परिच्छेद- ४ भाषा शुद्धाशुद्धि

परिच्छेद- ४ भाषा शुद्धाशुद्धि

४.१ शब्दको शुरूमा ह्रस्व हुने शब्दहरू

४.१.१ तद्भव शब्दको शुरूमा र शब्दको बीचमातद्भव शब्दको शुरूमा र शब्दको बीचमा इकार र उकार ह्रस्व लेख्नुपर्छ । जस्तैः नुन,
पिरो, नुनिलो, बाहिर, मिलिक्क आदि । तर क्षतिपूर्ति दीर्घीभवनका रूपमा स्वीकारिएका शब्दहरूमा भने बीचको इकार (इ), उकार (उ) लाई दीर्घ (ई, ऊ) लेख्नुपर्छ । यस सम्बन्धी उदाहरण परिशिष्ट–१७ मा दिइएको छ । यद्यपी क्षतिपूर्ति दीर्घीभवनमा परेका यस्ता शब्दमा प्रत्यय लागी बनेका तद्धितान्त शब्दको इकारउकार भने ह्रस्व लेख्नुपर्छ । जस्तैः सिपालु (सीप+आलु), दुधालु (दूध+आलु), स्वीकार्नु
(स्वीकार+नु), बुढ्याइँ (बूढो+याइँ) आदि ।

४.१.२ तत्सम हुँदा शब्दको शुरू र शब्दको बीचमा दीर्घ लेखिने भए पनि तद्भव भइसकेपछि चाहिँ ह्रस्व लेखिन्छ । यस सम्बन्धी उदारण परिशिष्ट–१८ मा दिईएको छ ।

४.१.३ अनुकरणमूलक शब्दको बीचमा आउने इकार ह्रस्व लेख्नुपर्छ । जस्तैः तिरिमिरी, झिलिमिली, आदि ।

४.१.४ निर्मित वा व्युत्पन्न नेपाली नाम शब्दका अगाडि रहेको ‘इ–उ’ ह्रस्व लेखिन्छन्;

४.१.५ आगन्तुक नेपाली नाम शब्दका अगाडि रहेका ‘इ–उ’ ह्रस्व लेखिनछन्ः जस्तै – इँजार,इज्जत, इथर, इनाम, इनामेल, इन्कार, इन्क्लाब, इन्च, इन्जिन, इन्जिनियर, इसारा, डिन, डिपो, डिसेम्बर, थिएटर, पिसाब, पिस्तोल, फिक्री, बिल, बिल्ला, भिटामिन, भिटो, मिनेट,
मियाँ मिल, मिस, सिमेन्ट, हिसाब, हिस्सा, उजुर, उमेर, उर्दी, खुराफात, ट्युसन, तुजुक, तुम्लेट, बुइँगल, बुई, मुआबजा, मुकाबिला, मुलुक, मुस्लिम, सुट, सुब्बा, सुराक, स्कुटर, स्टुडियो, हुक्का, हुलाक आदि ।

४.१.६ वि, नि, निस्, सु, उप, उत्, र्दु उपसर्ग लागेका शब्दहरूको पदादिको इकार उकार ह्रस्व लेख्नुपर्छ । जस्तैः विचार, विनाश, विजय, निपात, निश्चय, नियोग, सुमार्ग, सुकुमार, सुपाच्य, उपचार, उपहार, उपकार, उत्खनन, उत्पात, दुर्गम, दुर्विचार, दुर्बल आदि ।

४.१.७ द्वि, त्रि भएका सङ्ख्यावाची शब्दमा इकार ह्रस्व लेख्नुपर्छ । जस्तैः द्विबाहु, द्विमुख, त्रिकोण, त्रिजटा, त्रिभुज, त्रिपिटक, त्रिशङ्कु, त्रिफला आदि ।
४.१.८ एकभन्दा बढी अक्षर रहेका नेपाली सर्वनाम शब्दका अगाडि आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः तिनी, तिमी, यिनी, उता, उनी, उहाँ आदि ।ज्ञटछ

४.१.९ अव्युत्पन्न नेपाली विशेषण शब्दका अगाडि आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः चिप्लो, चिम्सो, चिल्लो, चिसो, बिटुलो, रित्तो, उज्यालो, उज्झर, उत्ताउलो, उल्टो, खुकुलो, जुम्सो, दुब्लो, सुकिलो आदि ।

४.१.१० सङ्ख्यावाचक नेपाली विशेषण शब्दका अगाडि रहेका इ–उ ह्रस्व हुन्छन् । जस्तैः –त्रिचालिस, त्रिपन्न, त्रिसट्ठी, त्रियासी, त्रियानब्बे, त्रिहत्तर, दुई, उन्नाईस, उनन्तीस, उनन्चालीस, उनन्चास, उनन्साठी

४.१.११ आगन्तुक नेपाली विशेषण शब्दका अगाडि आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः इज्जतदार, इन्सान, इलमी, किताब, जिम्मेदार, दिक्क, दिक्दार, किरायावाला, किस्मती जिद्दीवाल, जिम्मावाल, दिवालिया, निजामती, फिरादी, भिउँटे, मिजासिलो, मिस्कट, सिकारी, सिकिस्त,
सिल्पट, हिम्मती, उम्मेदवार, उम्दा, उस्ताद, कुद्रती, खुनी, खुब, खुलस्त, खुस, गुलाफी, गुल्जार, जुलुमी, दुरूस्त, बुर्जुवा, बुलन्द, मुनासिब, मुफ्त, मुल्तबी, मुलुकी, मुस्किल, सुस्त, हुस्सु इत्यादी ।

४.१.१२ सम्पूर्ण नेपाली धातु (क्रियापदको मूल रूप), कृदन्त (धातुमा प्रत्यय लागेर बनेका नाम,विशेषण र अव्यय पद) र क्रियापदहरूका अगाडि आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः दिई, दिउन्जेल, दिएको, दिएर, लिन, लिनु, लिने, उठ्दा, उठ्न, उठ्ने, उठुन्जेल, उठेको, उठेर,
भुक्ता, भुक्नु, भुक्ने, भुकुन्जेल, भुकेको, भुकेर, तिर्छ, तिर्नेछ, दिन्छ, दियो, लियो, लिनेछ,सिक्यो, हिँड्यो, उभिन्छ, उभियो, सुत्यो आदि ।

४.१.१३ नाम, विशेषण, र अव्ययबाट बनेका नाम धातु (व्युत्पन्न धातु) का अगाडि आउने इ–उह्रस्व लेखिन्छन् । जस्तैः इख्याउ (नु), इच्छाउ (नु), घिनाउ (नु), भित्रि (नु), सिद्धि (नु), दुब्लाउ (नु), धुलि (नु), फुरफुराउ (नु), सुरि (नु), हुनहुनाउ (नु) आदि ।

४.१.१४ वाच्यार्थक क्रिया (कर्म र भाववाच्य जनाउने क्रिया) र वाच्यार्थक कृदन्त शब्दका अगाडि आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः दिइनेछ, दिइन्छ, दिइयो, पिटिनेछ, पिटिन्छ, पिटियो, सिइनेछ, सिइन्छ, सिइयो, उँगिनेछ, उँगिन्छ, उँगियो, उठिनेछ, उठिन्छ, उठियो, सुतिनेछ,
सुतिन्छ, सुतियो, चिरिएर, चिरिने, पिइएको, पिइने, लिइएको, लिइने, सिइएको, सिइने, उदाइएको, उदाइने, उर्लिएको, उर्लिने, लुटिएको, लुटिने, सुतिएको, सुतिने आदि ।

४.१.१५ नेपाली व्युत्पन्न अव्यय शब्दका अगाडि आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः दिउँसै,बिस्तारै, बिहानै, उता, उतिखेर, उतिन्जेल, उतिबेर, उतै, उसरी, उसै, उस्तरी, उहाँ उहिले, मुन्तिर, सुस्तरी आदि ।

४.१.१६ द्वित्व–प्रक्रिया (शब्द वा शब्दांश दोहोरिएर शब्द बन्ने प्रक्रिया) द्वारा बनेका अनुकरणात्मकशब्दका अगाडि आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः किटिक्क, किरकिर, तिरिक्क, चिरचिर,ज्ञटट झिलिमिली, टिनटिन, टिलपिल, तिरतिर, पिलपिल, निथ्रुक्क, मिरमिर, रिमरिम, सिमसिम,
उकुसमुकुस, उथलपुथल, कुपुकुपु, कुपुक्क–कुपुक्क, खुरूखुरू, टुपुक्क, टुप्लुक्क, धुरूधुरू, फुरूक्क, भुसुक्क, मुसुक्क, लुरूलुरू, हुरूकक आदि ।

४.१.१७ नेपाली अव्युत्पन्न अव्यय शब्दका अगाडि आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः इस्, किन, छि, तिर, धिक्कार, निर, भित्र, बिसे, सित, हिजो, उँधो, उँभो, मुनि आदि ।

४.२. शब्दको बीचमा ह्रस्व इ, उ हुने शब्दहरू लेख्नुपर्छ । जस्तैः अतिरिक्त, अतिवाद, अतिशय, अधिकार, अधिवक्ता, अनुहार, अनुकरण,
प्रतिव्रिmया, प्रतिगामी, परिकल्पना, परिव्रmमा, अभियोग, अभिनन्दन आदि ।

