परिच्छेद — १२ व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था

परिच्छेद — १२ व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था

६८. सुरक्षा र स्वास्थ्य सम्बन्धी नीति बनाउनु पर्ने ः (१) यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम तथा
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम दिइएको निर्देशनको अधीनमा रही
रोजगारदाताले कार्यस्थलमा श्रमिक तथा अन्य व्यक्तिको सुरक्षा र स्वास्थ्य सम्बन्धी नीति बनाई
लागू गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बनाइएको नीति कार्यालयमा दर्ता गर्नु पर्नेछ ।
(३) रोजगारदाताले बनाउने सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति सम्बन्धी अन्य व्यवस्था
तोकिए बमोजिम हुनेछ ।
(४) यस दफा बमोजिम रोजगारदाताले बनाएको सुरक्षा तथा स्वास्थ्य नीतिको पालना
भए नभएको सम्बन्धमा कार्यालयले नियमित रुपमा अनुगमन गर्नु पर्नेछ ।
६९. श्रमिकप्रति रोजगारदाताको कर्तव्य ः (१) व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सम्बन्धमा
रोजगारदाताको श्रमिकप्रति देहाय बमोजिमको कर्तव्य हुनेछ ः–
(क) कार्यस्थलमा सुरक्षा र स्वास्थ्य सम्बन्धी उचित प्रबन्ध गरी काम गर्ने
सुरक्षित वातावरण बनाउने,
(ख) कार्यस्थलमा रासायनिक, भौतिक वा जैविक पदार्थ वा उपकरणको
प्रयोग, सञ्चालन, सञ्चय र परिवहन गर्दा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल
असर नपर्ने व्यवस्था मिलाउने,
(ग) श्रमिकलाई आवश्यकता अनुसार सुरक्षा र स्वास्थ्य सम्बन्धी आवश्यक
सूचना, जानकारी र तालिम प्रदान गर्ने,
(घ) श्रमिकलाई उपकरण वा कामसँग सम्बन्धित रासायनिक, भौतिक वा
जैविक पदार्थको प्रयोग र सञ्चालनका सम्बन्धमा आवश्यक तालिम र
जानकारी उपयुक्त भाषामा दिने,
(ङ) कार्यस्थलमा सुरक्षित रुपमा प्रवेश गर्ने तथा निस्कने समुचित व्यवस्था
गर्ने ।
(च) श्रमिकलाई आवश्यकता अनुसार व्यक्तिगत सुरक्षा साधन उपलब्ध
गराउने ।
(छ) तोकिए बमोजिमको अन्य व्यवस्था गर्ने
(२) श्रमिकलाई सुरक्षा सम्बन्धी कुनै सुविधा वा उपकरण दिए बापत रोजगारदाताले
श्रमिकबाट कुनै शुल्क वा दस्तुर लिन पाउने छैन ।

७०. गैरश्रमिक प्रति रोजगारदाताको कर्तव्य ः (१) रोजगारदाताले कार्यस्थलमा आउने र जाने वा
कार्यस्थल भएर हिड्ने गैरश्रमिकको सुरक्षा तथा स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी आवश्यक
व्यवस्था गर्नु पर्नेछ ।
(२) कार्यस्थलको कुनै कार्य प्रकृयाबाट कसैको सुरक्षा वा स्वास्थ्यमा प्रतिकूल असर पर्ने
वा खतरा पुग्न सक्ने भए सो सम्बन्धमा रोजगारदाताले सङ्केत दिने, राख्ने वा जानकारी दिने
व्यवस्था मिलाउनु पर्नेछ ।
(३) रासायनिक पदार्थ प्रयोग वा उत्पादन गर्ने प्रतिष्ठानले आफ्नो कार्य सञ्चालन गर्दा
निस्कने रासायनिक पदार्थ वा ग्याँस वा अन्य कुनै कुराले स्थानीय जीवजन्तु, मानिस तथा
वातावरणमा प्रतिकूल प्रभाव नपार्ने गरी व्यवस्थापन गर्नु पर्नेछ ।
७१. जिम्मेवार व्यक्तिको कर्तव्य ः कुनै कार्यस्थल, उपकरण, वस्तुवा पदार्थ सम्बन्धित कामको लागि
सुरक्षित तथा स्वस्थ भए वा नभएको कुरा सुनिश्चित गर्ने कर्तव्य जिम्मेवार व्यक्तिको हुनेछ ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनका लागि “जिम्मेवार व्यक्ति” भन्नाले कार्यस्थल, उपकरण, वस्तु
वा पदार्थमाथि स्वामित्व वा नियन्त्रण भएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले त्यस्तो कार्यस्थल
प्रमुख, उपकरण, वस्तुवा पदार्थको प्रयोगका सम्बन्धमा कुनै सम्झौता भएको रहेछ भने त्यस्तो
सम्झौताबाट स्वामित्व वा नियन्त्रण कायम हुनेव्यक्ति वा संस्था समेतलाई जनाउँछ ।
७२. उत्पादनकर्ता, आयातकर्ता र आपूर्तिकर्ताको कर्तव्य ः (१) कार्यस्थलमा प्रयोग गरिनेकुनैउपकरण,
वस्तुवा पदार्थकोउत्पादनकर्ता, आयातकर्ता वा आपूर्तिकर्ताको कर्तव्य देहाय बमोजिम हुनेछ ः–
(क) सुरक्षा तथा स्वास्थ्यको दृष्टिले कार्यस्थलमा सञ्चालन तथा प्रयोग गर्न
परीक्षणबाट उपयुक्त देखिएको उपकरण, वस्तु वा पदार्थको उत्पादन,
आयात तथा आपूर्ति गर्ने,
(ख) त्यस्तो उपकरण, वस्तु वा पदार्थबाट कार्यस्थलमा सम्बद्ध व्यक्तिको
सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी उपयुक्त ढङ्गले सञ्चालन
वा प्रयोग गर्ने विधि तथा प्रकृया निर्धारण गर्ने,
(ग) त्यस्तो उपकरण, वस्तु वा पदार्थको प्रयोगबाट सुरक्षा वा स्वास्थ्यमा
प्रतिकूल असर पु¥याउन सक्ने खतरा पत्ता लगाउने,
(घ) खण्ड (ग) बमोजिम पत्ता लागेको खतरा हटाउन वा घटाउन आवश्यक
अनुसन्धान, प्रयोग वा परीक्षण गर्ने,
तर अरु कसैबाट त्यस सम्बन्धमा पहिले नै गरेको कुनै
अनुसन्धान, प्रयोग वा परीक्षणको परिणाममा विश्वास गर्नु पर्ने मनासिब
आधार देखिएमा त्यस्तोअनुसन्धान, प्रयोग वा परीक्षणलाई मान्यता दिन
सकिनेछ ।
(ङ) कार्यस्थलमा सञ्चालन तथा प्रयोग हुने उपकरण, वस्तु वा पदार्थको
सञ्चालन तथा प्रयोग गर्दा सुरक्षा र स्वास्थ्यको दृष्टिले अपनाउनु पर्ने
आवश्यक कुराहरुको बारेमा पूर्ण रुपमा जानकारी गराउन दिग्दर्शन
तयार गर्ने ।
(२) कार्यस्थलमा प्रयोग हुने उपकरण निर्माण वा जडान गर्ने व्यक्ति तथा संस्थाले त्यसरी
निर्माण वा जडान गरिएको उपकरण उपयुक्त ढङ्गले प्रयोग गरेमा त्यसबाट कसैको सुरक्षा वा
स्वास्थ्यमा प्रतिकूल असर नपर्ने कुराको लिखित प्रतिवेदन रोजगारदातालाई दिनु पर्नेछ ।
(३) कुनै उपकरण, वस्तु वा पदार्थ उपलब्ध गराउने उत्पादनकर्ता वा आपूर्तिकर्ताले
उपकरण, वस्तु वा पदार्थको प्रयोगको सम्बन्धमा उपलब्ध गराएको जानकारी वा सल्लाह अनुरुप
त्यस्तो उपकरण, वस्तु वा पदार्थ प्रयोग नगरेमा यस दफाको प्रयोजनका लागि त्यस्तो उपकरण
वा पदार्थ उपयुक्त ढङ्गले प्रयोग गरेको मानिने छैन ।
धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
ज्ञढ
(४) कार्यस्थलमा प्रयोग हुने कुनै रासायनिक पदार्थको उत्पादक, आयातकर्ता वा
आपूर्तिकर्ताले सो पदार्थको सम्बन्धमा रासायनिक सुरक्षा तथ्याङ्कपत्र (केमिकल सेफ्टी डाटा सीट)
लगायत तोकिए बमोजिमका अन्य विवरण रोजगारदातालाई उपलब्ध गराउनु पर्नेछ ।
७३. श्रमिकको कर्तव्य ः व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सम्बन्धमा श्रमिकको कर्तव्य देहाय
बमोजिम हुनेछ ः–
(क) कार्यस्थलमा जानाजानी वा लापरवाहीपूर्वक आफ्नो वा अरु कसैको सुरक्षा तथा
स्वास्थ्यमा प्रतिकूल असर पर्ने वा खतरा पुग्न सक्ने कुनै कार्य नगर्ने,
(ख) यस परिच्छेदमा उल्लिखित कुनै कर्तव्य पूरा गर्न गराउन रोजगारदाता तथा
सम्बन्धित व्यक्तिलाई आवश्यक सहयोग गर्ने,
(ग) कार्यस्थलमा सञ्चालन तथा प्रयोग हुने उपकरण, वस्तु वा पदार्थको सञ्चालन
तथा प्रयोग सुरक्षित तथा होसियारीपूर्वक सञ्चालन तथा प्रयोग गर्न तयार
गरिएको दिग्दर्शन, सल्लाह तथा अन्य कुराको सम्बन्धमा जानकारी हासिल गर्ने,
(घ) कार्यस्थल, उपकरण, वस्तुवा पदार्थ सञ्चालन तथा प्रयोग गर्न तयार पारिएको
दिग्दर्शन जानकारी तथा सल्लाह बमोजिम त्यस्तो कार्यस्थल, उपकरण वा पदार्थ
सुरक्षित तथा होसियारीपूर्वक सञ्चालन तथा प्रयोग गर्ने,
(ङ) रोजगारदाताले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा साधनको अनिवार्य रुपमा
प्रयोग गर्ने ।
७४. सुरक्षा तथा स्वास्थ्य समिति गठन गर्ने ः (१) बीस वा सोभन्दा बढी श्रमिक काम गर्ने प्रतिष्ठानमा
रोजगारदाताले श्रमिकको समेत प्रतिनिधित्व हुने गरी तोकिए बमोजिमको सुरक्षा तथा स्वास्थ्य
समिति गठन गर्नु पर्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि श्रमिक आपूर्तिकर्ता मार्फत काममा लगाइएका
श्रमिकलाई समेत गणना गरिनेछ ।
(३) उपदफा (१) बमोजिम गठित सुरक्षा तथा स्वास्थ्य समितिको काम, कर्तव्य र अधिकार
देहाय बमोजिम हुनेछ ः–
(क) कार्यस्थलमा गर्नु पर्ने सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रवन्ध र त्यस्तो
प्रबन्ध प्रभावकारी बनाउन रोजगारदातालाई नियमित रुपमा परामर्श
दिने,
(ख) कार्यस्थलमा प्रबन्ध गरिएको सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रबन्धको
मूल्याङ्कन गर्ने र त्यस्तो प्रबन्धलाई अझ बढी प्रभावकारी बनाउन
रोजगारदाताको ध्यान आकृष्ट गर्ने,
(ग) खण्ड (ख) बमोजिम ध्यान आकृष्ट गर्दा काम नगरेमा सोको जानकारी
कार्यालयलाई दिने,
(घ) दफा ६८ बमोजिम बनाइएको सुरक्षा तथा स्वास्थ्य नीतिको हरेक वर्ष
पुनरावलोकन गर्ने,
(ङ) तोकिए बमोजिमको अन्य कार्य गर्ने ।
७५. कारबाहीबाट बचाउ ः देहायको कुनै कार्य गरेको कारणले मात्र रोजगारदाताले कुनै श्रमिकलाई
अनुशासन सम्बन्धी कारबाही गर्न पाउनेछैन ः–
(क) सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रबन्ध नगरेको सम्बन्धमा रोजगारदाता
विरुद्ध जानकारी, सूचना वा उजूरी दिएको वा दिन सहयोग गरेको,
(ख) दफा ७४ बमोजिमको स्वास्थ्य तथा सुरक्षा समितिको हैसियतमा कुनै
काम गरेको, वा
(ग) सुरक्षा तथा स्वास्थ्यमा तत्काल खतरा परेको कारणबाट दफा ७६ वा ७७
बमोजिम काम बन्द गरेको ।
७६. तत्काल खतरा भएमा काम बन्द गर्नेः (१) कुनै काम तत्काल बन्द नगरे त्यस्तो काम गर्ने श्रमिक
वा अरु कसैलाई शारीरिक चोटपटक लाग्ने वा खतरा पुग्ने वा निजको स्वास्थ्यमा गम्भीर असर
पर्ने वा कुनै उपकरण, वस्तु वा पदार्थको अनपेक्षित क्षति वा हानी नोक्सानी हुने अवस्था भएमा
त्यस्तो काममा संलग्न श्रमिकले सोको जानकारी रोजगारदाता वा दफा ७१ बमोजिमको जिम्मेवार
व्यक्तिलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको जानकारी प्राप्त भएपछि रोजगारदाता वा जिम्मेवार व्यक्तिले
सो सम्बन्धमा तत्काल उचित निर्देशन दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको जानकारी दिन रोजगारदाता वा जिम्मेवार व्यक्ति तत्काल
उपलब्ध नभएमा श्रमिक आफैलेत्यस्तो काम बन्द गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम काम बन्द गरेकोमा त्यसरी काम बन्द गर्ने श्रमिकले सोको
जानकारी तत्काल छिटो साधनद्वारा रोजगारदाता तथा जिम्मेवार व्यक्तिलाई दिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको जानकारी प्राप्त भएपछि रोजगारदाता वा जिम्मेवार
व्यक्तिले सो सम्बन्धमा तत्काल जाँचबुझ गरी सोबाट सिर्जित खतरा निवारण वा न्यूनीकरण गर्नु
पर्नेछ ।
(६) कुनै काम बन्द गर्नु पर्ने गरी तत्काल कुनै खतरा उत्पन्न भए वा नभएको तथा
खतरा निवारण वा न्यूनीकरण गर्न गरिएको व्यवस्था पर्याप्त भए वा नभएको सम्बन्धमा श्रमिक र
रोजगारदाताबीच कुनै विवाद भएमा त्यस्तो विवादको छिनोफानोको लागि कुनै पक्षले श्रम
कार्यालयमा निवेदन दिन सक्नेछ ।
(७) उपदफा (६) बमोजिम निवेदन परेमा कार्यालयले सो सम्बन्धमा छानविन गरी दुवै
पक्षको कुरा सुनी आवश्यक भए प्रमाण समेत बुझी त्यस्तो विवादको छिनोफानो गर्नु पर्नेछ ।
(८) उपदफा (७) बमोजिम कार्यालयले विवाद छिनोफानो गरिदिएको निर्णय अन्तिम हुनेछ
र त्यस्तो निर्णय रोजगारदाता तथा श्रमिक दुवै पक्षले मान्नु पर्नेछ ।
(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारदातालाई हानी
नोक्सानी पु¥याउने, दुःख दिने वा रिसइवी साध्ने उद्देश्यले काम बन्द गर्न पाइने छैन ।
(१०) यस दफा बमोजिम काम बन्द भएको समयमा श्रमिकलाई निजको सेवा शर्तको
अधीनमा रही रोजगारदाताले अन्य काममा लगाउन सक्नेछ ।
७७. काम रोक्न निर्देशन दिने ः (१) निरीक्षण वा अन्य कुनै स्रोतबाट कुनै प्रतिष्ठानको कार्यस्थलमा
श्रमिक वा अन्य व्यक्तिको सुरक्षा तथा स्वास्थ्यमा तत्काल खतरा उत्पन्न भएको वा हुन सक्ने
आधार देखिएमा कार्यालयले त्यस्तो कार्यस्थलमा तत्काल काम रोक्न रोजगारदातालाई निर्देशन
दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्देशन दिँदा खतरा उत्पन्न भएको कारण र आधार समेत
खुलाउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम निर्देशन दिँदा कार्यालयले कार्यस्थलमा रहेको कुनै उपकरण
सञ्चालन वा प्रयोग गर्न उपयुक्त नहुने देखिएमा त्यस्तो उपकरण प्रयोग नगर्न आदेश दिन सक्नेछ
र त्यसरी आदेश दिँदा सो उपकरण वा त्यसको कुनै भागमा सिलबन्दी वा टाँचा समेत लगाउन
सक्नेछ ।
(४) कार्यालयले उपदफा (१) बमोजिम काम रोक्न निर्देशन दिएकोमा रोजगारदाताले
तत्काल काम रोक्नु पर्नेछ ।
(५) यस दफा बमोजिम कार्यालयले दिएको निर्देशनका सम्बन्धमा चित्त नबुझ्ने
रोजगारदाताले त्यस्तो निर्देशन पाएको सात दिनभित्र विभाग समक्ष निवेदन दिन सक्नेछ ।
(६) उपदफा (५) बमोजिम परेको निवेदन उपर विभागले पन्ध्र दिनभित्र टुङ्गो लगाउनु
पर्नेछ ।
(७) उपदफा (६) बमोजिमको अवधिमा काम गर्न पाइने छैन ।
तर सो अवधिमा व्यक्तिको सुरक्षा तथा स्वास्थ्यमा तत्काल खतरा उत्पन्न नभएको
जानकारी कार्यालयले दिएमा काम सुचारु गर्न सकिनेछ ।
७८. व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी विशेष व्यवस्था ः (१) देहायका विषयसँग सम्बन्धित काम
गर्ने प्रतिष्ठानलेपालना गर्नु पर्ने सुरक्षा र स्वास्थ्य सम्बन्धी मापदण्ड तोकिए बमोजिम हुनेछ ः–
(क) आँखा बचाउ सम्बन्धी व्यवस्था,
(ख) रासायनिक पदार्थबाट बचाउ सम्बन्धी व्यवस्था,
(ग) प्रेसर प्लान्टको सञ्चालन सम्बन्धी व्यवस्था,
(घ) मेसिनको छेकवार सम्बन्धी व्यवस्था,
(ङ) भारी उठाउने सम्बन्धी व्यवस्था,
(च) अन्य आवश्यक व्यवस्था ।
(२) प्रेसर प्लान्ट तथा वोइलर परीक्षण सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(३) प्रतिष्ठान स्थापनाको जानकारी तथा अन्य व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी
व्यवस्था तोकिए बमोजिम हुनेछ ।
७९. सूचना दिने ः कार्यस्थलमा कुनै दुर्घटना भएमा वा दुर्घटनाबाट कसैलाई चोटपटक लागेमा वा
मृत्यु भएमा वा व्यवसायजन्य रोग लागेमा रोजगारदाताले सोको जानकारी कार्यालयमा तुरुन्त
दिनु पर्नेछ ।
८०. सङ्क्रामक रोग नियन्त्रणको व्यवस्था मिलाउनु पर्ने ः (१) रोजगारदाताले कार्यस्थलमा सङ्क्रामक
