परिच्छेद –४ पत्रपत्रिका सम्बन्धी व्यवस्था

परिच्छेद –४ पत्रपत्रिका सम्बन्धी व्यवस्था

७. पत्रपत्रिका दर्ता गर्नु पर्नेः
(१) सार्वजनिक रूपमा बिक्री वितरण हुने पत्रपत्रिका नेपाल
……….. भित्र प्रकाशित गर्न चाहने व्यक्तिले पत्रपत्रिकको नाम, किसिम, भाषा, आकार, पृष्ठ
संख्या, छापिने संख्या र प्रकाशित हुने स्थान समेत खुलाई पत्रपत्रिका दर्ता गर्नको लागि तोकिए
बमोजिमको दस्तुर सहित तोकिएको ढाँचामा स्थानीय अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
तर नेपाल सरकारको कार्यालय, नेपाल सरकारको स्वामित्व भएको संगठित संस्था,
विश्वविद्यालय, नेपाल सरकारको स्वीकृति प्राप्त शिक्षण संस्था, प्रचलित कानुनबमोजिम स्थापित
संघ संस्था, फर्म, कम्पनी वा कुनै राजनैतिक दल वा संगठनको मुखपत्रको रूपमा प्रकाशित हुने
पत्रपत्रिकालाई यस दफा बमोजिम दर्ता गराउन आवश्यक पर्ने छैन ।
(२) उपदफा (१) बमोजिमको दरखास्त प्राप्त भएपछि स्थानीय अधिकारीले सो दरखास्त
उपर आवश्यक छानविन गरी दरखास्तवालासँग कुनै कुरा बझ्नु पर्ने भएमा सो समेत बुझी
दरखास्त प्राप्त भएको मितिले पैतीस दिनभित्र दरखास्तवालालाई त्यस्तो पत्रपत्रिका प्रकाशन गर्न
तोकिएबमोजिम अस्थायी प्रमाणपत्र दिनेछ ।

तर दरखास्तमा उल्लिखित पत्रपत्रिकाको नामसित मिल्ने गरी अर्को कुनै पत्रपत्रिका
स्थानीय अधिकारीको कार्यालयमा दर्ता भैसकेको रहेछ भने दरखास्तवालालाई त्यस्तो अस्थायी
प्रमाणपत्र दिइने छैन ।
(३) उपदफा (२) बमोजिम अस्थायी प्रमाणपत्र दिईसकेपछि स्थानीय अधिकारीले त्यस्तो
पत्रपत्रिकाको सम्पूर्ण विवरण सहित सो कुराको सूचना पे्रस रजिष्ट्रारलाई दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम सूचना प्राप्त भएपछि पे्रस रजिष्ट्रारले सो पत्रपत्रिकाको
नामसित मिल्ने गरी अन्य कुनै पत्रपत्रिका कुनै स्थानीय अधिकारीको कर्यालयमा दर्ता भएको छ
छैन हेरी सो नामसित मिल्ने गरी दर्ता भएको रहेनछ भने त्यस्तो पत्रपत्रिका प्रकाशन गर्न स्थायी
प्रमाणपत्र दिने गरी पे्रस रजिष्ट्रारले स्वीकृति दिनेछ ।
(५) उपदफा (४) बमोजिम पे्रस रजिष्ट्रारबाट स्वीकृति पाएपछि स्थानीय अधिकारीले
सम्बन्धित दरखास्तवालालाई स्थायी प्रमाणपत्र दिनेछ ।
(६)
दरखास्तवालालाई स्थायी प्रमाणपत्र दिन नमिल्ने उचित कारण भएमा स्थानीय
अधिकारीले सोही कुराको जानकारी दरखास्तवालालाई दरखास्त परेको मितिले सामान्यतया तीन
महीनाभित्र दिनु पर्नेछ । त्यस्तो जानकारी दिएपछि दरखास्तवालाको अस्थायी प्रमाणपत्र स्वतः
खारेज हुनेछ ।
(७) उपदफा (५) बमोजिम प्रमाणपत्र दिएपछि स्थानीय अधिकारीले पत्रपत्रिका सम्बन्धी
विवरण दर्ता किताबमा जनाई राख्नु पर्नेछ ।

