परिच्छेद – १५ निरीक्षण सम्बन्धी व्यवस्था

परिच्छेद – १५ निरीक्षण सम्बन्धी व्यवस्था

९३. कार्यालय तथा निरीक्षक सम्बन्धी व्यवस्था ः (१) यस ऐन तथा प्रचलित श्रम सम्बन्धी नेपाल
कानूनको कार्यान्वयनको लागि नेपाल सरकारले आवश्यकता अनुसार श्रम कार्यालयहरुकोस्थापना
गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्थापना भएका श्रम कार्यालयको कार्यक्षेत्रभित्र पर्ने जिल्लाहरु
मन्त्रालयले तोके बमोजिम हुनेछ ।
(३) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै क्षेत्रको लागि
आवश्यकता अनुसार एक वा एकभन्दा बढी निरीक्षक नियुक्त गर्न सक्नेछ ।
९४. कार्यालयको काम, कर्तव्य र अधिकार ः (१) कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम
हुनेछ ः–
(क) यस ऐन बमोजिम निर्धारण गरिएको न्यूनतम पारिश्रमिक, भत्ता वा
सामूहिक सम्झौता बमोजिम पाउनुपर्ने सुविधा तथा प्रचलित नेपाल
कानूनले श्रमिक तथा रोजगारदातालाई प्रदान गरेको अधिकार
कार्यान्वयन भए वा नभएको सम्बन्धमा अनुगमन गर्ने,
(ख) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको प्रभावकारी कार्यान्वयन
भए नभएको सम्बन्धमा नियमित रुपमा अनुगमन गरी कार्यान्वयन गर्न
सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिने,
(ग) यो ऐन तथा श्रम सम्बन्धी प्रचलित अन्य कानून बमोजिम बनेको
मापदण्ड तथा आचारसंहिता सम्बन्धी तालिम दिने तथा सो मापदण्ड
तथा आचारसंहिता कार्यान्वयन भए नभएको सम्बन्धमा नियमित रुपमा
अनुगमन गर्ने,
(घ) श्रमिक तथा रोजगारदातालाई आवश्यक तालिम प्रदान गर्नको लागि
प्राविधिक सहयोग मागेमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने,
(ङ) रोजगारदाताले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी मापदण्ड वा
कर्मचारी विनियमावली वा अन्य आवश्यक सम्बद्ध कागजात उपलव्ध
गराउन निर्देशन दिने,
(च) रोजगारदाता र श्रमिकबीच भएको सामूहिक सम्झौता तथा मध्यस्थले
गरेको निर्णय कार्यान्वयन गर्ने,
(छ) बालबालिकालाई काममा लगाए नलगाएको सम्बन्धमा निरीक्षण गरी
काममा लगाएको देखिएमा तत्काल उद्धार गर्ने र त्यस्तो
रोजगारदातालाई कारबाही गर्ने,
(ज) प्रतिष्ठान तथा कार्यस्थलमा परिच्छेद–१२ बमोजिमको व्यवसायजन्य
सुरक्षा तथा स्वास्थ्य सम्बन्धी व्यवस्था रोजगारदाताले कार्यान्वयन गरे
नगरेको सम्बन्धमा निरीक्षण गर्ने,
(झ) कार्यस्थलमा जडित यन्त्र, औजार, उपकरण वा वस्तु वा पदार्थको
अवलोकन वा निरीक्षण गर्ने र त्यस्तो यन्त्र, औजार, उपकरण, वस्तु वा
पदार्थ निर्धारितस्तरको भए नभएको जाँच गर्ने र परीक्षण गर्नु पर्ने भएमा
सोको नमूना सङ्कलन गर्ने,
(ञ) प्रतिष्ठान वा कार्यस्थलको आवधिक वा आकस्मिक रुपमा निरीक्षण गर्ने
वा गराउने,
(ट) प्रतिष्ठान वा कार्यस्थलमा रहेको विद्युतीय अभिलेख लगायत कुनै
रजिष्टर, लिखत, कागजात उपलब्ध गराउन सम्बन्धित प्रतिष्ठान वा
प्रतिष्ठानका पदाधिकारीलाई आदेश दिने र उपलब्ध नगराएमा त्यस्तो
प्रतिष्ठान वा कार्यस्थलमा प्रवेश गरी सक्कल रजिष्टर, लिखत वा
