परिच्छेद–४ पूर्वस्वीकृति र कामदार छनौट सम्बन्धी व्यवस्था

परिच्छेद–४ पूर्वस्वीकृति र कामदार छनौट सम्बन्धी व्यवस्था

१५. पूर्वस्वीकृति लिनु पर्ने : (१) रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका धारमा इजाजतपत्रवालाले देहायका विवरण खुलाई वैदेशिक रोजगारमा कामदार पठाउनु पूर्वस्वीकृतिका लागि “विभाग समक्ष” निवेदन दिनु पर्नेछ :

(क) रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने मुलुक,
(ख) वैदेशिक रोजगारको किसिम,
(ग) कामदारको किसिम र संख्या,

(घ) कामदारले पाउने तलब, सुविधा र बिदा,
(ङ) कामदारले काम गर्नु पर्ने दिन र समय,

“(च)  गन्तव्य मुलुकको नेपाली कुटनीतिक नियोगबाट प्रमाणित गरिएको मागपत्र र अख्तियारीको सक्कल प्रति”

(छ) रोजगारदाता संस्था र कामदारबीच हुने करारको प्रतिलिपि,
(ज) इजाजतपत्रवाला र कामदारबीच हुनेकरारको प्रतिलिपि,
(झ) तोकिए बमोजिमका अन्य कुराहरु ।

(२) उपदफा (१) बमोजिम पेश हुन आएको निवेदन जाँचबुझ गर्दा इजाजतपत्रवालाको माग उपयुक्त देखिएमा निवेदन दिएको मितिले चार दिनभित्र विभागले वैदेशिक रोजगारमा नेपाली कामदार पठाउने कारबाही शुरु गर्न पूर्वस्वीकृति दिनेछ ।

“(२क) गन्तव्य मुलुकमा रहेको नेपाली कुटनीतिक नियोगले उपदफा (१) को खण्ड (च) मा उल्लेखित प्रमाणित कागजात पन्ध्र दिनभित्र विभागमा पठाउनु पर्नेछ। रोजगारदाताबाट कामदारको लागि हवाइ टिकटको प्रवन्ध भए नभएको समेत खुलाई पठाउनु पर्नेछ।”

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायकोअवस्थामा विभागले कामदार छनौट गर्न पूर्वस्वीकृति दिने छैन :

(क) रोजगारदाता संस्थाले माग गरेको कामदारको योग्यताको अनुपातमा सेवा शर्त तथा सुविधा सन्तोषजनक नभएमा,

(ख) प्रस्तावित वैदेशिक रोजगार कामदारको मर्यादा, प्रतिष्ठा वा स्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमको देखिएमा,

“(ग)  कामदारको सुरक्षा, व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको दृष्टिले अनुपयुक्त देखिएमा,”(घ) तोकिए बमोजिमको अन्य अवस्था देखिएमा ।

(४) उपदफा (३) बमोजिम पूर्वस्वीकृति नदिने निर्णय गरेमा सोको कारण खुलाई इजाजतपत्रवालालाई जानकारी दिनुपर्नेछ ।

१६. विज्ञापन प्रकाशन गर्नु पर्ने :(१) दफा १५ बमोजिम स्वीकृति प्राप्त भएपछि इजाजतपत्रवालाले तोकिए बमोजिमको विवरण खुल्ने गरी कामदार छनौट गर्न नेपाली भाषामा प्रकाशन हुने कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रकाशित विज्ञापनको सूचना सम्बन्धित इजाजतपत्रवालाले आफ्नो कार्यालयको सूचना पाटीमा टाँस गरी सो सूचनाको एक प्रति सोही दिन विभाग समक्ष समेत पेश गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम विज्ञापन प्रकाशन भएपछि वैदेशिक रोजगारमा जान चाहने व्यक्तिले तोकिएको विवरण संलग्न गरी इजाजतपत्रवाला समक्ष निवेदन दिनु पर्नेछ ।