(८) पत्रपत्रिकाको नाम, किसिम र भाषा परिवर्तन गर्नु पर्ने भएमा वा कुनै पत्रपत्रिका
एकभन्दा बढी भाषामा प्रकाशित गर्नु परेमा वा एक जिल्लाबाट प्रकाशित भइरहेको पत्रपत्रिका
अन्य जिल्ला वा एक भन्दा बढी जिल्लाबाट प्रकाशित गर्नु पर्ने भएमा उपदफा (१) बमोजिम
स्थानीय अधिकारी समक्ष दरखास्त दिई सोको समेत प्रमाणपत्र लिनु पर्नेछ ।
(९) उपदफा (८) मा लेखिएदेखि बाहेक पत्रपत्रिका सम्बन्धी अन्य विवरणमा कुनै परिवर्तन
गर्नु पर्ने भएमा स्वीकृतिको निमित्त त्यसको विवरण प्रकाशकले स्थानीय अधिकारीलाई दिनु पर्नेछ ।
(१०) उपदफा (९) बमोजिम विवरण प्राप्त हुनासाथ स्थानीय अधिकारीले उपदफा (७)
बमोजिमको दर्ता किताबमा जनाई त्यसको स्वीकृति सम्बन्धित प्रकाशकलाई दिनु पर्नेछ ।

(११) यस दफा बमोजिम दर्ता भएको पत्रपत्रिकाको विवरणमा भएका परिवर्तनहरूको
जानकारी स्थानीय अधिकारीले पे्रस रजिष्ट्रारलाई दिनु पर्नेछ ।
७क. प्रमाणपत्रको दर्ता खारेज ः देहायको अवस्थामा पत्रपत्रिकाका दर्ता खारेज हुनेछ ः–
(क) पत्रपत्रिका दर्ता भएको मितिले एक वर्षभित्र एक अङ्क पनि प्रकाशन नगरेमा,
(ख) पत्रपत्रिका प्रकाशन नगरेको मितिले एक वर्षभित्र त्यसको लिखित सूचना सूचना
विभागलाई नदिएमा,
तर त्यस्तो सूचना एकपटकमा बढीमा एक वर्षको अवधिको लागि र
लगातार पाँच पटक गरी पाँच वर्षभन्दा बढी अवधिको लागि दिन पाइने छैन ,
८. पत्रपत्रिकाको स्वामित्व हस्तान्तरणः (१) दफा ७ बमोजिम दर्ता भएको पत्रपत्रिकाको प्रकाशनको
स्वामित्व कानुनबमोजिम हस्तान्तरण भई कसैले प्राप्त गरेमा सो प्राप्त गर्ने व्यक्तिले सात दिनभित्र
त्यसको जानकारी तोकिएको ढाँचामा स्थानीय अधिकारीलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको जानकारी प्राप्त भएपछि स्थानीय अधिकारीले तत्सम्बन्धी
विवरण दर्ता किताबमा जनाई त्यसरी पत्रपत्रिकाको स्वामित्व हस्तान्तरण भएको जानकारी पे्रस
रजिष्ट्रारलाई दिनु पर्नेछ ।
९. पत्रपत्रिकामा उल्लेख गर्नु पर्नेः पत्रपत्रिकामा प्रकाशक, सम्पादक, मुद्रक र छापाखानाको नाम
तथा प्रकाशन वर्ष र अंक तोकिएबमोजिम स्पष्ट बुझिने गरी उल्लेख गर्नु पर्नेछ ।
९क. पत्रपत्रिकाको आकार र पृष्ठ संख्याः (१) दफा ७ बमोजिम दर्ता भई प्रकाशित हुने पत्रपत्रिकको
न्यूनतम आकार र पृष्ठ संख्या तोकिएबमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको आकार र पृष्ठ संख्यामा घटी गरी प्रकाशित हुने
पत्रपत्रिकालाई नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको संस्थाबाट दिइने सुविधा,
सहायता वा विज्ञापन दिइने छैन ।
१०. पत्रपत्रिकाको प्रकाशनः प्रकाशकले पत्रपत्रिकाको प्रत्येक संस्करण दफा ७ बमोजिमको दर्ता
किताबमा उल्लिखित विवरणमा फरक नपारी प्रकाशित गर्नु पर्नेछ ।
११. प्रकाशन बन्द गरेको सूचना दिनु पर्नेः दफा ७ बमोजिम प्रमाणपत्र लिई संचालन गरेको
पत्रपत्रिकाको प्रकाशन बन्द गरेमा सो बन्द गरेको सूचना प्रकाशकले स्थानीय अधिकारीलाई दिनु
पर्नेछ ।