कागजात वा सोको प्रतिलिपि भर्पाइ गरी आफ्नो नियन्त्रणमा लिने,
(ठ) रोजगारदाता, प्रतिष्ठानको व्यवस्थापकीय श्रेणीको श्रमिक वा अन्य
श्रमिकबाट आवश्यक विषयमा सूचना वा जानकारी लिने,
(ड) आवश्यक देखिएमा रोजगारदाता, प्रतिष्ठानको व्यवस्थापकीय श्रेणीको
श्रमिक वा अन्य श्रमिकलाई कार्यालयमा उपस्थित गराई बयान लिने,
(ढ) कार्यस्थल वा प्रतिष्ठानको निरीक्षण गर्दा वा अन्य कुनै स्रोतबाट
रोजगारदाता वा श्रमिक वा ट्रेड युनियनले यो ऐन तथा यस ऐन
अन्तर्गत बनेको नियम विपरीत कार्य गरेको जानकारी हुन आएमा त्यस्तो
कार्य तत्काल सच्याउन आवश्यक निर्देशन दिने,
(ण) कार्यालयमा प्राप्त निवेदन वा कागजात वा अन्य कुनै स्रोतबाट प्राप्त
सूचनाहरुको अभिलेख राख्ने, त्यसरी प्राप्त निवेदन तथा कागजात
दर्ताको निस्सा प्रदान गर्ने, कार्यालयबाट भएका निर्णय, आदेश तथा
मेलमिलापको अभिलेख राख्ने वा कुनै पनि कागजातको नक्कल
माग्नेलाई प्रमाणित गरी नक्कल उपलब्ध गराउने,
(त) यस ऐन तथा प्रचलित नेपाल कानून बमोजिम कार्यालयले गर्ने भनिएका
अन्य काम गर्ने, वा
(थ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।
(२) कार्यालयले यो दफा बमोजिमको अधिकार प्रयोग गर्दा स्थानीय प्रशासन, प्रहरी वा
अन्य कुनै निकायको सहयोग लिन आवश्यक देखिएमा त्यस्तो सहयोग उपलब्ध गराउन स्थानीय
प्रशासन, प्रहरी वा सम्बन्धित निकायमा अनुरोध गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सहयोग माग गरेमा त्यस्तो सहयोग कार्यालयलाई उपलब्ध
गराउनु स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायको कर्तव्य हुनेछ ।
९५. निरीक्षकको काम, कर्तव्य र अधिकार ः (१) कार्यालयको तर्फबाट सम्पादन गरिने काम तथा
कर्तव्यको पालना र अधिकारको प्रयोग निरीक्षक तथा मातहतका कर्मचारीबाट तोकिए बमोजिम
हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन वा अन्य कानूनमा कुनै
काम व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निरीक्षकले नै गर्नुपर्ने भनी उल्लेख भएकोमा त्यस्तो कार्य वा
कारखानाको मेसिनरी तथा औजारको निरीक्षण, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी विषय
तथा अन्य प्राविधिक कार्य गर्ने अधिकार कार्यालयको तर्फबाट व्यवसायजन्य सुरक्षा र स्वास्थ्य
निरीक्षकलाई हुनेछ ।
तर कुनै कार्यालयमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निरीक्षक नभएमा अर्को कार्यालयमा
कार्यरत व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निरीक्षकलाई वा सम्बन्धित विषयमा जानकार
प्राविधिकलाई समेत कार्यालयले निरीक्षणको काममा लगाउन र सो बमोजिम श्रम निरीक्षकले
कार्यालयको तर्फबाट काम गर्न यस उपदफामा लेखिएको कुराले बाधा पु¥याएको मानिनेछैन ।
९६. निरीक्षक वा कर्मचारीको दायित्व ः (१) दफा ९५ बमोजिम प्रतिष्ठान वा कार्यस्थल निरीक्षण गर्न
खटिएको निरीक्षक वा कर्मचारीको दायित्व देहाय बमोजिम हुनेछ ः–
(क) प्रतिष्ठान वा कार्यस्थलमा प्रवेश गर्दा आफ्नो परिचयपत्र देखाएर मात्र
