दूध खाने बालक (पालन पोषण व्यवस्था) नियमहरू, २०२०

दूध खाने बालक (पालन पोषण व्यवस्था) नियमहरू, २०२०

दूध खाने बालक (पालन पोषण व्यवस्था) नियमहरू, २०२०
नेपाल राजपत्रमा प्रकाशित मिति
२०२१।३।२

प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको तल लेखिए बमोजिमको दूध खाने बालक (पालन पोषण व्यवस्था) नियमहरू, २०२० सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएकोछ ।

१.१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यी नियमहरूको नाम “दूध खाने बालक (पालन पोषण व्यवस्था) नियमहरू, २०२०” रहेको छ ।
(२) यी नियमहरू नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकी दिएको मितिदेखि प्रारम्भ हुनेछन् ।

२.२. परिभाषा ः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–
(क) “दूध खाने बालक” भन्नाले आयस्ता नभएका ५ वर्ष ननाघेका वेवारिसी बालक सम्झनु पर्छ,
(ख) “पालन पोषणको काम” भन्नाले दूध खाने बालक पाल्ने अड्डा सिफलेले गरिआएको दूध खाने बालकको पालन पोषणको काम सम्झनु पर्छ,
(ग) “संगठन” भन्नाले नेपाल महिला संगठन (केन्द«ीय) सम्झनु पर्छ ।

३.३. नेपाल सरकारले संगठनलाई दूध खाने बालकको पालन पोषणको काम सुम्पन सक्नसक्ने ः

(१) नेपाल सरकारले आफूलाई उचित लागे बमोजिमको शर्त र अवधि तोकी संगठनलाई दूध खाने बालकको पालन पोषणको काम सुम्पन सक्नेछ ।
(२) दूध खाने बालकको पालन पोषणको काम गर्न प्रत्येक आर्थिक वर्षको निमित्त नेपाल सरकारले आफूलाई उचित लागेको रकम संगठनलाई दिनेछ र आवश्यक देखेमा सो संगठनको रेखदेखमा काम गर्ने कर्मचारीहरूलाई समेत खटाउन सक्नेछ ।

४.४. संगठनले सोसाइटी सभाको काम गर्ने ः सोसाइटी सभाले गरिआएको दूध खाने बालक पाल्ने अड्डाको काम काज संगठनले गर्नेछ ।
५.५. दूधखाने बालकको बेड राख्ने ः संगठनले दूध खाने बालकको बेड घटीमा २७ राख्नु पर्नेछ ।नेपाल राजपत्र मिति २०२१।४।१६ को सूचना अनुसार २०२१।४।१६ देखि लागू ।

६.६. संगठनमा नेपाल सरकारको तर्फबाट सल्लाहकार रहने ः

दूध खाने बालकको पालन
पोषणको कामसम्बन्धमा नेपाल सरकारबाट मनोनीत एकजना व्यक्ति सल्लाहकारको रुपमा संगठनमा रहनेछ ।
७.७. नेपाल सरकारको विशेष अधिकार ः (१) संगठनका दूध खाने बालकको पालन पोषणको काम नेपाल सरकारले जुनसुकै बखत निरीक्षण वा जा“च गर्न लगाउने वा कामसम्बन्धी प्रतिवेदन झिकाउन सक्नेछ ।

(२) संगठनले दूध खाने बालकको पालन पोषणको काम गर्न नसकेमा वा शर्त पालन नगरेमा वा अरू कुनै मनासिव कारण देखिएमा नेपाल सरकारले दूध खाने
बालकको पालन पोषणको काम जुनसुकै बखत संगठनबाट झिक्न सक्नेछ ।
८.८. खारेजी ः

यी नियमहरूमा लेखिएका कुराहरूस“ग बाझिने जति वेनिभोलेण्ट सोसाइटी, च्यारिटेवल सोसाइटी प्रेसिडेण्ट, भाइस पे्रसिडेण्ट मेम्बरहरूको नाममा १९७० साल चैत्र २४ गते रोज २ मा भएको सवाल (समय समयमा भएको संशोधन सहित) को कुराहरू खारेज भएको वा यी नियमहरूस“ग मिल्ने गरी संशोधित भएको मानिनेछ ।।
द्रष्टव्य ः केही नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरू ः “गजेट” र “रिपोर्ट” को सट्टा “राजपत्र” र “प्रतिवेदन” ।