ता अंगहरूको निर्माण गरिने उपदफा, खण्ड र
उपखण्डहरूको अन्त्यमा अल्प विराम दिने गरिएको छैन । पदाधिकारी वा सदस्यको अगाडी योग्यता वा विवरण लेखेर ड्यास (–)चिह्न दिइ कायम हुने पद लेख्ने गरिएकोछ ।

जस्तोः (३) उपदफा (१) बमोजिमको कल्याणकारी कोष सञ्चालन गर्न देहाय बमोजिमको सात सदस्यीय एक सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति रहनेछः–
(क) प्रधान सेनापति                           – अध्यक्ष
(ख) ……………….                          . – सदस्य
(ङ) ……………..                              – सदस्य

(घ) संयोजक नभएका विभिन्न शब्दावलीको प्रयोगमा जस्तो नेपाल सरकार, मन्त्रिपरिषद, अर्थ मन्त्रालय, मुख्य सचिव, डीन, कानून संकाय, त्रिभुवन विश्वविद्यालय, प्रतिनिधि, नेपाल चेम्बर अफ कमर्स ।

(ङ) समान किसिमका पदको पछिल्तिर जस्तो सामान्य कानूनको प्रयोगमा कुनै पनि नागरिकमाथि धर्म, वर्ण, लिङ्ग, जात, जाति, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा ती मध्ये कुनै कुराका आधारमा भेदभाव गरिनेछैन ।

(च) संयोजक नभएका समान किसिमका पदावलीमा
व्यक्तिसरह चलअचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।

(छ) “तर” बाट शुरू हुने प्रतिबन्धात्मक प्रावधानमा “तर” भन्दा पछि । जस्तो – बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०६३ को दफा १८ (१)

(झ) मा तर, नेपाल सरकारले शेयर खरिद गरेको ……………..लागू हुने छैन ।

तर,
(१) सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचन हुने संचालकको हकमा उल्लिखित योग्यता आवश्यक पर्ने छैन ।

३.१.३ अपूर्ण विराम (ः)

यसलाई थोप्ले विराम वा सापेक्ष विराम पनि भन्ने गरिएको पाइन्छ । नेपाली कानूनको लेखन शैलीमा अपूर्ण विराम (ः) को प्रयोग तथा अभ्यासलाई निम्नानुसार अध्ययन गर्न सकिन्छः–

(क) प्रस्तावनामा “प्रस्तावना” शब्द भन्दा पछि । जस्तोः प्रस्तावनाःराष्ट्रको औद्योगिक विकासका लागि उद्यमशीलता, गुणस्तरयुक्त व्यवस्थापन, प्रविधि र प्राविधिक जनशक्तिको खाँचोलाई पूरा गरी उद्योग क्षेत्रको विकासबाट अर्थ व्यवस्थालाई सबल तुल्याई औद्योगिक व्यवसायको विकास गर्न वाञ्छनीय भएकोले,

(ख) स्पष्टीकरणमा “स्पष्टीकरण” शब्द भन्दा पछि । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २३ को प्रतिवन्धात्मक व्यवस्थाको स्पष्टीकरणः यस दफाको प्रयोजनकोलागि मुख्य भई कामकाज गर्ने अधिकारी भन्नाले कम्पनी वा सँगठित संस्थाको अध्यक्ष, सञ्चालक
समितिको सदस्य, महाप्रवन्धक, प्रवन्धक, निर्देशक वा सोही हैसियतमा कामकाज गर्ने पदाधिकारी सम्झनु पर्छ ।

(ग) दफा त्रुटि पछि ।

३. स्वास्थ्य सेवाको गठनः  नेपाल स्वास्थ्य सेवा नामको एक सेवा गठन गरिएको छ ।

(घ) सामान्यतः उपदफा, खण्ड र उपखण्डहरूमा त्रुटि दिइने प्रचलन छैन । यदी कतै दिन प¥यो भने त्यस्तो त्रुटिको पछि ।

७. दैनिक तथा भ्रमणः ……….. …………………………. …. देहाय बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइनेछः–