४.२.१ अति, अधि, अनु, प्रति, परि, अभि उपसर्ग लागेका शब्दहरूको बीचमाको इकार उकार ह्रस्व लेख्नुपर्छ । जस्तैः अतिरिक्त, अतिवाद, अतिशय, अधिकार, अधिवक्ता, अनुहार, अनुकरण, प्रतिव्रिmया, प्रतिगामी, परिकल्पना, परिव्रmमा, अभियोग, अभिनन्दन आदि ।

४.२.२ इक, इका, इत, इम, इमा, इष्ठ, उक प्रत्ययहरूको इकार उकार ह्रस्व लेख्नुपर्छ । जस्तैः प्राज्ञिक, भाषिक, लेखिका, नायिका, गायिका, रचित, हेलित, पण्डित, स्वर्णिम, अग्रिम, आदिम, गरिमा, नीलिमा, महिमा, कनिष्ठ, वरिष्ठ, गरिष्ठ, जागरूक, भावुक, कामुक आदि ।

४.२.३ प्रत्यय लागेपछि दीर्घ इकारान्त शब्द ह्रस्व लेख्नुपर्छ । जस्तैः दुइटा, उपयोगिता, प्रभावकारिता, दायित्व, स्वामित्व आदि । (अपवादः सतीत्व, स्त्रीत्व आदि) तर पृथक तथा स्वतन्त्र रूपमा प्रयोग हुने दीर्घ इकारान्त शब्दहरू समास भएपछि पनि यथावत् लेख्नुपर्छ ।
जस्तैः भेडीगोठ, जडीबुटी, मैत्रीपूर्ण, बोलीचाली, हाँसीखेली, कोरीबाटी आदि ।

४.२.४ विभिन्न प्रत्ययहरू लागेर बनेका नेपाली व्युत्पन्न नाम शब्दका माझमा आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः दतिउन, सजिउन, कसिङ्गर, धसिङ्गर, पतिङ्गर, कमिनी, अधियाँ, जहानियाँ, बधियाँ, करिया, खसिया, बँधिया, भरिया, मतियार, सँधियार, हतियार, देखाउटी, पुछाउनी,
फुकाउनी, बिसाउनी, जडाउरी, जिताउरी, सिँगाउरी, दतिउन, सजिउन, घँसेउटो, पसेउटो, रतेउली आदि ।

४.२.५ नेपाली अव्युत्पन्न नाम शब्दका माझमा आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैःकमिलो, काइँलो, कात्तिक, खोइलो, घुइँचो, चिडिया, ज्यामिर, धादिङ, घुइमरो, नरिवल, पुरिया, पाइलो, फरिया, बर्दिया, बहिनी, बिमिरो, साइत, सोइलो, कटुस, काउली, कुकुर, कुखुरा,
कुसुन्डो, गउँत, चिउरा, चिउँडो, च्याखुरा, जाउलो, ढुकुर, दार्चुला, निबुवा, पटुका, पाउलो, पाखुरो, पुर्पुरो, फ्याउरो, बटुको, बाउसे, बाजुरा, भुसुनु, रसुवा, रूकुम, साउती, साउन, सिउर, सिन्धुली आदि ।

४.२.६ आगन्तुक नेपाली नाम शब्दका बीचमा आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः अक्सिजन,अख्तियार, अजिमा, अफिम, आइन्दा, इङ्लिस, इन्जिन, इन्जिनियर, एमोनिया, कमिटी, कमिसन, खुफिया, खरिदार, खरिद, गरिब, गुरिल्ला, चिलिम, जागिर, जिकिर, टुँडिखेल,ज्ञटठ टेलिभिजन, ट्रान्जिस्टर, ट्रेनिङ, डिजाइन, डिजिटल, पालिस, पेट्रोलियम, पोलिस्टर, प्रेसिडेन्ट, प्लास्टिक, बिल्डिङ, राइटर, राइफल, रेडियम, रेडियो, लाल्टिन, लिपिस्टिक, वाहियात, सेमिनार, हाकिम, हासिल, अङ्गुर, उजुर, कन्तुर, कसूर, कानून, गजुर, चाबुक, चुकुल,
ताजुब, दस्तुर, ब्लाउज, मजबुत, मजदुर, महसुल, मौसुफ, सबुत, स्काउट, हुकुम, हजुर आदि ।

४.२.७ आगन्तुक नेपाली विशेषण शब्दका बीचमा आउने इ–उ पनि ह्रस्व लेखिन्छन् । जस्तैः अजिब, वाहियात, बुर्जुवा, मजबुत, महसुस आदि ।

४.२.८ अव्युत्पन्न नेपाली विशेषण शब्दका बीचमा आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः अमिलो, उभिन्डो, कटमिरो, कलिलो, खिरिलो, छरितो, धमिलो, सुकिलो, सुरिलो, हरियो, कन्जुस, खुकुलो, दुहुनो, बाटुलो, बिटुलो आदि ।

४.२.९ नाम, विशेषण र अव्ययबाट बनेका नाम धातु (व्युत्पन्न धातु) का माझमा इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः अमिलि (नु), गहि¥याउ (नु), धमिल्याउ (नु), बाउँठि (नु), बाहिरि (नु), गुनगुनाउ (नु), ठिँगुरि (नु), दाउरि (नु), फुरफुराउ (नु), हुनहुनाउ (नु) आदि ।

४.२.१० कृदन्त शब्द इच्छार्थकबाहेक अरू क्रियापद, मिलित क्रिया (एकभन्दा बढी क्रियापद मिलेर बनेको क्रियापद) र मिलित क्रियामूलक कृदन्त शब्दका माझमा आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः उफ्रिएको, उफ्रिएर, उफ्रिँदै, उफ्रिनु, बिग्रिनु, मिल्किनु, सप्रिनु, सकिन्जेल,
गरून्जेल, पठाउन, बोलाउने, मनाउन, सिकाउँदा, गरिन, गरिन्, गर्छिन, गर्दिन, भइथिस्, भइस्, बसाउँछ, बसुँला, हेराउँछ, हेरूँला, सघाउँछ, सघाउँला, गरिबक्सियो, दिइसक्यो, पढिहाल, भनिरह्यो, लेखिदियो, देख्नुहुन्छ, नास्नुभयो, हाँस्नुहुन्छ, आइदिनु, खाइसकेर, गरिरहँदा, पढिसकेको, बसिहाल्नु, लेखिसकेर आदि ।

४.२.११ वाच्यार्थक क्रिया र वाच्यार्थक कृदन्त शब्दका बीचमा आउने इ ह्रस्व लेखिन्छन् । जस्तैः गरिनेछ, गरिन्छ, पढिनेछ, पढिन्छ, पढियो, गरिने, गरिँदा, गरिँदै, पढिएको, पढिँदै, पढिने आदि ।

४.२.१२ विभिन्न प्रत्यय लागि बनेका व्युत्पन्न अव्यय पदका बीचमा इ–उ ह्रस्व हुन्छन् । जस्तैः उतिन्जेल, कतिन्जेल, जतिन्जेल, त्यतिन्जेल, बसिन्जेल, भइन्जेल, मुखिन्जेल, यतिन्जेल, रोजिन्दा, सालिन्दा, अघाउँजी, उघाउन्जेल, कराउन्जेल, खसाउन्जेल, गनाउन्जेल,
तताउन्जेल, मासुन्जेल, रसाउन्जेल, हाँसुन्जेल, अघि, पछि, अगाडि, पछाडि, अहिले, उत्निखेर, उहिले, कतिखेर, कतिबेर, तलतिर, तहिले, मास्तिर, मुन्तिर, यतिखेर, यतिबेर, सामुतिर, सामुन्नेतिर आदि ।ज्ञटड

४.२.१३ अव्युत्पन्न नेपाली अव्यय पदमा माझमा आउने इ–उ ह्रस्व हुन्छन् । जस्तैः खातिर, चाहिने, नगिच, नजिक, बाहिर, सामुन्ने आदि ।

४.२.१४ द्वित्व–प्रक्रियाद्वारा बनेका अनुकरणात्मक शब्दका बीचमा आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः किटिकक, खित्रिक्क, गिलिक्क, झिलिक्क, झिलिमिली, तितरबितर, तिरितिरी, पिर्लिक्क, पिलपिल, फाइँफुइँ, फिरिफिरी, मिरमिर, साइँसुइँ, हाइँहुइँ, कुपुकुपु, कुपुक्क,
खुपुखुपु, खुपुक्क, चुर्लुम्म, फाकफुक, फास्सफुस्स, माक्कमुक्क, मुसुमुसु, सल्र्याङसुर्लुङ आदि ।

४.२.१५ सङ्ख्यावाची शब्दका पछि औँरयौँ जोडिएपछि बीचको इकार ह्रस्व लेखिन्छ । जस्तैः बत्तिसौँ, उनासियौँ आदि ।

४.३. शब्दको अन्तमा ह्रस्व इ, उ हुने शब्दहरू

४.३.१ नाताबोधक र अन्य पुलिङ्गी शब्दको अन्तमा रहेका इ, उ ह्रस्व लेख्नुपर्छ । जस्तैः ज्वाइँ, दाइ, पति, पनाति, भाइ, जेठाजु, दाजु आदि । (अपवादः सम्धी, स्वामी, हात्ती, खसी)