१७. कामदारको छनौट गरी सूची तयार गर्नु पर्ने : (१) दफा १५ को उपदफा (३) बमोजिम निवेदन प्राप्त भएपछि माग भई आएको कामको प्रकृति अनुसार निवेदकको योग्यता तथा अनुभव र तोकिए बमोजिमको अन्य कुराका आधारमा इजाजतपत्रवालालेकामदारको छनौट गरी छनौट भएका व्यक्तिको सूची तयार गरी त्यस्तो सूची इजाजतपत्रवालाकोकार्यालयकोसूचना पाटीमा टाँस गर्नु पर्नेछ र सोको
एक प्रति विभाग समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कामदारको सूची तयार गर्दा कुनै अनियमितता भएको भनी विभाग समक्ष कसैको उजुरी पर्न आएमा वा विभाग आ फै लाई कुनै तवरबाट जानकारी हुन आएमा सोसम्बन्धमा विभागले तत्काल आवश्यक छानवीन गर्न सक्नेछ र त्यसरी छानवीन गर्दा उजुरी निवेदन अनुसार कुनै अनियमितता भएको देखिएमा विभागले कामदार छनौट सम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्ने आदेश दिनेछ ।
१८. राहदानी विदेश लैजान स्वीकृति लिनु पर्ने : इजाजतपत्रवालाले दफा १७ बमोजिम वैदेशिक रोजगारमा जान छनौट भएका व्यक्तिको राहदानी प्रवेशाज्ञाको लागि नेपाल बाहिर लानु पर्ने भएमा विभागको स्वीकृति लिनु पर्नेछ ।
१९. श्रम स्वीकृतिको निस्सा (स्टिकर) सम्बन्धी व्यवस्था : (१) इजाजतपत्रवालाले दफा १७ बमोजिम छनौट भएका कामदारको प्रवेशाज्ञा प्राप्त भएपछि त्यस्ता कामदारलाई वैदेशिक रोजगारमा पठाउनुअघि देहायका विवरण संलग्न गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) को लागि विभाग समक्ष लेखि पठाउनेछ :
(क) कुनै कामको लागि सीपमूलक तालिम आवश्यक पर्ने भए त्यस्तो तालिम लिएको प्रमाणपत्र र अभिमुखीकरण तालिमको प्रमाणपत्र,
(ख) निरोगिताको प्रमाणपत्र,
(ग) वीमा गरेको प्रमाणपत्र,
(घ) इजाजतपत्रवाला र कामदारबीच भएको करार,
(ङ) रोजगारदाता संस्था र कामदारबीच भएको करार,
(च) कामदारले इजाजतपत्रवालालाई तिरेको रकमको रसिद वा बैङ्क भौचर,
(छ) तोकिए बमोजिमका अन्य कुराहरु ।
(२) उपदफा (१) बमोजिम पेश भएको विवरण जाँचबुझ गर्दा दफा १५ बमोजिम पेश गरेको विवरणसँग दुरुस्त देखिएमा विभागले तीन दिनभित्र त्यस्ता कामदारको राहदानीमा श्रम स्वीकृतिको निस्सा (स्टिकर) लगाई दिनेछ ।
(३) उपदफा (१) बमोजिम उपलब्ध गराईएको जानकारी दफा १५ बमोजिम पेश गरेको विवरणसँग फरक देखिएमा विभागले वैदेशिक रोजगारमा कामदार पठाउन इजाजतपत्रवालालाई रोक लगाउन सक्नेछ र त्यसरी रोक लगाउनु पर्ने कारण सहितको जानकारी इजाजतपत्र वालालाई दिनु पर्नेछ ।

२०. वैदेशिक रोजगारमा पठाउने : इजाजतपत्रवालाले सम्बन्धित मुलुकमा प्रवेश गर्ने अवधि किटान भएकोमा सो अवधिभित्र र अवधि किटान नभएकोमा “श्रम स्विकृति लिएको मितिले” तीन महिनाभित्र सम्बन्धित कामदारलाई वैदेशिक रोजगारमा पठाउनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको म्यादभित्र कामदारलाई वैदेशिक रोजगारमा पठाउन नसकेमा सम्बन्धित इजाजतपत्रवालाले सम्बन्धित कामदारबाट बुझिलिएको रकम र सो रकममा “वार्षिक पच्चीस प्रतिशत रकम थप गरी” समेत जोडी तीस दिनभित्र फिर्ता गर्नु पर्नेछ ।

(३) कुनै कामदारले प्रवेशाज्ञा प्राप्त भइसकेपछि वैदेशिक रोजगारमा जान इन्कार गरेमा वा असमर्थ भएमा इजाजतपत्रवालाले कामदारलाई रकम फिर्ता गर्दा प्रवेशाज्ञाशुल्क मात्र कट्टा गरी बाँकी हुन आउने रकम फिर्ता गर्नु पर्नेछ ।

तर पूर्वस्वीकृति लिई विज्ञापन गरेभन्दा फरक शर्तको कारणले कामदारले जान इन्कार गरेको अवस्थामा प्रवेशाज्ञाशुल्क कट्टा गर्न पाइने छैन ।

