नेपाल सरकार वैधानिक कानून, २००४

नेपाल सरकार वैधानिक कानून, २००४

प्रस्तावना

आगे नेपाल भरमुलुकका भाइभारदार, साहूमहाजन, रैयत दुनियाँ गैह्र के यथोचित उप्रान्तसंवत् १९०३ सालदेखि श्री ५ महाराजाधिराजहरूबाट समय समयमा पाला पालाका श्री ३महाराजहरूलाई बक्सेको भर मुलुकको शासनसंवन्धि अख्त्यारको पंजापत्रबमोजिम हामीबाट मुलुककोहाल हूकूम पाई काम चलाईआएकोमा श्री पशुपतिनाथ सुरक्षित यो पुण्य भूमि नेपाललाई सामाजिक,आर्थिक, राजनैतिक, सबै सुधारद्वारा संसारका अग्रगामी राष्ट्रहरूको उन्नतिको दाँजोमा पु¥याउन हाम्रो गाढा इच्छा भएको हुनाले,

र परंपरादेखि चलिआएको आफ्नो संस्कृतिको अनुकूल पञ्चायत प्रणाली र अरू सोही प्रकारकासंस्थाको पुनरुत्थानद्वारा हाम्रा प्यारा प्रजालाई राजप्रणालीको हरेक अंगमा झन्–झन् बढीमात्रामासम्मिलित गराई मुलुक र दुनियाँको उत्तरोत्तर वृद्धि गराउने हाम्रो इदमित्थ नीति भएकोले,

र यस किसिमको वृद्धि क्रमसःयथा समय मात्र हुन सक्ने औ नयाँ अख्तियारीअनुसार कामगर्नेहरूको सहयोग र नयाँ अभिभारा चलाईएको कुसलताबाट थप अधिकारको निर्णय हुनुपर्ने भएकोले,

र हामीबाट यस कुरामा तुरुन्त कदम बढाइबक्सने बखत आयो भन्ने ठहर्‍याइबक्सेकोले,

स्वस्ति श्री ५ महाराजाधिराज त्रिभुवन वीरवीक्रम शाह गिरिराज चक्र चूडामणि नरनारायणेत्यादिविविध विरुदावली विराजमान मानोन्नत ओजस्वी राजन्य प्रोज्जवल नेपाल तारा ॐ राम अतुलज्योतिर्मय त्रिशक्तिपट्ट अतिप्रवल गोरखा दक्षिण बाहु महाधिपति नाम सदा समरविजयिनाम्बाट–

यस नेपाल राज्यको सिंहासनारुढ होइबक्सेको छत्तिसौं वर्षमा हामी स्वस्तिश्री ३ महाराजमदतिप्रचण्ड भुजदण्डेत्यादि ओजस्वी राजन्यप्रोज्जवल नेपाल तारा ॐ राम अतुल ज्योतिर्मयत्रिशक्तिपट्ट अति प्रवल गोरखा दक्षिण बाहु पृथुलाधीश नेपालप्रतापवर्धक पद्मशम्शेर जङ्गबहादुर राणाजी. सी. एस. आई.; जी. बी. ई.; के. सी. आई. ई.; एस. टी. आर. के.; जी. सी. यल. यम.; थ. चुङ्गत्हा. सु. पावटिङ्ग शुन च्याङ्ग, सैनिक दिर्घसेवापट्ट आनरेरी लेफ्टेन्यान्ट जनरल ब्रिटिश आर्मी आनरेरीकर्णेल अफ अल दि गोरखा राइफल रेजिमेन्टस अफ अल दि इण्डियान आर्मी, लुह चुयान श्याङ्ग च्याङ्ग, प्राइमिनिष्टर यण्ड सुप्रिम कम्याण्डर इनचिफबाट,– यो नयाँ विधानको ऐन जारी गरिबक्सेको
छः