४.३.२ आइ, याइँ, आउ, आरू, आलु, एलु प्रत्यय लागी बनेका शब्दहरूको इकारउकार ह्रस्वलेख्नुपर्छ । जस्तैः पढाइ, लेखाइ, कमाइ, लमाइ, दुस्ट्याइँ, बुढ्याइँ, रोपाइँ, घेराउ, चुनाउ, टिकाउ, बिकाउ, सिकारू, हटारू, बढालु, इखालु, मैतालु, घरेलु आदि ।

४.३.३ अव्यय शब्दको अन्तको इ ह्रस्व लेख्नुपर्छ । जस्तैः अगाडि, पछाडि, वरिपरि, लागि, किनकि, तापनि,चाहिँ ।

४.३.४ परिणाम जनाउने शब्द ह्रस्व लेख्नुपर्छ । जस्तैः कति, यति, उति, जति आदि । अपवादः अरी, ही र हीँ प्रत्यय लागेका यसरी, कसरी, कहीँ, यहीँ, त्यहीँ आदि र लाई विभक्ति भने दीर्घ लेख्नुपर्छ ।

४.३.५ निर्जीव, नपुंसकलिङ्गी वा अमानवीय उकारान्त नाम ह्रस्व लेख्नुपर्छ । जस्तैः आलु, केराउ, बिउ, हिउँ, लिस्नु, तुनु, दुनु, पनिउँ, गुनिउँ, पिँडालु आदि । स्थानवाचक उकारान्त नामः साँखु, मुगु, टेकु, ठाउँ, गाउँ, हेलम्बु, तनहुँ, काहुँ आदि ।

४.३.६ लघु वा प्रिय अर्थमा उकार ह्रस्व लेख्नुपर्छ । जस्तैः कालु, रामु, बच्चु, सानु आदि ।

४.३.७ उकारान्त नाम, विशेषण ह्रस्व लेख्नुपर्छ । जस्तैः भाउ, साहु, बाबु, चालु, उल्लु, छट्टु, ढड्डु, पत्रु, ओभानु, कानु आदि ।

४.३.८ समापक छु र हु व्रिmयापदको अन्तको उकार ह्रस्व लेख्नुपर्छ । जस्तैः म राम्रो छु । म नेपाली हुँ । म फलफूल खान्छु ।

४.३.९ चि, टि, णि, ति, थि, द्धि, धि, नि, पि, भि, मि, रि लि, वि, शि, षि, ष्टि अन्तमा आउने केही शब्दहरू ह्रस्व लेख्नुपर्छ । जस्तैः रूचि, शुचि, त्रुटि, कोटि, पाणि, कृति, गति, मति, क्षति,ज्ञटढ प्रकृति, भक्ति, नीति, प्रणति, कीर्ति, तिथि, सारथि, अतिथि, प्रीति, गीति, सिद्धि, बुद्धि, वृद्धि,
ऋद्धि विधि, निधि, सन्धि, व्याधि, अग्नि, अधीति, शनि, मुनि, ग्लानि, हानि, लिपि, यद्यपि, कपि, नाभि, सुरभि, दुन्दुभि, उर्मि, निमि, रश्मि, गिरि, अरि, कलि, बलि, हावि, छवि, कवि, राशि, कृषि, ऋषि, सृष्टि, वृष्टि, दृष्टि आदि । अपवादः तर नेपालीमा पदान्तमा दीर्घ चलेका
युवती, श्रेणी, सूची, अञ्जली (श्रद्धाञ्जली), आवली (शब्दावली), औषधी, ग्रन्थी (मनोग्रन्थी) आदिलाई दीर्घ लेख्नुपर्छ ।

४.३.१० अन्त्यमा नु, भु, रू, लु भएका शब्दहरू ह्रस्व लेख्नुपर्छ । जस्तैः भानु, शन्तनु, शम्भु, विभु, प्रभु, चरू, गुरू, सुचारू, भीरू, श्रद्धालु, कृपालु, दयालु, ईषर्यालु आदि ।

४.३.११ इ, आइ, आइँ, याइ, याइँ, उ, आउ, उ, नु प्रत्ययहरू लागी बनेका व्युत्पन्न नाम पदका अन्तमा आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः एकाइ, कमाइ, गराइ, चौडाइ, पढाइ, बसाइ, लमाइ, लेखाइ, कजाइँ, चढाइँ, बढाइँ, लडाइँ, छुच्याइँ, छुल्याइँ, पण्डित्याइँ, मुख्र्याइँ, सु¥याइँ,
घेराउ, चुनाउ, जनाउ, झुकाउ, टिकाउ, दबाउ, पक्राउ, सुझाउ, खानु, जानु, पढ्नु, भन्नु, मिल्नु, हाँस्नु आदि ।

४.३.१२ ति प्रत्यय लागेर बनेको सार्वनामिक शब्दको अन्तमा आउने इ ह्रस्व हुन्छ । जस्तैःउति,कति, जति, त्यति, यति आदि ।

४.३.१३ आरू, आलु, आकु, उ, एलु, तु प्रत्ययहरू लागी बनेका विशेषण पदका अन्तमा आउने उ ह्रस्व लेखिन्छन् । जस्तैःठगारू, निमतारू, बजारू, सिकारू, हटारू, खर्चालु, दुधालु, बिखालु, बैँसालु, मायालु, सिपालु, लडाकु, चालु, झल्लु, टट्टु, पत्रु, यात्रु, लग्गु, लागु, घरेलु, बनेलु,
पाल्तु, फाल्तु आदि ।

४.३.१४ तीनै कालका पहिलो पुरूष एकवचनमा आउने क्रियापदका अन्तमा आउने उ ह्रस्व लेखिन्छन् । जस्तैः खाएँछु, गरेँछु, पढेँछु, बसेँछु, हाँसेँछु, खान्छु, गर्छु, पढ्छु, बस्छु, हाँस्छु, खानेछु, भर्नेछु, पढ्नेछु, हाँस्नेछु आदि ।

४.३.१५ अरी, इ, तरी, ती, ही आदि दीर्घ ईकारान्त प्रत्यय लागेर बनेका शब्दहरूबाहेक अन्य व्युत्पन्न अव्यय पदका अन्तमा आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः अगाडि, अघि, पछि, आजभोलि, केजाति, धत्तेरि, पछाडि, भोलिपर्सि, मुखेन्जि, बर्सेनि, सालेनि, दिनहुँ आदि ।

४.३.१६ अव्युत्पन्न अव्यय पदका अन्तमा आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैःअघि, अनि, कि, खालि, खोइ, चाहिँ, तालि, नाइँ, नि, पछि, पनि, पट्टि, पर्सि, पालि, फेरि, माथि, भोलि, मुनि, वरि, सान्ति, हगि, हुँदि, उँ, उहुँ, लु, सामु, हाउ, आदि ।ज्ञठण्

४.३.१७ ई र ती प्रत्यय लागेर बनेका शब्दहरूबाहेक द्वित्व प्रक्रियाद्वारा बनेका अनुकरणात्मक शब्दका अन्तमा आउने इ–उ ह्रस्व लेखिन्छन् । जस्तैः किरिकिरि, किरिरि, चिरिचिरि, चिरिरि, तिरितिरि, तिरिरि, फिरिरि, आनुमानु, कुपुकुपु, खुरूखुरू, छुपुछुपु, टुलुटुलु, लुरूलुरू,
सुरूसुरू, हाउभाउ आदि ।

४.३.१८ देखि, निम्ति र लागि विभक्ति प्रत्यय लागेर बनेका शब्दको अन्तमा आउने इ ह्रस्व लेखिन्छन् । जस्तैःउसका लागि, ज्ञानका निम्ति, बजारदेखि, सहरदेखि आदि ।

४.४ शब्दको शुरूमा दीर्घ हुने शब्दहरू

४.४.१ केही तद्भव नाम पदका अगाडि आउने ई–ऊ दीर्घ लेखिन्छन् । जस्तैःईख, कीट, खीर, चील, नीम, पीठो, पीपल, बीच, भीख, मीत, ऊँट, ऊन, कूत, चूक, छूत, जून, डूँड, दूध, दूबो, पूत, पूँजी, फूल, सूत आदि ।

४.४.२ केही तद्भव विशेषण शब्दका अगाडि आउने ई–ऊ दीर्घ लेखिन्छन् । जस्तैः ठीक, ढीटो, ढीलो, तीखो, तीतो, मीठो, सीधा, कूँजो, जूठो, झूल, टूट, पूरा, रूखो, सूखा आदि ।

४.४.३ केही तद्भव सङ्ख्यावाचक विशेषण शब्दका अगाडि दीर्घ ई को प्रयोग हुन्छ । जस्तैः तीन, बीस, तीस आदि ।

४.४.४ रेफभन्दा अगाडि आएका संयुक्त व्यञ्जनमा इकार उकार दीर्घ लेख्नुपर्छ । जस्तैः कीर्तन, कीर्ति, जीर्ण, दीर्घ, कीर्ण, शीर्षक, मूर्ख, पूर्ति, पूर्व, पूर्ण, शूर्पणखा, ऊर्जा, पूर्ण, धूर्त, वीर्य, ऊधर्व, चूर्ण, कूर्म आदि ।

४.४.५ शब्दका सुरूमा ईक्ष्, ईश्, जीव्, तीक्ष्, दीप्, दूर्, धीर्, प्री, भू, भुष्, मूर्, री, रूप, र्सू आदि भएका शब्दहरूको इकार उकार दीर्घ लेख्नुपर्छ । जस्तैः ईक्षण, ईक्षा, ईश्वर, ईशान, ईश, जीवन, जीवित, तीक्ष्ण, तीक्ष्णता, दीप्ति, दीपिका, दीप, दूरदर्शी, दूरदर्शन, दूरान्वयी, धीर, धीरता, प्रीति, प्रीत, भूत, भूपति, भूमि, भूषण, भूषित, मूर्ति, रीति, रूप, रूपित, रूपिम, रूपायन, सूर्य आदि ।

