परिच्छेद–२ मेलमिलापद्वारा विवादको समाधान

परिच्छेद–२ मेलमिलापद्वारा विवादको समाधान

३. मेलमिलापद्वारा विवादको निरुपण हुन सक्ने: (१) कुनै सम्झौतामा मेलमिलापद्वारा विवादको समाधान गरिने व्यवस्था भएकोमा त्यस्तो सम्झौता वा सो अन्तर्गत उत्पन्न हुने विवाद सोही सम्झौतामा उल्लेख भएको कार्यविधि पूरा गरी निरुपण गराउनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दा हेर्ने निकाय समक्ष दायर भएको वा नभएको प्रचलित कानून बमोजिम मिलापत्र हुन सक्ने विवादलाई पक्षहरुले मेलमिलापद्वारा समाधान गर्न चाहेमा यस ऐन बमोजिमको कार्यविधि अपनाई समाधान गर्न सकिनेछ ।

(३) पक्षहरुले मुद्दा हेर्ने निकायमा दायर भएको मुद्दालाई उपदफा (२) बमोजिम मेलमिलापद्वारा समाधान गर्न चाहेमा सोही व्यहोरा उल्लेख गरी जुनसुकै बखत सम्बन्धित मुद्दा हेर्ने निकाय समक्ष निवेदन दिन सक्नेछन् र त्यस्तो निवेदन प्राप्त हुन आएमा मुद्दा हेर्ने निकायले त्यस्तो मुद्दा जुनसुकै तहमा रहेको भए पनि मेलमिलापबाट निरुपण गर्न आदेश दिनेछ ।

(४) मुद्दा हेर्ने निकाय समक्ष दायर भएको कुनै मुद्दा मेलमिलापको कार्यविधिबाट निरुपण हुन उपयुक्त छ भन्ने मुद्दा हेर्ने निकायलाई लागेमा मुद्दा हेर्ने निकायले मेलमिलापद्वारा विवादको निरुपण गर्ने आदेश दिन सक्नेछ ।

(५) उपदफा (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि मेलमिलापको कार्यविधिबाट विवादको निरुपण हुने विषयको अतिरिक्त त्यस्तो कार्यविधिबाट निरुपण हुन नसक्ने विषय पनि सोही विवादमा निरुपण गर्नु पर्ने रहेछ भने त्यस्तो विषयमा मेलमिलापबाट विवादको निरुपण गर्न मुद्दा हेर्ने निकायले आदेश दिने छैन ।

 ४. मेलमिलापकर्ताको नियुक्ति: (१) सम्झौतामा मेलमिलापकर्ता नियुक्त गर्ने व्यवस्था भएकोमा सोही बमोजिम र त्यस्तो व्यवस्था नभएकोमा यस ऐन बमोजिम मेलमिलापकर्ताको नियुक्ति गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम मेलमिलापकर्ता नियुक्ति गर्दा पक्षहरुले आपसी सहमतिबाट नियुक्ति गर्नु पर्नेछ ।

५. मेलमिलापकर्ताको संख्या: (१) सम्झौतामा मेलमिलापकर्ताको संख्या तोकिएकोमा सोही बमोजिम र नतोकिएकोमा पक्षहरुको सहमतिबाट एकजना वा तीनजना मेलमिलापकर्ताको संख्या निर्धारण गरी नियुक्त गरिनेछ ।

(२) एकजना मेलमिलापकर्ता नियुक्त गर्न पक्षहरु सहमत भएकोमा दुवै पक्षको सहमतिबाट र तीनजना मेलमिलापकर्ता नियुक्त गर्नु परेमा प्रत्येक पक्षले एकजना र पक्षहरु आपैंmले वा त्यसरी नियुक्ति भएका दुईजना मेलमिलापकर्ताले तेस्रो मेलमिलापकर्ता नियुक्त गर्नेछन्।

(३) तीनजना मेलमिलापकर्ता नियुक्त भएकोमा तेस्रो मेलमिलापकर्ताले संयोजक भई काम गर्नेछ ।

 ६. मेलमिलापकर्ता नियुक्त गर्न सहायता लिन सकिनेः (१) मेलमिलापकर्ता नियुक्त गर्नको लागि मेलमिलाप सम्बन्धी काम गर्ने कुनै संस्थाले छुट्टै नियमावली वा कार्यविधिको व्यवस्था गरेकोमा पक्षहरुले त्यस्तो नियमावली वा कार्यविधि बमोजिम मेलमिलापकर्ता नियुक्त गर्न सक्नेछन्।

(२) उपदफा (१) बमोजिम मेलमिलापकर्ता नियुक्त गर्न पक्षहरुले आपैंmले वा अदालतको आदेश बमोजिम मेलमिलापकर्ता हुने व्यक्तिको नाम नियुक्तिका लागि सिफारिस गरी पठाउन त्यस्तो संस्थालाई अनुरोध गर्न सक्नेछन्।