(क) दैनिक भत्ताः …………………………………………………..
(ङ) स्वतः, स्पष्टतः, निःशर्त, अतः, पुनः जस्ता व्याकरणको नियम बमोजिमका शब्दमा ।ज्ञछद्ध

 अर्ध विराम (;)

अल्पविरामभन्दा बढी र पूर्ण विरामभन्दा कम विश्राम हुँदा अर्धविरामचिह्न प्रयोग गरिन्छ । यो आधा अडान हो । कानून तर्जुमामा अर्धविरामको प्रयोगमा एकरूपता देखिदैन । वाक्यबाट अर्थ टड्कारो र स्पष्ट पार्न झिकिएका श्रृङ्खलित पदावलीहरूमा नेपाल अधिराज्यको संविधान, २०४७ मा कतै अल्पविराम र कतै अर्धविराम प्रयोग भएको देखिन्छ भने नेपालको अन्तरिम संविधान, २०६३ मा सबैतिर अल्पविरामको प्रयोग
भएको पाइन्छ । पूर्णविरामपछि कुनै कुराको उदाहरण दिँदा उदाहरणार्थमा सापेक्ष वा निर्देशचिह्नभन्दा अर्ध विरामचिह्न दिनुपर्छ । अर्ध विरामले लामा वाक्यमा वाक्यसरह नै प्रयोग भएको उपवाक्यलाई छुट्याउने काम गर्छ । एउटै वाक्यमा शब्द, पदावली र उपवाक्य छुट्याउनुपर्दा शब्द र पदावली छुट्याउन अल्पविराम र उपवाक्य छुट्याउन अर्धविराम प्रयोग गर्नुपर्छ । दुईभन्दा बढी स्वाधीन उपवाक्य भएका वाक्यमा दुई वाक्यलाई जोड्न निरपेक्ष संयोजक र बाँकी उपवाक्य जोड्न अर्धविराम प्रयोग गर्नु नेपाली वाक्यमाचिह्न प्रयोगका दृष्टिले उपयुक्त हुन्छ ।

३.१.५ निर्देशचिह्न, अपूर्ण विराम, सापेक्षविराम र योजकचिह्नको संयुक्त रूप (:–) कुनै विषयको निश्चित सूचना दिँदा निर्देशचिह्न प्रयोग गरिन्छ । यसलाई अपूर्ण विराम र सापेक्षविराम पनि भनिन्छ । नेपाली कानूनको लेखन शैलीमा निर्देशचिह्न अपूर्ण विराम, र योजकचिह्नको संयुक्त रूपको (:–) अभ्यासलाई निम्नानुसार अध्ययन गर्न सकिन्छः–

(क) “देहाय” मा कुनै कुराहरू भन्नु पर्ने दफा, उपदफा, खण्ड, उपखण्ड आदिहरूमा ।
जस्तो (केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, ०६३ को
दफा २ (क)
“सार्वजनिक लिखत” भन्नाले देहायका लिखत सम्झनु पर्छः–
(क) ………..,
(ख) ………..,
(ख) केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, ०६३ को दफा १७ देहायका कानूनहरू खारेज गरिएका छन्ः–
(क) लालमोहर ऐन, २०१५,
(ग) “देहाय” लेखिएका दफा, उपदफा, खण्ड, उपखण्ड, स्पष्टीकरण, प्रतिबन्धात्मक प्रावधानको अन्त्यमा | केही नेपाल ऐनको व्यवस्था जगाउने ऐन, २०६३ को दफा २ (ख) मा देहायका ऐनमा “निर्वाचन सम्बन्धी केही नेपाल संशोधन गर्ने अध्यादेश,
२०६२” बाट भएको संशोधनः–
(१) स्थानीय निकाय (निर्वाचन कार्यविधि) ऐन, २०४८
(२) मतदाता सम्बन्धी ऐन, २०५२ ।

सैनिक ऐन, २०६३ को दफा १३ को उपदफा (१) मा देहायकाको व्यक्ति नेपाली सेनामा नियुक्त हुन अयोग्य मानिनेछः–
(क) गैर नेपाली नागरिक,
(ख) ………………………,
(ग) ………………………,
(घ) ………………………,
(ङ) दफा १२ को उपदफा (४) बमोजिम तोकिएको योग्यता नभएको ।