४.४.६ अन्य केही तत्सम शब्दका पदादिका इकार उकार दीर्घ लेख्नुपर्छ । जस्तैः पूजा, दूत, धूप,सूचना, सूची, शूली, सूतक, भ्रूण, कूप, पूरक, मूल, क्षीण, दीन, नीच, भीरू, शीतल, गीत, टीका, पीडा, सीता, सीमा, पीयूष, नीर, सूक्ष्म, व्रmूर, न्यून, स्तूप, स्थूल, स्फूर्ति आदि ।

४.५ शब्दको बीचमा दीर्घ हुने शब्दहरू

४.५.१ इच्छार्थक व्रिmयाको बीचमा ऊ दीर्घ लेखिन्छन् । जस्तैः जाऊन्, खाऊन्, उढून्, बाँचून् आदि । केही तद्भव नाम र विशेषण पदका बीचमा आउने ई–ऊ दीर्घ लेखिन्छन् । जस्तैः पसीना, मङ्सीर, अछूत, कपूत, कपूर, सपूत, नमीठो, बेठीक, अटूट, अपूतो, अपूरो आदि ।ज्ञठज्ञ

४.५.२ तद्भव सङ्ख्यावाचक विशेषण शब्दका बीचमा आउने ई दीर्घ लेखिन्छन् । जस्तैः उन्नाईस, एक्काईस, बाईस, सत्ताईस, अट्ठाईस, बत्तीस, तेत्तीस, चौँतीस, पैँतीस, छत्तीस, सैँतीस, अठ्तीस, अनन्चालीस, चालीस, एकचालीस, बयालीस आदि ।

४.५.३ भू र कृ धातुबाट बनेका शब्द जस्तैः भवन, भूत, करण, कृत, कार शब्दभन्दा अघिको शब्दको (अभूत तद्भव अर्थमा ’ई’ प्रत्यय लागि बनेको) ई दीर्घ लेखिन्छ । जस्तैः समीभवन, केन्द्रीभूत, उष्मीभूत, समीकरण, एकीकरण, केन्द्रीकृत, स्वीकृत, एकीभाव, स्वीकार, अङ्गीकार
आदि ।

४.५.४ ईय, ईन, अनीय, तीय प्रत्यय लागेका शब्को इकार दीर्घ लेखिन्छ । जस्तैः केन्द्रीय, प्रान्तीय,भवदीय, संसदीय, स्वर्गीय, वर्गीय, दलीय, प्राचीन, नवीन, ग्रामीण, सर्वाङ्गीण, माननीय,स्मरणीय, आदरणीय, कथनीय, पठनीय, द्वितीय, तृतीय आदि । अपवादः राष्ट्िरय, इन्द्रिय,
क्षत्रिय, श्रोत्रिय, गोत्रिय शब्द ह्रस्व लेखिन्छ ।

४.५.५ अन्य केही तत्सम शब्दका बीचमा आउने इकार र उकार दीर्घ लेखिन्छ । जस्तैः अजीव,अव्रmूर, अपूर्ण, अमूल्य, सङ्क्रीण, विपरीत, परीक्षा, सम्पूर्ण, प्रतीक्षा, प्रतिकूल, अतीत, प्रतीक,त्रिशूल, विभिषण, शरीर, समीक्षा, दीक्षा, अभीष्ट, भगीरथ, विदूषक, समीर, उद्दीपन, कुतूहल,
कस्तूरी, पीयूष आदि ।

४.६ शब्दको अन्तमा दीर्घ हुने शब्दहरू

४.६.१ स्त्रीलिङ्गी शब्दहरूमाः केटी, रानी, दिदी, गाई, भैंसी, भाउजू, फुपू, सासू, माइजू, आइमाई, सर्दारनी आदि ।

४.६.२ निर्जीव, नपुंसकलिङ्गी इकारान्त शब्दमाः ठेकी, कोदाली, टोपी, छाती, मसी, कागती, टोपी,आँखी, कपर्दी आदि ।

४.६.३ विशेषण र नामबाट बनेका भाववाचक इकारान्त नामः अमिरी, गरिबी, साझेदारी, इमानदारी, खरदारी, खेती, नोकरी आदि ।

४.६.३ इकारान्त नदीको नामः कन्काई, मेची, सेती, भेरी, कोसी, मादी आदि ।

४.६.४ स्थानवाचक इकारान्त नामः मेची, कास्की, डोटी, गुल्मी, इटली, दिल्ली, जिरी, सिन्धुली, अर्घाखाँची ।

४.६.६ स्थानवाची विशेषणको अन्तको इकारः झापाली, पाल्पाली, गुल्मेली, स्याङ्जाली, अमेरिकाली, रसियाली, अफ्रिकी, जुम्ली, सुर्खेती आदि ।
४.६.७ जात, थर, पेसा बुझाउने शब्दको अन्तको इकार र उकारः अधिकारी, राई, कामी, छेत्री, लिम्बू, गुरागाईँ, भट्टराई, बजगाईँ, नाऊ, ज्यापू, थारू, पुजारी, डकर्मी आदि ।ज्ञठद्द

४.६.८ जाति, वर्ग, भाषा आदि जनाउने अन्तिम इकार र उकारः नेपाली, अङ्ग्रेजी, बङ्गाली, हिन्दी, तेलगू, उर्दू आदि ।

४.६.९ सर्वनाम शब्दको अन्तको इकार र उकारः तिमी, हामी, उनी, यी, ती, तपाईँ, आफू, उ, आदि ।

४.६.१० विशेषणको अन्तको इकारः खाली, अल्छी, जाती, पाजी, लाछी, सिल्ली, दामी, असली, कानूनी, देखावटी आदि ।

४.६.११ ’छु’ र ’हु’ बाहेकका सम्पूर्ण समापक व्रिmयापदको अन्तको इकार र उकार दीर्घ लेखिन्छ । जस्तैः गई, पढी, जाऊ, खाऊ, बसूँ, हेरूँ आदि । बहिनी घर गई । बहिनीले उपन्यास पढी । (स्त्रीलिङ्गी प्रयोग)

४.६.१२ ’एर’ प्रत्ययान्त कृदन्त व्रिmयाका सट्टामा प्रयोग हुने ’इ’ दीर्घः खाई (खाएर), बसी (बसेर), गरी (गरेर) आदि ।

४.६.१३ री, अरी, तरी, ती र ई मा टुिङ्गने शब्दहरू दीर्घ लेखिन्छ । जस्तैः यसरी, उसरी, यस्तरी,उस्तरी, कसरी, कस्तरी, राम्ररी, बरबरी, सरसर्ती, फनफन्ती, ट्वालट्वाल्ती, तरतरी, सरासरी, फिरिरी, सिरिरी, तिरिरी आदि । अनी, अन्ती, आउटी, आउनी, आउरी, आँची, आई, आनी, आरी, आँसी, ई, एउरी, एउली, एटी, एरी, एली, औटी, औडी, औती, औनी, औरी, औली, ती, यौडी, यौली, वारी प्रत्ययहरू लागी बनेका व्युत्पन्न नाम शब्दका आरी, आँसी अन्तमा आउने ई दीर्घ लेखिन्छ । जस्तैः उब्जनी, कटनी, चटनी, छँटनी, झटनी , ढकनी, पचनी, पँजनी, मगनी, रटनी, सुर्कनी, सोधनी, उडन्ती, घोकन्ती, धावन्ती, भिडन्ती, मिठाई, फुकाउनी, बिसाउनी, भेटाउनी, मेटाउनी, लेखाउनी, सुर्काउनी, छेकाउरी, खेलाँची, कटानी, चिरानी, ढुवानी, पापानी, मदानी, रिसानी, लोभानी, सिरानी, चुल्याँसी, इमान्दारी, कट्टी, कालिगढी, खोपी, गरिबी, चित्रकारी, चोरी, छुट्टी, ट्याङकी, पत्थरी, कँधेउरी, दँतेउरी, हतेउरी, बुढेउली, रतेउली, चिप्लेटी, पलेँटी, पोतेरी, मितेरी, जुरेली, तरेली, कसौटी, धरौटी, रखौटी, पकौडी, कचौडी, चुनौती, थमौती, पनौती, पुछौनी, बिलौनी, बिसौनी, जडौरी, जितौरी, तिलौरी, सिँगौरी, उँधौली, उँभौली, उठ्ती, घुम्ती, चल्ती, फिर्ती, बस्ती, भर्ती, हत्यौडी, ठट्यौली, पुख्र्यौली, पुस्त्यौली, बुढ्यौली, रत्यौली, हँस्यौली, पटवारी, फाँटवारी, महिनावारी, रखवारी आदि ।

४.६.१४ आगन्तुक नाम शब्दका अन्त्यमा आउने ई दीर्घ लेखिन्छ । जस्तैः अल्काई, आल्मारी, उर्दी, एजेन्सी, ऐलानी, कफी, कार्बाही, खुबी, गल्छी, गलबन्दी, गुलाफी, ज्यादती, झ्याली, टर्की, नास्पती, निजामती, नोकरी, बहाली, फौजदारी, मर्जी, मस्ती, मिनी, मुन्सी, मुसी, रक्सी,
रजिस्टरी, रिकापी, रेफ्री, सिकर्मी, सेक्रेटरी, हिप्पी आदि ।ज्ञठघ