१२. पूर्व प्रतिबन्ध नलगाइनेः दफा १४ र १५ बमोजिमको अवस्थामा बाहेक कुनै पत्रपत्रिकामा कुनै
समाचार, लेख वा अन्य कुनै पाठ्यसामाग्री प्रकाशित गर्न पूर्व प्रतिबन्ध लगाईने छैन ।
१३. पत्रपत्रिका दर्ता खारेज नगरिनेः दफा ७ बमोजिम दर्ता भएको कुनै पत्रपत्रिकामा कुनै समाचार,
लेख वा पाठ्य सामग्री प्रकाशित गरे बापत त्यस्तो पत्रपत्रिकाको दर्ता खारेज गरिने छैन ।
१४. प्रकाशनमा प्रतिबन्धः देहायका कुराहरू किताब वा पत्रपत्रिकामा प्रकाशित गर्न पाइने छैनः–
(क) ………..
(ख) नेपाल ……….. को सार्वभौमसत्ता र अखण्डतामा आँच आउने,
(ग) नेपाल ……….. को सुरक्षा, शान्ति र व्यवस्थामा खलल पर्न जाने,
(ग१) कसैको चरित्र हत्या वा अपमान हुने वा लैङ्गिक हिंसा वा विभेदलाई बढवा दिने,
(घ) विभिन्न जात जाति, धर्म, वर्ग, क्षेत्र, सम्प्रदायका मानिसहरू बीच वैमनस्य उत्पन्न गर्ने
तथा साम्प्रदायिक दुर्भावना फैलाउने, र
(ङ) सर्वसाधारण जनताको सदाचार, नैतिकता र सामाजिक मर्यादामा आघात पर्न जाने ।
१५. प्रकाशनमा निषेधः (१) राष्ट्रिय हितलाई ध्यानमा राखी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना
प्रकाशित गरी कुनै खास विषय, घटना वा क्षेत्रसँग सम्बन्धित समाचार, सूचना वा अन्य कुनै
पाठ्यसामाग्री सोही सूचनामा तोकिएको अवधिसम्मका लागि प्रकाशित गर्न नपाउने गरी वा
सोही सूचनामा तोकिएको अधिकारीबाट जँचाएर मात्र प्रकाशित गर्न पाउने गरी आदेश जारी
गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश जारी भएपछि कसैले पनि त्यस्तो समाचार, सूचना
वा पाठ्यसामग्री प्रकाशन, अनुवाद वा उद्दरण गर्न समेत हुँदैन ।
१६. विदेशी प्रकाशनको पैठारीमा नियन्त्रणः (१) देहायको उद्देश्य भएको वा त्यस्तो सम्भावित
परिणाम हुन सक्ने सामग्री भएको विदेशी प्रकाशनको पैठारीमा रोक लगाउने गरी नेपाल सरकारले
आदेश जारी गर्न सक्नेछः–
(क) राष्ट्रिय हित र मर्यादा विरुद्ध हुने कुराहरू गर्ने,
(ख) राष्ट्रको शान्ति, व्यवस्था र सुरक्षामा खलल पु¥याउने,सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०६२ द्वारा झिकिई केही नेपाल ऐनको ब्यवस्था जगाउने ऐन,
२०६३ द्वारा स्वत ः जागेको ।
(ग) विदेशी राज्य तथा सरकारसँगको सम्बन्धमा खलल पु¥याउने,
(घ) विभिन्न जातजाति, धर्म, वर्ग, क्षेत्र, सम्प्रदायका मानिसहरू बीच वैमनस्य
उत्पन्न गर्ने तथा साम्प्रदायिक दुर्भावना फैलाउने, र
(ङ) सर्वसाधारण जनताको सदाचार, नैतिकता र सामाजिक मर्यादामा आघात
पर्न जाने ।
(२) उपदफा (१) बमोजिम रोक लगाइएका प्रकाशन पैठारी हुन लागेको शंका लागेमा
सम्बन्धित भन्सार वा हुलाक अधिकृतले त्यस्तो माल वस्तु समेत रोकी शंका लागेको प्रकाशनको
दुई प्रति स्थानीय अधिकारीकहाँ चलानी साथ पठाई बाँकी आपूmकहाँ रोकी राख्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम भन्सार वा हुलाक हाकिमले पठाएको प्रकाशन प्राप्त भएपछि
स्थानीय अधिकारीले त्यस्तो प्रकाशन रोक्नु पर्ने कुनै कारण भएमा सो कारण समेत जनाई
पैठारीकर्तालाई सूचना दिनु पर्नेछ र रोक्नु पर्ने कुनै कारण नभए त्यस्तो प्रकाशन प्राप्त भएको बाह्र
घण्टाभित्र भन्सार वा हुलाक हाकिमले रोकी राखेको प्रकाशन पैठारीकर्तालाई फिर्ता बुझाउने
आदेश दिनु पर्नेछ ।
(४) नेपाल सरकारले आवश्यक देखेमा उपदफा (१) बमोजिम लगाइएको रोक जुनसुकै
बखत हटाउन सक्नेछ ।
१७. प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन निकासी, बिक्री वितरण आदि गर्न नहुनेः (१)
कसैले पनि प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन निकासी गर्न हुँदैन ।
(२) कसैले पनि प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन जानी जानी छाप्न, बिक्री
वितरण गर्न वा प्रदर्शन गर्न हुँदैन ।