परिच्छेद – ९ बिदा सम्बन्धी व्यवस्था

परिच्छेद – ९ बिदा सम्बन्धी व्यवस्था

४०. साप्ताहिक बिदा : श्रमिकले प्रत्येक हप्ता एक दिन साप्ताहिक बिदा पाउनेछ ।
४१. सार्वजनिक बिदा : (१) प्रत्येक श्रमिकले प्रत्येक वर्ष मई दिवस सहित तेह्र दिन तथा महिला श्रमिकको हकमा अन्तरराष्ट्रिय श्रमिक महिला दिवस सहित चौध दिन पारिश्रमिक सहितको सार्वजनिक बिदा पाउनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रतिष्ठानलाई नियमन गर्ने निकायले सार्वजनिक बिदा निर्धारण गर्ने भएमा त्यस्तो प्रतिष्ठानको हकमा सो निकायले निर्धारण गरे बमोजिम र अन्य अवस्थामा रोजगारदाताले निर्धारण गरे बमोजिम हुनेछ ।
४२. सट्टा बिदा : (१) रोक्न नहुने वा लगातार गर्नु पर्ने काममा संलग्न श्रमिकले साप्ताहिक बिदा वा सार्वजनिक बिदाको दिन काम गरेबापत सट्टा बिदा पाउनेछ ।
(२) कुनै श्रमिकलाई साप्ताहिक बिदा वा सार्वजनिक बिदाको दिनमा काममा लगाएको मितिले एक्काईस दिनभित्र सट्टा बिदा दिनुपर्नेछ ।
४३. घर बिदा : (१) श्रमिकले काम गरेको अवधिको बीस दिनको एक दिनको दरले पारिश्रमिक सहितको घर बिदा पाउनेछ ।
(२) शिक्षण संस्थामा कार्यरत श्रमिक वा वर्षे वा हिउँदे बिदा पाउने श्रमिकले घर बिदा पाउने छैन ।
तर त्यस्तो बिदा घर बिदा अवधिभन्दा कम हुने भएमा जति दिन कम भएको हो त्यति दिन घर बिदा पाउनेछ ।
४४. बिरामी बिदा : (१) श्रमिकले वार्षिक बाह्र दिन पारिश्रमिक सहितको बिरामी बिदा पाउनेछ ।
तर एक वर्ष वा सोभन्दा कम अवधि काम गर्ने श्रमिकले सोही अनुपातमा विरामी बिदा पाउनेछ ।
(२) लगातार तीन दिनभन्दा बढी बिरामी बिदा माग गर्ने श्रमिकले मान्यताप्राप्त चिकित्सकसँग जाँच गराएको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
(३) अचानक विरामी भई बिदा बस्नु परेमा श्रमिकले उपलव्ध भएसम्म छिटो साधनद्वारा
रोजगारदाता वा रोजगारदाताले तोकेको व्यक्तिलाई जानकारी दिनु पर्नेछ ।
४५. प्रसूति बिदा : (१) गर्भवती महिला श्रमिकले प्रसूतिको अघि वा पछि चौध हप्ताको प्रसूति बिदा पाउनेछ ।
(२) गर्भवती श्रमिकले प्रसूति हुने सम्भावित मितिभन्दा कम्तीमा दुई हप्ता अगाडिदेखि प्रसूति भएको कम्तीमा छ हप्तासम्म अनिवार्य रुपमा बिदा बस्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको प्रसूति बिदा लिने महिला श्रमिकले साठी दिनको पूरा पारिश्रमिक पाउनेछ र बाँकी अवधिको पारिश्रमिक पाउने छैन ।
(४) प्रसूति भएको महिला श्रमिक वा निजको शिशुको स्वास्थ्यको लागि थप आराम आवश्यक पर्ने भनी मान्यताप्राप्त चिकित्सकले सिफारिस गरेमा रोजगारदाताले प्रसूति बिदासँगै निरन्तर हुने गरी उपदफा (१) मा उल्लिखित अवधिको अतिरिक्त थप एक महिनासम्मको वेतलबी बिदा स्वीकृत गर्ने वा अन्य बिदामा समायोजन हुने गरी बिदा दिनुपर्नेछ ।
(५) सात महिना वा सोभन्दा बढी गर्भ रहेको महिला श्रमिकको शिशु मृत जन्मिएमा वा गर्भपतन भएमा प्रसूति भए सरह बिदा पाउनेछ ।
(६) बच्चा जन्मेको साठी दिन नपुग्दै आमाको मृत्यु भएमा त्यस्तो पत्नीको मृत्यु हुने श्रमिकलेआफू कार्यरत रोजगारदाताबाट शिशु स्याहारको लागि पारिश्रमिक सहित बाँकी अवधिको