४.६.१५ अन्त्यमा मती, वती प्रत्यय लागेका शब्दहरू दीर्घ लेखिन्छन् । जस्तैः श्रीमती, रूपवती, अमरावती, भगवती, सौभाग्यवती, कान्तिमती, गर्भवती आदि ।

४.६.१६ अन्त्यमा ’वी’, ’ई’ प्रत्यय लागेका शब्दहरू दीर्घ लेखिन्छन् । जस्तैः तेजस्वी, यशस्वी, मायावी, मेधावी, ओजस्वी, तपस्वी, संयमी, विद्रोही, स्वामी, गुणी आदि ।

४.७ हलन्तअजन्त सम्बन्धी नियम व्यञ्जन वर्णलाई हल र स्वर वर्णलाई अच् भन्दछन् । नेपाली भाषामा पदहरू दुई किसिमबाट
उच्चारित हुन्छन् –अजन्त (स्वर अन्तमा हुने) र हलन्त (व्यञ्जन अन्तमा हुने) । लेख्य नेपाली भाषामा अजन्त र हलन्त छुट्टयाउने आधार कथ्य नेपाली भाषाको उच्चारणव्यवस्था नै हो तापनि कतिपय नेपाली शब्दहरूको उच्चारण हलन्त हुन्छ तर तिनलाई लेख्य रूप दिँदा अजन्त (‘अ’
स्वरसहित) प्रयोग गर्ने चलन पाइन्छ । नेपालीमा ङ, छ, ट, ठ, ड, ढ, द, ह लाई आधा अक्षरमा लेख्न नमिल्ने भएकाले यी वर्णलाई आधा लेख्नुपर्दा सधैँ हलन्त लेख्ने चलन छ । हलन्त सम्बन्धी केही सामान्य उदाहरण निम्नानुसार छन्ः

४.७.१ नाम, सर्वनाम र विशेषण उच्चारण गर्दा अन्तमा हलन्त भए पनि लेख्दा अजन्त लेखिन्छ । जस्तैः भात, झ्याल, काम, धान, धुतार, असल, खराब आदि ।

४.७.२ प्रत्यय लागेपछि पदमध्यमा परेको नाम शब्द पनि अजन्त लेखिन्छ । जस्तैः इमानदार, जमिनदार, लेखनदास आदि । अपवादः तर झन्, हजारन्, कैयन् जस्ता शब्दहरू भने उच्चारणअनुसार नै लेखिन्छ ।

४.७.३ अनुसरणात्मक द्वित्व शब्दमा हलन्त उच्चारण भए पनि अजन्त लेखिन्छ । जस्तैः फरफर, सरसर, फनफन, मिरमिर, खलखल, चमचम ।

४.७.४ व्रिmयापदमा उच्चारन अनुसार लेखिन्छ । जस्तैः तँ, भन्, भनेस्, आएस्, भनिन्, पढिन्, भन्छ, भन्दिनँ, भन्यो, खानु, भत्रु आदि ।

४.७.५ अन्त्यमा वत्, वान्, मान्, क्, ग्, ट्, त्, द्, न्, प्, म् आउने केही शब्दहरू हलन्त लेखिन्छ । जस्तैः पूर्ववत्, विद्वत्, यावत्, दण्डवत्, भगवान्, विद्वान्, ऋक्, प्राक्, पृथक्, दिक्, ऋग्, सम्राट्, जगत्, अर्थात्, अकस्मात्, साक्षात्, पश्चात्, विद्युत्, विपत्, आपत्, संसद्, सभासद्,
बृहद्, भाषाविद्, महान्, अनुष्टुप्, स्वयम्, शुभम्, एवम्, अहम्, स्वागतम् आदि ।

४.७.६ ‘य’, ‘व’, ‘ह’ अन्तमा आउने पदहरूमा अजन्त प्रयोग हुन्छ । जस्तैः अव्यय, आय, क्रय, काय, जय, जलाशय, तय, धेय, निर्णय, प्रणय, प्रत्यय, पिताशय, पूर्वीय, पेय, भय, मय, व्यय, विजय, विनय, विषय, सञ्जय, सहाय, हेय, ध्रुव, नव, भव, यव, वासव, उत्साह, ओह,
गह, ग्रह, चहचह, चाह, टहटह, डाह, तह, थाह, दह, दाह, निर्वाह, प्रवाह, मोह, मह, रह, वराह, वाह–वाह, विदेह, विवाह, सल्लाह, सह, साह, सिंह आदि ।ज्ञठद्ध

४.७.७ संयुक्त व्यञ्जन अन्तमा हुने पदमा अजन्तको प्रयोग हुन्छ । जस्तैः अजन्त, अन्न, अन्य, आम्र, इस्ट, अन्मत्त, उष्ण, कथ्य, कम्प, कर्तव्य, कलङ्क, कल्प, काव्य, कृष्ण, गन्ध, ग्रन्थ, ग्राह्य, गुल्म, घट्ट, चङ्ख, चन्द्र,चिह्न, चैत्य, छन्द, छत्र, जङ्ग, जयन्त, झुस्स, टङ्क, डक्क, ढङ्ग,
तथ्य, तुरून्त, त्रिपन्न, दन्त, दन्त्य, दण्ड, द्रव्य, दिव्य, दुःस्वप्न, दृश्य, धन्य, नन्द, नष्ट, नाट्य, नित्य, निमित्त, पञ्च, पत्र, पद्य, प्रान्त, पुण्य, पुष्प, बन्द, बन्दोबस्त, बिम्ब, बुद्ध, भक्त, भग्न, भट्ट, भस्म, भ्यात्त, मञ्च, मत्त, मद्य, मन्त्र, महन्त, यन्त्र, विश्व, शाक्य, सत्य,
सन्च, सन्त, हलन्त आदि । अपवादः विशेष गरी अङ्ग्रेजी स्रोतबाट आएका आगन्तुक शब्दका संयुक्त व्यञ्जन अन्तमा
हुने पदमा हलन्त उच्चारण भए पनि ‘अ’ स्वरसहित लेखिन्छ । जस्तैः करेन्ट, पम्प, फिल्ड, बल्ब, बेन्च, ब्याङ्क आदि । एकाक्षरी पदमा ‘अ’ स्वरसहित लेखिन्छ । जस्तैः छ, त, तँ, म, र, ल, हँ आदि ।

४.७.८ सङ्ख्यावाचक केही शब्दहरू अजन्त लेखिन्छन् । जस्तैः छ, एघार, बार, तेर, चौध, पन्ध्र, सोर, सत्र, अठार, एकाउन्न, बाउन्न आदि ।

४.७.९ केही अव्यय पदहरू ‘अ’ स्वरसहित लेखिन्छन् । जस्तैः अब, आज, उतिखेर, कब, जब, तब, तर , नत्र, नेर, पर, पल्ट, बाहिर, यतिखेर, वर, वरपर, सँग, सित आदि ।

४.७.१० केही कृदन्त शब्दहरू अजन्त लेखिन्छन् । जस्तैः आउन, आएर, गएर, गर्न, जान, झिकेर, झिक्न, पढेर, पढ्न, भागेर, भाग्न, रटेर, लगेर, लेख्न, हाँस्न आदि ।

४.७.११ केही क्रियापदहरू अजन्त लेखिन्छन् । जस्तैः अट्छ, छैन, पढेछ, घोक्तैन, घोकेन, बसेन, लेखेछ, हाँसेछ आदि ।

४.७.१२ केही अनुकरणात्मक शब्दहरू अजन्त लेखिन्छन् । जस्तैः अकमक्क, अलमल्ल, क्वाप्प, कुप्लुक्क, खत्त, खतत, खल्ल, च्वाट्ट, जिङ्रिङ्ग, ठ्याम्म, ठिङ्ग, प्याट्ट, सलल, हलल, ह्वाल्ल आदि ।

४.७.१३ समस्त शब्दका अघिल्ला र पछिल्ला या कुनै एक पदका अन्तका वर्णको हलन्त उच्चारण भए पनि त्यस्ता पदहरूको ‘अ’ स्वरसहित लेखन हुन्छ । जस्तैः कनफट्टा, कपडछान, कलमुखा, कागजपत्र, कालजिब्रे, गोडधुवा, दसपन्ध्र, दालभात, दोधार, पेटभर, पोहोरपरार, लालपुर्जा आदि ।

४.८ ब र व को प्रयोग सम्बन्धी नियम तत्सम शब्दहरूले हाम्रो भाषाका ब र व वर्णको लेखन व्यवस्थालाई निकै जटिल बनाएका छन् ।
तत्सम शब्दमा सबै ठाउँमा उच्चारणअनुसार व को प्रयोग हुँदैन । कवि, देवकी, मानव, रवि, वन, वसन्त, शिव, सविता जस्ता धेरै शब्दमा ब को उच्चारण भए पनि व लेखिन्छ भने ईश्वर, कवित्व,ज्ञठछ तपस्वी, विश्व, व्यक्तित्वजस्ता संयुक्त वर्णका रूपमा व आउने केही शब्दमा मात्र उच्चारणअनुसार व को प्रयोग हुन्छ । बल, बालक, बुध, बुद्ध, लब्ध, शब्दजस्ता पदहरूमा चाहिँ ब बोलेर ब नै लेखिन्छ पनि । तत्सम बाहेकका सबै तद्भव र आगन्तुक शब्दहरूमा भने उच्चारणअनुसार ब र व लेख्ने सरल व्यवस्था छ ।

