१. पृष्ठभूमि

१. पृष्ठभूमि

१. पृष्ठभूमि

विश्वमा परमाणु विज्ञानको स्तर नै एउटा राष्ट्रको अन्तर्निहित शक्तिको परिसूचक तथा समृद्धिको सम्बाहक रहेको तथ्यदेखि सम्पूर्ण विश्व परिचित हुनाले नै विश्व समुदाय परमाणु विज्ञानको अध्ययन तथा अनुसन्धानमा संलग्न रहेको छ । साथै पारमाणविक प्रविधिको शान्तिपूर्ण प्रयोगद्वारा मानवीय स्वास्थ्य स्थितिमा सुधार ल्याउन तथा मानव जीवनलाई समुन्नतिको मार्गमा अग्रसर गराउनका निमित्त परमाणु ऊर्जाको प्रयोगलाई विस्तृतीकरण तथा गतिवर्धन गर्न “अन्तरराष्ट्रिय आणविक ऊर्र्जा एजेन्सी   जस्ता अन्तरराष्ट्रिय स्तरका निकायहरू कार्यरत रहेको तथ्य सर्वविदितै छ ।

खाद्य एवं कृषि क्षेत्र, स्वास्थ्य क्षेत्र, उर्जा क्षेत्र, औद्योगिक क्षेत्र, भू–विज्ञान, भू–रसायन एवं भू–भौतिक अध्ययन तथा प्रदूषण मापनका आधारभूत अनुसन्धानमा यस प्रविधिको अत्यधिक प्रयोग भइरहेको अवस्थामा नेपालले पनि परमाणु प्रविधिको शान्तिपूर्ण उपयोग गरी प्रतिफल हासिल गर्नु उपयुक्त देखिन्छ । परमाणु ऊर्जा पर्यावरणीय हिसावले उत्तम मानिएको र चिकित्सा क्षेत्रका विभिन्न विधामा
प्रयोग हुन सक्ने साथै भविष्यमा खनिज इन्धनमा हुने कमीलाई पूर्ती गर्न सक्ने तथा ठूला जलविद्युत परियोजनाबाट वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न सक्ने सशक्त विकल्प भएकोले यसको महत्व बढ्न गएको हो । छिमेकी मित्रराष्ट्रहरूमा अवस्थित अनेकौं परमाणु भट्टि ९ल्गअभिबच एयधभच एबिलत० हरूबाट नेपाल घेरिएको एवं त्यस्ता परमाणु भट्टिहरूको संख्यामा निरन्तर वृद्धि भैरहेको परिप्रेक्ष्यमा कुनै पनि प्रकारको परमाणु दुर्घटना हुँदा नेपाल अप्रभावित रहन नसक्ने हुंदा देशमा विकिरणको वर्तमान तहको मापन हुनुपर्ने साथै यसलाई निरन्तर अनुगमन तथा मूल्यांकन गर्नुपर्ने र यस सम्बन्धमा सुरक्षाका उपायहरू अवलम्बन गर्नुपर्ने देखिन्छ । साथै आम नागरिकलाई परमाणु विज्ञानबाट प्राप्त हुन सक्ने प्रतिफल र प्रभावबारे सुसूचित गर्न नितान्त आवश्यक देखिन्छ । नेपाल जस्तो शान्तिप्रिय देशले परमाणु उर्जाको प्रयोग सैन्य गतिविधिमा नगरी मानव सुस्वास्थ्य तथा विश्व शान्ति एवं समुन्नतिका निमित्त प्रयोग गर्ने प्रतिवद्धता सहित परमाणु अप्रसार सन्धि  तथा व्यापक परीक्षण प्रतिबन्ध सन्धि मा हस्ताक्षर गरिसकेको सन्दर्भमा परमाणु विज्ञान बारे समयानुकूल र गतिशील नीति तर्जुमा गर्न नितान्त आवश्यक देखिएको छ ।