८. वस्तु विकास कार्यक्रम

८. वस्तु विकास कार्यक्रम

८. वस्तु विकास कार्यक्रम

वस्तु विकास कार्यक्रमलाई दुई छुट्टाछुट्टै समूहमा विभाजन गरी लागू गरिनेछ । प्रथम प्राथमिकता समूहमा हाल निकासी बजारमा स्थापित भैसकेका श्रमप्रधान  वस्तुहरूलाई समावेश गरी विशेष केन्द्रित क्षेत्र क्उभअष्ब िायअगक बचभब० को रूपमा विकास गरिनेछ ।
यस प्राथमिकता समूहअन्तर्गत विशेषतः तयारी पोशाक, ऊनी गलैंचा र हस्तकलाका वस्तुहरू पर्नेछन् । दोस्रो समूहमा निकासीको प्रचुर सम्भावना रहेका कृषिजन्य, हस्तकला र वनजन्य वस्तुहरूलाई प्राथमिकता दिई जोड दिइएको क्षेत्र  को रूपमा कार्यान्वयन गरिनेछ । यस समूहमा चिया, तरकारीको बीउ, जडीबुटी, अदुवा र अलैंची आदिको निर्यात प्रवद्र्धनका लागि जोड दिइनेछ

८.१ विशेष केन्द्रित क्षेत्र ९क्उभअष्ब िँयअगक ब्चभब०
८.१.१ तयारी पोशाक
८.१.१.१ विश्व व्यापार संगठनको प्रावधान अनुरूप अन्तर्गत लागू भएका कोटा प्रणालीको अन्त्यपछिको परिवर्तित परिस्थिति र अन्तर्राष्ट्रिय बजारको सम्भावित अत्यधिक प्रतिस्पर्धालाई ध्यानमा राखी खास गरी नेपाली कपडा, तयारी पोशाक तथा कटन टावलको दिगो विकासका लागि आवश्यक कार्यक्रमहरू चरणबद्धरूपमा कार्यान्वयनमा ल्याइनेछ ।

८.१.१.२ तयारी पोशाक र कटन टावलको निर्यात बढाउन अवलम्बन गर्नुपर्ने दीर्घकालीन रणनीति तय गर्न अध्ययन गरी प्राप्त निष्कर्षको आधारमा राष्ट्रिय स्तरको मार्गदर्शन  तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
८.१.१.३ जि.एस.पी. सुविधाका लागि वस्तु उत्पत्तिको नियम लाई समेत ध्यानमा राखी तयारी पोशाक र कटन टावलजस्ता कपडामा आधारित वस्तुहरूको दिगो विकास गर्न पृष्ठसम्बन्ध स्थापित गरी धागो तथा कपडा उद्योगहरूको स्थापनाका लागि आवश्यक नीति र पूर्वाधारहरूको व्यवस्था गरिनेछ । हाल सञ्चालनमा आइरहेका घरेलु तथा ठूला स्वदेशी कपडा उद्योगहरूसँग समन्वय कायम गरी वस्तु
विकास गर्न जोड दिइनेछ ।
८.१.१.४ तयारी पोशाक उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न तयारी पोशाक प्रशोधन क्षेत्र को अवधारणालाई प्राथमिकता दिई
सम्भाव्यता अध्ययन गराई यस्ता क्षेत्रको स्थापनाका लागि अरू आवश्यक कदमहरू चालिनेछ ।
८.१.१.५ तयारी पोशाकको अन्तर्राष्ट्रिय व्यापारमा भएको खुला नीतिबाट सिर्जित व्यापारिक अवसरहरूबाट अधिकतम फाइदा उठाउन तयारी
पोशाकको बजार विविधीकरण गर्न निजी क्षेत्रसँगको साझेदारीमा प्रवद्र्धनात्मक कार्यहरू गरिनेछ ।
८.१.१.६ सन् २००५ पछि कोटा प्रणाली हट्न गई व्यापार खुला भएको कारणबाट प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा निकासी घट्न गएको कुरालाई ध्यानमा राखी त्यस्ता बजारहरूमा भन्साररहित पहुँच पाउन चालिएका कदमहरूलाई निरन्तरता दिइनेछ ।
८.१.१.७ बढी मूल्य अभिवृद्धि हुने तयारी पोशाकको उत्पादनलाई प्रोत्साहित गर्न आवश्यक पर्ने दक्ष जनशक्तिका लागि निजी क्षेत्रबाट फेसन टेक्नोलोजी इन्स्टिच्युटको स्थापना गर्न प्रोत्साहन दिइनेछ ।
८.१.२. गलैचा तथा ऊनी सामान
