भाग ४ – व्यवस्थापक सभा

भाग ४ – व्यवस्थापक सभा

(क) पंचायती सभा

१६. सरकारबाट बनेका नियमानुसार योग्य ठहरिएका उमेर पुगेका जनताको वोटद्वारा ५ देखि १५ निर्वाचित सदस्यहरूको एक ‘ग्राम पंचायत‘ हरेक ग्राम वा ग्रामसमूहमा रहनेछ । यिनीहरूले आफ्नै प्रधान पंच चुत्रेछन् ।

१७.. हरेक सहर वा बजारको नागरिक क्षेत्रमा पनि त्यस्तै किसिमवाट १० देखि ५० निर्वाचित सदस्यहरूको एक “नगर पंचायत” रहनेछ ।

१८. हरेक ग्रामपंचायत र नगर पंचायतका सभापतिहरूले आफसवाट र आवश्यक परेमा आफ्नासदस्यहरूवाट १५ देखि २० सदस्य छात्रेछन् । यिनीहरू र नियममा उल्लेख गरिएका विशेषप्रतिनिधिसमेत भई तिनीहरूको समूहवाट सरकारले तोकिदिएका स्थानहरूमा एक एक जिल्ला पंचायत” रहनेछ । यिनीहरूले पनि आफ्नै प्रधान पंच चुत्रेछन् ।

१९. सरकारको रेखदेख अधीनमा रही आफ्ना आम्दानीले भेट्टाएसम्म ग्राम नगर र शहरपंचायतलाई आफ्ना इलाकाभित्रको जनताको समृद्धि, कल्याण र शिक्षा सम्वन्धी कामहरूसुघर, सफाइ, सडक, ढल, पूल, पौवा पाटी, धर्मशाला, बाँध पैन बनाउने, गौचर राख्ने, बत्ती,पानीको इन्तजाम, हाट, बजारको बन्दोवस्त, प्रारम्भिक र आधारशिक्षा, घरेलू इलमद्वारावेइलमीलाई रोजगारको बन्दोवस्त इत्यादि जनताको आर्थिक सामाजिक उत्रति र सुख शान्तिहुने काम गर्ने अधिकार दिइएका छ । ग्राम र नगर पंचायतहरूले जिल्लापंचायतको रेखदेख,अधीनमा रही माथि लेखिएको काम गर्नेछन् ।

२०. जिल्ला पंचायतहरूले आफ्नो आफ्नो जिल्लाको निमित्त सरकारबाट पाएको पूँजी (रुपियाँ)आफ्नो कामको निमित्त आधा राखी वाँकी आधा आफ्ना मातहतका पंचायतहरूलाईबाँड्नेछन् । सोे बाँडिदिँदा पंचायतहरूयले आफ्ना इलाकाबाट जति रुपियाँ उठाउन सक्दछन्सकेसम्म उत्ति नै दामासाइले जहाँसम्म हुन्छ मिलाई वाँडिदिनुपर्छ, इलाका इलाकाकापंचायतहरूले सो रुपियाँ सरकारवाट बनाएको नियमबमोजिम खर्च गर्नुपर्ने छ ।

२१. जिल्ला पंचायतले आफ्नो मातहतभित्रका ग्राम र नगरपंचायतहरूको काममा सहयोग रसंगठन कायम गर्ने र वडाहाकिमलाई जिल्लाको तरक्की विषयको नीति कायम गर्नसरसल्लाह र चाहिएको मदद दिनेछ । सरकारबाट समय–समयमा तोकिएका अरू कामहरूपनि जिल्ला पंचायतले गर्नेछ ।

(ख) केन्द्रीय सभा

२२. (क) श्री ३ महाराज, राष्ट्र सभा र भारादारी सभाबाट नेपालको व्यवस्थापक सभा बत्रेछ ।

(ख) राष्ट्र सभामा फेहरिस्त ‘क’ बमोजिमका निर्वाचित र सरकारवाट नियुक्त भएकासदस्यहरू गरी ६० मा नघटाई र ७० मा नबढाई सदस्यहरू रहनेछन् । यी दुई किसिमका सदस्यमा ३ र २ को दामासाइले (वा सोभन्दा सकेसम्म नजिकअनुपातमा) सदस्य मुकरर हुनेछन् ।

