आन्तरिक हुलाक वस्तु बीमा गर्ने नियमहरू, २०१९

आन्तरिक हुलाक वस्तु बीमा गर्ने नियमहरू, २०१९

आन्तरिक हुलाक वस्तु बीमा गर्ने नियमहरू, २०१९
नेपाल राजपत्रमा प्रकाशित मिति
२०१९।८।२८

आन्तरिक हुलाक वस्तु (बीमा गर्ने) ऐन, २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

१.१. संÔिप्त नाम र प्रारम्भ ः (१) यी नियमहरूको नाम “आन्तरिक हुलाक वस्तु (बीमा गर्ने) नियमहरू, २०१९” रहेको छ ।
(२) यी नियमहरू तुरून्त प्रारम्भ हुनेछन् ।

२.२. परिभाषा ः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमाः–

(क) “बीमा वस्तु” भन्नाले खामभित्र राखिएको पत्र, करेन्सी नोट, चेक, हुण्डी, बेचबिखन गर्न हुने लिखतका हुलाक वस्तुहरू सम्झनु पर्छ ।
(ख) “हुलाक” भन्नाले यी नियमहरूको अनुसूचीमा दिइएको हुलाकहरू र हुलाक डाइरेक्टरले आवश्यकता अनुसार समय समयमा तोकिदिएको हुलाक सम्झनु पर्छ ।
(ग) “नियन्त्रक” भन्नाले नेपाल सरकारबाट नियुक्त भएको अञ्चल प्रमुख सम्झनु पर्छ ।
(घ) “डिलेभरी” भन्नाले बीमा गरिएको हुलाक वस्तु ठेगानावाला वा सो वस्तु बुझिलिने निजबाट अख्तियार पाएको वारिसलाई बुझाएमा सो ठेगानावालालाई डेलिभरी भएको सम्झनु पर्छ ।
(ङ) “ऐन” भन्नाले आन्तरिक हुलाक वस्तु (बीमा गर्ने) ऐन, २०१९ सम्झनु पर्छ ।

३.३. बीमा गर्ने हद ः

अनुसूचीमा उल्लेख भएका हुलाकहरूका बीच बेचबिखन गर्न हुने लिखतका हुलाक वस्तुहरू बढीमा ने. रू. १,५००÷– पन्ध्रसयसम्म बीमा गर्न सकिनेछ ।

४.४. बीमा गर्नुपर्ने ः बेचबिखन गर्न हुने लिखतका हुलाक वस्तुहरू हुलाकबाट चलाउन बीमा गर्न अनिवार्य हुनेछ ।
५.५. बीमा गर्ने तरीका ः हुलाक वस्तुहरू बीमा गर्दा देहायबमोजिम गर्नुपर्छ ः–

(क) हुलाक महसुल र रजिष्टरी शुल्कको अतिरिक्त नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको बीमा दस्तूरको अग्रीम चुक्ती हुलाक टिकट टा“सी गर्नु पर्दछ,
(ख) प्रत्येक बीमा वस्तु छाप नफुटाइकन वा बेसाबूत वा अस्पष्ट चिन्ह नरहने किसिमसंग खोल्न नसकिने गरी र सफा स्पष्ट बुझिने गरी एकै रङ्गको सफा लाहाद्वारा एकै ढा“चाको कुनै व्यक्तिगत छाप लगाई बलियो खाममा राम्ररी बन्द गरिएको हुनु पर्दछ । रूपैया“ पैसाको वा सोझो बा“गा काटिएका रेखा भएको छाप हुनु हु“दैन,
(ग) खाम कालो वा अरू कुनै किसिमको रङ्गीन किनारा भएको वा भित्रको वस्तुको कुनै अंश कतैबाट देख्न र चिन्न नसकिने गरी बनेको हुनु पर्दछ,
(घ) खाम बन्दी गरी टा“सिने प्रत्येक जोडनीमा छाप लागेको हुनु पर्दछ, खाममा धागोको टा“का मारी वा फित्ता बा“धी जहा“ गा“ठो पर्दछ त्यहा“ लाहाछाप लगाएको हुनु पर्दछ,
(ङ) खाममा हुलाक अड्डाको लेबल टा“स्ने तथा अन्य चिन्ह लगाउने पर्याप्त स्थान हुनु पर्दछ

(च) खाममा कुनै केरमेट तथा थपघट नगरी बीमा गरिने मूल्य अङ्क र अक्षरमा स्पष्टसँग बुझिने गरी लेखिएको हुनु पर्दछ,
(छ) प्रेषकको नाम र ठेगाना पाउने व्यक्तिको ठेगाना लेख्ने देब्रेतर्फको तल्लो कुनामा लेखिएको हुनु पर्दछ । खाममा ठाउ“ नभए छुट्टै कागजमा लेखी बीमा गरिने वस्तुसाथै दाखिल गर्नु पर्दछ ।
(ज) खाममा बढीमा सवा इञ्च लम्बाई र सवा इञ्च चौडाइसम्मको हुलाक टिकट बाहेक अरू किसिमका आफू खुशी लेबल प्रेषकले टा“स्न सक्नेछ ।

६.६. रसीद ः बीमा वस्तु बीमा गर्ने निर्धारित समयभित्र हुलाकमा दाखिल हुन आई सो वस्तु हुलाकद्वारा स्वीकृत भएमा बुझाउने व्यक्तिलाई प्रत्येक बीमा वस्तुको निमित्त छुट्टा छुट्टै रसीद दिइनेछ ।