३.१.६ अल्पविराम र योजकचिह्नको संयुक्त रूप (,–) नेपाली भाषामा यसचिह्नको कुनै मान्यता छैन । यद्यपि नेपाली कानूनको लेखन
शैलीमा कुनै वाक्य पुरा नभएको अवस्थामा सो वाक्यलाई पुरा गर्नका लागि त्यसपछि केही लेखिँदैछ भने (,–)चिह्नको प्रयोग गरिएको पाइन्छ । यसचिह्नको प्रयोग खास गरी देहायको अवस्थामा हुने गरेकोछ ।
(क) दफा ३ को परिभाषा खण्डको शुरूमा विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,– गयल वा हिरासतमा परेको समयको गणनाः सैनिक ऐन, ०६३ को दफा १२४ मा दफा १२३ को उपदफा (२) को खण्ड (क) को प्रयोजनको लागि,– गरिवी निवारण कोष ऐन, २०६३ को दफा ३४ गरिवी निवारण कोष अध्यादेश, २०६२ निष्क्रिय भएपछि अर्को अभिप्राय नदेखिएमा सो
निष्क्रियताले,–
सुरक्षित कारोबार ऐन, २०६३ को दफा ३० को उपदफा (२) को खण्ड (घ) उत्पादन खरिद गर्ने व्यक्तिको हकमा,– सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५० को उपदफा (५) को खण्ड
(ख) खरिद सम्झौता भई सकेको अवस्थामा,–ज्ञछट

३.१.७ प्रश्नवाचकचिह्न (?)

जिज्ञासा प्रकट गर्दा वा प्रश्न सोद्धा प्रश्नवाचकचिह्न प्रयोग गरिन्छ । जस्तैः तिम्रो नाम के हो? तपाईको ठेगाना कहाँ हो? मुलुकी ऐन साक्षी बकाउँदा साक्षीलाई प्रारम्भमा सोधिने प्रश्न ।

३.१.८ विस्मयसूचकचिह्न (!)

आश्चर्य, घृणा, हर्ष, बिस्मात आदि विशेष भाव बुझाउन विस्मयसूचकचिह्न प्रयोग गरिन्छ । कानूनको लेखनमा आश्चर्य, घृणा, हर्ष, बिस्मात आदि विशेष भाव बुझाउन शैलीमा प्राय लेखिने अभ्यास देखिदैन ।

३.१.९ कोष्ठकचिह्न ( )

अर्थ स्पष्ट पार्न र व्रmम जनाउन कोष्ठकचिह्नको प्रयोग गरिन्छ । जस्तैः भ्यागुतो उभयचर
(जमिन र पानी दुवैमा बस्ने) हो । (१) (२) (३) (४) …
(क) संशोधन ऐनको संक्षिप्त नाम जनाउन
“श्रम (दोस्रो संशोधन) ऐन, २०६३”
(ख) उल्लिखित अनुसूचीको दफा, उपदफाको सम्बद्धता जनाउने
अनुसूची – १
(दफा २ को उपदफा (१) सँग सम्बन्धित)
(ग) अंकलाई अक्षरमा र अक्षरलाई अंकमा लेख्दाः
रू. ४ (चार)
आठ दशमलव तीन तीन (८.३३) (मालसामानको बहुविधिक ढुवानी दफा
२२ (३)
टेबुलमा रकमको इकाई जनाउन ।
पेश्की खर्च ऐन, २०६३ को अनुसूची–२ बाट

१                                २                                  ३                                    ४                                          ५                                         ६
क्रमसंख्या            अनुदान संख्या             शीर्षकको नाम    चालु खर्चतर्फ विनियोजित रकम           ……………….              …………………….