२१. व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान सक्ने : (१) कुनै व्यक्ति वैदेशिक रोजगारको निमित्त व्यक्तिगत रुपमा विदेश जान चाहेमा देहायका कुराहरु खुलाई विभाग समक्ष स्वीकृतिको लागि निवेदन दिनु पर्नेछ :
(क) रोजगारको लागि जान चाहेको मुलुक,
(ख) विदेशमा गर्नु पर्ने कामको प्रकृति,
(ग) रोजगारदाता संस्थाले दिएको स्वीकृतिपत्र,
(घ) रोजगारका शर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौतापत्र,
(ङ) अभिमुखीकरण तालिम प्राप्त गरेको प्रमाणपत्र,
(च) निरोगिताको प्रमाणपत्र ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि विभागले आवश्यक जाँचबुझ गर्दा निवेदकको माग उपयुक्त देखिएमा निवेदकलाई रोजगारका लागि विदेश जाने स्वीकृति दिनेछ र त्यसरी स्वीकृति दिँदा विभागले बीमा गरेको प्रमाण पेश गर्न लगाउनु पर्नेछ ।
(३) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि इजाजतपत्रवालाले व्यक्तिगत रुपमा कामदार पठाउन पाउने छैन ।

२१क. उजुरी दिन सकिनेः (१) यस ऐन बमोजिम उजुरी गर्न सकिने विषयमा हुलाक वा विद्युतीय माध्यमबाट समेत उजुरी गर्न सकिनेछ र त्यसरी प्राप्त भएको उजुरी विभाग वा कार्यालयले दर्ता गरी कारबाही गर्नु पर्नेछ।

(२) यस ऐन बमोजिम विभाग समक्ष उजुरी गर्न सकिने विषयमा सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समक्ष समेत उजुरी दिन सकिनेछ।

(३) उपदफा (२) बमोजिम प्रमुख जिल्ला अधिकारी समक्ष परेको उजुरी इजाजतपत्र प्राप्त संस्था उपर परेकोमा सात दिनभित्र सो उजुरी विभागमा पठाउनु पर्नेछ।

(४) उपदफा (२) बमोजिम कुनै व्यक्ति उपर परेको उजुरी सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले जाँचबुझ गरी कामदार वा निजको प्रतिनिधिलाई क्षतिपूर्ति भराई दिनु पर्ने देखिएमा दुबै पक्षविच छलफल गराई क्षतिपूर्ति भराईदिने गरी मेलमिलाप गराउन सक्नेछ र त्यसरी मेलमिलाप गराएको जानकारी विभागलाई दिनु पर्नेछ।

(५) उपदफा (४) बमोजिम मेलमिलाप हुन नसकेको अवस्थामा वा उजुरीको प्रकृतिबाटै मेलमिलाप गराउन मिल्ने नदेखिएमा प्रमुख जिल्ला अधिकारीले सक्कलै उजुरी आवश्यक कारबाहीको लागि विभागमा पठाउनु पर्नेछ।

२१ख. पुनः श्रम स्वीकृति सम्बन्धी व्यवस्थाः (१) पुनः श्रम स्वीकृति लिन चाहने कामदारले तोकिए बमोजिम आवश्यक कागजात सहित सम्बन्धित निकायमा निवेदन दिनु पर्नेछ।

(२) विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक हेर्ने नेपाली कुटनीतिक नियोगबाट बढीमा दुई पटक श्रम स्वीकृति लिन सक्नेछ।

(३) पुनः श्रम स्वीकृति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।”

(८)   दफा ३८ को उपदफा (१) को खण्ड (क), (ख) र (घ) मा  रहेका “श्रम, रोजगार तथा यातायात व्यवस्था”  भन्ने शब्दहरुको सट्टा “श्रम, रोजगार तथा सामाजिक सुरक्षा” भन्ने शब्दहरु राखिएका छन्।

(९)   दफा ६४ को उपदफा (१) मा रहेका “श्रम अदालतको मुद्दा हेर्ने अधिकारी”  भन्ने शब्दहरुको सट्टा “श्रम अदालतको अध्यक्षले तोकेको सोही अदालतको एकजना सदस्य”  भन्ने शब्दहरु राखिएका छन्।

(१०) दफा ७४ को,-

(क)   उपदफा (२) मा रहेका “वा आफ्नो प्रतिनिधि नियुक्त गर्न” भन्ने शब्दहरु झिकिएका छन्।