(३) उपदफा (२) बमोजिम अनुरोध भएकोमा त्यस्तो संस्थाले विवादको प्रकृति र मेलमिलाप गर्नु पर्ने विषय, मेलमिलापकर्ता हुने व्यक्तिको योग्यता, दक्षता र निष्पक्षता वहन गर्न सक्ने क्षमता र अन्तर्राष्ट्रिय प्रकृतिको विवाद भए मेलमिलापकर्ता हुने व्यक्तिको राष्ट्रियता समेत विचार गरी उपयुक्त व्यक्तिको नाम सिफारिस गर्न वा उपयुक्त व्यक्तिलाई नियुक्त गर्नेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विवादका पक्षहरुले मेलमिलापकर्ता नियुक्तिका सम्बन्धमा स्थानीय तहको सहायता लिन चाहेमा सम्बन्धित स्थानीय तहको सहायता लिन सक्नेछन्।

(५) उपदफा (४) बमोजिम सहायता दिने प्रयोजनका लागि स्थानीय तहले यस ऐन बमोजिम योग्यता पुगेका मेलमिलापकर्ताको सूची तयार गरी राख्नेछ र त्यस्तो सूचीमा समावेश भएका व्यक्तिहरुमध्येबाट पक्षहरुसँग परामर्श गरी उपयुक्त व्यक्तिलाई मेलमिलापकर्ता नियुक्त गर्न सहायता गर्नेछ ।

 ७. मुद्दा हेर्ने निकायबाट मेलमिलापकर्ता नियुक्ति हुनेः (१) दफा ५ वा ६ मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को उपदफा (४) बमोजिम मुद्दा हेर्ने निकायबाट मेलमिलापको कार्यविधि पूरा गरी विवादको समाधान गर्न आदेश भएकोमा वा दफा ५ बमोजिम मेलमिलापकर्ता नियुक्त गर्न पक्षहरु असमर्थ भएकोमा मेलमिलापकर्ताको नाम पेश गर्न मुद्दा हेर्ने निकायले निश्चित समयावधि तोकी सम्बन्धित पक्षलाई आदेश दिनेछ ।

(२) उपदफा (१) बमोजिम आदेश भएकोमा सोही आदेशमा तोकिएको अवधिभित्र सम्बन्धित पक्षहरुले आपसी सहमतिबाट मेलमिलापकर्ताको नाम मुद्दा हेर्ने निकाय समक्ष पेश गर्नु पर्नेछ र पक्षहरुबीच सहमति भई नाम पेश गरेको व्यक्तिलाई मुद्दा हेर्ने निकायले मेलमिलापकर्ता नियुक्त गर्नेछ ।

(३) उपदफा (२) बमोजिम पक्षहरुले नाम पेश गर्न असमर्थ भएमा मेलमिलापकर्ता हुन योग्य व्यक्तिहरुमध्येबाट पक्षहरुको सहमति लिई मुद्दा हेर्ने निकायले उपयुक्त ठह¥याएको व्यक्तिलाई मेलमिलापकर्ता नियुक्त गर्नेछ ।

८. विशेष परिस्थितिमा मेलमिलापकर्ताको नियुक्ति: (१) मेलमिलापकर्ताको रुपमा नियुक्त भएको कुनै व्यक्तिले मेलमिलापकर्ताको रुपमा काम गर्न इन्कार गरेमा, काम गर्न असमर्थ भएमा, निजले राजीनामा दिएमा, निजको मृत्यु भएमा वा अन्य कुनै कारणबाट मेलमिलापकर्ताको स्थान रिक्त हुन गएमा जुन प्रक्रियाबाट मेलमिलापकर्ता नियुक्त भएको हो सोही प्रक्रिया पूरा गरी पक्षहरुले सहमति कायम गरेको अवधिभित्र अर्को मेलमिलापकर्ता नियुक्त गरिनेछ ।

(२) उपदफा (१) बमोजिम मेलमिलापकर्ता नियुक्त हुन नसकेमा दफा ७ बमोजिमको प्रक्रिया पूरा गरी मेलमिलापकर्ता नियुक्त गरिनेछ ।

 ९. मेलमिलापकर्ता नियुक्त गर्न आदेश दिनेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकैकुरा लेखिएको भए तापनि दफा ३ को उपदफा (३) वा (४) बमोजिम मेलमिलापद्वारा विवादको समाधान गर्नु पर्दा त्यस्तो मुद्दा हेर्ने निकायले मेलमिलापकर्ता नियुक्त गर्न आदेश दिनेछ ।

(२) उपदफा (१) बमोजिम मेलमिलापकर्ताको नियुक्ति गर्न आदेश दिंदा दफा २१ को उपदफा (१) बमोजिम मेलमिलापकर्ताको हैसियतमा काम गर्न प्रमाणपत्र प्राप्त व्यक्तिहरुमध्येबाट पक्षले रोजेको व्यक्ति नियुक्त गर्ने आदेश दिनु पर्नेछ ।

