परिच्छेद –१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः(१) यी नियमहरुको नाम “फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) नियमावली,२०७५” रहेको छ ।
(२) यो नियमावली संवत् २०७५ साल भदौ १ गते देखि प्रारम्भ हुनेछ ।
२. परिभाषाःविषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अदालत” भन्नाले सम्बन्धित अदालत सम्झनु पर्छ।
(ख) “ऐन” भन्नाले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ सम्झनु पर्छ ।
(ग) “सजाय” भन्नाले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ४० बमोजिमको सजाय सम्झनु पर्छ ।