नेपाल अधिराज्यको संविधान, २०१५
स्वस्तिश्री गिरिराजचक्रचुडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नतओजस्वि राजन्य प्रोज्ज्वल नेपाल तारा अति ओजस्वि त्रिभुवनप्रजातान्त्रीश्रीपद ॐरामपट्ट अतुलज्यतिमर्य त्रिशक्तिपट्ट अति प्रवल गोरखादक्षिणबाहु महाधिपति फिल्डमार्शल र सर्वाेच्च कम्याण्डरइन चीफ श्री मन्महाराजाधिराज श्री श्री श्री महाराज महेन्द्र वीर विक्रम जंगबहादुर शाहबहादुरशमशेर जंगमेवानाम् सदा समर विजयिनाम् ।
आर्य संस्कृतिका अनुयायी हिन्दूधर्मावलम्बी सुप्रसिद्ध श्री ५ बडामहाराजा पृथ्वीनारायणशाहका वंशज परम पूज्य राष्ट्रपिता श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेवबाट प्याराप्रजाको अधिकार र हितको निमित्त एक महान क्रान्तिको नेतृत्व गरिबक्सी संसारको इतिहासमाअमर होइबक्सेको मौसूफ बुबाज्यूबाट नेपालमा प्रजातन्त्र फलाउन प्रजाहरूलाई मौलिक हक प्रदानगर्ने ‘उत्कट अभिलाषा’ राखिबक्सेकोले,
र प्रजालाई सर्वतोन्मुखी प्रगति गर्न तथा आफ्नो व्यक्तित्वको उच्चतम विकास गर्न समर्थतुल्याउन र सँदा प्रजाको इच्छाको कदर गरी चल्ने एक कुशल तथा संवैधानिक राजतन्त्रात्मकढङ्गको सरकारको व्यवस्थाबाट राजनैतिक स्थिरता ल्याई राजनैतिक, सामाजिक र आर्थिक न्यायतथा राष्ट्रको एकता कायम गर्न हामीबाट पनि दृढ सङ्कल्प गरिबक्सेकोले,
सार्वभौमसत्ता सम्पन्न नेपाल अधिराज्यको निमित्त एक संविधान बनाई जारी गर्नवाञ्छनीय भएकोले हाम्रा महान तथा आदरणीय पुर्वजहरूका पालादेखी नै चलिआएको हाम्रा मुलुकको परम्परा र प्रथाअनुसार हामीमा नै निहीत रहेको यस नेपाल अधिराज्यको राजकीय शत्ता र अन्तर्निहीत शाही विशेषाधिकार प्रयोग गरीबक्सी हामी श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रमशाहदेवबाट नेपाल अधिराज्यको संविधान नामक यो मूल कानून बनाई जारी गरिबक्सेका छौं ।
0 Comments