(रू. हजारमा)
१                                    ११                    राजदरवा                        र १८३३ .. ..                                   ………                          …………

(घ) शब्द वा पदावलीको अर्थ स्पष्ट, सिमित वा विस्तार
(१) अर्थ स्पष्ट गर्न “बृहत्तर जनकपुर क्षेत्र” भन्नाले माध्यमिकी (पंचकोशी) परिक्रमा मार्गभित्र पर्ने ढेराकचुरी … … कन्चनवन (हरिनमरी)–बृहत्तर
जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५ को दफा २ (क) यहाँ कोष्ठको प्रयोग त्यही स्थानको अर्को नाम पनि राखेर अझ स्पष्ट गर्न प्रयोग भएको छ ।
(२) सेड (छप्पर) – स्वायत्त शासन ऐन, २०५५ को दफा १३७ (१),
(३) धानुक (राजवंशी) – आदिवासी÷जनजाती ऐन, २०५८ को अनुसूची
(४) न्याय र सद्विवेक (एक्स एक्वा एट वानो) वा प्राकृतिक समन्याय (एमिएवल कम्पोजिटर) को सिद्धान्त बमोजिम विवादको निरूपण गर्न सक्नेछ । मध्यस्थता ऐन, २०५५ दफा १८ को उपदफा (२)
(५) काबूबाहिरको परिस्थिति (फोर्श मेजर) सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५२ (२) (झ),
(६) निर्णयकर्ता (एड्जुडिकेटर) ऐ. दफा ५८ (४) (क),
(७) सामुहिक बचत कोष (म्युच्युअल फण्ड) (कम्पनी ऐन, २०६३ को दफा १२),
(८) खुद सम्पत्ति (नेटवर्थ) कम्पनी ऐन, २९ (१) (ख,)
(९) वित्तीय विवरणहरू (फिनान्सियल स्टेटमेन्ट) ऐ. दफा १६५ (क),
(१०) भौतिक पूर्वाधार सुविधा (इन्फ्रास्ट्रक्चर फ्यासिलिटि) ऐ. दफा १७६ (१) को प्रतिबन्धात्मक प्रावधान,
(११) वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (एफ.सी.ए.) नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ को दफा ७ को उपदफा (४),
(१२) नियमनकारी निकाय (रेगुलेटरी बडी) ऐ. दफा ५ (क),
(१३) दर्तावाला लेखापरीक्षक (रजिष्टर्ड अडिटर) ऐ. दफा २ (झ),
(१४) निर्णय पुस्तिका (माइन्युट) नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १५ (छ),
(१५) निर्णयको विवरण (माइन्यूट) बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०६३ दफा २३ (७), चल सम्पत्ति भाडामा लिन कर्जा (लिजिङ्ग फाइनान्स) ऐ. दफा ४७ (३) (थ), स्थलगत (अनसाइट) ए. दफा ५२ (१),
(१६) आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५ को दफा १७ (४) (ङ) मा – आयोडिनको मात्रा (पि.पि.एम.मा) भनेर संक्षिप्त नाम लेखिएको देखिन्छ तर उक्त ऐनमा पि.पि.एम.को परिभाषा पनि छैन र यस अघि कहिँ कतै यसको पूर्ण रूपको पनि उल्लेख भएको छैन ।ज्ञछड
(१७) एक्रोनिम लेख्नको लागि कोष्ठको प्रयोग –अध्यक्ष, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म (स्क्याफ) –निर्माण व्यवसाय ऐन, २०५५ को दफा १३ (१) को (छ)
(१८) कुनै वैज्ञानिक वा प्राविधिक नाम सोही रूपमा प्रयोग गर्नः ए ०११ एफ.एम.डी. भाइरस ओ. (पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को
अनुसूची को २ नं. आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५ को दफा
१७ को उपदफा (४) (ङ) मा – आयोडिनको मात्रा (पि.पि.एम.मा) भनेर संक्षिप्त नाम लेखिएको देखिन्छ तर उक्त ऐनमा पि.पि.एम.को परिभाषा पनि छैन र यस अघि कहिँ कतै यसको पूर्ण रूपको पनि उल्लेख भएको छैन ।
(१९) दशमलव जनाउने अंकः आठ दशमलव तीन तीन (८.३३)

३.१.१० उद्धरणचिह्न (“ ”र‘ ’)

