परिच्छेद–४ प्रहरी कर्मचारीको कर्तव्य र अधिकार

परिच्छेद–४ प्रहरी कर्मचारीको कर्तव्य र अधिकार

१२. प्रहरी कर्मचारीहरू हरहमेशा ड्यूटीमा रहनु पर्ने :

यस ऐनको तात्पर्यका लागि हरएक प्रहरी कर्मचारी हरहमेशा ड्यूटीमा रहेको मानिनेछ र मुलुकको कुनै भागमा जुनसुकैबखत पनि प्रहरी कर्मचारी काममा खटिन सक्दछ ।

१३. प्रहरी कर्मचारीले प्रयोग गर्न पाउने अख्तियारः प्रहरी कर्मचारीले यो ऐन वा अरू कुनैप्र चलित ऐनबाट पाएको अख्तियारभन्दा बढी अधिकार वा अख्तियार प्रयोग गर्न पाउँदैन ।

१४. सिनियर कर्मचारीको अधिकार : प्रहरी कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमबमोजिम पाएको अख्तियार निजभन्दा माथिका दर्जाका प्रहरी कर्मचारीले प्रयोग गर्न पाउँछ ।

१५. प्रहरी कर्मचारी कर्तव्य : (१) प्रत्येक प्रहरी कर्मचारीको देहायबमोजिम कर्तव्य हुनेछ :

(क) अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम दिएको आदेश र जारी गरेको वारेण्ट तदारुखतासाथ पालन तथा तामेल गर्नु ।

(ख) शान्ति र व्यवस्थालाई असर पार्ने खालको खबर संकलन गर्नु र माथिल्लो अधिकारीलाई जानकारी दिनु ।

(ग) अपराधको रोकथाम गर्नु र जनतालाई अनावश्यक झन्झटमापर्नबाट बचाउ गर्नु ।

(घ) अपराधीहरू पत्ता लगाउनु र अपराधीलाई कानुनबमोजिम सजाय गराउनु ।

(ङ) कानुनबमोजिम पक्रन पर्ने व्यक्तिलाई र पक्रनु पर्ने पर्याप्त कारण भएका व्यक्तिहरूलाई पक्रनु ।

(च) प्रचलित कानुनबमोजिम गर्नु पर्ने कर्तव्य पालन गर्ने ।

(छ) असमर्थ र असहाय भई बाटो घाटोमा परिरहेका व्यक्तिहरूलाईआफूबाट हुन सक्ने हर किसिमको मद्दत दिने र जोखिम
किसिमका र आफ्नु हेरचाह गर्न नसक्ने किसिमका अम्मल खाएका व्यक्ति वा बौलाहाहरूको जिम्मा लिने ।

(ज) पक्राउ भएका वा थुनामा रहेका व्यक्ति घायल र बिरामी भएमाआवश्यक मद्दतलाई चाहिने कारबाही तुरुन्त गर्न र त्यस्तालाई
पहरा दिँदा वा अन्त लाँदा निजको व्यवस्थाको उचित ख्याल राख्ने ।

(झ) पक्राउ भएका वा थुनामा रहेका व्यक्तिलाई चाहिने सिधा र बासको इन्तजाम गर्ने ।

(ञ) खानतलासी गर्दा असभ्य व्यवहार नगर्ने र नचाहिने हैरानी नदिने ।

(ट) सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने र स्वास्नीमानिस रकेटाकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिबनम्रतासाथ व्यवहार गर्ने ।

(ठ) आगोबाट हानी नोक्सानीको बचाउ गर्न सकभर कोशिश गर्ने ।

(ड) जनतालाई दुर्घटना वा खतराबाट बचाउन सकभर कोशिश गर्ने ।

(२) माथि खण्ड (क) देखि (ङ) मा लेखिएको कुनै उद्देश्यको प्राप्तिको लागि लागूऔषधि वा मदिरा बिक्री गर्ने र सेवन गराउने भट्टी, पसल, होटल, लज, रेष्टुराँ, जुवा खेलिरहेको ठाउँ, साधारणतः चरित्रहीन र बदमाशहरू भेला हुने कुनै ठाउँमा बिना वारेण्ट प्रवेश गर्न र निरीक्षण गर्न कम्तीमा सहायक निरीक्षक सम्म दर्जाको प्रहरी अधिकृतलाई अधिकार हुनेछ ।

(३) उपदफा (२) बमोजिम बिना वारेण्ट प्रवेश वा निरीक्षण गरेमा त्यस्तो प्रहरीअधिकृतले सो कुराको कारण सहितको लिखित जानकारी यथाशक्य चाँडो प्रमुख जिल्ला अधिकारीलाई दिनु पर्नेछ ।