(ग) भारादारी सभामा सकभर सवै संस्था, पेशा, रोजगार र विशेष योग्यताद्वारा मुलुककोगौरव बढाएका व्यक्तिहरूको ख्याल राखिवक्सी श्री ३ महाराजका तजवीजबाट घटिमा२० र बढीमा ३० सदस्य नियुक्त गरिवक्सनेछ ।

(घ) यो व्यवस्थापक सभाका लगभग चतुर्थांश सदस्यले प्रत्येक वर्ष पदत्याग गर्नेछन् रतिनीहरूको स्थानमा नयाँ सदस्य निर्वाचित वा नियुक्त हुनेछन् । पहिला ३ वर्षमासालसालै बदलीहुने सदस्यको फेहरिस्त शुरुमै सभापतिद्वारा मुकरर हुनेछ ।

२३. (क) व्यवस्थापक सभाका दुवै सभाको बैठक कमसेकम वर्षका दुई पटक हुनेछ ।

(ख) सो वाहेक यस विषयमा बनेको नियम अनुसार अरू वखत पनि श्री ३ महाराजकोतजबीजअनुसार एक वा दुवै सभालाई ठाउँ र समय तोकी बोलाउने वा सभालाईस्थगित वा खारेज गरिवक्सनेछ ।

२४. श्री ३ महाराजबाट आफ्नो तजबीजअनुसार कुनै एक वा दुवै वा संयुक्त सभालाई कुनै भाषणवक्सिने वा सन्देश पठाइवक्सिनेछ । त्यस्तो भाषण वा सन्देशको विषयमा सभाले सकेसम्मचाँडो छलफल गरी काम पूरा गर्नुपर्नेछ ।

२५. हरेक मंत्री, प्रवन्धसभाको सभापति वा उनीहरू नभएको वखत विभाग सचिव र सरकारीकानूनी सल्लाहकारले एक वा दुवै सभाको वैठक वा उपसमितिमा बोल्न, वहस गर्न र अरूकिसिमबाट सम्मिलित हुन पाउनेछन् । तर बोट भने आफू सदस्य भएको सभामा मात्र दिनपाउनेछन् ।

२६. (क) राष्ट्रसभाको सभापति श्री ३ महाराजबाट मुकरर हुने र उपसभापति सवै सदस्यकाचुनावद्वारा सदस्यहरूमध्येबाट हुनेछ । सभापति वा उपसभापतिको पद खाली भएमाअर्को तोकिने वा निर्वाचित जो हुनुपर्ने हुनेछ ।

(ख) ९ष्० सभापति र उपसभापतिले आफ्नो कामको राजीनामापत्र श्री ३ महाराजकाहजूरमा चढाउन पाउनेछन् । नियमावलीअनुसार कारण देखिएमा श्री ३ महाराजका हुकुमवाट झिकिनेछन् । यसरी खाली भएको पदमा जो हुनुपर्ने
निर्वाचन वा नियुक्तिद्वारा नयाँ भर्ना हुनेछ ।

(ii)  सभाको सदस्य हुन छोडेपछि उनीहरूले आफ्नो पद त्याग गर्नु पर्नेछ । सभाका द्वितृयांश सदस्यका रायले पेश भएको प्रस्ताव उत्तिकै बोटको बहुमतद्वारा पाए भएमा उनीहरू आफ्नो पदबाट हटाइनेछन् ।

(ग) भारादारी सभाको सभापति, कम्याण्डर इनचीफ होइवक्सनेछ । सो सभाको उपसभापति श्री ३ महाराजबाट नियुक्त गरिवक्सनेछ ।

व्यवस्थापिका सभा

२७. (क) यो ‘ऐनमा’ प्रत्यक्ष खुलेको विषयमा वाहेक अरू सवै कुरामा कुनै एक वा संयुक्त सभाको छलफलमा सवै प्रश्नको निर्णय उपस्थित र वोट दिने सदस्यहरूका बहुमतद्वारा हुनेछ । सभापति वा कायममुकायमले पहिलो पटक आफ्नो वोट नदिई वोट वरावर भएमा मात्र आफ्नो वोटद्वारा कुराको टुङ्गो लगाइदिनेछन् ।