(७) कुनै पुरुष श्रमिकको श्रीमती सुत्केरी हुने भएमा निजले पारिश्रमिक सहितको १५ दिन प्रसूति स्याहार बिदा पाउनेछ ।
४६. जन्मदर्ता प्रमाणपत्र पेश गर्नु पर्ने : नवजात शिशुको मृत्युभएकोमा बाहेक प्रसूति बिदामा बसेको महिला श्रमिकले तोकिए बमोजिमको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि रोजगारदाता समक्ष पेश गर्नु पर्नेछ ।
४७. पारिश्रमिक दिन नपर्ने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि महिला श्रमिकले प्रसूति बिदा अवधिको पारिश्रमिक सामाजिक सुरक्षा कोषबाट प्राप्त गर्ने व्यवस्था भएकोमा रोजगारदाताले सो हदसम्म त्यस्तो बिदा अवधिको लागि श्रमिकलाई यस परिच्छेद बमोजिमको पारिश्रमिक दिनुपर्ने छैन ।
४८. किरिया बिदा : (१) पति वा पत्नीको मृत्यु भई वा आफ्नो कूल धर्म अनुसार श्रमिक आफैले किरिया बस्नु पर्ने भएमा वा विवाहिता महिला श्रमिकले आफ्नो मातापिता वा सासू ससुराको मृत्यु भई किरिया बस्नु पर्ने भएमा तेह्र दिन किरिया बिदा पाउनेछ ।
(२) उपदफा (१) बमोजिमको किरिया बिदामा बस्ने श्रमिकले पूरा पारिश्रमिक पाउनेछ ।
४९. बिदा सञ्चित हुने : (१) श्रमिकले घर बिदा नब्बे दिनसम्म र बिरामी बिदा पैँतालीस दिनसम्म सञ्चित गर्न सक्नेछ ।
(२) श्रमिक कुनै कारणले सेवामा नरहेमा वा निजको मृत्यु भएमा वा निजको सञ्चित घर बिदा र विरामी बिदा बापत निजले खाईपाई आएको पछिल्लो आधारभूत पारिश्रमिकको दरले हुन आउने एकमुष्ट रकम निज वा निजको तोकिए बमोजिमको परिवारको सदस्यलेपाउनेछ ।
(३) उपदफा (१) मा उल्लिखित अवधिभन्दा बढी बिदा सञ्चित हुने श्रमिकले प्रत्येक वर्षको अन्त्यमा त्यस्तो बढी अवधिको बिदाको निजकोआधारभूत पारिश्रमिकको दरले हुन आउने रकम पाउनेछ ।
५०. वर्षको गणना :बिदा प्रयोजनको लागि वर्षको गणना गर्दा देहायको आधारमा गणना गर्नु पर्नेछ ः–
(क) कानूनद्वारा निर्धारण भएकोमा सोही बमोजिम,
(ख) नियामक निकायले निर्धारण गरेकोमा सोही बमोजिम,
(ग) खण्ड (क) वा (ख) बमोजिम निर्धारण नभएकोमा रोजगार सम्झौतामा उल्लेख भए बमोजिम, र
(घ) खण्ड (क), (ख) र (ग) मा लेखिए बमोजिम निर्धारण नभएकोमा नेपाल सरकारको आर्थिक वर्ष बमोजिम ।
५१. बिदा अधिकार होइन ः (१) यस परिच्छेद बमोजिम श्रमिकले पाउने बिरामी बिदा, किरिया बिदा, प्रसूति बिदा बाहेकका अन्य बिदाहरु सहुलियत मात्र हुन र अधिकारको रुपमा दाबी गर्न पाइने छैन।
(२) श्रमिकले माग गरेको उपदफा (१) मा उल्लिखित बिदा बाहेकका अन्य बिदा रोजगारदाताले कार्यस्थलको कामको आवश्यकता अनुसार कारण जनाई अस्वीकृत गर्न, स्थगित गर्न, कट्टा गर्न वा स्वीकृत भएको बिदाको समय परिवर्तन गर्न सक्नेछ ।