परिच्छेद –१ प्रारम्भिक

परिच्छेद –१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८”
रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “छापाखाना” भन्नाले किताब, समाचारपत्र, समाचारपत्रिका वा लिखतपत्र
निकाल्ने साधन सम्झनु पर्छ र सो शब्दले छाप्ने मेशिन, टाईप, लिथो गर्ने
मेशिन, सबै कलहरू, ज्यावल, कार्यालय र त्यसका हिस्साहरूलाई समेत
जनाउँछ ।
(ख) “प्रकाशन” भन्नाले किताब, समाचारपत्र, समाचारपत्रिका, अन्य पत्रपत्रिका र
लिखतपत्रलाई समेत सम्झनु पर्छ ।
(ग) “किताब” भन्नाले समग्र वा खण्ड खण्ड रूपमा छापिएको वा यन्त्रद्वारा
निकालिएको वा लिथो भएको प्रत्येक पुस्तक पुस्तिका, पर्चा, विवरणपत्र,
स्वरलिपि, नक्सा, मानचित्र आदि समेतलाई जनाउँछ ।
(घ) “समाचारपत्र” भन्नाले सार्वजनिक महत्वका समसामयिक विषयका क्षेत्रमा
टिप्पणी भएको वा नभएको लिखत, समाचार तथा विचारहरू समेत भएको
सार्वजनिक रूपमा बिक्री वा वितरण हुने पत्र सम्झनु पर्छ ।
(ङ) “समाचारपत्रिका” भन्नाले सार्वजनिक समाचार वा त्यसको टिप्पणी तथा
विश्लेषण भएको तर समाचारपत्रमा नगनिने समाचार सम्बन्धी कागजपत्र
सम्झनु पर्छ ।
(च) “पत्रपत्रिका” भन्नाले समाचारपत्र र समाचारपत्रिका र अन्य पत्रपत्रिकालाई
समेत सम्झनु पर्छ ।
(छ) “अन्य पत्रपत्रिका” भन्नाले समाचारपत्र र समाचारपत्रिकामा नगनिने कला,
साहित्य, विज्ञान, पर्यटन, चलचित्र लगायतका विभिन्न विधामा प्रकाशित हुने
अन्य पत्रपत्रिका सम्झनु पर्छ ।
(ज) “लिखतपत्र” भन्नाले पोष्टर, चित्र, नक्सा, फोटो वा अरू कुनै प्रत्यक्ष चित्रणलाई
समेत जनाउँछ ।
(झ) “प्रकाशक” भन्नाले दफा ७ बमोजिम पत्रपत्रिका प्रकाशन गर्न प्रमाणपत्र पाएको
व्यक्ति सम्झनु पर्छ ।
(ञ) “सम्पादक” भन्नाले पत्रपत्रिकामा प्रकाशित हुने सामग्रीको चयन तथा सम्पादन
गर्ने उत्तरदायित्व भएको व्यक्ति सम्झनु पर्छ ।
(ट) “मुद्रक” भन्नाले छापाखाना धनी आफैंले छापाखाना संचालन गरेको भए
छापाखाना धनी वा छापाखाना संचालन गर्न कुनै व्यक्ति नियुक्ति भएको भए
त्यसरी नियुक्त भएको व्यक्ति सम्झनु पर्छ ।
(ठ) “पत्रकार” भन्नाले पत्रपत्रिकामा प्रकाशित हुने सामग्री संकलन वा सम्पादन गर्ने
व्यक्ति सम्झनु पर्छ र सो शब्दले सम्पादक र सम्पादन गर्ने व्यक्ति सम्झनु पर्छ
र सो शब्दलेसम्पादक र स्तम्भ लेखक समेतलाई जनाउँछ ।
(ड) “प्रतिबन्धित प्रकाशन” भन्नाले दफा १४ बमोजिम प्रकाशित गर्न नहुने कुरा
समावेश भएको प्रकाशन सम्झनु पर्छ ।
(ढ) “निषेधित प्रकाशन” भन्नाले दफा १५ बमोजिम निषेधित गरिएको कुरा समावेश
भएको प्रकाशन सम्झनु पर्छ ।
(ण) “पे्रस रजिष्ट्रार” भन्नाले दफा १९ बमोजिम नियुक्त गरिएको अधिकारी सम्झनु
पर्छ ।
(त) “स्थानीय अधिकारी” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना
प्रकाशित गरी तोकिदिएको अधिकारी सम्झनु पर्छ र त्यसरी अधिकारी
नतोकिएकोमा प्रमुख जिल्ला अधिकारीलाई सम्झनु पर्छ ।
(थ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा
तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।