(ख) सदस्यहरूमध्ये कसैको स्थान खाली भएको वखत कार्वाई भएकोमा वा उपस्थितभएका सदस्यमध्ये कुनैले योग्यता नभए तापनि बोट दिए वा अरू कार्वाईमा सम्मिलित भएको पछि थाहा भएमा पनि सभाको काम सदर ठहरिनेछ, बदर हुनेछैन ।

(ग) सभा वा सभाहरूको कुनै वैठकमा जम्मा सदस्यहरूमध्ये चार खण्डको एक खण्डसम्म पनि मौजूद भएनन् भने सभापतिवाट चाहिए जति सदस्यहरू जम्मा नभएसम्म सभा स्थगित राखिनेछ ।

२८. हरेक सदस्यले सभामा बहाल गर्नुभन्दा अगि सरकारबाट तोकिदिएवमोजिमको धर्म भाक्नु पर्नेछ ।

२९. (क) दुवै सभाको लागि एउटै मानिस चुनावको निमित्त खडा हुन पाउनेछैन ।

(ख) तल ३० दफामा तोकिएको अयोग्यताद्वारा वा आफूले लेखी श्री ३ महाराजका हजूरमा राजीनामा चढाएमा सदस्यको ठाउँ खाली भएको ठहरिनेछ ।

(ग) सभाको लगातार दुई पटकको वैठसम्म पनि हाजिरै नहुने वा सभापतिको इजाजतनलिई सभाको छलफलमा लगातार ४५ दिनसम्म हाजिर भएन भने पनि सदस्यकोठाउँ खाली भएको ठहरिनेछ ।

३०. (क) तपसीलबमोजिमका मानिसहरू व्यवस्थापक सभामा निर्वाचित हुन र सदस्य बत्रअयोग्य ठहरिनेछन् ।

(१) सरकारले लिन हुन्छ भनी तोकेको बाहेक अरू सरकारी काम गर्नेहरू ।

(२) हावा बिग्रेकाहरू ।

(३) टाट उल्टी ऋण तिर्न नसकेकाहरू ।

(४) चुनाव विषय सरकारबाट जारी भएको नियम भङ्ग गर्नेहरू । यस्तोमाअयोग्यताको हद म्याद तोकिनेछ ।

(५) यो जारी नहुदै वा जारी भएपछि एक वर्ष र सो भन्दा बढी कैदको सजायपाएकाहरू । यसमा सजाए पाई छुटकारा पाएको ५ बर्ष वा सो भन्दा अघिसरकारबाट यो अयोग्यता हट्न सक्नेछ ।

(६) निजामती वा जङ्गी जागिरवाट बर्खास भएकाहरू । यसमा सजाय भुक्तानगरेको ५ वर्ष वा सो भन्दा अगि सरकारबाट यो अयोग्यता हट्न सक्नेछ ।

(ख) कैदमै थुनुवामा परिरहेका मानिसहरूसदस्य भै निर्वाचित हुन अयोग्य ठहरिनेछन् ।

(ग) सदस्य हुन अयोग्य ठहरिने मुद्दा लागेमा सो मुद्दाको अन्तिम किनारा नलागेसम्म ठाउँखाली ठहरिनेछैन ।

(घ) माथि (क) (१) दफामा लेखिएका तपसीलका कुराहरू लिन गर्न हुने ठहरिनेछन् ।

(१) कुनै सरकारी अड्डाको तालुक ।

(२) सरकारी काम गरेर बाहेक दर्जा वा अरु किसिमको ओहदाद्वारा भत्ता पाउन ।

(३) गाउँको काम गर्ने थरी मुखिया इत्यादिजस्ता सरकारी खान्गी जागिरपाएकाहरू ।

३१. कुनै सभामा वस्न वा बोट गर्न नहुने वा अयोग्य ठहरिएका मानिसले वसे वा बोट गरेमादिनैपिच्छे मो रु.१०० जरिमाना भई सरकारी असूल हुने रकम सरह ठहरिनेछ ।

