परिच्छेद – ११ श्रमिक आपूर्ति सम्बन्धी व्यवस्था

परिच्छेद – ११ श्रमिक आपूर्ति सम्बन्धी व्यवस्था

५८. आपूर्तिकर्ता मार्फत काममा लगाउन सक्ने ः (१) मन्त्रालयले परिषद्को सिफारिसमा नेपाल
राजपत्रमा सूचना प्रकाशन गरीे श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिकलाई लगाउन सकिने कामको
सूची प्रकाशन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम रोजगारदाताले श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिकलाई काममा
लगाउँदा व्यवसाय वा सेवाको मुख्य काममा बाहेक अन्य काममा लगाउनु पर्नेछ ।
(३) श्रमिक आपूर्तिकर्ता मार्पmत श्रमिक आपूर्ति गर्ने, गराउने गरी कुनै किसिमको प्रस्ताव
वा बोलपत्र आह्वान वा पेश गर्दा वा श्रमिक आपूर्ति गर्ने गरी सम्झौता गर्दा आपूर्ति गरिने
श्रमिकको पारिश्रमिक र अन्य सुविधा यस ऐनमा तोकिएभन्दा कम नहुने गरी गर्नु पर्नेछ ।
(४) उपदफा (३) विपरीत हुने गरी आह्वान वा पेश भएको प्रस्ताव वा बोलपत्र वा भएको
सम्झौता स्वतः रद्द हुनेछ ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि “मुख्य काम” भन्नाले व्यवसाय स्थापना गर्दा उल्लेख
गरिएका काम र सोसँग प्रत्यक्ष रुपमा सम्बन्धित काम सम्झनु पर्छ ।
५९. इजाजतपत्र लिनु पर्ने ः (१) श्रमिक आपूर्ति गर्न चाहने कम्पनीले यस ऐन बमोजिम इजाजतपत्र
लिनु पर्नेछ ।
स्पष्टीकरण ः यस परिच्छेदको प्रयोजनको लागि “कम्पनी” भन्नाले कानून बमोजिम स्थापना
भएको कम्पनी सम्झनु पर्छ ।
(२) इजाजतपत्र लिन चाहने कम्पनीलेतोकिए बमोजिमको दस्तुर, विवरण तथा कागजात
संलग्न गरी सम्बन्धित क्षेत्रको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ ।
तर एकभन्दा बढी कार्यालय रहेको क्षेत्रमा श्रमिक आपूर्ति गर्न चाहने कम्पनीले
इजाजतपत्र लिन तोकिए बमोजिमको दस्तुर, विवरण तथा कागजात संलग्न गरी विभाग समक्ष
तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा
तोकिए बमोजिमको धरौटी वा बैङ्क ग्यारेण्टी लिई पन्ध्र दिनभित्र विभाग वा कार्यालयले त्यस्तो
निवेदकलाई श्रमिक आपूर्ति गर्न पाउने गरी तोकिए बमोजिमको शर्त र ढाँचामा इजाजतपत्र जारी
गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम इजाजतपत्र जारी गर्दा त्यस्तो इजाजतपत्रमा नैश्रमिक आपूर्ति
सम्बन्धी काम वा सेवा तथा कार्यक्षेत्र उल्लेख गर्नु पर्नेछ ।
तर एउटै कम्पनीले दुईभन्दा बढी काम वा सेवाको लागि श्रमिक आपूर्ति गर्न पाउने छैन