(ख)   उपदफा (४) मा रहेका “शाखा खोल्ने”  भन्ने शब्दहरुको सट्टा “विदेशी मुलुकमा शाखा खोल्ने” भन्ने शब्दहरु राखिएका छन्।

(११) ठाउँ ठाउँमा रहेका “वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड” भन्ने शब्दहरूको सट्टा “बैदेशिक रोजगार  बोर्ड” भन्ने शब्दहरू राखी रुपान्तर गरिएका छन्।

 

२२. स्वदेशी विमानस्थल प्रयोग गर्नु पर्ने : (१) इजाजतपत्रवालाले वैदेशिक रोजगारको लागि कामदार पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गरी पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम स्वदेशी विमानस्थलबाट कामदार पठाउन हवाई जहाजको टिकट उपलब्ध नभएको जस्ता कारण देखाई विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाउन परेमा विभागको स्वीकृति लिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम विभागको स्वीकृति लिई विदेशी विमानस्थल प्रयोग गर्न नेपालबाहिर जाँदा प्रस्थान विन्दुको अध्यागमन कार्यालयमा तोकिए बमोजिम दर्ता गराउनु पर्नेछ ।
२३. न्यूनतम पारिश्रमिक तोक्न सक्ने :नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वैदेशिक रोजगारमा जाने कामदारले पाउने न्यूनतम पारिश्रमिक तोक्न सक्नेछ ।

२४. सेवा शुल्क तथा प्रवद्र्धन खर्च : (१) नेपाल सरकारले कुनै खास मुलुक वा कम्पनीको लागि प्रति कामदार सेवा शुल्क र प्रवद्र्धन खर्च सहित संस्थाले लिन पाउने रकमको अधिकतम हद तोक्नेछ ।
(२) वैदेशिक रोजगारका लागि छनौट भएको कामदारको वैदेशिक रोजगारीमा जाने मुलुकबाट प्रवेशाज्ञा प्राप्त भएको जानकारी इजाजतवालाले दिएपछि निजले करार बमोजिमको रकम इजाजतपत्रवालाको कार्यालयमा वा बैङ्क खातामा जम्मा गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम इजाजत पत्रवालाको कार्यालयमा रकम जम्मा गरेकोमा सोको भरपाई कामदारलाई दिनु पर्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि “प्रवद्र्धन खर्च” भन्नाले इजाजतपत्रवालाले कामदारलाई रोजगारीमा पठाउँदा लाग्ने प्रवेशाज्ञा शुल्क र कामदारको कोटा उपलब्ध गराउँदा स्वदेश तथा विदेशमा भएको विविध खर्चलाई जनाउँछ ।
२५. वैदेशिक रोजगारको करार गर्नु पर्ने : (१) रोजगारदाता संस्था वा निजको प्रतिनिधि र कामदार तथा इजाजतपत्रवाला र कामदारबीच वैदेशिक रोजगारका लागि प्रस्थान गर्नुअघि सम्बन्धित मुलुकमा कामदारको सुरक्षाको स्थिति, रोजगारका सेवा, शर्त तथा दुवै पक्षले पालना गर्नु पर्ने शर्त र कामदारले पाउने पारिश्रमिकको सम्बन्धमा कामदारलाई स्पष्टसँग बुझाई करार गर्नु पर्नेछ ।
(२) इजाजतपत्रवालाले उपदफा (१) बमोजिमको करार नेपाली भाषामा अनुवाद गरी दुई प्रति विभाग समक्ष पेश गर्नु पर्नेछ र त्यस्तो करारको प्रति विभागले प्रमाणित गरी एक प्रति विभागमा राख्नु पर्नेछ र अर्को प्रति कामदारलाई दिनु पर्नेछ ।
२६. बीमा गराउनु पर्ने : (१) यस ऐन बमोजिम वैदेशिक रोजगारमा गएको कामदार जुनसुकै समयमा जुनसुकै कारणले मृत्यु भएमा वा अङ्गभङ्ग भएमा त्यसको क्षतिपूर्ति पाउने गरी कामदारलाई वैदेशिक रोजगारमा पठाउनुअघि इजाजतपत्रवालाले प्रत्येक कामदारको करार अवधिभर कायम रहने गरी कम्तीमा पाँच लाख रुपैयाँको बीमा गराउनु पर्नेछ ।
(२) दफा २१ बमोजिम व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जाने व्यक्तिले समेत आफू वैदेशिक रोजगारमा जानुअघि उपदफा (१) मा उल्लिखित रकम बराबरको बीमा गराउनु पर्नेछ ।
(३) बीमा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।