१६. वारेण्ट इत्यादि जारी गर्ने प्रमुख जिल्ला अधिकारीको अधिकार : जुनसुकै प्रहरीअधिकृतले आफ्नो कर्तव्यको सिलसिलामा पाएको खबर प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरी कुनै अपराध गरेको वा सो गरेको भनी शंका भएको वा अपराध गर्न लागेको व्यक्तिको नाममा कानुनद्वारा जारी हुन सक्ने वारेण्ट, खानतलासीको वारेण्ट, समाहृान वाअरू म्याद सूचना जारी गर्न प्रतिवेदन दिने सक्नेछ र प्रचलित कानुनले त्यस्तो वारेण्ट,समाहृान वा म्याद सूचना जारी गर्न कुनै अड्डा वा अधिकारीको स्पष्ट व्यवस्था नभएकोमा प्रमुख जिल्ला अधिकारीले जारी गर्न सक्नेछ ।त्यस्तो वारेण्ट, खानतलासीको वारेण्ट, समाह्वान वा अरू म्याद सूचना कुनै अड्डा वा अदालतले जारी गर्ने कानुनी व्यवस्था भएकोमा प्रहरी अधिकृतले सो प्रतिवेदनसोझै त्यस्तो अड्डा वा अदालतमा दिनेछ ।

१७. प्रहरी कर्मचारीले बिना वरेण्ट गिरफ्तार गर्न पाउने अधिकार :

प्रहरी कर्मचारीले बिनावारेण्ट जुनसुकै सार्वजनिक ठाउँमा देहायका व्यक्तिलाई गिरफ्तार गर्न हुन्छ :

(क) कानूले ३ वर्ष वा त्यसभन्दा बढी कैदको सजाय हुने अपराध गरेको वा गर्न आँटेको छ भन्ने थाहा भएको व्यक्ति,

(ख) फरार घोषित गरिएको पक्रनु पर्ने अपराधी,

(ग) कफ्र्यू लागेको टायममा शंका पर्ने गरी हिडडुल गरी रहेका व्यक्ति,

(घ) मनासिब कारण नभै रातमा हात हतियार खरखजाना वा रातमा घरफोर्ने औजार साथमा भएको व्यक्ति,

(ङ) कानुन अनुसार थुनिएका ठाउँबाट भागेको वा भाग्न उद्योग गर्ने व्यक्ति,

(च) नेपाल सेना वा प्रहरी फोर्स छाडी भागेको भन्ने मनासिब शंका परेकाव्यक्ति,

(छ) यस ऐनको परिच्छेद (६) मा लेखिएबमोजिम हुने अपराध गरेको छ भन्नेमनासिब शंका भएको व्यक्ति ।

(२) माथि उपदफा (१) मा लेखिएबमोजिम पक्राउ भएका व्यक्तिलाई बाटाको मनासिब माफिकको म्याद बाहेक २४ घण्टाभित्र सकभर चाँडै अदालतमा पेश गर्नुपर्छ ।

(३) कुनै चल, अचल सार्वजनिक सम्पत्तिमा आफ्ना सामुन्ने नोक्सानी हुन लागेको देखेमा प्रहरी कर्मचारीले आफैं अघिसरी सो नोक्सानी रोक्न सक्छ ।

१८. सार्वजनिक बाटो इत्यादिमा सवारी वा यात्रीहरूको व्यवस्थाः प्रहरी कर्मचारीकोदेहाय बमोजिमको कर्तव्य हुन्छ :

(क) सार्वजनिक बाटोमा यातायातको व्यवस्था र नियन्त्रण गर्ने र त्यहाँ यातायातको रोकावट हुन नदिने र सार्वजनिक बाटो वा त्यसको वरिपरि
जनताले पालन गर्नाको निमित्त यो ऐन वा प्रचलित कानुन अन्तर्गतबनेका नियम र आदेश मिच्न नदिने ।

(ख) सार्वजनिक बाटोमा र सबैले नुहाउने, लुगा धुने ठाउँ, घाट, हवाई अड्डा,रेलको स्टेशन, मेला लाग्ने ठाउँ, देवालय र अरू सार्वजनिक स्थानमा तथा सबैले पूजा गर्ने ठाउँ वा त्यसको वरिपरि पूजा गर्न लागेको बेलामा शान्ति कायम राख्ने ।

(ग) सबैले नुहाउने, लुगा धुने ठाउँ, घाट र हवाई अड्डा, रेल्वे स्टेशनमा व्यवस्था राख्ने र त्यस्ता ठाउँमा र सर्वसाधारणलाई तारने डुङ्गामा घुइचो
हुन नदिन तथा त्यस्तो स्थान वा डुङ्गामा सर्वसाधारणले पालन गर्नाकोनिमित्त यो ऐन र प्रचलित अन्य ऐन अन्तर्गत बनेका नियम र आदेश ….. मिच्न नदिने ।

१९. सार्वजनिक सभा र जुलुसको व्यवस्था :

(१) सार्वजनिक बाटो, सडक वा आवत जावत हुने स्थानमा सभा गर्ने वा जुलुस निकाल्ने सम्बन्धमा जन साधारणलाई असुविधा
पर्ने वा शान्ति भङ्ग हुने स्थिति उत्पन्न नहोस् भन्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी वा निजबाट त्यस कामका निम्ति अख्तियार पाएका प्रहरी अधिकृतले सभा वा जुलुसका निम्ति ठाउँ, बाटो र समय तोक्न सक्नेछ ।