रोगको रोकथाम तथा नियन्त्रणका लागि समुचित व्यवस्था मिलाउनु पर्नेछ ।
(२) कुनै श्रमिकलाई सङ्क्रामक रोग लागी उपचार गराउनु परेमा उपचारको अवधिभर
काममा आउन निजलाई रोक लगाउन सकिनेछ ।
(३) उपदफा (२) बमोजिम उपचार गराउनको लागि त्यस्तो श्रमिकको बिरामी बिदा अपुग
भएमा अन्य बिदामा समायोजन गर्न वा विशेष वेतलबी बिदामा बस्न श्रमिकलाई रोजगारदाताले
निर्देशन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम दिइएको निर्देशन पालना गर्नु सम्बन्धित श्रमिकको कर्तव्य
हुनेछ ।
८१. सरल काममा लगाउनु पर्ने ः (१) कुनै महिला श्रमिक गर्भवती भएमा निजले स्वास्थ्य परीक्षण
गराएको निस्सासमेत संलग्न गरी सोको जानकारी रोजगारदातालाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको जानकारी प्राप्त भएमा रोजगारदाताले गर्भवती श्रमिक
महिलालाई सामान्यतया निजकोस्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी काममा लगाउनु पर्नेछ ।
८२. व्यवसायजन्य रोगको उपचार सम्बन्धी विशेष व्यवस्था ः (१) कुनै प्रतिष्ठानको काम गर्दा कुनै
श्रमिकलाई तोकिए बमोजिमको कुनै व्यवसायजन्य रोग लागेमा सो प्रतिष्ठानले त्यस्तो रोगको
उपचारको लागि तोकिए बमोजिमको उपचार खर्च तथा त्यस्तो रोगको उपचार हुन नसक्ने भएमा
तोकिए बमोजिमको क्षतिपूर्ति रकम श्रमिकलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि श्रमिकले सामाजिक सुरक्षा
कोषबाट व्यवसायजन्य रोगको उपचार खर्च वा क्षतिपूर्ति रकम पाउने भएमा प्रतिष्ठानले उपदफा
(१) बमोजिमको उपचार खर्च वा क्षतिपूर्ति रकम दिनु पर्ने छैन ।
८३. निर्देशन दिन सक्ने ः (१) रोजगारदाताले सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रवन्ध गरे वा नगरेको
सम्बन्धमा कार्यालयले आवधिक वा आकस्मिक रुपमा निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण गर्दा रोजगारदाताले कार्यस्थलमा यो ऐन वा प्रचलित
कानून बमोजिमको सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रबन्ध गरेको नपाइएमा सोको प्रबन्ध गर्न
कार्यालयले समायावधि तोकी सम्बन्धित रोजगारदातालाई निर्देशन दिनु पर्नेछ ।
तर तत्काल त्यस्तो प्रबन्ध नगरेमा श्रमिक वा अन्य व्यक्तिको सुरक्षा र स्वास्थ्यमा खतरा
हुने वा वातावरणमा प्रतिकूल प्रभाव पर्ने देखिएमा सोही व्यहोरा उल्लेख गरी तत्कालै त्यस्तो
प्रबन्ध गर्न निर्देशन दिनु पर्नेछ ।
(३) कार्यालयले कार्यस्थलमा भएको दुर्घटना, व्यवसायजन्य रोग वा श्रमिक तथा अन्य
व्यक्तिको स्वास्थ्य तथा सुरक्षा सम्बन्धमा रोजगारदातालाई आवश्यक सूचना तथा विवरण उपलब्ध
गराउन निर्देशन दिन सक्नेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम दिएको निर्देशन पालना गर्नु गराउनु सम्बन्धित
रोजगारदाताको कर्तव्य हुनेछ ।