Skip to contentSkip to left sidebar Skip to footer

सार्वजनिक सुरक्षा नियमावली, २०५८

नेपाल राजपत्रमा प्रकाशित मिति
२०५८।२।२२

सार्वजनिक सुरक्षा ऐन, २०४६ को दफा १४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ ः

(१) यी नियमहरुको नाम “सार्वजनिक सुरक्षा नियमावली, २०५८” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा ः

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “ऐन” भन्नाले सार्वजनिक सुरक्षा ऐन, २०४६ सम्झनु पर्दछ ।
(ख) “उचित र पर्याप्त आधार” भन्नाले नियम ३ मा उल्लिखित वा त्यस्तै प्रकारको अन्य आधार सम्झनु पर्छ ।

३. उचित र पर्याप्त आधार ः

(१) कुनै व्यक्तिले देहायको कुनै वा सबै काम कुरा गर्न लागेको छ वा तयारी गरेको छ वा त्यस्तो काम कुरा गर्ने संगठित समूह वा सो समूहस“ग आवद्व व्यक्तिले त्यस्तो काम कुरा गराउन लागेको छ भन्ने स्थानीय अधिकारी विश्वस्त हुने कुनै स्रोतबाट जानकारी हुन आएमा नेपाल को सार्वभौमसत्ता, अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्न सक्ने उचित र पर्याप्त आधार भएको मानिनेछ ः–

(क) नेपाल को सार्वभौमसत्ता, अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पार्ने उद्देश्यले मानिसको ज्यान मार्ने,
मानिसको शरीरमा हानी नोक्सानी पु¥याउने, मानिस अपहरण गर्ने, आगजनी, लुटपिट गर्ने वा हातहतियार वा बल प्रयोग गरी हिंसात्मक विध्वंसात्मक कार्य गर्ने, गराउने, (ख) विध्वंसात्मक उपायद्वारा राज्यसत्ता परिवर्तन गर्ने, गराउने उद्देश्यले भय वा त्रासको वातावरण सिर्जना गर्न सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति, वित्तीय संस्था, औद्योगिक र व्यापारिक प्रतिष्ठान, शिक्षण संस्था वा व्यक्तिगत सम्पत्तिमाद्द विष्˚ोट, आगजनी, तोड˚ोड वा लुटपाट गर्ने वा नोक्सान पु¥याउने, पु¥याउन लगाउने,

(ग) जनसाधारणमा भय वा संत्रासको वातावरण सिर्जना गर्न कुनै किसिमको विष्˚ोट, आगजनी, तोड˚ोड, लुटपाट, अपहरण वा
आक्रमण वा हिंसात्मक कार्य गर्न दुरुत्साहित गर्ने, गराउने,

(घ) विध्वंसात्मक वा अपराधिक वलको प्रदर्शन वा प्रयोग गर्ने, गराउने, आतंककारी कार्यमा संलग्न कुनै संगठनको वा समूह
वा त्यस्तो समूहको भातृ संगठन वा त्यस्तो समूहको समर्थक संगठनका लागि जवर्जस्ती नगद वा जिन्सी उठाउने वा त्यस्तो
संगठनको तर्˚बाट कुनै किसिमको पर्चा, पम्पलेट वा प्रचार सामग्री टा“स्ने, वितरण गर्ने, गराउने ।

(२) कुनै व्यक्तिले देहायको कुनै वा सबै काम कुरा गर्न वा गराउन लागेको छ वा कुनै व्यक्तिको उपस्थितिले त्यस्तो काम कुरा हुन सक्छ भन्ने स्थानीय अधिकारीलाई कुनै स्रोतबाट जानकारी हुन आएमा सर्वसाधारण जनताको हित वा विभिन्न जात, जाति वा सम्प्रदायहरु बीचको सुसम्बन्धमा खलल पर्न सक्ने उचित र पर्याप्त आधार भएको मानिनेछ ः–
(क) कुनै व्यक्तिले कुनै धमर्, जात, जाति, भाषा र सम्प्रदाय प्रति लेखेर, बचनले वा भाषण वा यस्तै अन्य कुनै माध्यमबाट अपमानजनक व्यवहार प्रदर्शन गरी विभिन्न धर्म, जात, जाति वा सम्प्रदाय बीचमा बैमनस्य उत्पन्न गर्ने, गराउने प्रयास
गरेमा,
(ख) कुनै व्यक्तिले लेख, रचना, प्रवचन, भाषण, प्रदर्शन वा अन्य यस्तै कुनै माध्यमबाट विभिन्न धर्म, जात, जाति वा सम्प्रदायहरुका बीचमा धार्मिक जातीय वा साम्प्रदायिक दंगा गर्ने, गराउने उद्देश्यले कुनै काम गर्ने, गराउने प्रयत्न गरेमा,
(ग) कुनै व्यक्तिको कुनै स्थानमा हुने उपस्थिति वा कार्यक्रमले धार्मिक, जातीय वा साम्प्रदायिक तनाव वा दंगा हुन सक्ने वातावरण सिर्जना हुन सक्ने भएमा ।