३२. (क) यो ऐनको हद र सभाबिषय नियमभित्र रही सवै सदस्यहरूले सभाको वखतवाक्स्वतन्त्रता पाउनेछन् । सभा वा त्यस सम्बन्धी समितिभित्र भनेको वा बोट दिएकोकुरालाई लिएर वा सो सभाको नियमवमोजिम सभामा भए गरेको कुरा प्रकाशगरेकोमा समेत सदस्यलाई कुनै तरहबाट पनि वात लाग्नेछैन ।

(ख) सभाको वखत सभागृहमा जुनसुकै मुद्दामा पनि र सभाको अधिवेशनको म्यादभित्रदेवानी मुद्दामा कुनै सदस्यलाई पनि कसैले छेक थुन गर्न पाउने छैन ।

(ग) अटेरी सदस्यलाई यस विषय बनेका नियमबमोजिम निकाल्न पाउनेवाहेक सभापतिलेसदस्यहरूलाई अरू सजाए दिन पाउने छैन ।

३३. हाल पहिलापटकलाई सरकारबाट र पछि व्यवस्थापक सभावाट तोकिएको तलव भत्ता सवैसदस्यल लिन पाउनेछन् ।

३४. (क) यो कानूनसम्बन्धी बनेका शर्त र बन्देजको नियमवमोजिम दुवै सभाका सदस्यहरूलेसभाको वैठकमा नेपालभर मुलुक वा कुनै खण्डको लागि विदेश वा यहाँ जहाँसुकैरहेका नेपाली प्रजाको हित र शासन व्यवस्थाबारे कानूनको मसौदा, प्रश्न वा प्रस्तावपेस गर्न पाउनेछन् । तर लोकहितको निमित्त हानिकारक ठह¥याइवक्सेका जुनसुकैकानूनको मसौदा, प्रस्ताव वा प्रश्न जुनसुकै अवस्थामा पनि श्री ३ महाराजबाटरोक्न वा खारेज गरिवक्सिनहुनेछ ।

(ख) श्री ५ महाराजाधिराज र श्री ३ महाराजका उत्तराधिकारी ओहदा, पदवी र विशेषअधिकारसम्बन्धी परम्परादेखि चलिआएका रीत रिवाज, कानून वन्देजमा खलवल हुनेकुनै कुराको पनि प्रश्न प्रस्ताव वा कानूनको मसौदा पेस गर्न वा यस्तै अरू कुरा गर्नहँुदैन ।

(ग) व्यवस्थापक सभामा कुनै मानिसको व्यक्तिगत चरित्र विषय वा कुनै न्यायाधीशलेआफ्नो अखत्यारी भित्र अदालतमा गरेको काम विषय कुरा उठाउने वा छलफल हुनेछैन ।

३५. (क) आर्थिक कानूनको मसौदा विषय तल छुट्टै लेखिएको हुनाले त्यसबाहेक जुनसुकै कानूनको मसौदा पनि यस विषयमा बनेको नियममा रही दुवै सभामा जसले पेशगरेपनि हुन्छ ।

(ख) दुवै सभाबाट मंजुरी भएपछिमात्र कानूनको मसौदा स्वीकृत भएको ठहरिनेछ ।

३६. (क) एक सभाबाट मंजुर भै कुनै कानूनको मसौदा वा अरू कुनै विषय अर्को सभामागएकोमा(१) अर्को सभाले प्रस्तावित कानून नामंजुर ग¥यो भने वा,

(२) कानूनको मसौदा अदल बदल गर्ने विषय सभाहरूको राय मिलेन भने वा,

(३) अर्को सभामा बर्षदिनसम्म पनि श्री ३ महाराजबाट सदर गराइन सो मसौदापेश नभै रह्यो भने, श्री ३ महाराजबाट दुवै सभाको संयुक्त सभा बोलाईछलफल गराइ बक्सनेछ ।

