परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ :(१) यस ऐनको नाम “वैदेशिक रोजगार ऐन, २०६४” रहेको छ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ र कसैले नेपालबाहिर बसी यस ऐन विपरीतका कार्य गरेमा निजको हकमा समेत यो ऐन लागू हुनेछ ।

(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “वैदेशिक रोजगार” भन्नाले कामदारले विदेशमा पाउनेरोजगार सम्झनु पर्छ ।

(ख) “कामदार” भन्नाले वैदेशिक रोजगार पाउनेनेपाली नागरिक सम्झनु पर्छ ।

(ग) “वैदेशिक रोजगार व्यवसाय” भन्नाले नेपाली नागरिकलाई विदेशमा रोजगारी उपलब्ध गराउन सञ्चालन गरेको व्यवसाय सम्झनु पर्छ ।

(घ) “विभाग” भन्नाले वैदेशिक रोजगार विभाग सम्झनु पर्छ ।

“(घ१) “मन्त्रालय” भन्नाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्झनु पर्छ।

(ङ) “संस्था” भन्नाले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न प्रचलित कम्पनी ऐन बमोजिम स्थापना भएकोसंस्था सम्झनु पर्छ ।

(च) “इजाजतपत्र” भन्नाले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न दफा ११ बमोजिम दिइएको इजाजतपत्र सम्झनु पर्छ ।

(छ) “इजाजतपत्रवाला” भन्नाले दफा ११ बमोजिम ईजाजतपत्रप्राप्त संस्था सम्झनु पर्छ ।

(ज) “सेवाशुल्क” भन्नाले वैदेशिक रोजगार व्यवसायीले कामदार विदेश पठाए बापत लिने रकम सम्झनु पर्छ ।

(झ) “कार्यकारी निर्देशक” भन्नाले दफा ४१ बमोजिमको कार्यकारी निर्देशक सम्झनु पर्छ ।

(ञ) “रोजगारदाता संस्था” भन्नाले कामदारलाई विदेशमा रोजगारी उपलब्ध गराउने विदेशस्थित संस्था सम्झनुपर्छ ।

(ट) “बोर्ड” भन्नाले दफा ३८ बमोजिम गठित वैदेशिक रोजगार बोर्ड सम्झनु पर्छ ।

(ठ) “श्रम सहचारी” भन्नाले दफा ६८ बमोजिम नियुक्त श्रम सहचारी सम्झनु पर्छ र सो शब्दले विदेशस्थित कुटनैतिक नियोगमा नेपाली कामदारको हित प्रवद्र्धनको जिम्मेवारी तोकिएकोअधिकृत कर्मचारी समेतलाई जनाउँछ ।

(ड) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेकोनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।