७.७. फिर्ती रसीद ः

प्रत्येक बीमा वस्तुको निमित्त ठेगानावालाले वा निजको अख्तियार पाएको वारिसले रीतपूर्वक दस्तखत गरेको फिर्ती रसीद प्रेषकलाई निःशुल्क पठाइनेछ ।

८.८. बीमा वस्तु फिर्ता हुने अवस्था ः सम्बन्धित हुलाकले देहायका अवस्थामा बीमा वस्तु प्रेषकलाई नै फिर्ता पठाउनु पर्दछ ः–

(क) बीमा वस्तुको आगमन सूचना दिएका मितिदेखि १० दिनसम्ममा ठेगानावालाले डेलिभरी नलिएमा, वा
(ख) ठेगानावालाले बीमा वस्तु लिन इन्कार गरेमा वा सही डेलिभरी दिने ठेगानावाला नै नभेटिएमा वा ठेगानावालाको मृत्यु भै डेलिभरी हुन नसकेमा,
(ग) ठेगानावाला बिना सूचना अघि बसेको ठाउ“ छाडी अन्यत्र गएमा वा बीमा वस्तु डेलिभरी गर्ने अख्तियार नभएको हुलाकको अधिकारक्षेत्रमा सरेकोमा सो सरेका १०
दिनभित्र ठेगानावाला वा निजको अख्तियार पाएको वारिसलाई डेलिभरी दिन तर्फबाट प्रयास गर्दा पनि ठेगानावाला पत्ता नलागी बीमा वस्तु डेलिभरी
हुन नसकेमा । तर बीमा वस्तु हुलाकमा आइपुगेको समयमा बीमा वस्तुको ठेगानावाला सो हुलाक डेलिभरी क्षेत्रबाट बाहिर गएको भए र सो हुलाकमा निजको नाममा बीमा वस्तु आएको सूचना हुलाकबाट वा अरू कुनै तवरबाट थाहा पाई त्यसको डेलिभरी लिने इच्छाको लिखित सूचना सम्बन्धित हुलाकलाई खण्ड (ग) मा उल्लिखित १० दिन भित्र दिएमा सो बीमा वस्तु अरू ५ दिनसम्म सो हुलाकमा राखिनेछ, सो ५ दिन भित्र पनि ठेगानावाला वा निजको अख्तियार पाएको वारिसले डेलिभरी नलिएमा सो ५ दिन भुक्तान भएपछि तुरून्त सो बीमा वस्तु प्रेषकलाई नै फिर्ता पठाइनेछ ।

९.९. Ôतिपूर्ति पाउने शर्त र बन्देजहरू ः

बीमा गरिएको हुलाक वस्तु वा त्यसको कुनै अंश हुलाकद्वारा चलान गरिंदाको अवस्थामा हराएमा वा नोक्सान भएमा ऐन बमोजिम पाउने क्षतिपूर्तिको रकम देहायको अवस्थामा पाउने छैन ः–

(क) प्रेषकले लेखेको ठेगाना अधूरो वा अशुद्ध भै गलत डेलिभरी हुन गएमा, वा
(ख) प्रेषकले वा ठेगानावालाले कुनै किसिमको जालसाजी गरेको प्रमाणित भएमा, वा
(ग) ठेगानावालाले फिर्ती रसीद समेतमा सही गरी बीमा वस्तु डेलिभरी लिइसकेको भएमा, वा
(घ) बीमा वस्तु हुलाक दाखिल भएको मितिदेखि २ महिनाभित्र हराएको वा नोक्सानी भएको वा गुम भएको कुनै उजूरी नदिएमा, वा
(ङ) अयोग्य वा असुरक्षित प्याक बन्दीको कारणले हराएमा वा नोक्सानी भएमा, वा
(च) खाम वा लाहा छापमा कुनै देखिने नोक्सानी नभएमा, वा
(छ) बीमा वस्तुभित्र करेन्सी नोट वा सटही मूल्यका अरू वस्तु वा दुबै साथ खामिएको भै त्यस्ता वस्तुहरूको वास्तविक मूल्यको बीमा नगरिएको भएमा, वा
(ज) बीमा गरिएको वस्तुको स्वभावैबाट हानी नोक्सानी भएमा, वा
(झ) हुलाकद्वारा मनाही गरिएका वस्तु बीमा गरिएमा ।

१०.१०. क्षतिपूर्ति दिने म्याद ः

हुलाक डाइरेक्टर वा नियन्त्रकद्वारा परिस्थितिबस जा“चबुझ (इन्क्वायरी) गर्ने आदेश भएमा बाहेक प्रेषकले हुलाकलाई बीमा वस्तु हराएको उजूरी दिएको मितिदेखि २ महिनापछि तुरून्त क्षतिपूर्ति पाउनेछ ।

अनुसूची

१. काठमाडौं जनरल पोष्ट कार्यालय ।
२. ललितपुर नगर हुलाक ।
३. भक्तपुर नगर हुलाक ।
४. वीरगञ्ज मुख्य हुलाक ।
५. विराटनगर मुख्य हुलाक ।
६. पोखरा मुख्य हुलाक ।
७. भैरहवा मुख्य हुलाक ।।

।द्रष्टव्य ः केही नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरू ः
“अफिस” को सट्टा “कार्यालय” र “गजेट” को सट्टा “राजपत्र” ।