(५) यो ऐन प्रारम्भ हुँदाका बखत श्रमिक आपूर्ति सम्बन्धी काम गर्ने संस्था वा व्यक्तिले
यो ऐन प्रारम्भ भएको मितिले छ महिनाभित्र प्रचलित कम्पनी कानून बमोजिम श्रमिक आपूर्ति
सम्बन्धी काम गर्ने कम्पनीको संस्थापना गरी यस दफा बमोजिम इजाजतपत्र लिनु पर्नेछ ।
६०. इजाजतपत्रवालाले विवरण बुझाउनु पर्ने ः कार्यालयबाट इजाजतपत्र प्राप्त गरेको
इजाजतपत्रवालाले कार्यालय समक्ष र विभागबाट इजाजतपत्र प्राप्त गरेको इजाजतपत्रवालाले
विभाग समक्ष हरेक वर्षको पौष मसान्तभित्र तोकिएको विवरण बुझाउनु पर्नेछ ।
६१. श्रमिक आपूर्तिकर्ताको दायित्व ः (१) श्रमिक आपूर्तिकर्ताले यो ऐन वा यस ऐन अन्तर्गत बनेको
नियम बमोजिम तोकिदिएका शर्त वा निर्देशन विपरीत हुने गरी काम कारबाही गर्न पाउने छैन ।
(२) श्रमिक आपूर्तिकर्ताले यस ऐन बमोजिमको रोजगारदाताको हैसियतमा आपूmले आपूर्ति
गर्ने श्रमिकलाई यस ऐन बमोजिम निर्धारण भएकोभन्दा कम नहुने गरी नियमित रुपमा
पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउनु पर्नेछ ।
(३) मुख्य रोजगारदाताले श्रमिकको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका लागि
कार्यस्थलमा अपनाउनु पर्ने उपाय तथा व्यवस्था वा बन्दोवस्त गरे नगरेको सम्बन्धमा श्रमिक
आपूर्तिकर्ताले नियमित रुपमा जानकारी लिई बन्दोवस्त नगरेको पाइएमा तत्काल त्यस्तो व्यवस्था
गर्न सिफारिस गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको सिफारिस मुख्य रोजगारदाताले कार्यान्वयन नगरेको
पाइएमा श्रमिक आपूर्तिकर्ताले विभाग वा सम्बन्धित कार्यालयमा सोको जानकारी दिनु पर्नेछ ।
६२. इजाजतपत्रको खारेजी, निलम्बन वा जरिबाना ः (१) देहायको अवस्थामा इजाजतपत्र जारी गर्ने
विभाग वा कार्यालयले श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र खारेज गर्न सक्नेछ ः–
(क) श्रमिक आपूर्तिकर्ताले आफ्नो इजाजतपत्र खारेज गर्न लिखित निवेदन
दिएमा, वा
(ख) श्रमिक आपूर्तिकर्ताले उपदफा (६) बमोजिम जरिबाना गर्दा समेत यो
ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम तोकेका शर्त वा
दिइएको निर्देशन उल्लङ्घन गरेमा ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिम इजाजतपत्र खारेज गर्नुअघि सम्बन्धित श्रमिक
आपूर्तिकर्तालाई आफ्नो सफाई पेश गर्न कम्तीमा सात दिनको मौका दिनु पर्नेछ ।
(३) यस दफा बमोजिम इजाजतपत्र खारेज गर्ने निर्णय गरेको सूचना सार्वजनिक रुपमा
प्रकाशन गर्नु पर्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्र खारेज भएको
श्रमिक आपूर्तिकर्ताको नेपाल सरकार वा कुनै श्रमिकप्रति कुनै आर्थिक दायित्व देखिएमा
इजाजतपत्र खारेज भएको कारणबाट त्यस्तो दायित्व वहन गर्नबाट उन्मुक्ति पाउने छैन ।
(५) कुनै श्रमिक आपूर्तिकर्ताले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा तोकिदिएका
शर्त तथा दिइएका निर्देशन पालना नगरेमा विभाग वा कार्यालयले त्यस्तो श्रमिक आपूर्तिकर्ताको
इजाजतपत्र तोकिए बमोजिम निलम्बन गर्न सक्नेछ ।
(६) कुनै श्रमिक आपूर्तिकर्ताले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा तोकिदिएका
शर्त तथा दिइएका निर्देशन पालना नगरेमा विभाग वा कार्यालयले त्यस्तो श्रमिक आपूर्तिकर्ताको
पहिलो पटकको लागि पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
६३. पारिश्रमिक तथा अन्य सुविधाको भुक्तानीे ः (१) श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र खारेज भएमा
त्यस्तो श्रमिक आपूर्तिकर्ताले पन्ध्र दिनभित्र श्रमिकलाई भुक्तान गर्नु पर्ने पारिश्रमिक तथा अन्य
सुविधा बापतको रकम भुक्तान गर्नु पर्नेछ ।

