परिच्छेद–९ कसूर र दण्ड सजाय

परिच्छेद–९ कसूर र दण्ड सजाय

४३. इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा हुने सजाय : कसैले दफा १० विपरीत इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाई दिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाई दिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जाना बापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ । विदेश पठाइ नसकेको भए सो सजायको आधा सजाय हुनेछ ।
४४. इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार पठाएमा हुने सजाय : कुनै इजाजतपत्रवालाले विभागबाट स्वीकृति नलिई कामदार विदेश पठाएमा वा कुनै इजाजतपत्रवालाले कसैलाई वैदेशिक रोजगारमा लगाइदिनेछु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिई विदेश नपठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम भराई त्यस्तो इजाजतपत्रवालालाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ र त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्र समेत रद्द हुनेछ ।
४५. नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा हुने सजाय : कुनै इजाजतपत्रवालाले दफा ७ विपरीत नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा त्यस्तो इजाजतपत्रवालालाई तीन लाख रुपैयाँदेखि पाँच

४६. सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा हुने सजाय : वैदेशिक रोजगारका लागि कामदार पठाउन नेपाल सरकारले खुला नगरेको मुलुकमा कुनै इजाजतपत्रवालाले कुनै कामदार पठाएमा वा खुला गरेको मुलुकको प्रवेशाज्ञा लिई खुला नगरेको मुलुकमा पठाएमा त्यसरी कामदार पठाउने इजाजतपत्र वालालाई तीन लाख रुपैयाँदेखि सात लाख रुपैयाँसम्म जरिबाना र तीन वर्षदेखि पाँच
वर्षसम्म कैद हुनेछ । कामदार पठाउन रकम असुल गरिसकेको तर कामदार पठाइ नसकेको भए आधा सजाय हुनेछ ।
४७. लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेमा हुने सजाय : (१) कुनै इजाजतपत्रवालाले जानी–जानी यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम राख्नुपर्ने कुनै लिखत वा प्रतिवेदन लुकाएमा वा कुनै कुरा हेरफेर गरेमा वा झुट्टा व्यहोरा पारेमा वा झुट्टा व्यहोरा तयार गर्न लगाएमा निजलाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना र छ महिनादेखि एक वर्षसम्म कैद हुनेछ ।
(२) उपदफा (१) बमोजिम सजाय पाएको इजाजतपत्रवालाले पुनः सो सजाय पाउने ठहरिएमा दोब्बर सजाय गरी निजले प्राप्त गरेको इजाजतपत्र रद्द गरिनेछ ।
४८. अनुमतिबिना शाखा कार्यालय खोलेमा हुने सजाय : कुनै इजाजतपत्रवालाले विभागको अनुमति नलिईकन शाखा कार्यालय खोलेमा विभागले प्रत्येक शाखाका लागि त्यस्तो इजाजतपत्रवालालाई दुई लाख रुपैयाँका दरलेजरिबाना गरी उक्त कार्यालय बन्द गर्ने आदेश दिन सक्नेछ ।
४९. विज्ञापन प्रकाशन नगरेमा हुने सजाय :(१) कुनै इजाजतपत्रवालाले दफा १६ बमोजिम विज्ञापन प्रकाशन नगरेमा वा विभागको स्वीकृति विना विज्ञापन प्रकाशन गरेमा विभागले त्यस्तो इजाजत पत्रवालालाई पचास हजार रुपैयाँ जरिबाना गरी त्यस्तो विज्ञापन रद्द गर्न लगाउने छ ।
(२) विज्ञापन प्रकाशन गर्दा दफा १५ बमोजिम प्राप्त स्वीकृति अनुसार खुलाउन पर्ने विवरण नखुलाएमा विभागले पुनः सच्याई विज्ञापन प्रकाशन गर्न लगाउनेछ ।
५०. छनौट सूची प्रकाशन नगरेमा हुने सजाय : कुनै इजाजतपत्रवालाले दफा १७ बमोमिज कामदारको छनौट सूची प्रकाशन नगरेमा वा प्रकाशन गरेपनि विभागलाई जानकारी नदिएमा त्यस्तो इजाजत पत्रवालालाई विभागले पचास हजार रुपैयाँ जरिबाना गरी पुनः छनौट सूची प्रकाशन गर्ने आदेश दिन सक्नेछ ।