८.१.२.१ अन्तर्राष्ट्रिय बजारमा नेपाली गलैंचाको पहिचानलाई कायम राखी यसको निर्यात परिमाणमा गिरावट आउन नदिन नेपाल गलैंचा  को ब्रान्डिङ र लेबलिङको कार्यलाई अगाडि बढाइनेछ ।
८.१.२.२ नेपाल गलैंचा लेबलिङको व्यवस्थापनका लागि गुणस्तर तथा नापतौल विभागले परीक्षण तथा प्रमाणीकरण गर्ने व्यवस्था मिलाइनेछ । साथै प्रमुख बजारमा हाल पाइरहेको विशेष भन्सार छुट सुविधालाई निरन्तरता दिन आवश्यक पहल गरिनेछ ।
८.१.२.३ मेसिनबाट निर्मित धागोको प्रयोगसम्बन्धी ठोस नीति निर्धारण गर्न अन्तर्राष्ट्रिय बजारमा गलैंचाको माग र मूल्य प्रतिस्पर्धालाई समेत ध्यानमा राखी लागत–लाभ विश्लेषण  को अध्ययन गराइनेछ ।
८.१.२.४ नेपाली गलैंचाको स्थापित गुणस्तरलाई कायम गर्न गलैंचा उत्पादनमा प्रयोग हुने आयातित ऊनको गुणस्तर परीक्षण गरेको प्रमाणीकरण कागजात सम्बन्धित आयातकर्ताले भन्सार कार्यालयमा अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थालाई कायम राखिनेछ ।
८.१.२.५ नेपाली गलैंचाको गुणस्तरलाई विश्वासिलो बनाउन उत्पादन तथा निकासीपूर्व निरीक्षणलाई प्रभावकारी बनाइनेछ ।
८.१.२.६ नेपाली गलैंचाको अन्तर्राष्ट्रिय बजारमा विद्यमान छविमा आँच आउन नदिन नेपाली गलैंचाको नामबाट विदेशी गलैंचाको निकासी हुने स्थिति उत्पन्न हुन नदिन ऊनी गलैंचा पैठारीमा नियन्त्रण गरी कुनै पनि प्रकारको त्चबलकजष्ऊभलत लाई पूर्णरूपमा निरुत्साहन गरिनेछ ।
८.१.२.७ गलैंचा तथा ऊनी वस्तुहरूको उत्पादनका लागि मुलुकभित्रै ऊनको उत्पादन सम्बन्धी एकीकृत कार्यक्रम ल्याउन सम्भाव्यता अध्ययन गराइनेछ । विशेषगरी तिब्बती प्रकारको ऊन उत्पादनमा महइत्व दिइनेछ ।
८.१.२.८ गुणस्तरयुक्त गलैंचा निकासी तथा विदेशी बजार पहुँचमा निरन्तरता दिन गलैंचाको गुणस्तर निर्धारण प्रमाणीकरण  बालश्रमरहित प्रमाणीकरण, पर्यावरणीय प्रमाणीकरण  को निर्धारण गर्ने व्यवस्थालाई प्रभावकारी बनाइनेछ ।
८.१.२.९ निर्यातका लागि बजार विविधीकरण गर्न युरोपेली बजारलगायत अमेरिकी बजार तथा अन्य सम्भावित बजारमा प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
८.१.२.१० गलैंचाको उत्पादनसम्बन्धी प्रक्रियाहरू मिश्रण, कटाइ र रङ्गाइलगायत डिजाइन तथा गुणस्तरसम्बन्धी संस्थागत व्यवस्था गर्न निजी क्षेत्रको सहभागितामा कार्पेट स्कुलको स्थापना गरी दक्ष जनशक्ति विकासमा टेवा पु¥याइनेछ ।
८.१.३ पश्मिना तथा रेशमजन्य वस्तु
८.१.३.१ पश्मिना तथा रेशमजन्य वस्तु उत्पादन गर्न आवश्यक प्रमुख कच्चा पदार्थको आपूर्ति स्थायी एवं दीर्घकालीन रूपमा गराउन व्यावसायिक सम्भाव्यताको आधारमा उत्पादनको कार्यलाई प्रोत्साहित गरिनेछ ।
८.१.३.२ कच्चा पदार्थ उत्पादन गर्न च्याङ्ग्रा पालनका लागि स्थानीय व्यवसायीलाई आवश्यक पूँजी र प्रविधिको व्यवस्था गरी प्रोत्साहित गरिनेछ ।
८.१.३.३ रेशम उत्पादन बृहत् रूपमा गराउनका लागि आवश्यक पूँजी र प्रविधिको उचित व्यवस्था गरी रेशमको कच्चा पदार्थको रूपमा रहेको किम्बु खेतीदेखि कपडा उत्पादनसम्मको कार्यलाई विशेष प्राथमिकताका साथ प्रोत्साहित गरिनेछ ।
८.१.३.४ पश्मिना तथा रेशमबाट उत्पादित वस्तुको स्तरीयता कायम गर्न प्रभावकारी गुणस्तर परीक्षण व्यवस्था र प्रमुख निर्यात मुलुकमा
ट्रेडमार्क दर्ता गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
८.१.३.५ सहकारीको अवधारणा तथा आधुनिक प्रविधिबाट च्याङ्ग्रा पालनको विकास गर्न प्राविधिकहरूको रेखदेख एवं निगरानीमा सम्भाव्य ग्रामीण क्षेत्रलाई च्याङ्ग्रापालन क्षेत्रको रूपमा नमुना आयोजना सञ्चालनमा ल्याइनेछ ।
८.१.३.६ उत्पादन र निर्यात लागत कम गरी प्रतिस्पर्धात्मक क्षमताको विकास तथा उपयुक्त प्रवद्र्धनात्मक कार्यक्रमहरूको माध्यमबाट बजार अवसर प्रदान गरी निर्यातलाई प्रोत्साहित गरिनेछ ।
८.१.३.७ रेशम, पश्मिना उत्पादन र निर्यातका लागि आवश्यकतानुसारका मानव संशाधनको विकासमा सहयोग पु¥याइनेछ ।
८.१.३.८ पश्मिना तथा रेशमजन्य उत्पादनको पृष्ठ तथा अग्रसम्बन्ध को विकास गरिनेछ ।
८.१.३.९ पश्मिना तथा रेशमजन्य वस्तु उत्पादनको विविधताको लागि केन्द्रको अधिकतम उपयोग गरिनेछ ।
८.१.४. हस्तकलाका सामान
८.१.४.१ विशेषगरी ठूलो परिमाणमा निर्यात हुने पश्मिना, ऊनी सामान, चाँदीका सरसामान, धातुबाट बनेका वस्तुहरू तथा हाते कागजलाई
प्रमुख निर्यात वस्तुहरूको रूपमा विकास गर्न सहयोग पु¥याइनेछ ।
८.१.४.२ हस्तकलाका वस्तुहरूको उत्पादन विविधीकरण, डिजाइन, गुणस्तर विकास र बजार पहुँचसम्बन्धी तालिम तथा अनुसन्धानात्मक कार्यहरू एउटै छातामुनि सञ्चालन गर्न नेपाल हस्तकला महासंघको अगुवाइमा नेपाल सरकारको सहभागितामा विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ । साथै, हस्तकला डिजाइन तथा विकास केन्द्रलाई डिजाइनसम्बन्धी सेवा प्रवाह गर्ने प्रतिष्ठानको रूपमा विकास गरिनेछ
८.१.४.३ अग्रिम भुक्तानी  र प्रतीतपत्र बाट हुने निर्यात व्यवस्थाको पुनरावलोकन गरी हस्तकलाको निर्यात भुक्तानी  व्यवस्था सरल बनाइनेछ । खास गरी नमुनाहरूको आयात एवं फिर्ती खरिद  र फिर्ती खरिद व्यवस्था अन्तर्गत निर्यात गर्न सकिने व्यवस्था मिलाइनेछ ।
८.१.४.४ हस्तकलाको निर्यात भुक्तानीलाई एल.सी. मार्फत् हुनेबाहेक अरूलाई कागजात बुझाएपछि भुक्तानी  को आधारमा हुने व्यवस्था गरिनेछ ।
८.१.४.५ हस्तकला उत्पादकहरूले पाउनुपर्ने भन्सार महसुल फिर्ता लाई व्यावहारिक र प्रभावकारी बनाउन निर्यात भएको रकमको सम–दर तोकी फिर्ता दिने व्यवस्था गरिनेछ ।
८.१.४.६ हस्तकलाका वस्तुहरू निकासी गर्दा आवश्यक पर्ने विभिन्न सिफारिसहरू प्रदान गर्ने सबै निकायहरूलाई एकै थलोमा राखी उक्त
कार्यमा सरलता र शीघ्रता ल्याइनेछ ।
८.१.४.७ भन्सार जाँच पास गर्दा सबै सरकारी निकायहरू (भन्सार, पुरातत्व विभाग, सुरक्षा प्रहरी र अरू आवश्यक निकायहरू) लाई एकै थलोमा राखी एकै पटक निरीक्षण गरी टाँचा मार्ने व्यवस्था गरिनेछ ।
८.१.४.८ हस्तकला वस्तुको पुरातात्वीक जाँच पास व्यवस्थालाई झन्झटमुक्त र आधुनिक बनाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक व्यवस्था गरिनेछ ।
८.१.४.९ नेपाली कागजका वस्तुहरूको उत्पादनमा आवश्यक लोक्ता कागजको उत्पादन र सङ्कलनको प्रथाबाट ग्रामीण भेगसम्म भइरहेको आर्थिक प्रवाहलाई ध्यानमा राखी वन मन्त्रालय र वन पैदावार विकास समितिसँग समन्वय गरी बृहत् कार्यक्रम सञ्चालन गरिनेछ ।
८.२ जोड दिइएको क्षेत्र
निकासीको प्रचुर सम्भावना रहेका कारण जोड दिइएको क्षेत्र विकास  अन्तर्गत कृषिजन्य वस्तुहरूको उत्पादन अत्यधिक मात्रामा वृद्धि गरी
प्रतिस्पर्धात्मक क्षमतामा सुधार ल्याउन सम्बन्धित सरकारी तथा निजी क्षेत्रका निकायहरूबीच समन्वय गरिनेछ ।वाणिज्य नीतिको निर्दिष्ट उद्देश्यमा उल्लेख भएअनुसार जोड दिइएको क्षेत्र ९त्जचगकत बचभब० अन्तर्गत रहेका कृषिजन्य वस्तुहरूको स्थानीय स्रोतको उपयोग गरी मूल्य अभिवृद्धिमा सुधार ल्याई यी वस्तुहरूको निर्यातबाट प्राप्त प्रतिफल जनस्तरसम्म पु¥याई क्षेत्रगत रूपमा विकास गरिने लक्ष्य रहनेछ । सरकारले लागू गरेको दीर्घकालीन कृषि योजना र आवधिक योजनाले कृषि क्षेत्रलाई अर्थतन्त्रको अग्रणी क्षेत्रको रूपमा अङ्गीकार गरी गरिबी निवारणमा सहयोग पु¥याउने उद्देश्य राखेको हँुदा तदनुरूप वाणिज्य नीतिमा कृषि उत्पादनको निर्यातलाई एकीकृत रूपमा अगाडि बढाइनेछ । विशेषतः निर्यात व्यापारमा तुलनात्मक लाभ भएका चिया, तरकारीको बीउ, अलैंची, अदुवा र जडीबुटीको निर्यातलाई व्यवसायीकरण गर्ने गरी कार्यक्रम लागू गरिनेछ । यीबाहेक निर्यातमा निरन्तर वृद्धि भइरहेका अन्य वस्तुहरूलाई बजार प्रवेशको सुविधा विस्तार गर्ने प्रयास गरिनेछ ।
८.२.१. चिया
८.२.१.१ नेपालको भौगोलिक विविधता एवं जलवायुजन्य लाभको फाइदा र तुलनात्मक लाभलाई समेत ध्यानमा राखी नेपाली चियालाई प्रमुख निर्यातजन्य वस्तुको रूपमा स्थापित गरिनेछ ।
८.२.१.२ चियाको उत्पादन क्षमतामा वृद्धि र गुणात्मक सुधारका लागि मुलुकको पूर्वी क्षेत्रलाई चिया क्षेत्रको रूपमा विकास गर्न कृषि मन्त्रालयलगायत चिया विकास समिति तथा अरू सम्बन्धित निकायहरूसँग समन्वय गरी एकीकृत ार्यक्रमको तर्जुमा गरिनेछ ।
८.२.१.३ चियाको अन्तर्राष्ट्रिय मागलाई ध्यानमा राखी उत्पादनमा निरन्तरता ल्याउन र भरपर्दो बनाउन व्यापारिक क्षमता वृद्धिका लागि करार कृषि प्रणाली र टी–इस्टेट स्थापना गर्न प्रोत्साहन दिइनेछ ।
८.२.१.४ अर्थोडक्स चिया र सि.टी.सि. चियाको भिन्नाभिन्नै बजारको प्रकृति हेरी उत्पादन र प्रवद्र्धनमा प्रोत्साहन दिइनेछ ।
८.२.१.५ खासगरी अर्थोडक्स चियाका लागि जापान, फ्रान्स र जर्मनीमा प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरिनेछ भने सी.टी.सि. चियाका लागि पाकिस्तानी बजारलगायत भारत र मध्यपूर्वी राष्ट्रहरूमा बजार विस्तारका लागि विशेष कदम चालिनेछ ।
८.२.१.६ चिया उत्पादन वृद्धि गरी नापअनुसारको उत्पादन मितव्ययिता बाट फाइदा लिने गरी लगानी प्रवद्र्धन गर्न हाल लागू भइरहेको चिया विकास कोषलाई अझ प्रभावकारी बनाइनेछ । उक्त कोषको लगानीलाई चियाको अन्तर्राष्ट्रिय बजारीकरणमा
प्रोत्साहन गर्न विशेष कदम चालिनेछ ।
८.२.१.७ साना चिया कृषक तथा उत्पादकहरूलाई प्रोत्साहन दिई बजारीकरण गर्न निजी तथा दातृसंस्थाहरूको साझेदारी वा अन्तर्राष्ट्रिय व्यापारसँग सुहाउँदो प्रवद्र्धनात्मक कार्यक्रमहरू कार्यान्वयन गर्न आवश्यक कदम चालिनेछ ।
८.२.१.८ अन्तर्राष्ट्रिय उपभोक्ताहरूको माग र प्रचलित नियमलाई अनुसरण गरी चियाको गुणस्तर परीक्षण र प्रमाणीकरणको व्यवस्था गरिनेछ ।
८.२.१.९ चिया बगैँचा र उत्पादन केन्द्रबीच फिडर रोडको निर्माण गरी ढुवानी लागत कम गरिनेछ ।
८.२.२ तरकारीको बीउ
८.२.२.१ भौगोलिक र वातावरणीय विविधताका कारण तरकारी बीउको उत्पादन तथा निर्यातको अवसरलाई निजी क्षेत्रको सहभागितामा
उपयोग गरिनेछ ।
८.२.२.२ बीउ उत्पादन हुने प्रमुख क्षेत्रहरू – रुकुम, सल्यान, जुम्ला, कालीकोट र नुवाकोट जस्ता क्षेत्रहरूलाई बजारीकरण र व्यवसायीकरण गरी अरू थप जिल्लामा समेत विस्तार गरिनेछ ।
८.२.२.३ नेपाली बीउका लागि प्रमुख बजारका रूपमा देखिएको बंगलादेशमा र सम्भाव्यता देखिएका मध्यपूर्वी एसिया, जापान र भारतका कृषि मेलाहरूमा नियमित रूपमा भाग लिन निजी क्षेत्रलाई सघाउ पु¥याइनेछ ।
८.२.२.४ नेपालबाट निर्यात हुने मिनओर्ली मुला, चम्सुरको साग, रायो र सिमीको बीउको गुणस्तर, उन्नत र जातीय शुद्धतासहित ख्याल राखी
उत्पादन र निर्यातमा समन्वय ल्याउन सम्बन्धित निकायसँग आवश्यक कार्य गरिनेछ ।
८.२.२.५ बीउ उत्पादन र निर्यातका लागि आवश्यक कृषि सामग्री तथा प्याकिङका सामग्रीमा सहुलियत पु¥याइनेछ । साथै, स्तरीय बीउ मात्र
पैठारी हुने व्यवस्थाको थालनी गरिनेछ ।
८.२.३ अलैंची
८.२.३.१ सम्भाव्यता अध्ययनको आधारमा अलैँचीको उत्पादन विस्तार गर्न पूँजी र प्रविधिमा सहयोगको व्यवस्था मिलाइनेछ ।
८.२.३.२ गुणस्तर र ग्रेडिङको “राष्ट्रियस्तर” निर्धारण गरी उत्पादन र प्रशोधन कार्यप्रणालीमा सुधार ल्याई निर्धारित स्तर कायम राख्दै वस्तुगत र देशगत विविधीकरणबाट निर्यात बढाउने कार्य गरिनेछ ।
८.२.३.३ निर्यात सम्भाव्य मुलुकमा नेपाली अलैंचीबारे प्रचार प्रसार गर्न विदेशस्थित कूटनैतिक नियोगको सहयोगमा आवश्यक सहयोग
पु¥याइनेछ ।
८.२.३.४ मूल्य अभिवृद्धि गर्न सम्भावनाको पहिचान गरी प्रोत्साहित गरिनेछ ।
८.२.४. दाल
८.२.४.१ उन्नत बीउ र विकसित उत्पादन प्रविधिको व्यवस्थाबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषि तथा सहकारी मन्त्रालयमार्फत दाल बालीको विकाससम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
८.२.४.२ उत्पादन तथा निर्यात लक्ष्य तोकी सम्बन्धित सेवामूलक संस्थाहरूको सहयोगबाट दाल बाली विकासका लागि आवश्यक प्राविधिक सेवा, तालिम तथा बीउविजनहरू उपलब्ध गराइनेछ ।
८.२.४.३ स्वास्थ्य प्रमाणपत्र जारी गर्ने स्थापित प्रयोगशालाको क्षमता विस्तार गरी अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रयास गरिनेछ ।
८.२.४.४ अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नका लागि  प्रमाणीकरण व्यवस्थालाई प्रभावकारी तुल्याइनेछ ।
८.२.५. पुष्प व्यवसाय
८.२.५.१ उत्पादन तथा बजार मागबीच समन्वय गरी निर्यातयोग्य पुष्प उत्पादन गर्न आवश्यक बिरुवा, पूँजी, प्रविधि र तालिमको व्यवस्थाबाट पुष्प व्यवसायको विकास गरिनेछ ।
८.२.५.२ निर्यातयोग्य पुष्प व्यवसायको विकासका लागि पुष्प व्यवसाय क्षेत्र पहिचान गरी उत्पादन प्रोत्साहित गरिनेछ ।
८.२.५.३ अन्तर्राष्ट्रिय बजार प्रवेशका लागि बजार अध्ययन, प्रवद्र्धन, संवेष्टन तथा परिवहनको कार्यमा सहयोग पु¥याइनेछ ।
८.२.५.४ निर्यात हुने जातका फूलहरूको गुणस्तरका पक्षमा विश्वसनीयता बढाउन अन्तर्राष्ट्रिय प्रचलनअनुसारको गुणस्तरीय प्रणाली अपनाई प्रमाणीकरणको व्यवस्था गरिनेछ ।
८.२.५.५ जोखिम कम गर्न वातानुकूलित परिवहन व्यवस्था र विमानस्थलमा शीतगृहको सुविधा उपलब्ध गराइनेछ ।
८.२.६. किमती÷अर्धकिमती पत्थर तथा सुनचाँदीका गहना
८.२.६.१ किमती एवं अर्धकिमती पत्थर ९न्झक ७ क्तयलभ० तथा सुनचाँदीका गरगहना उत्पादन, विकास र निकासी प्रवद्र्धन गर्न छुट्टै विशेष नीतिगत व्यवस्था गरी गहना उत्पादन गर्न आवश्यक कच्चा पदार्थ पैठारीलाई करमुक्त एवं सरलीकृत गरिनेछ ।
८.२.६.२ किमती एवं अर्धकिमती पत्थर, खानी उत्खननलाई प्रोत्साहित गरी बहुमूल्य धातु एवं पत्थर गहना उत्पादन, आयात निर्यात एवं पुनः निर्यातको व्यवस्था मिलाइनेछ ।
८.२.६.३ किमती÷अर्धकिमती पत्थर र गरगहना उत्पादन एवं निकासी गर्ने उद्योगको लागि आवश्यक मेसिन उपकरण र ज्यावलहरूको पैठारीमा कर तथा भन्सार शुल्क मुक्त गराइनेछ ।

८.२.६.४ बजार विशेषलाई लक्षित गरी गहनाको उत्पादन कार्यलाई प्रोत्साहित गरिनेछ ।

८.२.६.५ विभिन्न प्रकारका जेमस्टोन तथा सुनचाँदीका गरगहना उत्पादन तथा पर्याप्त सङ्ग्रह ९क्तयअप० गर्न आवश्यक पूँजीको व्यवस्था गरी निर्यात बजार अवसर उपलब्ध गराउन थप प्रवद्र्धनात्मक कार्यहरू गरिनेछ ।
८.२.६.६ सुनचाँदीका गहना बनाउने कालिगढहरूलाई बढी दक्ष बनाउन आवश्यक प्रशिक्षण प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
८.२.७. प्रशोधित छाला
८.२.७.१ गुणस्तरीय कच्चा छाला आपूर्ति व्यवस्था गर्न सम्भाव्यताको आधारमा व्यावसायिक पशुपालनको लागि पूँजी र प्राविधिक सहयोग पु¥याइनेछ ।
८.२.७.२ प्रशोधित छाला र छालाका वस्तुहरूको निर्यातलाई प्रोत्साहित गरिनेछ ।
८.२.७.३ पूर्ण प्रशोधित छाला तयारी गर्न आवश्यक मेसिनरी र प्रविधिमा सहयोग पु¥याइनेछ ।
८.२.७.४ अन्तर्राष्ट्रिय बजार पहुँचको लागि प्रभावकारी बजार प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
८.२.७.५ छाला प्रशोधनमा वैदेशिक लगानीलाई प्रोत्साहित गरिनेछ ।
८.२.७.६ मेसिनरी तथा उपकरणको पैठारी गर्न सरल ब्याजमा ऋण सुविधाको व्यवस्था गरिनेछ ।
८.२.७.७ अर्धप्रशोधित छालालाई पूर्ण प्रशोधित गर्न  को स्थापना गरी सुविधा उपलब्ध गराइनेछ ।
८.२.८. अदुवा÷सुठो
८.२.८.१ गुणस्तरीय सुठोको उत्पादनको लागि उपयुक्त जातको अदुवा खेती उत्पादन विस्तारमा सम्बन्धित निकायको सहयोगमा पकेट क्षेत्र
निर्धारण गरी पूँजी, प्रविधि तथा बीउको व्यवस्था गरिनेछ ।
८.२.८.२ उत्पादित अदुवाको लागि बजार व्यवस्था गरिनेछ ।
८.२.८.३ अदुवाको उत्पादन विविधीकरण गरी अन्तर्राष्ट्रिय बजार प्रवेश गर्न प्रमाणीकरण व्यवस्था तथा प्रवद्र्धनात्मक कार्यक्रम लागू गरिनेछ ।

८.२.८.४ व्यावसायिक एवं उन्नत अदुवा खेतीको लागि उत्पादनदेखि बिक्री प्रवद्र्धन गर्नेसम्मका विविध पक्षमा तालिम प्रदान गरिनेछ ।
८.२.८.५ अदुवामा आधारित निर्यात वस्तुको शुद्धीकरण र ढुवानीमा सहयोग   पु¥याइनेछ ।
८.२.९. जडीबुटी तथा सारयुक्त तेल
८.२.९.१ जडीबुटी उत्पादन तथा प्रशोधनमा सुविधायुक्त परीक्षण प्रयोगशालाको विकास गरी परीक्षण तथा प्रमाणीकरण सेवा उपलब्ध गराइनुका साथै परीक्षण प्रविधिमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न प्रयास गरिनेछ ।
८.२.९.२ उच्च मूल्यका जडीबुटी तथा सारयुक्त तेलको उत्पादन, ग्रेडिङ, भण्डारण, संकलन गर्न व्यावसायिक खेती प्रणालीको विकासका लागि पूँजी, प्रविधि तथा तालिमको व्यवस्था गरिनेछ ।
८.२.९.३ जडिबुटीमा आधारित वस्तुहरूको मूल्य अभिवृद्धि गर्न निर्यातयोग्य तयारी तथा अर्धतयारी वस्तुको उत्पादन गर्न प्रोत्साहित गरिनेछ ।
८.२.९.४ जडीबुटी तथा सोमा आधारित वस्तुको निर्यातलाई बढावा दिन बजार अनुसन्धान, खोज एवं प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरिनेछ ।
८.२.९.५ जडीबुटी उत्पादनका लागि उपयुक्त स्थानहरूलाई पकेट क्षेत्रको रूपमा प्राथमिकता प्रदान गरी सहकारिताको अवधारणाबाट उत्पादन कार्यलाई प्रोत्साहित गरिनेछ ।
८.२.१०. हाते कागज र सोको उत्पादन
८.२.१०.१ हाते कागज र सोबाट निर्मित वस्तुको आपूर्ति क्षमता तथा गुणस्तर विकासको लागि लोक्ताको संरक्षण तथा व्यवस्थित उत्पादन विस्तार गरी कच्चा पदार्थ उपलब्धतालाई विस्तार गरिनेछ ।
८.२.१०.२ लोक्ता तथा नेपाली कागज उत्पादन गर्न आवश्यक पूँजी, प्रविधि तथा तालिमको व्यवस्था गरिनेछ ।
८.२.१०.३ लोक्ता कागज उत्पादन प्रविधिको विकासमा सहयोग पु¥याइनेछ ।
८.२.१०.४ हाते कागजमा आधारित वस्तुहरूको उत्पादनमा विविधीकरणका साथै डिजाइन सेन्टरको अधिकतम उपयोग एवं बजार अवसर उपलब्ध गराउन प्रवद्र्धनात्मक कार्यहरू सञ्चालन गरिनेछ ।
८.२.११. काष्ठकलाका वस्तुहरू
८.२.११.१ अन्तर्राष्ट्रिय बजार मागबमोजिम गुणस्तरयुक्त काष्ठकलामा आधारित वस्तु उत्पादन गर्न काठ सिजनिङ तथा निरन्तर आपूर्तिलाई सहज बनाउन सहयोग गरिनेछ ।
८.२.११.२ काष्ठकलाका वस्तुको बजार विविधीकरण अनुरूप काष्ठकला वस्तुको उत्पादन गर्न अनुसन्धान, तालिम, उत्पादन विकास तथा निर्यात क्षमता विस्तार गरी प्रवद्र्धनात्मक कार्यक्रमको सञ्चालन गरिनेछ ।
८.२.११.३ निर्यातयोग्य काष्ठकलाका वस्तुको उत्पादन गर्न आवश्यक मेसिन उपकरणको पैठारीमा कर तथा भन्सार महसुल छुट सुविधा प्रदान गरिनुका साथै उत्पादनको लागि आवश्यक बिजुली आपूर्ति एवं पूर्वाधार व्यवस्था अवलम्बन गरिनेछ ।
८.२.११.४ काष्ठकलाका वस्तुको निर्यातमा सुविधा र सहुलियत प्रदान गरिनेछ ।
८.२.११.५ तालिमको माध्यमबाट काष्ठकलाका वस्तुहरूको गुणस्तरमा सुधार गर्न कार्यक्रम सञ्चालन गरिनेछ ।
८.२.११.६ काष्ठकलामा आधारित नयाँ–नयाँ वस्तुको उत्पादन विकासमा हस्तकला डिजाइन सेन्टरको अधिकतम उपयोग गरिनेछ ।
८.२.११.७ काष्ठकलाका वस्तुको निर्यातमा सहयोग पु¥याउन तयारी वस्तुको सुविधाको स्थापना गरिनेछ ।
८.२.१२. कफी
८.२.१२.१ कफी उत्पादनमा वृद्धि गर्न कफी उत्पादनका थप क्षेत्रहरूको पहिचान गरी गुणस्तरीय हाइल्यान्ड र प्राङ्गारिक कफी उत्पादन, प्रशोधन तथा ग्रेडिङ्ग एवं स्तर निर्धारण प्रविधि अवलम्बन गरी निर्यात प्रवद्र्धन गरिनेछ ।
