परिच्छेद–७ विविध

परिच्छेद–७ विविध

२७. नेपाल सरकारको विशेष अधिकार – (१) दफा ३ र ८ मा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको संरक्षणमा नेपाल सरकारको प्रयासलाई सहयोग पुर्याउने वा सो प्रयोजनको लागि अध्ययन वा अनुसन्धानलाई उपलब्धिमूलक बनाउन प्राविधिक सहयोग पुर्याउने कुनै मुलुकको अनुरोधमा अध्ययन, संरक्षण शिक्षा वा अनुसन्धानको प्रयोजनका लागि नेपाल सरकारले एक आर्थिक वर्षमा एक जोडीसम्म कुनै प्रजातिको सङ्कटापन्न वन्यजन्तु वासो कोकुनै नमुना वा तोकिए बमोजिमको सङ्ख्या वा परिमाणमा कुनैसङ्कटापन्न वनस्पति वा सो को नमुना नेपाली जनता र नेपाल सरकारको सद्भावनाको प्रतीकको रुपमा उपहार स्वरुप त्यस्तो मुलुकलाई उपलव्ध गराउन
सक्नेछ ।

(२) उपदफा (१) बमोजिम उपलव्ध गराएको वन्यजन्तु वा वनस्पति वा सो को नमुना व्यापारिक प्रयोजनका लागि प्रयोग नगरिने आश्वासन सम्बन्धित मुलुकबाट त्यसरी उपलव्ध गराउनु अघि नै नेपाल सरकारले कुटनैतिक माध्यमबाट प्राप्त गर्नुपर्नेछ ।

(३) उपदफा (१) बमोजिम वन्यजन्तु वा वनस्पति वा सो को नमूना उपलब्ध गराएको वार्षिक विवरण वन तथा वातावरण मन्त्रालयले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सङ्घीय संसदको सम्बन्धित समिति समक्ष पेश गर्नु पर्नेछ ।

(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले कुनैपनि सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना अध्ययन, अनुसन्धान, अवलोकन, पर्यवेक्षण, परीक्षण, जैविक स्रोत संरक्षण वा संरक्षण शिक्षाको प्रयोजनका लागि राख्न, प्रयोग गर्न वा दुर्लभ वन्यजन्तुभए नियन्त्रित प्रजनन् गराई पहिलो पुस्ता पैदा गर्न र दुर्लभ वनस्पति भए कृत्रिम रुपमा बिउ र बेर्ना उत्पादन गर्न, रोप्न वा हुर्काउन सक्नेछ ।

२८. पारवहनमा रहेको अवस्थामा लागू नहुने – (१) दफा ३, ८ र १० मा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा
सो को नमुनाको शिलबन्द बाकस (कन्साइन्टमेन्ट) अर्को मुलुकबाट नेपालको इलाकामा पारवहन भई तेस्रो मुलुकमा ढुवानी गर्दा यस ऐनको
व्यवस्था लागू हुने छ्रैन ।

(२) उपदफा (१) बमोजिमको शिलबन्द बाकस नेपालमा रहँदाको अवधिमा वैज्ञानिक निकाय वा सम्बन्धित क्वारेन्टाइन अधिकारीको
निगरानीमा रहनेछ ।

२९. व्यापारिक प्रयोजनको लागि कारोबार भएको नमानिने – प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि पर्यटकीय, साँस्कृतिक, परम्परागत ज्ञानको प्रवद्र्धन, शैक्षिक, मनोरञ्जनात्मक, खेलकुद,  अनुसन्धानात्मक, सौन्दर्यपरक प्रयोजनका लागि तोकिए बमोजिमको
दरमा नबढाई सामान्य शुल्क लिई कुनैसङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको दृश्यावलोकन वा प्रदर्शनी गराउने कामलाई
व्यापारिक प्रयोजनका लागि भएको कारोबार मानिने छैन ।

३०. जफत भएका वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको व्यवस्थापन – (१) यस ऐनको प्रतिकूल हुने गरी कुनै काम कारबाही भएको कारणले यस ऐन बमोजिम जफत भएका सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना व्यवस्थापन निकायले देहाय बमोजिम व्यवस्थापन गर्नु पर्नेछ :–

(क) जीवित नरहेको सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको नमुना नष्ट गर्ने,
(ख) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति जीवित नै रहेको भएमा र संरक्षण गर्न आवश्यक देखिएमा नेपालभित्रको प्राकृतिक बासस्थानमा
छोड्न वा रोप्न वा सार्न वा संरक्षणको लागि अन्य आवश्यक उपाय अपनाउन सम्बन्धित निकायमा पठाउने,
तर जीवित नै रहेको भए तापनि संरक्षण गर्न हानिकारक हुने वा नेपालका रैथाने सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिलाई प्रतिकूल प्रभाव पुर्याउने वन्यजन्तु वा वनस्पति वा सोको नमुना नष्ट गर्नु पर्नेछ ।
(ग) संरक्षण गर्न आवश्यक नदेखिएको वा संरक्षण गर्न सम्भव नभएको लोपोन्मुख वा संरक्षित वन्यजन्तु वा वनस्पति वा सो को नमुना
प्रचलित कानून बमोजिम लिलाम गर्ने,
(घ) आवश्यक शर्त तोकी शैक्षिक, वैज्ञानिक, अध्ययन, अनुसन्धानको प्रयोजनका लागि वा धार्मिक कार्यका लागि सार्वजनिक संस्था वा
निकायलाई उपलव्ध गराउने,वा
(ङ) तोकिए बमोजिम अन्य तरिकाले व्यवस्थापन गर्ने वा गराउने ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिमको कार्यविधि पूरा नभई पैठारी भएको कारणले जफत भएको
सङ्कटापन्न वन्यजन्तुवा वनस्पति वा सो कोनमुना जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउन सम्बन्धित अधिकारीलाई नेपाल
सरकारले लेखी पठाउनेछ ।