४. आदेश जारी गर्दाको कार्यविधि ः

(१) स्थानीय अधिकारीले ऐनको द˚ा

३.१ बमोजिम नजरबन्दको आदेश जारी गर्दा नियम ३ को उपनियम (१) मा उल्लिखित उचित र पर्याप्त आधारहरु मध्ये कुनै एक आधार खुलाउनु पर्नेछ ।
(२) स्थानीय अधिकारीले ऐनको द˚ा ३.२ बमोजिम स्थानहदको आदेश जारी गर्दा नियम ३ को उपनियम (२) मा उल्लिखित उचित र पर्याप्त आधारहरु मध्ये कुनै एक आधार खुलाउनु पर्नेछ । (३) कुनै व्यक्तिलाई ऐनको द˚ा

३.१ बमोजिम नजरबन्दको आदेश जारी गर्दा त्यसरी जारी गरिएको आदेशको प्रति निजलाई थुनामा राख्ने कार्यालयलाई समेत दिनु
पर्नेछ ।

(४) स्थानीय अधिकारीले ऐनको द˚ा

३.१ वा ३.२ बमोजिम नजरबन्द वा स्थान हदको आदेश जारी गर्दा नजरबन्द वा स्थान हदमा राख्नु पर्ने व्यक्तिको पूर्वक्रियाकलाप तथा शान्ति र व्यवस्थामा तत्काल खलल पर्न सक्ने एवं हिंसात्मक कार्य गर्न दुरुत्साहित गर्ने, गराउने प्रकारका कनै चीन वस्तु वरामदभएमा त्यस्तो बरामदभएको चिजवस्तुको बरामदी मुचुलका सहितका कागजात मिसिल ˚ाइलमा संलग्न गर्नु पर्नेछ ।

(५) नजरबन्द राख्ने गरी आदेश जारी गर्दा नजरबन्द राख्ने कारण सहितको सूचना समेत नजरबन्दमा राखिने व्यक्तिलाई दिनु पर्नेछ ।
(६) स्थानहदको वा नेपाल बाहिर जान रोक्ने आदेश जारी गर्दा पनि नजरबन्द राख्ने आदेश जारी गर्दा अपनाइने कार्यविधिको पालना गर्नु पर्नेछ ।

(७) स्थाीनय अधिकारीले ऐन तथा यस नियम बमोजिम आदेश जारी गर्दा नजबन्द राख्न आदेश अनुसूची–१, स्थानहदको आदेश अनुसूची–२, नेपाल बाहिर जान रोक्ने आदेश अनुसूची–३ र नजरबन्दको आदेश जारी गरेपछि नजरबन्दमा राखिएको व्यक्तिलाई दिइने जानकारीको सूचना अनुसूची–४ मा तोकिए बमोजिम हुनेछ ।

५.५. निवेदन गर्न सक्ने ः– (१) ऐनको द˚ा ३ बमोजिम जारी भएको आदेशबाट मर्का पर्ने व्यक्तिले आ˚ूलाई मर्का परेको व्यहोरा खोली गृह मन्त्रालय समक्ष निवेदन दिन सक्नेछ र त्यस्तो निवेदन उपर गृह मन्त्रालयले सो आदेश जारी गर्दा लिइएका आधार कागजात र पर्चा सहितको मिसिल ˚ाइल झिकाई जा“चबुझ गर्दा स्थानीय अधिकारीले जारी गरेको आदेश कायम राख्न मुनासिव नदेखेमा खारेज गर्न सक्नेछ ।
(२) स्थानीय अधिकारीले जारी गरेको आदेश उपनियम (१) बमोजिम खारेज गर्नु पर्ने नदेखिएमा आ˚्नो राय सहित सम्बन्धित व्यक्तिको निवेदन र स्थानीय अधिकारीको कार्यलयबाट प्राप्त मिसिल गृह मन्त्रालयले नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पेश भएको मिसिल कागजात, निवेदन र गृह मन्त्रालयको राय समेत विचार गरी नेपाल सरकारले मनासिब सम्झेमा स्थानीय अधिकारीले जारी गरेको आदेश खारेज गर्न सक्नेछ ।

६.६. आदेश हेर˚ेर गर्ने वा खारेज गर्ने अधिकार ः–

(१) नजरबन्द रहेको वा स्थान हद गरिएको वा नेपाल बाहिर जान नदिइएको व्यक्तिको चाल चलन सुध्रिएमा वा परिस्थितिको विचारबाट निजलाई नजरबन्द वा स्थान हद राख्नु नपर्ने वा नेपाल बाहिर जान दिनुपर्ने देखिएमा ऐनको द˚ा ३.१ बमोजिम आदेश जारी गर्ने अधिकारीले जारी गरेको आदेशलाई जहिलेसुकै पनि हेर˚ेर वा खारेज गर्न सक्नेछ ।

(२) उप–नियम (१) बमोजिम आदेश हेर˚ेर वा खारेज गर्दा अधिकार प्राप्त अधिकारीले आवश्यक देखेमा सो व्यक्तिको कागज गराउन वा जमानी लिन वा दुवै गर्न सक्नेछ ।

७.७. खारेजी ः (१) सार्वजनिक सुरक्षा नियम , २०१९ खारेज गरिएको छ । (२) सार्वजनिक सुरक्षा नियम, २०१९ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।