५१. रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेमा हुने सजाय:  (१) कुनै इजाजतपत्रवालाले दफा २० को उपदफा (२) बमोजिमको समयभित्र सोही उपदफामा उल्लिखित रकम फिर्ता नगरेमा वा दफा ३६ को उपदफा (२) बमोजिमको क्षतिपूर्ति दिन इन्कार गरेमा विभागले दफा ११ बमोजिम इजाजत पत्रवालाले राखेको नगद धरौटीबाट सम्बन्धित कामदारलाई त्यस्तो रकम फिर्ता गराई वा क्षतिपूर्ति भराई एक लाख रुपैयाँ जरिबाना गर्न र इजाजतपत्र रद्द गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम रकम फिर्ता गराइएको वा क्षतिपूर्ति भराइएकोमा इजाजतपत्रवालाले दफा ११ बमोजिम राखेको नगद धरौटी रकमबाट सम्बन्धित कामदारलाई रकम फिर्ता गर्दा वा क्षतिपूर्ति भराउँदा नपुग भएमा विभागले त्यस्तो नपुग हुन गएको रकम बुझाउनको लागि
इजाजतपत्र वालालाई साठी दिनको म्याद दिनेछ र सो म्यादभित्र रकम नबुझाएमा इजाजत पत्रवालाको जायजेथाबाट सो रकम असूलउपर गरिनेछ ।
५२. इजाजतपत्रवालाले व्यक्तिगत रुपमा कामदार पठाएमा हुने सजाय : कुनै इजाजतपत्रवालाले दफा २१ को उपदफा (३) विपरीत व्यक्तिगत रुपमा कामदार पठाएमा त्यस्तो इजाजतपत्र वालालाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा इजाजतपत्र रद्द वा दुवै सजाय हुनेछ ।
५३. प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवद्र्धन खर्च बढी लिएमा हुने सजाय : कुनै इजाजतपत्रवालाले निःशुल्क प्रवेशाज्ञा प्राप्त भएकोमा सो बापतको शुल्क लिएमा वा तोकिएभन्दा बढी शुल्क वा खर्च लिएमा सो नलाग्ने वा बढी लिएको शुल्क वा खर्च विभागले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न लगाई त्यस्तो इजाजपत्र वालालाई एक लाख रुपैयाँ जरिबाना गर्नेछ ।
५४. आदेश वा निर्देशन पालना नगरेमा हुने सजाय : यस परिच्छेदमा लेखिएदेखि बाहेक यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम, आदेश वा निर्देशन पालना नगर्ने इजाजतपत्र वालालाई विभागले पहिलो पटक सचेत गराउने, दोस्रो पटक पचास हजार रुपैयाँ जरिबाना र तेस्रो पटक पनि सोही कसूर दोहो¥याएमा एक लाख रुपैयाँ जरिबाना गरी इजाजतपत्र रद्द गर्न सक्नेछ ।
५५. करार विपरीत कार्य गरे गराएमा हुने सजाय ः कुनै इजाजतपत्रवालाले कुनै कामदारसँग एउटा कम्पनीमा काम गर्ने भनी करार गरी सोभन्दा कम पारिश्रमिक र सुविधा पाउने गरी वा कामको प्रकृति नै फरक पारी अर्को कम्पनीमा काम लगाएमा वा जुन कामको लागि वैदेशिक रोजगारमा पठाएको हो सो काममा नलगाई अर्को काममा लगाएमा वा जति पारिश्रमिक र सुविधा दिने भनी लगेको हो सोभन्दा कम पारिश्रमिक र सुविधामा काम लगाएमा विभागले इजाजतपत्रवालालाई एक लाख रुपैयाँ जरिबाना गर्नेछ र जति पारिश्रमिक र सुविधा कम दिएको हो सो रकम विभागले इजाजतपत्रवालाबाट कामदारलाई भराइदिनु पर्नेछ ।
५६. मतियारलाई सजाय : यस ऐन बमोजिमको कसूरमा मतियार हुने वा त्यस्तो कसूर गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई सोही कसूर गरे बापत हुने सजायको आधा सजाय हुनेछ ।
५७. प्रमुख भई काम गर्ने व्यक्तिलाई सजाय हुने : कुनै फर्म, कम्पनी, संस्था वा इजाजतपत्रवालाले यस परिच्छेद बमोजिम सजाय हुने कसूर गरेकोमा त्यस्तो कसूर गर्ने पदाधिकारी वा कर्मचारी पहिचान भएकोमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई र सो पदाधिकारी वा कर्मचारी पहिचान हुन नसकेकोमा कसूर हुँदाका बखत त्यस्तो फर्म, कम्पनी, संस्था प्रमुख भई काम गर्ने व्यक्तिलाई सजाय हुनेछ ।
५८. पुनः इजाजतपत्र जारी नगरिने : यस परिच्छेद बमोजिम कुनै इजाजतपत्रवालाको इजाजतपत्र रद्द गरिएपछि पुनः सोही संस्था र सोही सञ्चालकको नाममा इजाजतपत्र जारी गरिने छैन ।
५९. सफाई पेश गर्ने मौका दिइने : यस परिच्छेद बमोमिज इजाजतपत्र रद्द गर्नुअघि सम्बन्धित इजाजत पत्रवालालाई सफाई पेश गर्ने मौका दिइनेछ ।