प्रवेश गर्ने,
(ख) कुनै रजिष्टर, कागजात वा अभिलेख वा सामान आफ्नो नियन्त्रणमा लिँदा
सो बुझिलिएको लिखित भर्पाइ दिने,
(ग) उजुरीकर्ताले आफ्नो पहिचान गोप्य राखिदिन अनुरोध गरेमा निजको
पहिचान गोप्य राखिदिने,
(घ) प्रतिष्ठान वा कार्यस्थलको काममा बाधा नपर्ने गरी आफ्नो पदीय कर्तव्य
पालना गर्ने, र
(ङ) निरीक्षण गर्दा प्राप्त गरेको सूचना वा जानकारी वा तथ्याङ्क कानून
बमोजिम प्रकट गर्नु पर्ने अवस्थामा बाहेक गोप्य राख्ने ।
(२) प्रतिष्ठान वा कार्यस्थल निरीक्षण गर्न खटिएको निरीक्षक वा कर्मचारीले उपदफा (१)
बमोजिमको कर्तव्य पालना नगरेमा, अशोभनीय वा पदीय कर्तव्य विपरीतको कुनै काम गरेमा वा
बदनियतपूवर्क कुनै कार्य गरी हानी नोक्सानी पु¥याएमा सम्बन्धित व्यक्तिले सोको जानकारी
कार्यालय मार्फत अख्तियारवाला समक्ष दिनुपर्नेछ ।
(३) उपदफा (२) बमोजिम निरीक्षक वा कर्मचारीलाई आवश्यक छानविन गर्दा दोषी
पाइएमा अख्तियारवालाले प्रचलित कानून बमोजिम विभागीय सजाय गर्न सक्नेछ ।
९७. आवश्यक सहयोग गर्नु पर्ने ः प्रतिष्ठान वा कार्यस्थल निरीक्षणकोलागि खटिएको निरीक्षक वा कुनै
कर्मचारीलाई निरीक्षणको क्रममा आवश्यक सहयोग गर्नु सम्बन्धित रोजगारदाता, श्रमिक तथा ट्रेड
युनियनको कर्तव्य हुनेछ ।
९८. प्रतिवेदन पेश गर्नु पर्ने ः निरीक्षक वा कर्मचारीले यस परिच्छेद बमोजिम प्रतिष्ठान वा
कार्यस्थलको निरीक्षण समाप्त गरेको मितिले अन्यथा निर्देशन भएकोमा बाहेक पन्ध्र दिनभित्र
तोकिए बमोजिमको विवरण खुलाई कार्यालय समक्ष प्रतिवेदन दिनु पर्नेछ ।
९९. कार्यालयले निर्देशन दिन सक्ने ः (१) दफा ९८ बमोजिम प्रतिवेदन प्राप्त भएपछि कार्यालयले
आवश्यक अध्ययन गरी कुनै प्रतिष्ठान वा कार्यस्थल वा श्रमिक वा ट्रेड युनियनको कुनै काम,
कार्य प्रक्रिया वा अन्य विषयमा सुधार गर्नुपर्ने भए त्यस्तो सुधार गर्न र कानून विपरीत कुनै कार्य
भइरहेको भए त्यस्तो कार्य प्रक्रिया रोक्न तत्काल निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको निर्देशनमा चित्त नबुझ्ने पक्षले पैँतीस दिनभित्र श्रम
अदालतमा पुनरावेदन दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम परेको पुनरावेदन सम्बन्धमा श्रम अदालतले दिएको निर्णय
अन्तिम हुनेछ ।
१००. श्रम अडिट गर्नु पर्ने ः (१) प्रत्येक प्रतिष्ठानले प्रतिष्ठानमा यस ऐन, नियमावली र प्रचलित कानून
बमोजिम काम कारबाही भए नभएको सम्बन्धमा तोकिए बमोजिम श्रम अडिट गरी सोको
प्रतिवेदन तयार गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन कार्यालय वा निरीक्षकले यस परिच्छेद बमोजिम
निरीक्षण गर्दा वा माग गरेका बखत कार्यालय वा निरीक्षकलाई उपलब्ध गराउनु पर्नेछ ।
१०१. पायक पर्ने कार्यालयमा निवेदन दिन सक्ने ः एकभन्दा बढी कार्यालय रहेको क्षेत्रमा शाखा वा
कार्यस्थल रहेको प्रतिष्ठानका श्रमिकले आफूलाई पायक पर्ने कार्यालयमा निवेदन दिन सक्नेछ र
त्यसरी निवेदन परेपछि सो निवेदन उपर सम्बन्धित कार्यालयले सुनुवाई गर्नु पर्नेछ ।