(३) उपदफा (२) बमोजिम लेखी पठाउँदा सम्बन्धित मुलुकले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना फिर्ता लैजान चाहेमा
वा त्यस्तो मुलुकको अधिकारप्राप्त निकायले अनुरोध गरेमा नेपाल सरकारको निर्णयबाट त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना
सम्बन्धित मुलुकलाई फिर्ता दिन सकिनेछ ।

(४) उपदफा (३) बमोजिम सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो कोनमुना फिर्ता गर्दा लाग्ने खर्च त्यसरी फिर्ता लैजाने मुलुकले
व्यहोर्नु पर्नेछ ।

(५) उपदफा (३) बमोजिम निर्णय भएको मितिले नब्बे दिनभित्र सम्बन्धित मुलुकले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना फिर्ता लैजानु पर्नेछ ।

(६) उपदफा (२) बमोजिम लेखी पठाउँदा सम्बन्धित मुलुकले फिर्ता लैजान इच्छा व्यक्त नगरेमा वा इच्छा व्यक्त गरे तापनि उपदफा
(५) बमोजिमको अवधिभित्र फिर्ता लैजान नसकेमा त्यस्ता वन्यजन्तु वा वनस्पति वा सो कोनमुना व्यवस्थापन निकायले उपदफा (१) बमोजिम
व्यवस्थापन गर्नु पर्नेछ ।

(७) उपदफा (१) बमोजिम कुनै सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना नष्ट गर्नु अघि त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो
को नमुनालाई वैज्ञानिक परीक्षणका लागि तोकिए बमोजिमको प्रयोगशालामा पठाउनु पर्नेछ र सो प्रयोगशालाको प्रतिवेदनबाट त्यस्तो
वन्यजन्तु वा वनस्पति वा सो को नमुना नष्ट गर्नु पर्ने देखिएमा सम्बन्धित जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका
प्रतिनिधिकोरोहवरमा तोकिए बमोजिम नष्ट गर्नुपर्नेछ ।

३१. सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति राष्ट्रिय समन्वय समिति – (१) यो ऐन तथा महासन्धिको प्रभावकारी कार्यान्वयन गर्नको लागि सङ्कटापन्न
वन्यजन्तु वा वनस्पतिको प्रजातिको संरक्षण र संवर्धन गर्न अपनाउनु पर्ने नीतिगत, कानूनी र संस्थागत उपायका सम्बन्धमा नेपाल
सरकारलाई सिफारिस गर्न र यस ऐनको कार्यान्वयनमा आवश्यक सहयोग र समन्वय गर्न देहाय बमोजिमको एक सङ्कटापन्न वन्यजन्तु
तथा वनस्पति राष्ट्रिय समन्वय समिति रहनेछ :–

(क) सचिव, वन तथा वातावरण मन्त्रालय– संयोजक
(ख) सहसचिव, कानून, न्याय, तथा संसदीय मामिला मन्त्रालय – सदस्य
(ग) महानिर्देशक, भन्सार विभाग – सदस्य
(घ) महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा
वन्यजन्तु संरक्षण विभाग – सदस्य
(ङ) महानिर्देशक, वन विभाग – सदस्य
(च) महानिर्देशक, वनस्पति विभाग – सदस्य
(छ) महानिर्देशक, हुलाक सेवा विभाग – सदस्य
(ज) प्रहरी नायव महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी – सदस्य
(झ) अनुसन्धान निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग – सदस्य
(ञ) कार्यकारी निर्देशक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला – सदस्य
(ट) प्रमुख, प्राकृतिक विज्ञान सङ्ग्रहालय, त्रिभुवन विश्वविद्यालय – सदस्य
(ठ) समितिले तोकेको पदाधिकारी – सदस्य–सचिव

(२) उपदफा (१) बमोजिमको समितिको वैठकमा आवश्यकता अनुसार सम्बन्धित क्षेत्रको विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।

(३) उपदफा (१) बमोजिमको समितिको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।

३२. वन्यजन्तु र वनस्पतिको नाम प्रकाशन गर्ने – (१) नेपाल सरकारले महासन्धिको अनुसूची–१, अनुसूची–२ र अनुसूची–३ मा उल्लिखित
वन्यजन्तु तथा वनस्पतिको विभिन्न प्रजाति वा उपप्रजातिको वैज्ञानिकनाम, अङ्ग्रेजी नाम तथा सम्भव भएसम्म नेपाली नाम सर्वसाधारणको
जानकारीको लागि नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम नाम प्रकाशन गर्दा त्यस्ता वन्यजन्तु वा वनस्पति नेपालमा पाइने हो होइन सो समेत खुलाउनुपर्नेछ ।