(ख) यो संयुक्त सभाले मंजुर गरेको कुरा यो ऐनवमोजिम स्वीकृत भएको ठहरिनेछ ।

(ग) यस्तो संयुक्त सभामा भारदारी सभाको सभापति वा निजको अनुपस्थितिमा श्री ३महाराजबाट नियुक्त गरिवक्सेको मानिसले सभापतिको आसन ग्रहण गर्नेछ ।

३७. (क) व्यवस्थापक सभाबाट स्वीकृत भएको कानूनको मसौदामा श्री ३ महाराजबाट सदरगरिबक्सी खङ्गनिशाना लागेपछिमात्र कानून वत्रेछ ।

३८. (क) श्री ३ महाराजबाट हरेक वर्षको अनजानी आमदानी खर्चको फेहरिस्त दुवै सभामापेश गराउन लगाइबक्सिनेछ ।

(ख) यो फेहरिश्तमा तपसीलबमोजिमका भित्र भित्र रकम देखाइनेछः

(१) मुलुकको आम्दानीउपर खर्च गर्नै पर्ने सालबसाली खर्च र

(२) मुलुकको आमदानीबाट पुगेसम्म खर्च हुने पटके खर्च ।

(ग) माथिको सालवसाली खर्चमा तपसीलबमोजिका रकम राखिनेछन्ः

(१) श्री ५ महाराजाधिराज र श्री ३ महाराजको सालियानादरवन्दी रकम ।

(२) जङ्गीतर्फको खर्च ।

(३) श्री ३ महाराजबाट भर्ना भएका निजामतीतर्फको तलव, पेन्सन, भत्ता विषयखर्च ।

(४) प्रचलित वा पछि हुने अहद समझौताद्वारा हुनुपर्ने समेत परराष्ट्र सम्बन्धविषयको खर्च ।

(५) मुलुकमा कतै पनि अशान्ति हुन नदिने आर्थिक मजबुती कायम राख्ने सानातिनाहरूलाई ठालुहरूको थिचोमिचोबाट बचाउने, सरकारको विशेषजवाफदेही कार्यमा र अरू श्री ३ महाराजको तजबीजबमोजिम खर्च गर्नाकोनिमित छुट््याइएको रकम कुनै भए सो रकम समेत ।

(६) मंत्रिमण्डलका सदस्यहरू, सरकारी कानूनी सल्लाहकार र प्रधान जाँचकीकोतलव भत्ता ।

(७) धर्म कार्य गुठीको खर्च ।

(८) सरकारवाट लिने ऋण र ऋण तिर्ना निमित्त जगेडा राख्नुपर्ने सूद इत्यादि ।

(९) यो ऐन वा अरू कानूनबाट यो फेहरिस्तमा रहनुपर्ने ठह¥याइएको कुनैरकम ।

(घ) कुनै खर्चको रकम मुलुकको आमदानीउपर खर्च गर्नैपर्ने सालबसाली रकमभित्र पर्छपर्दैन भत्रे कुरामा निर्णय श्री ३ बाट गरिबक्सिनेछ ।

३९. (क) माथि लेखिएका मुलुकको आमदानीउपर खर्च गर्नैपर्ने सालबसाली रकम विषयव्यवस्थापक सभामा बोट वा छलफलको लागि कुनै किसिमको कुरा उठ्न सक्नेछैन ।तर (७) (८) (९) भने छलफलसम्मको लागि पेश हुनेछ ।

(ख) पंचायतको कामलाई तोकिएको अंजामी अङ्कमा व्यवस्थापक सभाले घटाउन पाउनेछैन ।

(ग) माथि ३८ (ख) दफामा लेखिएको पटके खर्चको निमित्त अन्जामी अङ्क कायम गरीपहिले राष्ट्र सभा र त्यसपछि भारादारीसभा पेश गरिनेछ । यी रकमहरूमा पूरा छलफल भै अनजामी अङ्क मन्जूर गर्ने, इन्कार गर्ने वा थप घट गर्ने समेतसभाहरूलाई अख्तियारी रहनेछ ।(घ) श्री ३ महाराजको मन्जूरीबिना कुनै अंजामी अङ्कहरू पेस गरिने छैनन् ।

