परिच्छेद –१ प्रारम्भिक

परिच्छेद –१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यस ऐनको नाम “विनिमेय अधिकारपत्र ऐन, २०३४” रहेको छ ।
(२) यस ऐनको विस्तार नेपाल …………… भर हुनेछ ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “बैङ्क” भन्नाले प्रचलित कानूनबमोजिम स्थापना भएको बैङ्क सम्झनु पर्छ ।
(ख) “बैङ्कर” भन्नाले बैंकिङ्ग व्यवसाय गर्ने संस्था सम्झनुपर्छ र सो शब्दले बचत बैङ्कको काम गर्ने हुलाक अड्डालार्ई समेत जनाउँछ ।
(ग) “सुरक्षण” भन्नाले कर्जा लिँदा दिँदा प्रचलित कानूनबमोजिम  धितो राखिएको वा राखिने सम्पत्ति वा तत्सम्बन्धी लिखत सम्झनु पर्छ ।
(घ) “विनिमेय (नेगोसिएशन)” भन्नाले पाउने कुनै व्यक्तिलार्ई धारक बन्न सक्ने गरी विनिमेय अधिकारपत्र हस्तान्तरण गर्ने कामलार्ई सम्झनु पर्छ ।
(ङ) “विनिमेय अधिकारपत्र” भन्नाले प्रतिज्ञापत्र र विनिमेयपत्र सम्झनु पर्छ ।
(च) “प्रतिज्ञापत्र” भन्नाले सरकारी वा बैङ्क नोट बाहेक कुनै निश्चित मिति वा मागेको बखत सो पत्रमा लेखिएको कुनै खास व्यक्तिलार्ई वा निजले अह्राएकोलार्ई वा सो पत्र लिई आउनेलार्र्ई बिना शर्त यति रूपैयाँ दिन्छु भनी कबुल गरी दस्तखत गरी दिएको लिखत सम्झनुपर्छ । तर सो शब्दले”मुलुकी देवानी (संहिता) ऐन, २०७४ को भाग ४ को परिच्छेद-१५” लेनदेन व्यवहारको महलबमोजिम भएको लिखतलार्ई जनाउने छैन ।
(छ) “विनिमेयपत्र” भन्नाले फलाना मितिमा वा यति अवधिपछि वा मागेका बखत सो पत्रमा लेखिएको कुनै खास व्यक्तिलार्ई वा निजले अह्राएकोलार्ई वा सो पत्र लिई आउनेलार्ई  र यति रुपैयाँ दिनु भनी एकले अर्कोलार्ई बिना शर्त निर्देश गरी दस्तखत गरिएको लिखत सम्झनु पर्छ ।
(ज) “चेक” भन्नाले माग्नासाथ भुक्तानी दिनु भनी कुनै बैङ्क उपर खिचिएको विनिमेयपत्र सम्झनु पर्छ ।
(झ) “ड्राफ्ट” भन्नाले कुनै बैङ्कले आफ्नो एक कार्यालयबाट अर्को कार्यालय उपर कुनै खास व्यक्तिले वा निजले अह्राएकोले माग्नासाथ भुक्तानी पाउने गरी खिचेको विनिमेयपत्र सम्झनु पर्छ ।
(ञ) “भुक्तानी पाउने व्यक्ति” भन्नाले विनिमेय अधिकारपत्रमा जसले वा जसले अह्राएकोले भुक्तानी पाउने भनी उल्लेख गरिएको व्यक्ति सम्झनु पर्छ ।
(ट) “धारक” भन्नाले आफ्नो नाउँको विनिमेय अधिकारपत्र प्राप्त गरी सो अधिकारपत्रमा उल्लेख भएबमोजिमको रकमको भुक्तानी पाउने हक भएको व्यक्ति सम्झनु पर्छ ।
(ठ) “ड्रअर” भन्नाले विनिमेयपत्र लेख्ने वा खिच्ने व्यक्ति सम्झनुपर्छ ।
(ड) “ड्रयी” भन्नाले विनमेयपत्रको भुक्तानी दिन निर्देश गरिएको व्यक्ति सम्झनु पर्छ ।
(ढ) “वैकल्पिक ड्रयी” भन्नाले ड्रयीले विनिमेयपत्र स्वीकार नगरेमा वा भुक्तानी नदिएमा सम्पर्क राख्नपर्ने भनी विनिमेयपत्रमा उल्लेख गरिएको वा दरपीठ गरिएको व्यक्ति सम्झनु पर्छ ।
(ण) “रीतपूर्वकको धारक” भन्नाले लिई आउनेले भुक्तानी पाउने विनिमेय अधिकारपत्रको हकमा सो अधिकारपत्रमा कानूनबोजिम हक हुन आएको व्यक्ति सम्झनुपर्छ । अह्राएकोले भुक्तानी पाउने विनिमेय अधिकारपत्रको हकमा भुक्तानी पाउने व्यक्ति वा निजले दरपीठ गरी दिएको व्यक्ति सम्झनुपर्छ । तर जसबाट सो हक प्राप्त भएको छ, सो व्यक्तिको सो विनिमेय अधिकारपत्रमा हक नभएको भन्ने विश्वास गर्ने पर्याप्त कारण नभई सो विनिमेय अधिकारपत्रको भुक्तानी मिति नपुग्दै त्यस्तो हक प्राप्त गरेको वा दरपीठ भएको हुनु पर्छ ।
(त) “रीतपूर्वकको भुक्तानी” भन्नाले विनिमेय अधिकारपत्र लिई आउने व्यक्तिलार्ई बिना लापरवाही र असल नियतले सो अधिकारपत्रमा उल्लिखत रकम भुक्तानी दिने कामलार्ई सम्झनु पर्छ ।
(थ) “दरपीठ” भन्नाले कुनै विनिमेय अधिकारपत्रको अगाडि वा पछाडि वा त्यससाथ संलग्न कुनै लिखत वा कागजमा सो विनिमेय अधिकारपत्र विनिमेय गर्ने उद्देश्यले दस्तखत गर्ने कामलार्ई सम्झनु पर्छ ।
(द) “साधारण दरपीठ” भन्नाले दरपीठ गर्नेले आफ्नो दस्तखत मात्र गरेको दरपीठलार्ई सम्झनु पर्छ ।
(ध) “विशेष दरपीठ” भन्नाले कुनै खास व्यक्ति वा निजले अह्राएकोलार्ई भुक्तानी दिनुपर्ने गरी गरेको दरपीठलार्ई सम्झनु पर्छ ।
(न) “माग्नासाथ भुक्तानी पाउने विनिमेयपत्र” भन्नाले माग्नासथ वा देख्नासाथ वा प्रस्तुत गर्नासाथ भुक्तानी हुने विनिमयेपत्र सम्झनु पर्छ ।
(प) “भुक्तानी मिति” भन्नाले विनिमेय अधिकारपत्रमा भुक्तानी पाउने भनीलेखएिको मितिलार्ई सम्झनु पर्छ ।
(फ) “सार्वजनिक विदा” भन्नाले नेपाल सरकारले सार्वजनकि बिदा भनी घोषित गरेको दिनलार्ई सम्झनुपर्छ र सो शब्दले बंैकिङ्ग कारोवार नहुने दिनलार्ई समेत जनाउँछ ।
(ब) “नोटरी पब्लिक”  भन्नाले दफा १०६ बमोजिम नियुक्त भएको वा तोकिएको व्यक्ति सम्झनु पर्छ ।
(भ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन वा ऐन अन्तर्गत बनेको नियममा “तोकिएको” वा “तोकिएबमोजिम” सम्झनु पर्छ ।