परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “मेलमिलाप सम्बन्धी ऐन, २०६८” रहेको छ ।

(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि सोही सूचनामा तोकिएको जिल्लामा प्रारम्भ हुनेछ।

२. परिभाषा: विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस ऐनमा–

(क) “अर्धन्यायिक निकाय” भन्नाले अदालत बाहेक मुद्दाको कारबाही र किनारा गर्न अधिकार पाएको अन्य निकाय सम्झनु पर्छ ।

(ख) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(ग) “परिषद्” भन्नाले दफा २६ बमोजिम गठन भएको मेलमिलाप परिषद्सम्झनु पर्छ ।

(घ) “पक्ष” भन्नाले विवादको पक्ष सम्झनु पर्छ र सो शब्दले मुद्दाको सन्दर्भमा वादी र प्रतिवादी समेतलाई जनाउनेछ ।

(ङ) “प्रमाणपत्र” भन्नाले मेलमिलापकर्ताको रुपमा काम गर्न दफा २१ को उपदफा (१) बमोजिम प्रदान गरिएको प्रमाणपत्र सम्झनु पर्छ ।

(च) “मुद्दा” भन्नाले मुद्दा हेर्ने निकायमा विचाराधीन रहेको विवाद सम्झनु पर्छ ।

(छ) “मुद्दा हेर्ने निकाय” भन्नाले अदालत सम्झनु पर्छ र सो शब्दले अर्धन्यायिक निकाय समेतलाई जनाउँछ ।

(ज) “मेलमिलाप” भन्नाले पक्षहरुले मेलमिलापकर्ताको सहयोगमा विवाद वा मुद्दाको निरुपण गर्न अपनाइने प्रक्रिया सम्झनु पर्छ ।

(झ) “मेलमिलापकर्ता” भन्नाले पक्षहरु बीचको विवादलाई छलफल गराई सहज वातावरण सृजना गर्न तथा सो विषयमा सहमति कायम गर्नका लागि उत्प्रेरित गर्न यस ऐन बमोजिम नियुक्त मेलमिलापकर्ता सम्झनुपर्छ ।

(ञ) “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ ।