परिच्छेद – १ प्रारम्भिक

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “नेपाल राष्ट्र बैंक ऐन, २०५८” रहेको छ ।
(२)यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “बैंक” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल राष्ट्र बैंक सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा १४ बमोजिम गठन भएको बैंकको सञ्चालक समिति सम्झनु  पर्छ ।
(ग) “सञ्चालक” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले गभर्नर र डेपुटी गभर्नर समेतलाई जनाउँछ ।
(घ) “गभर्नर” भन्नाले दफा १५ बमोजिम नियुक्त बैंकको गभर्नर सम्झनु पर्छ ।
(ङ) “डेपुटी गभर्नर” भन्नाले दफा १६ बमोजिम नियुक्त बै‌कको डेपुटी गभर्नर सम्झनु पर्छ ।
(च) “बाणिज्य बैड्क” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएको बाणिज्य बैंक सम्झनु पर्छ ।
(छ) “वित्तीय संस्था” भन्नाले कृषि, सहकारी, उद्योग वा अन्य कुनै खास आर्थिक प्रयोजनका लागि कर्जा दिने वा सर्वसाधारण जनताबाट निक्षेप संकलन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएको वित्तीय संस्था सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वित्तीय संस्था भनी तोकिदिएको संस्था समेतलाई  जनाउँछ ।
(ज) “मुद्रा” भन्नाले सबै किसिमको करेन्सी नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनि अर्डर, चेक,ड्राफट, ट्राभलर्स चेक, प्रतितपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, क्रेडिट कार्ड सम्झनु पर्छ र सो शब्दले बैंकले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य यस्तै प्रकारका मौद्रिक उपकरण समेतलाई जनाउँछ ।
(झ) “करेन्सी नोट” भन्नाले नगदको रुपमा चलन चल्तिमा रहेको बैड्ढ नोट सम्झनु पर्छ र सो शब्दले सिक्का समेतलाई जनाउँछ ।
(ञ) “विदेशी मुद्रा” भन्नाले नेपाली मुद्रा बाहेक अन्य मुद्रा सम्झनु पर्छ र सो शब्दले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट रकम झिक्ने विशेष अधिकार (स्पेशल ड्रइड्ड राइट्स), एशियन करेन्सी युनिट, युरोपियन करेन्सी युनिट तथा बैंकले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य उपकरण समेतलाई जनाउँछ ।
(ट) “नेपाली मुद्रा” भन्नाले नेपाली रुपैयाँमा अड्ढित मुद्रा सम्झनु पर्छ ।
(ठ) “परिवत्र्य विदेशी मुद्रा” भन्नाले बैड्ढले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी परिवत्र्य विदेशी मुद्रा भनी तोकिदिएको विदेशी मुद्रा सम्झनु पर्छ ।
(ड) “विदेशी विनिमय” भन्नाले विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने सबै किसिमको निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुनसक्ने अन्तर्राष्ट्रिय प्रचलनमा रहेका चेक,ड्राफट, ट्राभलर्स चेक, इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, क्रेडिटकार्ड, प्रतितपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र सम्झनु पर्छ र सो शब्दले बैड्ढले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य जुनसुकै मौद्रिक उपकरण समेतलाई जनाउँछ ।
(ढ) “विदेशी विनिमय कारोबार” भन्नाले विदेशी विनिमय खरीद बिक्री गर्ने, ऋण लिने, दिने वा अन्य कुनै तरीकाले विदेशी विनिमय लिने, दिने कार्य सम्झनु पर्छ र सो शब्दले बैड्ढले विदेशी विनिमय सटही स्वीकृति दिने कार्य समेतलाई जनाउँछ ।
(ण) “इजाजतपत्र प्राप्त व्यक्ति” भन्नाले बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ ।
(त) “प्रतितपत्र” भन्नाले कुनै एक बैंकले कुनै अर्को बैंकको नाममा फलानाको यति रुपैयाँले खामेसम्मको चेक, ड्राफट, हुण्डी वा विनिमेयपत्र स्वीकार गर्नु भनी लेखेको पत्र सम्झनु पर्छ ।
(थ) “धितोपत्र” भन्नाले कुनै संगठित संस्थाले जारी गरेको शेयर, स्टक बण्ड, डिवेन्चर, डिवेन्चर स्टक वा प्रचलित कानून बमोजिम कुनै संगठित संस्थाले जारी गरेको एकाड्ढ बचत कार्यक्रम वा समुहगत बचत कार्यक्रम सम्बन्धी प्रमाणपत्र वा हस्तान्तरणयोग्य निक्षेप प्रमाणपत्र सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको धितोपत्र वा धितोपत्रको धरौटी सम्बन्धी भरपाई, धितोपत्र सम्बन्धी हक र अधिकार समेतलाई जनाउँछ ।
(द) “विनिमेय” भन्नाले विनिमेय अधिकारपत्र पाउने कुनै व्यक्तिलाई धारक बन्न सक्ने गरी सो पत्र हस्तान्तरण गर्ने काम सम्झनु पर्छ ।
(ध) “विनिमेय अधिकारपत्र” भन्नाले प्रतिज्ञापत्र, विनिमयपत्र वा चेक सम्झनु पर्छ ।
(न) “विनिमयपत्र” भन्नाले फलाना मितिमा वा यति अवधि पछि वा मागेको बखत सो पत्रमा लेखिएको कुनै खास व्यक्तिलाई वा निजले अह्राएको व्यक्तिलाई वा सो पत्र लिई आउने व्यक्तिलाई बिना शर्त यति रकम दिनु भनी कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई निर्देशन गरी दस्तखत गरिदिएको लिखत सम्झनु पर्छ ।
(प) “प्रतिज्ञापत्र” भन्नाले फलाना मितिमा वा मागेको बखत सो पत्रमा लेखिएको कुनै खास व्यक्तिलाई वा निजले अह्राएको व्यक्तिलाई वा सो पत्र लिई आउने व्यक्तिलाई बिना शर्त यति रकम दिन्छु भनी कबुल गरी दस्तखत गरी दिएको लिखत सम्झनु पर्छ ।
(फ) “चेक” भन्नाले माग्नासाथ भुक्तानी दिनु भनी कुनै बैंक उपर खिचिएको विनिमयपत्र सम्झनु पर्छ ।
(ब) “कर्जा” भन्नाले रकम लगानी गर्ने प्रत्यक्ष वा अप्रत्यक्ष प्रतिबद्धता र त्यसको बदलामा उक्त लगानी गरेको रकम असुली गर्ने अधिकार तथा त्यस्ता कर्जाको ब्याज वा अन्य दस्तुरको चुक्ता, कर्जा वा लगानीको धितोमा दिइएको पुनर्कर्जा, कर्जाको पुनसंरचना र नवीकरण, कर्जा चुक्ताको लागि जारी गरेको जमानी तथा त्यस्तो चुक्ताको लागि गरिएको अन्य वचनवद्धता सम्झनु पर्छ र सो शब्दले कुनै पनि किसिमको ऋण समेतलाई  जनाउँछ ।
(भ) “लेखा” भन्नाले कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानून बमोजिम राखिने अभिलेख खाता तथा किताब सम्झनु पर्छ र सो शब्दले त्यस्तो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई जनाउँछ ।
(म) “ऋण सुरक्षण” भन्नाले ऋणभारयुक्त कुनै पनि विनिमेयपत्र सम्झनु पर्छ र सो शब्दले बुक इन्ट्री वा प्रमाणित रुपमा रहेको सोही सरहको अन्य कुनै ऋणभारयुक्त उपकरण समेतलाई जनाउँछ ।
(य) “मौद्रिक दायित्व” भन्नाले बैंकको वासलातमा भएको चलनचल्तीमा रहेको बैंक नोट तथा सिक्का सम्झनु पर्छ ।
(र) “अन्तर्राष्ट्रिय लेखा मापदण्ड” भन्नाले अन्तर्राष्ट्रिय स्तरको लेखा मापदण्ड सम्झनु पर्छ ।
(ल) “कर्मचारी” भन्नाले बैंकको कुनै पदमा बहाल रहेको व्यक्ति सम्झनु पर्छ ।
(व) “तोकिएको वा तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।