३३. विवरणको अभिलेख राख्ने -(१) व्यवस्थापन निकायले प्रत्येक आर्थिक वर्षका लागि देहायको विवरणको अभिलेख राख्नु पर्नेछ :–

(क) दफा ६ को उपदफा (१), दफा ८ को उपदफा (३), दफा १० को उपदफा (३), दफा १३ को उपदफा (२), दफा १४ को
उपदफा (३) र दफा १५ को उपदफा (१) बमोजिम प्रदान गरिएको अनुमतिपत्र र दर्ता प्रमाणपत्रको सङ्ख्या, अनुमतिपत्र वा प्रमाणपत्र प्रदान गरिएको मिति र त्यसको किसिम,
(ख) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना निकासी, पैठारी, खरीद, बिक्री तथा ओसारपसार गर्ने व्यक्ति, संस्था वा निकायको
नाम तथा सो को परिमाण र सम्भव भएसम्म त्यस्ता वन्यजन्तुको आकारको विवरण र भाले वा पोथी के रहेको हो सो खुल्ने विवरण,
(ग) दफा २२ बमोजिम जफत भएको वा दफा २३ को उपदफा (३) को खण्ड (ग) बमोजिम बरामद भएको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो कोनमुनाको विवरण,
(घ) दफा २७ को उपदफा (१) बमोजिम नेपाल सरकारले विदेशी मुलुकलाई उपलव्ध गराएको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमुनाको विवरण,
(ङ) यस ऐन बमोजिम जफत वा बरामद भएका सङ्कटापन्न वन्यजन्तु, वनस्पति वा सो को नमुनाका सम्बन्धमा दफा ३० को उपदफा
(१) बमोजिम गरिएको व्यवस्थापन सम्बन्धी विवरण,
(च) दफा ३० को उपदफा (३) बमोजिम सम्बन्धित मुलुकले फिर्ता लगेको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको विवरण ।

(२) उपदफा (१) बमोजिमको विवरण व्यवस्थापन निकायले प्रत्येक वर्ष तोकिए बमोजिम सार्वजनिक गर्नु पर्नेछ ।

३४. कोष खडा गर्न सकिने- (१) सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिकोसंरक्षण, संवर्धन, अध्ययन तथा अनुसन्धान समेतको लागि एउटा कोष खडा गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिमको कोषमा जम्मा गरिने रकम, कोषको सञ्चालन तथा व्यवस्थापन र त्यसको आन्तरिक नियन्त्रण तोकिए बमोजिम हुनेछ ।

(३) उपदफा (१) बमोजिमको कोषको लेखाको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।

३५. पुरस्कार दिन सकिने- (१) यस ऐन बमोजिम कसूर मानिने कार्य भएको वा हुन लागेको सूचना दिने र अनुसन्धान तथा सबुद प्रमाण सङ्कलनको कार्यमा सहयोग पुर्याउने व्यक्तिलाई व्यवस्थापन निकायले एकलाख रुपैयाँसम्म पुरस्कार दिन सक्नेछ ।

(२) यस ऐन बमोजिम कसूर मानिने कार्यको अनुसन्धान तथा सबुद प्रमाण सङ्कलनमा उल्लेखनीय योगदान पुर्याई सङ्कटापन्न वन्यजन्तु
वा वनस्पति वा सो को नमुनाकोव्यापार नियन्त्रणमा सहयोग पुर्याउने व्यक्ति वा कर्मचारीलाई व्यवस्थापन निकायले एकलाख रुपैयाँसम्म रकम
प्रोत्साहन पुरस्कार स्वरुप उपलब्ध गराउन सक्नेछ ।

३६. प्रचलित कानून बमोजिम हुने – यस ऐनमा लेखिएका कुरामा यसै ऐन बमोजिम र अन्य कुरामा प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।

३७. नियम बनाउन सक्नेः नेपाल सरकारले यो ऐन कार्यान्वयन गर्नको लागि आवश्यक नियम बनाउन सक्नेछ ।

३८. निर्देशिका बनाउन सक्ने -(१) नेपाल सरकारले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधिनमा रही निर्देशिका बनाउन सक्नेछ ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले सङ्कटापन्न वन्यजन्तु वा  वनस्पति वा सो को नमुनाको अन्तर्राष्ट्रिय व्यापार नियमन र नियन्त्रणको लागि खासगरी देहायका विषयमा निर्देशिका बनाउन सक्नेछ:–

(क) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको कारोबारको लागि अनुमतिपत्र प्रदान गर्ने विषय,
(ख) पैठारी गरिएका सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना दर्ता गर्ने सम्बन्धी विषय,
(ग) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको अभिलेख राख्ने सम्बन्धी विषय,
(घ) जफत भएका सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना व्यवस्थापन गर्ने सम्बन्धी विषय,
(ङ) अन्य आवश्यक विषय ।