४.८.१ तद्भव र आगन्तुक शब्दमा उच्चारणअनुसार ‘ब’ अथवा ‘व’ लेखिन्छ । जस्तैः ‘ब’ को उच्चारणः काबन्दी, बकुल्लो, बखत, बापत, बाकस, बाल्टी, बहिनी, बाछिटो, बाटो, बाहिर, बाङ्गो । ’व’ को उच्चारणः वकिल, वजन, वाकवाक, वारपार, वारिस, बेवास्ता आदि ।

४.८.२ शब्दादिमा बन्ध, ब्रह्म, बृह, बहिस्, बहु, बाध, बाल, बुध, आएका शब्दमा ‘ब’ लेखिन्छ । जस्तैः बन्धु, बन्ध, बद्ध, ब्रह्मा, ब्राह्मी, ब्राह्मण, बहिरङ्ग, बहिष्कार, बृहस्पति, बहुब्रीहि, बहुमत, बहुरङ्ग, बाधक, बाध्य, बालक, बालिका, बुद्ध, बोध, बोधार्थ आदि ।

४.८.३ म् पछि र द्, ध् भन्दा पहिले आएमा ‘ब’ लेख्नुपर्छ । जस्तैः अम्बिका, चुम्बन, सम्बन्ध, अम्बर, शब्द, शताब्दी, स्तब्ध, क्षुब्ध, लब्ध, अब्धि, उपलब्धि आदि ।

४.८.४ वद्, वञ्च, वृ, वच्, विद्, विश्, वह्, विच्, वृत्, जीव् धातुबाट बनेका शब्दमा ‘व’ लेखिन्छ । जस्तैः वाद, वदन, वञ्चन, वञ्चित, वृत, परिवृत, संवृत, वरण, संवरण, वर, वचन, वाच्य, वक्ता, वक्तव्य, वाक्य,प्रवचन, वाचन, विद्या, विद्वान, विद्वता, वेद, वेदना, निवेदन, प्रवेश,
प्रविष्टि, आविष्टन, आवेग, वाहक, वहन, प्रवाह, वृित्त, वर्तन, वार्तिक, जीवन, जीवित, जीविका आदि ।
संस्कृतमा नै व र ब दुवै वैकल्पिक रूपमा चलेका शब्दमा ’ब’ लेखिन्छ । जस्तैः बाण, बिन्दु, बिम्म

४.८.५ अव, वि, उपसर्गमा ‘व’ लेखिन्छ । जस्तैः अवहेलना, अवकाश, अवगत, अवचेतन, अवतार, अवनति, अवरोध, विकास, विकल, विव्रmेता, विकिरण, विज्ञान, विधान, विधाता, विवेक, विवाद, विरोध, विराग, विशेष आदि ।

४.८.६ तव्य, त्व, वत्, वान्, वती प्रत्येय लागेका शब्दमा ‘व’ लेखिन्छ । जस्तैः गन्तव्य, भवितव्य, वक्तव्य, नेतृत्व, स्वत्व, सतीत्व, पूर्ववत्, आत्मवत्, गुणवान्, दयावान्, धनवान्, पुत्रवती, गर्भवती, भगवती, गुणवती, मेधावी आदि ।

४.८.७ अङ्ग्रेजी स्रोतबाट आएका आगन्तुक शब्दमा उच्चारणअनुसार ‘व’ को प्रयोग हुन्छ । जस्तैः पावर, वन, वर्क, वाइफ, वाटर, वायरलेस, वारेन्ट, वार्ड, वार्डेन, विक, वे, वेजेज, वेट, वेल, वेस्टेज, ह्वाट, ह्वेल आदि ।

४.८.९ अरबी स्रोतबाट आएका आएका अगन्तुक नेपाली शब्दमा उच्चारणअनुसार ‘व’ को प्रयोग हुन्छ । जस्तैः जवाफ, जवाहिरात, जिम्मेवार, तरव, नवाफ, रिवाज, वकालत, वकिल, वजन,ज्ञठट वजिर, वतन, वारिस, वारिसनामा, वारेस, वार्दात, वासलात, वास्ता, सवार, हलुका, हवाला
आदि ।

४.८.१० वारी, वाल, वाला फारसी प्रत्यय लागेर बनेका शब्द र फारसी स्रोतबाट आएका अन्यपदहरूमा उच्चारणअनुसार ‘व’ को प्रयोग हुन्छ । जस्तैः फाँटवारी, रखवारी, महिनावारी, खेतीवाल, छर्रावाल, जिम्मावाल, पिस्तोलवाला, बहालवाला, हकवाला, कावा, देवानी, मेवा, रवाना, रवाफ, लावालस्कर, वस्ताद, वापस, वापसी, वाहियाती, सवारी, हावा आदि ।

४.८.११ नेवारी स्रोतबाट आएका आगन्तुक नेपाली शब्दमा उच्चारणअनुसार ‘व’ को प्रयोग हुन्छ । जस्तैः क्वाँटी, ज्यावल आदि ।

४.९. शिरबिन्दु, चन्द्रबिन्दु र पञ्चमवर्णको प्रयोग सम्बन्धी नियम

४.९.१ शिरबिन्दु र चन्द्रबिन्दु दुवैको नाके उच्चारण हुन्छ तापनि यी दुवैमा भिन्नता छ । शिरबिन्दुको उच्चारणमा नाकबाट मात्र सास निस्किन्छ भने चन्द्रबिन्दुको उच्चारणमा नाक र मुख दुवै ठाउँबाट सास निस्कन्छ । शिरबिन्दु र चन्द्रबिन्दुलाई छुट्टयाउने मूल आधार उच्चारण नै हो । तद्भव र आगन्तुक नेपाली शब्दमा शिरबिन्दुको उच्चारण पाइँदैन, चन्द्रबिन्दुको मात्र उच्चारण पाइन्छ ।

४.९.२ तद्भव र आगन्तुक शब्दमा आउने अनुनासिक स्वरलाई उच्चारणअनुसार नै चन्द्रबिन्दु ( ँ) लेखिन्छ । जस्तैः चन्द्रबिन्दुः काठमाडौँ, हुँदा, गरिँदै, दसैँ, गएँ, खाएँ, नवौँ, पाँचौँ, काँठ, आँप, अँध्यारो, गाउँछ, आउँछ, उँभो, सँग आदि ।

४.९.३ शिरबिन्दुः य, र, ल, व, श, ब, स, ह का अघि अनुनासिक उच्चारण भएमा शिरबिन्दु प्रयोग गरिन्छ । जस्तैः संसार, हंस, अंश आदि ।

४.९.४ आगन्तुक र तद्भव शब्दमा रहेको पञ्चम वर्णलाई उच्चारणअनुसार ‘ङ’, ‘न’ र ‘म’ नै लेखिन्छ । जस्तैः करङ, अङ्ग्रेजी, चङ्गा, सन्चै, झन्झट, जन्जाल, टन्टा, इन्जेक्सन, अङ्गुर, पन्ध्र, कम्पाउन्डर, लन्डन, सेन्टर, जिन्सी आदि ।

४.१० श, ष र स को प्रयोग सम्बन्धी नियम

४.१०.१ आगन्तुक शब्दमा रहेको श, ष र स मध्ये दन्त्यसकार मात्र लेखिन्छ । जस्तैः सिफारिस, सुरू, रूस, रजिस्ट्रेसन, सहर आदि ।
अपवादः तर तालव्य श लेख्ने गरिएका नाम, थर र पदवीमा भने तालव्य ’श’ नै प्रयोग गरिन्छ । जस्तैः जोशी, शाह, कुशवाह, शेर्पा, शेरबहादुर, शाहजादा, शाहजादी आदि ।

४.१०.२ शस्, शिष्, शास्, शुच्, शुष्, दृश्, श्रु, शुभ्, श्वस्, शिक्ष्, शंस् आदि धातुबाट बनेका शब्दमा ‘श’ लेखिन्छ । जस्तैः शस्त्र, शस्य, शिष्य, शेष, शिष्ट, विशिष्ट, शासन, शास्त्र,ज्ञठठ शरभ, शासक, शुचि, शुष्क, शोषित, दर्शन, दर्शक, दृश्य, श्रुति, श्रवण, श्रावण, शुभ, शोभा, शोभित, श्वास, विश्वास, प्रशंसा, शिक्षक, शिक्षा, शिक्षण आदि ।

४.१०.३ ऋ च, र, ल भन्दा पहिले सामान्यः ‘श’ लेखिन्छ । जस्तैः पश्चात, पश्चिम, निश्चय, आश्चर्य, पाश्चात्य, शृङ्गार, विश्राम, आश्रम, अश्रु, श्लेष, श्लिष्ट आदि ।

४.१०.४ निम्नलिखित शब्दको अन्तमा ’श’ लेखिन्छ । जस्तैः अक्षरशः, व्रmमशः, प्रायशः, शतशः, सहस्रशः आदि ।

४.१०.५ निम्नलिखित शब्दमा ‘श’ लेखिन्छ । जस्तैः शशी, शिशु, शैशब, शशाङ्क, शाश्वत, शकुन्तला, गणेश, शालग्राम, श्याम, राशि, श्रेष्ठ, शूद्र, त्रिशूल, श्राप, आशुकवि, शोभन, वैशाख, यशोधरा, शिशिर, वैश्य, शुश्रूषा, आशा, शक्ति, शीत, आशीर्वाद, केश, कोश आदि ।

