परिच्छेद–१

परिच्छेद–१

प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः
(१) यस अध्यादेशको नाम “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४” रहेकोछ ।
(२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस अध्यादेशमा,–
(क) “आयोग” भन्नाले दफा ३ बमोजिमको चिकित्सा शिक्षा आयोग सम्झनु पर्छ ।
(ख) “अध्यक्ष” भन्नाले आयोगको अध्यक्ष सम्झनु पर्छ ।
(ग) “आङ््गिक शिक्षण संस्था” भन्नाले विश्वविद्यालयको आफ््नै स्वामित्व र लगानीमा
सञ्चालित चिकित्सा शिक्षा अध्यापन गराउने आङ््गिक क्याम्पस, मेडिकल कलेज वा
शिक्षण संस्था सम्झनु पर्छ ।
(घ) “उच्च शिक्षा” भन्नाले स्नातक तह वा सो भन्दा माथिल्लो तहमा दिइने चिकित्सा शिक्षा
सम्झनु पर्छ ।
(ङ) “उपाध्यक्ष” भन्नाले आयोगको उपाध्यक्ष सम्झनु पर्छ ।
(च) “चिकित्सा शिक्षा” भन्नाले स्वास्थ्य पेसा सम्बन्धी सबै विधा र तहका शिक्षा (हेल्थ
प्रोफेसन एजुकेसन) सम्झनु पर्छ ।
(छ) “चिकित्सा शिक्षा विज्ञ” भन्नाले स्वास्थ्य सेवाको कुनै विधामा सेवा, अध्यापन तथा
अनुसन्धान गर्ने विशेषज्ञ सम्झनु पर्छ र सो शब्दले चिकित्सा शिक्षा विधि विज्ञलाई समेत
जनाउँछ ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस अध्यादेश अन्तर्गत बनेका नियममा
तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(झ) “निर्देशक” भन्नाले दफा २९ बमोजिमको निर्देशक सम्झनु पर्छ ।
(ञ) “निर्देशनालय” वा “बोर्ड” भन्नाले दफा २८ बमोजिमको निर्देशनालय वा बोर्ड सम्झनु पर्छ ।
(ट) “प्रतिष्ठान” भन्नाले चिकित्सा शिक्षा प्रदान गर्न प्रचलित कानून बमोजिम स्थापित प्रतिष्ठान
सम्झनु पर्छ ।
(ठ) “प्रशिक्षक” भन्नाले शिक्षण संस्थामा प्रमाणपत्र तहको शैक्षिक कार्यक्रममा अध्यापन गर्ने
व्यक्ति सम्झनु पर्छ ।
(ड) “योग्यताक्रम” भन्नाले आयोगले तोके अनुसारको परीक्षाको नतिजा तथा अन्य तोकिएका
आधारहरूबाट तय भएको योग्यताको क्रम सम्झनु पर्छ ।
(ढ) “विश्वविद्यालय” भन्नाले चिकित्सा शिक्षा प्रदान गर्न, गराउन प्रचलित कानून बमोजिम
स्थापित विश्वविद्यालय सम्झनु पर्छ ।
(ण) “शिक्षक (फ््याकल्टी)” भन्नाले उच्च शिक्षाको अध्यापनका लागि सम्बन्धित विषयमा
कम्तीमा स्नातकोत्तर गरी चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थामा अध्यापन, सेवा
तथा अनुसन्धान गर्ने, गराउने प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक सम्झनु पर्छ ।
(त) “शिक्षण शुल्क” भन्नाले शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने
भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्क सम्झनु पर्छ
र सो शब्दले आयोगको स्वीकृतिमा शिक्षण संस्थाले लिने अन्य शुल्कलाई समेत
जनाउँछ ।
(थ) “शिक्षण संस्था” भन्नाले प्रचलित कानून बमोजिम स्थापित चिकित्सा शिक्षा प्रदान गर्ने
मेडिकल कलेज वा शिक्षण संस्था सम्झनु पर्छ र सो शब्दले शिक्षण संस्था सञ्चालन गर्न
दिइएको विस्तारित कार्यक्रमको अनुमतिलाई समेत जनाउँछ ।
(द) “समिति” भन्नाले दफा ८ बमोजिमको कार्यकारी समिति सम्झनु पर्छ ।
(ध) “सम्बन्धन” भन्नाले कुनै शिक्षण संस्थाले आफ््नो शैक्षिक कार्यव्रmम सञ्चालनका लागि
अनुसरण गर्ने पाठ््यव्रmम, भर्ना, संकायको संरचना, परीक्षा विधि तथा उपाधि प्रदान
गर्न विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद््द्वारा प्रदान
गरिएको औपचारिक प्राज्ञिक सम्बन्ध सम्झनु पर्छ ।
(न) “सार्वजनिक शिक्षण संस्था” भन्नाले सार्वजनिक सम्पत्तिको प्रयोग गरी स्थापित
सरकारी, सार्वजनिक गुठी वा अन्य गैरनाफामुखी शिक्षण संस्था सम्झनु पर्छ ।