८.२.१२.२ गुणस्तरीय कफी मागबमोजिमको परिमाणमा निर्यात गर्न सहकारीको अवधारणाबाट समूहगत रूपमा उत्पादन कार्यलाई प्रोत्साहित गरिनेछ ।
८.२.१२.३ कृषकहरूलाई गुणस्तरीय कफीको उत्पादनमा आकर्षित गर्न उच्चस्तरको बिरुवा तथा अन्य आवश्यक क्ष्लउगत को सहज रूपमा
व्यवस्था मिलाइनेछ ।
८.२.१३. मह
८.२.१३.१ महको अन्तर्राष्ट्रिय बजारमा विश्वसनीयता कायम गर्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशालाको विकासबाट गुणस्तर
प्रमाणीकरण गरिनेछ ।
८.२.१३.२ गुणस्तर कायम गर्न मौरीपालन र मह उत्पादनको प्रभावकारी निरीक्षण तथा सुपरिवेक्षणको कार्य गरिनेछ ।
८.२.१३.३ नेपाली विशेषतायुक्त महको विशेष गरी तोरी र सस्र्यूको फूलमा आधारित उत्पादनलाई प्रोत्साहित गर्ने गरी महको उत्पादनमा
विविधीकरण गरिनेछ ।
८.२.१३.४ महको प्याकेजिङ प्रणालीमा सुधार गर्ने लगायत निर्यातयोग्य मह प्रशोधन गर्ने मेसिन उपकरणको पैठारीलाई कर तथा भन्सार महसुल छुट दिने व्यवस्था गरिनेछ ।
८.२.१३.५ निर्यातयोग्य प्राङ्गारिक महको उत्पादनलाई प्रोत्साहित गर्न उपयुक्त आधारशिलाको स्थापनाका लागि आवश्यक पूँजी र प्रविधिको व्यवस्था गरी उत्पादकलाई सहयोग पु¥याइनेछ ।
८.२.१३.६ मह आयात गर्ने राष्ट्र पहिचान गरी प्रवद्र्धनात्मक उपायहरूको अवलम्बन गरिनेछ ।
८.२.१४. जुनार
८.२.१४.१ जुनार तथा सोमा आधारित उत्पादनहरूलाई निर्यातयोग्य बनाउन गुणस्तर निर्धारण, संवेष्टन तथा भण्डारण विषयमा आवश्यक
पूर्वाधारको व्यवस्थाका साथै कृषकहरूको सीप विकासका लागि तालिम प्रदान गरिनेछ ।
८.२.१४.२ निर्यातयोग्य जुनारको संवेष्ठनमा आधुनिक प्रविधिको प्रयोग गर्नका साथै ढुवानी लागतमा सहुलियत पु¥याइनेछ ।
८.२.१४.३ नेपाली जुनारलाई व्यापारिक पहिचान दिन राष्ट्रियस्तर निर्धारण तथा ग्रेडिङ गर्ने परिपाटी लागू गरिनेछ ।
८.२.१४.४ निर्यात सम्भाव्य मुलुक पहिचान गरी बजार पहुँचको लागि प्रयास गरिनेछ ।
८.२.१४.५ जुनार सङ्कलन क्षेत्रमा पूर्वाधारको विकासका साथै कृषकलाई बजार व्यवस्था एवं बिक्री प्रवद्र्धन सम्बन्धमा जानकारी गराइनेछ ।
८.२.१४.६ उन्नत जातको जुनार उत्पादनका लागि आवश्यक बीउविजन र प्रविधिको व्यवस्था गरिनेछ ।
८.२.१५. तरकारी
८.२.१५.१ जैविक ताजा र सुख्खा ९इचनबलष्अ, ँचभकज बलम म्चष्भम० तरकारीको उत्पादन गर्न प्रोत्साहन गरिनेछ ।
८.२.१५.२ उत्पादित तरकारीको निकासी प्रवद्र्धन गर्न मुख्य भन्सार नाकाहरूमा शीतगृह निर्माण गरिनेछ ।
८.२.१५.३ ऋयमि ऋजबष्ल कायम गरी तरकारीको निकासीमा टेवा पु¥याउन वीरगञ्जको सुक्खा बन्दरगाहमा कन्टेनर) को आवत–जावत हुने व्यवस्था मिलाइनेछ ।
८.२.१५.४ तरकारी उत्पादन हुने क्षेत्रहरूको पहिचान गरी ती क्षेत्रहरूलाई को रूपमा मान्यता दिलाउने एवं उत्पादित तरकारीहरूको परीक्षण प्रमाणपत्र जारी गर्ने संयन्त्रको विकास गरिनेछ ।
८.२.१५.५ विदेशका आयातकर्ताले नेपालमा तरकारी उत्पादन गरी को माध्यमबाट निकासी गर्ने व्यवस्थालाई प्रोत्साहन गरिनेछ ।