४.१०.६ कृष्, पुष्, भाष्, भूष्, शिष्, शुष् धातुबाट बनेका शब्दमा (ष्) लेखिन्छ । कृषि, आकर्षण, कृषक, निकृष्ट, पुष्टि, पोषण, पोषित, पौष, पौष्य, भाषा, भाषण, भूषण, भूषित, आभूषण, शिष्ट, शिष्य, शुष्क, शोषण, शोषक आदि ।

४.१०.७ क, ट, ठ, ड, ढ, ण, प भन्दा पहिले ‘ष’ लेखिन्छ । जस्तैः निष्कर्म, पुष्कर, मस्तिष्क, बहिष्कार, परिष्कार, निष्कलङ्क, दृष्टि, स्पष्ट, नष्ट, धृष्ट, पृष्ट, काष्ठ, ओष्ठ, गरिष्ठ, वरिष्ठ, निष्ठा, षोडश, आषाढ, विष्णु, कृष्ण, तृष्ण, पुष्प, पुष्पा आदि ।

४.१०.८ निम्नलिखित शब्दहरूमा ‘ष’ लेखिन्छ । जस्तैः ईष्र्या, भेष, कोष, ऋषि, भीष्म, ग्रीष्म, हर्ष, वर्षा, वर्ष, उत्कर्ष, निमेष, प्रेषक, विषाद, विष, भेष, द्वेष, ऊष्म, विषय, आशिष् आदि ।

४.१०.९ स, सु, सत्, सम्, सह, स्व, स्वयम् जोडिएका शब्दमा ‘स’ लेखिन्छ । जस्तैः सफल, सगोल, सपत्नी, सचेत, सबल, सस्नेह, सादर, सकाम, सुनील, सुशील, सुयोग्य, सुभाषित, सुपात्र, सुवर्ण, सुयोग, सुशान्त, सुयश, सुवास, सत्कार्य, सदिच्छा, सद्गसति, सत्प्रयास, सदाचार,
सद्भावना, सन्मार्ग, सम्पित्त, संस्कार, समीक्षा, सम्पादक, संयुक्त, सङ्गोष्ठी, संक्षेप, सम्मुख, सहप्राध्यापक, सहसचिव, सहयोग, सहकार्य, सहकार, सहचार्य, सहसम्पादक, स्वकर्म,स्वकीय, स्वचालित, स्वच्छ, स्वच्छन्द, स्वरूप, स्वर्ग, स्वर्ण, स्वयम्भू, स्वयंवर आदि ।
४.१०.१०स्था, स्मृ, स्फुट्, स्ना आदि धातुबाट बनेका शब्दमा ‘स्’ लेखिन्छ । जस्तैः स्थान, स्थापत्य,
स्थित, प्रस्थान, उपस्थिति, स्मरण, स्मृति, स्मारक, स्तुति, स्फुरण, स्फूर्ति, स्नातक, स्नान,
स्नायु आदि ।

४.१०.११निम्नलिखित शब्दमा ‘स’ लेखिन्छ । जस्तैः साक्षात्, साक्षी, तेजस्वी, रजस्वला, राजसी, प्रयास, मस्तक, रहस्य, हिंसा, साहस, मास, मांस, वासुदेव, सरस्वती, असीमित, उत्सुक, प्रहसन, रस, पुस्तक, शासन, नमस्कार, स्पर्श, स्त्री, साधु, स्तन, सघन आदि ।ज्ञठड

४.१०.१२वेला, वार (आइतवार, बुधवार), वस्तु, संस्कृत तत्सम शब्द भएकाले यिनलाई तत्सम वर्णविन्यासअनुसार लेखिन्छ ।
द्रष्टव्यः तत्सम शब्दमा मात्र ञ, ण, ऋ, क्ष, ज्ञ, श, ष को प्रयोग हुन्छ ।

४.११ य, ए र ये को प्रयोग सम्बन्धी नियम

४.११.१ तत्सम (संस्कृत) शब्दमा त्यहाँअनुसार ‘ए’, ‘य’ र ‘ये’ को प्रयोग हुन्छ भने तद्भव र आगन्तुक नेपाली शब्दमा ‘ये’ को प्रयोग छैन, ‘ए’ र ‘य’ को मात्र प्रयोग छ । तद्भव र आगन्तुक नेपाली शब्दमा ‘ए’ र ‘य’ को प्रयोगको मूल आधार उच्चारण हो ।

४.११.२ निम्नलिखित शब्दमा ‘य’ लेखिन्छ । जस्तैः यज्ञ, यम, यक्ष, यत्र, योग, याचना, यन्त्र, प्रत्येक, जयेन्द्र, ध्येय, विजय, अविजेय, गेय, प्रणेय आदि ।

४.११.३ निम्नलिखित शब्दमा ‘ए’ लेखिन्छ । जस्तैः एक, एतत्, एकान्त, एवम्, एक, एकता, एकादश, एकीभूत आदि । सबै क्रियापदमा उच्चारण अनुसार ‘ए’ लेखिन्छ । जस्तैः खाएँ, खाए, गएँ, गए, दिएँ, दिए, पढाएँ, पढाए, लिएँ, लिए, लेखाएँ, लेखाए, हँसाएँ, हँसाए आदि, आएका थिए,
आएका थियौ, आएको थियो, आएको थिएँ, दिएका थिए, दिएका थियौ, दिएको थियो, दिएको थिएँ, लिएका थिए, लिएका थियौ, लिएको थियो, लिएको थिएँ, खाएन, गएन, दिएन, पाएन, पिएन, भएन, रोएन, खाएँछु, खाएनछौ, खाएनछ, गएँछु, गएनछौ, गएनछ, लिएनछौ,
लिएनछ, भएनछ, खाएस्, गएस्, पाएस्, भएस्, लिएस्, सिएस् आदि ।

४.११.४ कृदन्त विशेषण र अव्यय पदमा ‘ए’ को प्रयोग हुन्छ । जस्तैः आएको, खाएको, खुलाएको, गएको, पाएको, भएको, ल्याएको, सताएको, समाएको, हल्लाएको, आएर, खाएर, खुलाएर, गएर, पाएर, भएर, ल्याएर, सताएर, समाएर, हल्लाएर आदि ।

४.११.५ सङ्ख्यावाचक शब्द र सङ्ख्या तद्धितान्त (सङ्ख्यावाचक मूल शब्दबाट बनेका) शब्दमा ‘ए’ को प्रयोग हुन्छ । जस्तैः एक, एघार, एक्काइस, एकतीस, एकचालिस, एकाउन्न, एकसट्ठी, एकहत्तर, एकासी, एकानब्बे, एउटा, एकवटा, एकचालीसौँ, एकतीसौँ, एकनास, एकाइ,
एकान, एकान्त, एकोहोरे, एक्का, एक्काईसौँ, एक्लो आदि ।

४.११.६ आगन्तुक (खासगरी अङ्ग्रेजी स्रोतबाट आएका) नेपाली शब्दमा ‘ए’ को प्रयोग हुन्छ । जस्तैः एकड, एक्सरे, एक्स्चेन्ज, एग्रिमेन्ट, एजुकेसन, एजेन्ट, एजेन्डा, एजेन्सी, एटर्नीजनरल, एडिटर, एडिसन, एप्याइन्टमेन्ट, एभरेस्ट, एम्नास्टिइन्टरनेसनल, एम्बुलेन्स, एयर,
एयरलाइन्स, एरोड्रम आदि ।

४.११.७ सर्वनाम र सर्वनामबाट बनेका तद्भव शब्दमा ‘य’ को प्रयोग हुन्छ । जस्तैः त्यता, त्यति, त्यतिको, त्यतिखेर, त्यतिन्जेल, त्यस, त्यसरी, त्यसै, त्यसो, त्यस्तरी, त्यस्तै, त्यहाँ, त्यहीँ, यता, यति, यतिको, यतिखेर, यतिन्जेल, यस, यसरी, यसै, यसो, यस्तरी, यस्तै, यहाँ, यहीँ,ज्ञठढ
यहीँनेर आदि अन्य केही तद्भव शब्दमा ‘य’ को प्रयोग हुन्छ । जस्तैः खयर, घायल, पयठ, पयर, बयर, बयल, बयलिनु, मयल, सय आदि ।

४.११.८ विभिन्न स्रोतबाट आएका आगन्तुक नेपाली शब्दमा ‘य’ को प्रयोग हुन्छ । जस्तैः एअर, टायम, टायर, डायरी, डायल, फायल, कायल, गयल, गायब, दायर, दायरा, मयलपोस, यकिन, यँचा, सजाय, सयल आदि ।

४.१२ इ, ई र यि, यी को प्रयोग सम्बन्धी नियम

४.१२.१ कथ्य नेपाली भाषामा इ, ई र यि, यी को उच्चारण उस्तै सुनिन सक्छ । तापनि प्रस्तुत वर्णहरूको प्रयोग सन्दर्भ भिन्न–भिन्न छ । लेख्य नेपाली भाषामा व्यवस्थित व्याकरणिक नियमका आधारमा उक्त वर्णहरूको सही प्रयोग गर्नुपर्छ ।