खास गरी संशोधन ऐनको विधेयक मसौदा तर्जुमा गर्दा उद्धरणचिह्नको प्रशस्त मात्रामा प्रयोग गरिन्छ । “नेपाल न्याय सेवाको” भन्ने शब्दहरूको सट्टा “नेपाल न्याय सेवा र नेपाल लेखापरीक्षण सेवाको” भन्ने शब्दहरू राखिएका छन् । (निजामती सेवा ऐन, (दोस्रो संशोधन)
२०६४ को दफा ८)

 उदाहरण
(क) पद वा पदावलीको अर्थको परिभाषाः परिभाषा दफाबाट (क) “डीन” भन्नाले विश्वविद्यालय अन्तर्गत स्थापित विभिन्न संकायका प्रमुख सम्झनुपर्छ ।
(ख) “साधन–स्रोत परिषद्” भन्नाले दफा १४ बमोजिम साधन–स्रोत परिषद् सम्झनु पर्छ ।
(ग) सैनिक ऐन, २०६३ को दफा २२ को स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “कर्तव्यपालनको सिलसिलामा असल नियतले गरिएको कुनै कार्य” भन्नाले ……..।
(घ) सैनिक ऐन, २०६३ को दफा ८९ (ख) सिटरोल फारामको सक्कलै वा सो फाराम जिम्मा रहेको अधिकारीबाट “सक्कल बमोजिम नक्कल दुरूस्त छ” भनी हस्ताक्षर गरी दिएको नक्कल ।
(ङ) बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४८ को उपदफा
(१) को खण्ड (क) को प्रतिबन्धात्मक प्रावधान तर, “ख” र “ग” वर्गका इजाजतपत्र ।
(टिप्पणीं – बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०६३ को दफा १९ को खण्ड (ख) को प्रतिबन्धात्मक प्रावधानको २ मा ‘घ’ वर्ग भनिएको । यस्तै प्रकृतिको वर्ग उल्लेख गर्दा धेरैजसो ऐनमा दोहोरो उद्धरणकै प्रयोग भएको पाइन्छ । यसरी दोहोरो उद्धरण गरिनु नै एकरूपताका लागि उपयुक्त हुने देखिन्छ ।)
(च) रूपान्तरः “शाही नेपाली सेना” को सट्टा “नेपाली सेना” (सैनिक ऐन २०६३ दफा १४५ (क)
(छ) संक्षिप्त नामको उद्धृतः यस ऐनको नाम “प्रतिलिपि अधिकार ऐन, २०५९” रहेको छ ।

३.१.११ लिपिचिह्न

एउटै पाठ्यसामग्री भित्र सकभर वैकल्पिक लिपिहरूको प्रयोग गर्नुहुदैन । उदाहरणार्थ ‘ण’ को प्रयोग गरे पाठ्यसामग्रीभरि नै यस्तै ‘ण’ लेख्नुपर्छ तर ‘ण’ र ‘राा’ को मिश्रण गर्नुहुदैन । संयुक्त अक्षरहरूको प्रयोग गर्दा पनि भरसक वर्णहरूको अलग पहिचान हुने
लिपिचिह्नको प्रयोगमा जोड दिनु पर्छ । जस्तैः ‘भण्डार’ र ‘भन्डार’ मध्ये ‘भण्डार’ को प्रयोग गर्नुपर्छ ।
३.१.१२ योजकचिह्न (—)