४०. व्यवस्थापक सभाबाट निकासा भएको रुपैयाँको फेहरिश्तमा श्री ३ महाराजको वाहुली निशानालागेपछिमात्र ती रकमहरू कानूनी निकाशा ठहरिने छन् ।

४१. व्यवस्थापक सभाले मन्जूर गरेका रकमहरूमा पछि कुनै वर्ष बढी खर्च गर्नुपर्ने परिआएमामाथि दफा दफामा लेखिएबमोजिम कारवाई गरी सो अङ्क मन्जूर गराए हुनेछ ।

४२. (क) तपसीलवमोजिमका विषयमा कानूनको मसौदा वा संशेधन सरकारतरफबाट मात्रपेश हुनेछ ।

(१) कुनै रकम वा कर महसुल लगाउने वा थप घट गर्ने विषय ।

(२) सरकारी टक विषय

(३) सरकारले कुनै देशी वा विदेशी कर्जा उठाउने विषय ।

(४) हात हतियार राख्ने र प्रयोग गर्ने विषय ।

(ख) कुनै जाति वा संस्थाको धार्मिक आचार विचार परिवर्तन हुने प्रस्तावको विचार हुँदाजम्मा भएका तीन खण्डको दुई खण्ड सदस्यको राय भएमात्र परिवर्तन हुनेछ ।

४३. (क) व्यवस्थापक सभाको काम राम्ररी बेला बेलामा चलोस्, कुनै किसिमबाट पनिअड्काउ बाधा नपरोस भन्ना निमित्त सरकारबाट वनेको नियम बमोजिम कार्यक्रम मचल्नेछ ।

(ख) यसमा कुनै किसिमको बाधा अड्काउ पर्‍यो भनी आधा सदस्यहरूले राय पेश गरेभनेसरकारवाट बनाइएका नियममा अदल बदल गरिबक्सिन विचार हुनेछ ।

४४. व्यवस्थापक सभामा सवै कुराकानी छलफल इत्यादि राष्ट्रभाषा नेपालीमा नै हुनेछ ।

४५. (क) व्यवस्थापक सभामा भएका कारवाई बारे वा त्यसका कर्मचारीद्वारा सवाल बमोजिमत्यहाँ भित्र भएको कारवाई विषय कुनै अदालतमा मामिला वा मुकदमा चल्ने छैन ।

(ख) कार्यक्रममा साना तिना त्रुटि भयो भन्दैमा व्यवस्थापिका सभामा भएको कारवाई वदरहुने कुरा उठाइने छैन ।

४६. मुलुकभर कतै पनि शान्ति भङ्ग नहोस भत्रा निमित्त श्री ३ महाराजबाट मंत्रिमण्डलकोसल्लाहले चाहिएको अस्थायी कानून जारी गरिबक्सनहुन्छ तर यस्ता अस्थायी कानून छमहिनाभन्दा वढी जारी रहने छैन । अवस्था सुध्रियो भन्ने ठानीवक्सेमा श्री ३ महाराजबाटवीचमा जुनसुकै बेला पनि सो कानून खारीज गरिबक्से हुनेछ ।

४७. (क) मुलुकमा कुशासन वा अशान्ति वा दुवै भै यो ऐनवमोजिम शासनपद्धती चलाउनेअवस्था छैन भत्रे श्री ३ महाराजबाट कुनै वखत ठहराइबक्स्यो भने इश्तिहार जारीगरी तपसीलवमोजिमको कारवाई गरिवक्सिनेछ ।

१. यो कानूनबाट कुनै व्यक्ति वा सभाले पाएको काम वा अख्त्यारी आफैमाखिचिवक्सिनेछ ।

२. यो ऐनद्वारा हुने कारवाईहरू यस–यस किसिमबाट हुनेछ भनीतजवीजबमोजिम तोकिदिबक्सिने ।

(ख) यसरी जारी गरिबक्सेका इश्तिहार अर्को इश्तिहारद्वारा खारेज हुन वा बदलिनसक्नेछ ।

(ग) यो दफाबमोजिम इश्तिहार भएमा ६ महिनाभित्र फेरि श्री ३ महाराजबाट उही वातजबीजले अर्को व्यवस्थापक सभा बोलाइबक्सिनेछ ।