४.१२.२ तत्सम शब्दमा त्यहाँ अनुसार नै इ, ई र यि, यी को प्रयोग हुन्छ । यहाँ तद्भव र आगन्तुक शब्दमा इ, ई र यि, यी प्रयोग हुने ठाउँ देखाइन्छ । आगन्तुक शब्दमा यि–यी को प्रयोग पाइदैन । आइ, आइँ, याइँ प्रत्यय लागेर बनेका शब्दमा ‘इ’ को प्रयोग पाइन्छ । जस्तैः उचाइ, एकाइ, लेखाइ, गराइ, गोलाइ, घुमाइ, चौडाइ, डुलाइ, दुखाइ,पढाइ, पिराइ, बसाइ, भनाइ, मोटाइ, लमाइ, लेखाइ, सुनाइ, हँसाइ, हेराइ, कजाइँ, बढाइँ, बसाइँ, रजाइँ, लडाइँ, छुच्याइँ, छुल्ल्याइँ, धृुत्र्याइँ, पण्डित्याइँ, बठ्याइँ, मुख्र्याइँ, लुच्याइँ, सु¥याइँ आदि ।

४.१२.३ केही क्रियापदमा ‘इ’ को प्रयोग हुन्छ । जस्तैः इनरूवा, इनार, इन्तुनचिन्तु, इलाम, इस्, इस्पात, काइते, काइँते, काइँयो, काइँलो, कोइराला, दाइ, पाइन, पाइतो, पाइलो, पोइ, पोइल, फाइँफुट्टी, भाइ, भइन, मइमत्त, माइलो, माइली, साइँलो आदि

४.१२.४ केही तद्भव शब्दमा ‘ई’ को प्रयोग हुन्छ । जस्तैः ईख, ईंट, उन्नाईस, एक्काईस, गाई, चाम्लागाईं, चापागाईं, जोई, जोईटिङ्ग्रे, तराई, तिरपाई, तेईस, बजगाईं, बट्टाई, बाईस, भट्टराई, राई, लाई, हुमागाईं आदि ।

४.१२.५ सर्वनाम र सर्वनाम विभक्ति प्रत्यय लागी बनेका शब्दमा ‘यि’ को प्रयोग हुन्छ । जस्तैः यिन, यिनलाई, यिनले, यिनीलाई, यिनीबाट, यिनीहरूको आदि ।
४.१२.६ एकाक्षरी सर्वनाम पदमा ‘यी’ को प्रयोग हुन्छ । जस्तैः यी कविहरू, यी पुस्तकहरू, यी महापुरूषहरू आदि । केही आगन्तुक शब्दमा ‘इ’ लेखिन्छ । जस्तैः इङ्ल्यान्ड, इङ्लिस, इथर, इन्च, इन्जिन, इन्जिनियर, इन्स्पेक्टर, पाइप, राइटर, राइफल, इँजार, इन्कार, इन्सान, इन्साफ, इमान, इमानदार, इरादा, इलाका, इलाज, इसारा, इस्टकोट, इस्तेमाल, फाइदा, पाइखाना, पाइजामा आदि । अपवादः केही आगन्तुक शब्दमा ‘ई’ लेखिन्छ । जस्तैः मई, इसाई, कसाई, सनाई आदि ।ज्ञडण्

४.१३ ऋ, रि, री को प्रयोग सम्बन्धी नियम

४.१३.१ कथ्य वा मौखिक नेपाली भाषामा ‘ऋ’ को उच्चारण छैन । ‘ऋ’, ‘रि’ र ‘री’ को उच्चारण उस्तै–उस्तै हुन्छ र सुनिन्छ तर लेख्य नेपाली भाषामा प्रस्तुत वर्णहरूको प्रयोग–क्षेत्र अलग– अलग छ । केही तत्सम शब्दमा मात्र ‘ऋ’ वर्णको प्रयोग हुन्छ र त्यहाँ अनुसार ‘रि–री’ को पनि प्रयोग हुन्छ तर तद्भव र आगन्तुक शब्दमा भने ‘रि’ र ‘री’ को मात्र प्रयोग पाइन्छ ।

४.१३.२ ‘रि–री’ प्रयोग हुने केही तद्भव शब्दहरू कुरिलो, खेरि, रिखिडोरो, रिँगटा, रिँगाइ, रिँगाउनु, रिङ्नु, रिजाल, रिझाइ, रिझाउनु, रिझ्नु, रिट्ठे, रिट्ठो, रित्तिनु, रित्तो, रिन, रिमझिम, रिमरिम, रिमाल, वरिपरि, वारी, वारिपारि, सुरिलो, हुर्रिनु, कटारी, खमारी, खेरी, गरी, जलारी,
जितौरी, झारी, तेरी, पसरी, पुजारी, फलारी, भकारी, मितेरी, मुखारी, मेरी, सरी, सत्तरी, सिँगौरी, हेरी आदि ।

४.१३.३ तद्भव शब्दमा संयुक्त व्यञ्जनात्मक ‘रि र री’– पक्रिनु, पग्रिनु, फक्रिनु, फुस्रियो, बज्रियो, सप्रियो, सिङग्रिङ्ग, झुप्री, झुम्री, धिप्री, फिक्री, बिक्री, लुम्री, सिक्री आदि ।

४.१३.४ ‘रि–री’ प्रयोग हुने केही आगन्तुक शब्दहरू – डायरी, रिङ, रिजर्भ, रिजल्ट, टिर, रिटायर, रिपोट, रिभल्भर, रिम, रिहर्सल, सरी, रिकाब, रिवाज, रिकापी, रिहा, रिहाइ, सवारी, सायरी, सिफारिस, रिक्सा, रिक्सावाल आदि ।

४.१३.५ आगन्तुक शब्दमा संयुक्त व्यञ्जनात्मक ‘रि र री’ – क्रिकेट, क्रिटिकल, क्रिटिसिज्म, क्रिम, क्रिमिनल, क्रिस्चियन, क्रिस्तान, ग्रिल, ट्रिप, ब्रिटिस, ब्रिटानी, ब्रिफकेस, साङ्ग्रिला, डिग्री, फ्री, सिक्री आदि ।

४.१३.६ निम्नलिखित शब्दमा ‘ऋ’ लेखिन्छ । जस्तैः ऋक्, ऋग्वेद, ऋषि, ऋतु, ऋण, ऋषि, ऋचा, ऋकार, कृति, कृषि, कृतज्ञ, गृह, घृत, घृणा, भृकुटी, मृत, मृग, कृष्ण, तृण, नैर्ऋत्य, वृित्त आदि । तत्सम शब्दमा मात्र ’ऋ’ को प्रयोग हुन्छ ।

४.१४ क्ष, क्षे, क्ष्य र छ, छे, छ्य को प्रयोग सम्बन्धी नियम

४.१४.१ ‘क्ष’, ‘क्षे’, ‘क्ष्य’ तथा ‘छ’, ‘छे’, ‘छ्य’ को उच्चारण उस्तै–उस्तै सुनिन्छ । त्यसैले यी वर्णहरूको प्रयोगमा गल्ती हुन जाने सम्भावना हुन्छ । ‘क्ष’, ‘क्षे’ र ‘क्ष्य’ को प्रयोग तत्सम नेपाली शब्दमा मात्र हुन्छ । तद्भव र आगन्तुक नेपाली शब्दमा उच्चारणअनुसार ‘छ’, ‘छे’ र ‘छ्य’ को प्रयोग हुन्छ भने ‘छ’ को प्रयोग तत्सम शब्दमा समेत हुन्छ ।

४.१४.२ निम्नलिखित शब्दमा ’क्ष’ लेखिन्छ । जस्तैः रक्षा, अध्यक्ष, लक्ष्य, नक्षत्र, पक्ष, प्रतीक्षा, क्षण, अक्षता, शिक्षा, शिक्षक, कक्षा, क्षय, मोक्ष, पक्षघात, परीक्षा, क्षत्रिय, क्षेत्रीय, प्रक्षेप, आक्षेप, क्षेप्यास्त्र, विक्षेप, क्षेम, अक्षर, कक्षा, क्षितिज, चक्षु आदि । तत्सम शब्दमा मात्र ’क्ष’ को
प्रयोग भएको पाइन्छ ।

४.१४.३ ‘छ’, ‘छे’ र ‘छ्य’ प्रयोग हुने प्रयोग हुने केही तद्भव शब्दहरू – छकाल, छकावट, छकिनु, छक्क, छक्का, छक्याउनु, छँटाइ, छँटाउनु, छँटाहा, छँटुवा, छचल्किनु, छटक्क, छटनी, छटपटी, छडी, छड्कनु, छड्के, छत्तीस, छनक, छनुवा, छपनी, छपाइ, छपाछप, छपन्न, छर्कनु, छर्को, छरछिमेक, छरूवा, छर्रा, छलाइ, छल्नु, छेक, छेकारो, छेकुवा, छेको, छेक्नु, छेड्नु, छेपारी, छेपारो, छेमा, छेर, छेराइ, छेरूवा, छेलो, छेस्को, नछेत्र, बछेडो, ओछ्यान, छ्या, छ्याप्प, छ्याप्नु, छ्याप्पछ्याप्प, छ्याप्छ्याप्ती, छ्यालब्याल, छ्यासछुस, छ्यासछ्यास्ती, छ्युँ, पछ्याउनु, बिछ्याउनु आदि ।

४.१४.४ ‘छ’ र ‘छ्य’ प्रयोग हुने केही आगन्तुक शब्दहरू – छकुबन्जार, छकुबन्जारी, छ्याली, छ्वाइँफ्वाइँ, छ्वाली आदि ।