अपूर्ण द्वित्व भई बनेका शब्द र पङ्क्ितका अन्त्यमा शब्द नअटेमा टुक्र्याउनुपर्दा योजकचिह्नको प्रयोग गरिन्छ । व्याकरणको नियम अनुसार आ–आप्mनो, स–साना, भू– संरक्षण, भू–उपयोग, भू–एकीकरण उप–प्रधानमन्त्री, सब–युनिट, ओसार–पसार, सह– प्राध्यापक, पत्र–पत्रिका, सदस्य–सचिव, आय–व्यय, समय–समयमा, गैर–नेपाली, जानी–जानी, दान–दातव्य, हुल–हुज्जत जस्ता शब्दावलीहरूमा योजकचिह्नको प्रयोग भएको पाइन्छ । यद्यपि नेपाली कानूनको लेखन शैलीमा देहायको अवस्थामा
यसचिह्नको प्रयोग गरिन्छ । सवै ऐनहरूमा यस्ता शब्दावलीहरूको प्रयोगमा एकरूपता कायम छैन ।
(क) “भाग” र “परिच्छेद” को क्रम छुट्याउन
भाग – १, परिच्छेद – १,
(ख) “अनुसूची” को क्रम छुट्याउन ज्ञटण्
अनुसूची – १
(ग) “देहाय” पछि लेखिने उपदफा, खण्ड र उपखण्डहरूमा समिति, उपसमिति
वा कार्यटोली जस्ता अंगहरूको पदाधिकारी र सदस्यहरू उल्लेख गर्नु
पर्दा ।
(घ) (३) उपदफा (१) बमोजिमको कल्याणकारी कोष सञ्चालन गर्न देहाय
बमोजिमको सात सदस्यीय एक सैनिक कल्याणकारी कोष सञ्चालन तथा
व्यवस्थापन समिति रहनेछ ः–
(क) प्रधान सेनापति                               – अध्यक्ष
(ख) ……………….                               . – सदस्य
(ङ) ……………..                                    – सदस्य
(सैनिक ऐन, २०६३ को दफा २९ उपदफा (३)

३.१.१३ थोप्ला थोप्लाचिह्न (………)
पछि भर्न सकिने गरी खाली ठाउँ राख्नु पर्दा । यस्तो अभ्यास अनुसूचीमा रहेको शपथ सम्बन्धी व्यवस्थामा पछि नाम, मिति र पद लेख्न तथा
दस्तखत गर्न मिल्ने गरी खाली ठाउँ राख्नका लागि प्रचलनमा रहेको छ । म ……………….. ईश्वरको नाममा, प्रतिनिधिसभाको घोषणा, २०६३ प्रति पूर्ण वफादार रही …………….. पदको … । नाम ः……………. सही ः ……… मिति ः ……………… दस्तखत ः ……………… (नेपाल कानून आयोग ऐन, २०६३ को अनुसूची)

३.१.१४ निम्न रेखाङ्कन (कच) (अण्डरलाइन)चिह्न (—)

कानूनको लेखनमा देहायको अवस्थामा कच चिह्नको प्रयोग (—) गरिन्छः–
(क) लामो त्रुटिमा औद्योगिक व्ययवसा विकास प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

(ख) प्रस्तावना शब्दमा “प्रस्तावना” शब्दको तल । प्रस्तावना ः राष्ट्रको औद्योगिक विकासका लागि उद्यमशीलता, गुणस्तरयुक्त व्यवस्थापन, प्रविधि र प्राविधिक जनशक्तिको खाँचोलाई पूरा गरी उद्योग क्षेत्रको विकासबाटज्ञटज्ञ अर्थ व्यवस्थालाई सबल तुल्याई औद्योगिक व्यवसायको विकास गर्न वाञ्छनीय भएकोले,
(ग) भाग र परिच्छेदको त्रुटिमाः (तर भाग र परिच्छेदलाई कच दिईदैन ।)

                                                                            भाग – २
गाउँ विकास सम्बन्धी व्यवस्था
परिच्छेद – १
गाउँ विकास क्षेत्र, वडा विभाजन र वडा समिति
परिच्छेद – ३
गाउँ विकास सम्बन्धी व्यवस्था
(स्थानीय स्वायत्त शासन ऐन, २०५५)