(२) उपदफा (१) विपरीत कुनै कार्य भए गरेमा प्रमुख जिल्ला अधिकारी वा निजबाट त्यस कामका निम्ति अख्तियार पाएका प्रहरी अधिकृतले त्यस्तो सभा वा जुलुस रोक्न वा भङ्ग गर्न सक्नेछ ।

२०. बेवारिसी सम्पत्तिको प्रहरीले जिम्मा लिनेः बेवारिसी सम्पत्तिको जिम्मा लिने र त्यसकोतायदाती खडा गरी प्रमुख जिल्ला अधिकारी कहाँ पेश गर्ने प्रत्येक प्रहरी कर्मचारीको कर्तव्य हुन्छ ।

२१. प्रमुख जिल्ला अधिकारीले सम्पत्ति रोक्का गर्ने र इश्तिहार जारी गर्ने : (१) प्रमुखजिल्ला अधिकारीले त्यस्तो सम्पत्ति रोक्का गरी सो रोक्का भएको धनमालको फाँटवारी खोली ६ महिनाभित्र आफ्नो हक दाबीको सबूत समेत लिई दाबी गर्न आउनु भनीइश्तिहार जारी गर्न सक्नेछ ।

(२) त्यस्तो सम्पत्तिको हक पुग्ने मानिस पत्ता नलागेको वा उपस्थित नरहेको रत्यस्तो सम्पत्ति नोक्सान हुने वा स्वभाविक रूपमा सडी गली जाने भएमा वा लिलाम बिक्री गरेमा धनीलाई फाइदा होला भन्ने ……… प्रमुख जिल्ला अधिकारीको विचारमा लागेमा वा त्यस सम्पत्तिको मोल रु. १०।– भन्दा घटि भएमा ………..प्रमुख जिल्ला अधिकारीले जुनसुकै बखत पनि लिलाम बिक्री गर्न र लिलाम बिक्रीबाटआएको रुपैयाँ  ……… धरौटी राख्ने आदेश दिन सक्नेछ ।

२२. दाबा गर्ने मानिस कोही हाजिर नभएमा सम्पत्ति नेपाल सरकार लाग्ने :

(१)तोकिएको ६ महिने म्यादभित्र त्यस्तो सम्पत्ति दाबा गर्ने व्यक्ति कोही हाजिर नभएमा दफा २१ को उपदफा (२) बमोजिम लिलाम बिक्री भएको रहेनछ भने सो सम्पत्ति प्रमुख जिल्ला अधिकारीको आदेश बमोजिम लिलाम बिक्री हुन्छ ।

(२) उपदफा (१) बमोजिम सम्पत्ति लिलाम बिक्री भै आएको रुपैयाँ र कसैको हक कायम नभै दफा २१ को उपदफा (२) बमोजिम लिलाम बिक्री भै आएको रुपैयाँ ६
महिना बाद नेपाल सरकार लाग्छ ।

२२क.बेवारिसी लाशका सम्बन्धमाः बेवारिसी लाश फेला परेमा प्रहरीले कब्जामा लिई लाशको सनाखत र कालगतिले मरेकोमा मुचुल्का गराई हकवाला फेला परे सतगत गर्न बुझाई दिनु पर्छ । हकवाला फेला नपरे वा बुझी नलिए त्यस्तो लाश चिकित्साशास्त्र अध्ययन संस्थान स्थापना भएको ठाउँमा अध्ययनको प्रयोजनको निमित्त त्यस्तो संस्थानलाई आवश्यक भएमा प्रहरीले सो संस्थानलाई बुझाई दिनुपर्छ । त्यस्तो संस्थान नभएको ठाउँमा वा त्यस्तो संस्थानलाई आवश्यक नपर्ने भएमा प्रहरीले स्थानीय गाउँपालिका वा नगरपालिका वा सामाजिक संस्था माफर्त दाह संस्कार गराउनु पर्छ । तर, दुर्घटनामा परी, आत्महत्या गरी वा शंकास्पद स्थितिमा मरेकोमा भने प्रचलित कानुन बमोजिम लाश जाँच शव परीक्षण समेत गर्नु पर्ने तहकिकातको काम कारबाई पूर गरेपछि मात्र त्यस्तो लाश अध्ययन संस्थानलाई बुझाइदिनु वा दाह संस्कार
गराउन सकिनेछ ।

२३. प्रहरी कर्मचारीले डायरी राख्नुपर्ने काम :

(१) नेपाल सरकारले तोके बमोजिम ढाँचाको डायरी राखी त्यसमा सबै उजूरी र आरोप गिरफ्तार भएको सबै मानिसको नाउँ, उजूर गर्नेको नाउँ, गिरफ्तार भएको व्यक्ति उपर आरोप लगाइएको अपराध, निजहरूबाट वा अरू किसिमले बरामद भएको हतियार वा धनमाल र बुझिएका साक्षीहरूको नाउँसमेतको व्यहोरा खोली चढाई राख्ने हर एक ठानाको अख्तियारवाला कर्मचारीको कर्तव्य हुनेछ ।

(२) प्रमुख जिल्ला अधिकारीले सो डायरी झिकाई जाँच्न सक्नेछ ।

२४. … … …
२५. … … …
२६. … … …