 १०. मेलमिलापकर्ता भई काम गर्न नचाहेमा सूचना दिनु पर्ने: यस परिच्छेद बमोजिम मेलमिलापकर्ताको रुपमा नियुक्त भएको व्यक्तिले मेलमिलापकर्ता भई काम गर्न नचाहेमा आपूmले नियुक्तिको सूचना पाएको सात दिनभित्र सोको लिखित जानकारी मुद्दा हेर्ने निकायलाई दिनु पर्नेछ ।

 ११. मेलमिलापकर्ताले जानकारी गराउनेः (१) यस परिच्छेद बमोजिम मेलमिलापकर्ता नियुक्त भएको व्यक्तिले स्वतन्त्र तथा निष्पक्ष रुपमा काम गर्न नसक्ने प्रकृतिको विवाद भएमा वा त्यसरी काम गर्न नसक्ने मनासिब शड्ढा गर्न सकिने कुनै परिस्थिति भएमा निजले यथाशीघ्र लिखित रुपमा सो कुराको जानकारी विवादका पक्ष र मुद्दा हेर्ने निकायबाट आदेश भएको विवादका हकमा त्यस्तो मुद्दा हेर्ने निकायलाई गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम गराइएको जानकारीको एक प्रति विवादसँग सम्बन्धित मिसिलसँग समावेश गर्नु पर्नेछ ।

 १२. मेलमिलापकर्ताले पालना गर्नु पर्ने कुराहरु: मेलमिलापकर्ताले आÇनो काम कारबाहीको सिलसिलामा देहायका कुराहरु पालना गर्नु पर्नेछ:

(क) मेलमिलाप सम्बन्धी काम कारबाही निष्पक्ष रुपले गर्नु पर्ने,

(ख) कुनै पक्षप्रति झुकाव, आग्रह, पूर्वाग्रह वा सो देखिने कुनै व्यवहार गर्न नहुने,

(ग) कुनै पक्षलाई डर, त्रास, झुक्यान वा प्रलोभनमा पारी मेलमिलाप गराउन नहुने,

(घ) विवादका कुनै पक्षसँग विवाद कायम रहेको बखत आर्थिक लेनदेन भएको हुन नहुने,

(ङ) मेलमिलाप गराउने सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गर्न नहुने,

(च) मेलमिलाप सम्बन्धी काम कारबाहीको सिलसिलामा पक्षसँगआर्थिक तथा अन्य स्वार्थजन्य कुनै काम कारबाही वा लेनदेन व्यवहार गर्न नहुने,

(छ) मेलमिलापको कार्य सम्पादन गर्दा पालना गर्नु पर्ने आचारसंहिता पालना गर्ने ।

१३. मेलमिलापकर्तालाई हटाउन सकिनेः (१) मेलमिलापकर्ताको रुपमा नियुक्त भएको व्यक्ति दफा २२ बमोजिम योग्य नभएको कुरा निज नियुक्त भएपछि थाहा हुन आएमा पक्षहरु आफैले मेलमिलापकर्ता नियुक्त गरेको भए आफैले, कुनै संस्थाद्वारा मेलमिलापकर्ता नियुक्त गरेको भए सो संस्था मार्फत  मुद्दा हेर्ने निकायले नियुक्त गरेको भए त्यस्तो निकायले सो मेलमिलापकर्तालाई तुरुन्त हटाउनु पर्नेछ ।

(२) कुनै मेलमिलापकर्ताले देहाय बमोजिमको कुनै काम गरेको कुरा कुनै पक्षले दिएको उजूरीबाट देखिएमा वा मुद्दा हेर्ने निकाय स्वयंलाई कुनै स्रोतबाट सो कुराको जानकारी हुन आएमा मुद्दा हेर्ने निकायले त्यस्तो मेलमिलापकर्तालाई जुनसुकै बखत हटाउन सक्नेछ:

(क) निजले दफा १२ बमोजिमका कुराहरु पालना नगरेमा,

(ख) निजले विवादको विषयवस्तु वा विवादका पक्षहरुसँगअनुचित वा जालसाजपूर्ण तवरले कुनै काम कारबाही गरेमा,

(ग) निजको काम कारबाही वा मेलमिलापको प्रक्रियामा बराबर त्रुटी वा अनियमितता देखिएमा,

(घ) निजले मेलमिलाप सम्बन्धी काम कारबाही अनावश्यक रुपमा लम्ब्याएमा, ढिलो गरेमा वा मेलमिलाप सम्बन्धी काम कारबाहीमा अभिरुची नदेखाएमा,

(ङ) पक्षहरुको अनुमति विना निजहरुको हित प्रतिकूल हुने गरी मेलमिलापको प्रक्रियागत विषयमा भएका कुराहरुको गोपनीयता भङ्ग गरेमा ।