(घ) दफा उपदफा वा खण्डहरूको त्रुटिमा
३. स्वास्थ्य सेवाको गठनः नेपाल स्वास्थ्य सेवा नामको एक सेवा गठन गरिएको छ ।
तलः सामान्यतः उपदफाको त्रुटि हुँदैन । तर, केही ऐनहरूमा उपदफा वा खण्डहरूकको शीर्षक दिइएको पाइन्छ । यसरी उपदफा वा खण्डहरूको शीर्षक दिइएको अवस्थामा त्यस्तो उपदफा वा खण्डहरूको त्रुटिको तल कच गरिनु पर्छ ।
७. दैनिक तथा भ्रमण भत्ताः(१) ….. देहाय बमोजिम दैनिक तथा
भ्रमण भत्ता दिइनेछ ः–
(क) दैनिक                                                                  भत्ता ः
………………………………………………….. ….. .
(ख) भ्रमण भत्ता ः ………………………………………….
(संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक,
सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३)
(ङ) स्पष्टीकरणमा
स्पष्टीकरणः यस परिच्छेदमा “भवन निर्माण” भन्नाले …………(स्थानीय
स्वायत्त शासन ऐन, २०५५ को दफा १४९)
(च) कोलमको त्रुटिमा कुनै कुनै ऐनहरूका दफा, उपदफा, खण्ड र उपखण्डहरूमा “देहाय बमोजिम” भनी कोलम छुट्याइएको पाइन्छ । यस्तो कोलमहरूमा त्रुटि दिइने प्रचलन समेत रहेको छ । यसरी कोलममा त्रुटि दिइएको भए प्रत्येक कोलमको त्रुटिको तल कच गर्नु पर्दछ ।

२०. सडक निर्माण, सम्भार तथा सुधार दस्तुरः (१) …. देहाय बमोजिमको दरमा सडक निर्माण तथा सम्भार दस्तुर लगाइने र असुल उपर गरिनेछः–
सवारीको किसिम                                                                दर प्रति सवारी
(क) कार, जीप, माइक्रोबस                                            मूल्यको साढे एक

प्रतिशत
(ख) ……………………                                                     ……………………….
(छ) अनुसूचीको शीर्षकमा कतिपय ऐनहरूमा “अनुसूची” को तल, कतिपयमा “…..सँग सम्बन्धित” भन्नेको तल र कतिपयमा दुवैको तल कच गरिएकोपाइन्छ । त्यसको विपरित कतिपय ऐनहरूका अनुसूचीको त्रुटि तल पनि कच गरिएको पाइएको छैन । यस विषयमा एकरूपता हुन सकोस भन्नका लागि अनुसूचीको त्रुटिमा मात्र कच गर्नु उपयुक्त हुन्छ ।

अनुसूची
(दफा १० को उपदफा (७) सँग सम्बन्धित)
शपथ
अनुसूची – १
(दफा ७ को उेपदफा (४) सँग सम्बन्धित)
सेनामा रहने पदहरू
(ज) सूत्रको प्रयोगमा
१८.  निवृत्तिभरण वा उपदानः (१) (क) …………………………….
…….
(ख) ………..वा देहायको हिसावले हुने मासिक निवृत्तभरण
मध्ये कुनै एक रोज्न सक्नेछः–
जम्मा सेवा वर्ष × मासिक पारिश्रमिक
५०
(संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३)

३.१.१५ टेबल

कानूनको तर्जुमा गर्दा सामान्यतः अनुसूचीमा बाहेक अन्यत्र टेबुलको प्रयोगलाई वाञ्छनीय मानिदैन । सम्भव भएसम्म टेबुलको विकल्प खोजिनु पर्छ । अन्य विकल्पहरू भन्दा टेबुलको प्रयोग गर्दा स्पष्टता आउने देखिन्छ भने मात्र उपयोगमा ल्याउनु पर्छ । नेपालमा कानून तर्जुमा गर्दा अनुसूचीमा मात्र नभई ऐनको दफा, उपदफा आदिमा समेत टेबुलको प्रयोग भएको पाइन्छ ।
(क) नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८

पद                       खुल्लाप्रतियोगिताद्वारा                                                          बढुवा

कार्यक्षमताको मूल्यांकनद्वारा           आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा
(क) सहायक पहिलो
तहको पद१००%                                                                 ×                                                          ×
(ख) सहायक दोस्रो
तहको पदमा                                                              ५०% ५०%                                                     ×

(ख) अनुुुसूचीमा टेबुलको प्रयोग ।
(पेश्की खर्च ऐन, २०६३ को अनुसूची – २)
१                        २                            ३                                      ४                                                            ५                                ६

क्रमसंख्या    अनुदान संख्या     शीर्षककोनाम    चालु खर्चतर्फ विनियोजित रकम(रू. हजारमा)          ….. ….                     ……………
१                         ११                 राजदरवार                             १८३३                                                   ……..                         ……….