(२) उपदफा (१) मा उल्लिखित अवधिभित्र श्रमिकले पाउने पारिश्रमिक तथा अन्य सुविधा
बापतको रकम भुक्तानी नगरेमा इजाजतपत्र जारी गर्ने विभाग वा कार्यालयले श्रमिक
आपूर्तिकर्ताले इजाजतपत्र लिँदा जम्मा गरेको धरौटी वा बैङ्क ग्यारेण्टीको रकमबाट त्यस्तो
श्रमिकलाई निजले पाउने पारिश्रमिक तथा अन्य सुविधा दिलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम धरौटी वा बैङ्क ग्यारेण्टीको रकमबाट पारिश्रमिक र अन्य
सुविधा भुक्तान गर्न नपुग भएमा दामासाहीले भुक्तान गर्नु पर्नेछ । त्यसरी भुक्तान गर्दा बाँकी
पारिश्रमिक र सुविधाको हकमा श्रमिक आपूर्तिकर्ता संस्था खारेज वा विघटन भएको भए प्रचलित
कानून बमोजिम हुनेछ । त्यस्तो संस्था खारेज वा विघटन नभई अन्य काम कारबाही गरिरहेको
भए कार्यालयले त्यस्तो संस्थाको अन्य सम्पत्तिबाट पारिश्रमिक र अन्य सुविधा भुक्तानी गर्न आदेश
दिनेछ ।
६४. मुख्य रोजगारदाताको दायित्व ः (१) मुख्य रोजगारदाताले इजाजतपत्र प्राप्त श्रमिक आपूर्तिकर्ता
मार्फत श्रमिकलाई काममा लगाउँदा त्यस्तो आपूर्तिकर्तासँग गरेको सम्झौताका आधारमा लगाउनु
पर्नेछ ।
(२) मुख्य रोजगारदाताले सम्झौता गर्नु अगावैश्रमिकलाई यस ऐन वा यस ऐन अन्तर्गत
बनेको नियममा तोकिएभन्दा कम नहुने गरी पारिश्रमिक र सुविधा प्रदान गर्ने व्यवस्था मिलाई
सम्झौता गर्नु पर्नेछ ।
(३) मुख्य रोजगारदाताले श्रमिक आपूर्तिकर्ता मार्फत काममा लगाएका श्रमिकलाई श्रमिक
आपूर्तिकर्ताले नियमित रुपमा पारिश्रमिक तथा सुविधा उपलब्ध गराए वा नगराएको सम्बन्धमा
नियमित जानकारी लिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम जानकारी लिँदा श्रमिक आपूर्तिकर्ताले श्रमिकलाई पारिश्रमिक
तथा सुविधा उपलब्ध नगराएको पाइएमा त्यस्तो पारिश्रमिक तथा सुविधा उपलब्ध गराउन मुख्य
रोजगारदाताले श्रमिक आपूर्तिकर्तालाई तत्कालैअनुरोध गर्नु पर्नेछ र त्यसको जानकारी विभाग वा
कार्यालयलाई समेत दिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम अनुरोध गर्दा समेत श्रमिकलाई पारिश्रमिक तथा अन्य सुविधा
उपलब्ध नगराएमा मुख्य रोजगारदातालेसोको जानकारी विभाग वा कार्यालयलाई दिनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम जानकारी प्राप्त भएमा वा श्रमिक आपूर्तिकर्ताले श्रमिकलाई
पारिश्रमिक तथा सुविधा उपलब्ध नगराएको भन्ने जानकारी अन्य कुनै तरीकाबाट प्राप्त हुन
आएमा विभाग वा कार्यालयले त्यस्तो श्रमिक आपूर्तिकर्ताले इजाजतपत्र प्राप्त गर्दाका बखत
राखेको धरौटी वा बैङ्क ग्यारेण्टीबाट भुक्तानी गरी दिन सक्नेछ ।
(७) मुख्य रोजगारदाताले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका लागि कार्यस्थलमा अपनाउनु
पर्ने उपाय तथा व्यवस्था वा बन्दोवस्त गर्नु पर्नेछ ।
(८) श्रमिक आपूर्तिकर्ता र मुख्य रोजगारदाताबीच सम्झौता भइसकेपछि प्रचलित कानून
बमोजिम श्रमिकलाई प्रदान गर्नुपर्ने पारिश्रमिक वा सुविधामा वृद्धि भएमा त्यस्तो वृद्धि भएको
पारिश्रमिक वा सुविधा मुख्य रोजगारदाताले थप गरी भुक्तानी गर्नु पर्नेछ ।
(९) मुख्य रोजगारदाता आफै संलग्न भई वा रोजगारदाताको तर्फबाट निजको
व्यवस्थापक वा संचालक वा परिवारका सदस्य संलग्न भई स्थापना भएको प्रतिष्ठानबाट श्रमिक
आपूर्ति गर्न पाइने छैन ।
(१०) रोजगारदाताको दायित्व सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
६५. निरीक्षण, सुपरीवेक्षण तथा अनुमगन गर्ने ः (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम दिइएको निर्देशन तथा तोकिदिएको शर्त
बमोजिम श्रमिक आपूर्तिकर्ताले काम गरे नगरेको सम्बन्धमा कार्यालयले नियमित रुपमा निरीक्षण
र अनुगमन गर्नु पर्नेछ ।

(२) स्थलगत निरीक्षण, अनुगमन वा अन्य कुनै माध्यमबाट कुनै श्रमिक आपूर्तिकर्ताले यो
ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा निजलाई तोकिदिएको शर्त अनुरुप काम कारबाही
गरेको नपाइएमा कार्यालयले श्रमिक आपूर्तिकर्तालाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम दिएको निर्देशन पालना गर्नु सम्बन्धित श्रमिक आपूर्तिकर्ताको
कर्तव्य हुनेछ ।
६६. मुख्य रोजगारदाताको श्रमिक मानिने ः मुख्य रोजगारदाताले यस ऐन बमोजिम श्रमिक आपूर्ति गर्ने
इजाजतपत्र नलिएको व्यक्ति वा कम्पनी मार्फत वा यस ऐनमा उल्लिखित प्रावधान विपरीत
श्रमिक आपूर्ति गरी काममा लगाएमा त्यस्तो श्रमिक मुख्य रोजगारदाताको श्रमिक मानिनेछ ।
६७. श्रमिकबाट शुल्क लिन नपाउने ः श्रमिक आपूर्तिकर्ताले आफूले आपूर्ति गरेको श्रमिकबाट कुनै
किसिमको शुल्क वा कमिशन लिन पाउने छैन ।